सुटकेशभित्र बसेर स्पेन जाँदै गरेका युवाको मृत्यु

image

स्पेन– मारक्कोका एक आप्रवासीको सुटकेशभित्र राखेर स्पेन लैजाँदै गर्दा मृत्यु भएको छ । स्पेनीस सरकारका अनुसार २७ वर्षीय एक युवकको त्यतिबेला मृत्यु भयो जतिबेला उनको भाईले सुटकेशमा राखेर गैरकानुनी तरिकाले स्पेनको अल्मेरिया शहर लैजाँदै थिए ।

उनको सुटकेशभित्र निसासिएर मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् । मृतकका भाईसँग फ्रान्सको राहदानी भएको र उनलाई गैरकानुनी रुपमा मानिस ओसार पसार गरेको अभियोगमा मुद्दा चलाइएको बीबीसीले जनाएको छ । यो भन्दा पहिला आइतबार चार आप्रवासी स्पेन जाने क्रममा डुवेर मृत्यु भएको थियो ।

तराई news