वार्ताका लागि मधेसी मोर्चाका ९ ‘सर्त’

भाद्र ११, २०७२- संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले वार्ताका लागि ४ दलका केही नेताले ल्याएको संविधानको विधेयक तत्काल फिर्ता लिनुपर्नेलगायत ९ बुँदे सर्त अघि सार्ने भएको छ । प्रधानमन्त्री सुशील कोइरालाले बुधबार मोर्चामा आबद्ध दलका नेतालाई वार्ताका लागि समय निर्धारण गरेर पठाएको पत्रको जवाफमा मोर्चाले सर्त अघि सार्ने तयारी गरेको हो । पत्रमा प्रधानमन्त्रीलेशनिबारसम्म वार्तामा आउन आग्रह गरेका छन् ।मलंगवामा शुक्रबार मोर्चामा आबद्ध संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्षमहन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादवको अनौपचारिक बैठकले वार्ताका सर्त तयार गरेको हो । औपचारिक बैठक बस्ने भनिए पनि साँझसम्म विरोधसभा चलेकाले हुन नसकेको हो । संविधानको मस्यौदामा रहेको संघीय संरचना, सीमांकन, नागरिकता, प्रादेशिक अधिकार, समानुपातिक समावेशी अधिकार, जनसंख्याका आधारमा निर्वाचन क्षेत्रजस्ता महत्त्वपूर्ण मुद्दा जनताको भावनाअनुरूप पुनर्लेखन गर्नुपर्ने सर्तमा रहेको स्रोतले बतायो ।बैठकले मधेसको जिल्लामा सेना परिचालनको निर्णय तत्काल फिर्ता लिनुपर्ने, मधेस थरुहटमा आन्दोलनकारीमाथिजारी दमन तत्काल बन्द गर्नुपर्ने, कैलाली घटनापछि त्यहाँका जनतामाथि गरेको दुव्र्यवहार र दमनको छानबिन गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायतमाग पनि राखेको छ । मोर्चाले कैलालीबाट विस्थापित स्थानीयको सकुशल फिर्ता र उनीहरूको पुनर्बासको व्यवस्थासरकारले गर्नुपर्ने, कैलालीमा राज्य संयन्त्रद्वारा बेपत्ता पारिएका स्थानीयको अवस्था तत्काल सार्वजनिक गर्नुपर्ने माग सर्तमा उल्लेख छ ।सप्तरी, रौतहट, नवलपरासी र कैलालीमा प्रहरीको गोलीले मारिएका आन्दोलनकारीलाई सहिद घोषणा गर्नुपर्ने र मधेस आन्दोलनमा घाइते परिवारलाई तत्काल आर्थिक राहत प्रदान दिनुपर्ने माग छ । मोर्चा र तत्कालीन सरकारबीच २०६४ फागुन १६ गते गरिएको ८ बुँदे सम्झौताको कार्यान्वयनका लागि ठोस प्रतिबद्धता आउनुपर्ने अडान मोर्चाले नछाड्ने भएको सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले वार्ता नहुने बताए । ‘निर्णय गर्न बाँकी छ,’ उनले भने, ‘तर वार्ता हुँदैन । राति नभए भोलि बैठक बस्छ ।’ उनले वार्ता नहुनुको कारण बैठक निर्णयपछि स्पष्ट हुने उल्लेख गरे । तमसपाका अध्यक्ष महेन्द्र राय यादवले पनि वार्ता सजिलैनहुने स्पष्ट पारे । ‘सजिलै वार्ता हुँदैन,’ उनले भने, ‘बैठकले वार्तामा जाने निर्णय गर्न गाह्रो छ ।’प्रधानमन्त्रीलेआन्दोलनरत मोर्चाका अध्यक्षलाई पठाएको पत्रमा ठूलो प्रयत्न र प्रतीक्षाप्रति संविधान निर्माणको अन्तिम चरणमा आइपुगेको अवस्थामा आन्दोलनले हत्या, हिंसा निम्त्याउनु कसैका लागि पनि स्वीकार्य र उचित नहुने उल्लेख छ । संविधान निर्माणको क्रममा छलफल र बहसलाई नै महत्त्व दिनुपर्ने कोइरालाले पठाएको पत्रमा लेखिएको छ ।– via ekantipur

महोत्तरीमा खबरदारी, सप्तरीमा लाठी जुलुस

image

महोत्तरी, सप्तरी, भदौ ११ । महोत्तरी सदरमुकाम जलेश्वरमा शुक्रबार युवाहरुले खबरदारी जुलुसनिकालेका छन ।नगरपालिका चोकबाट सुरु भएको जुलुस नगरको विभिन्न भागमा परिक्रममा गर्दै दुर्गाचोकमा पुगेर कोणसभामा पारिणत भएको हो ।जुलुसमा सहभागी युवाहरुले मधेसीको माग पूरा गर, मधेसी एकता जिन्दावादसहितका नारा लगाएका थिए ।उता, संयुक्तमधेसी मोर्चाको अगुवाइमा सप्तरीको राजविराजमा शुक्रबार लठ्ठी जुलुस प्रदर्शन गरिएको छ ।स्थानिय शिव मन्दिरको प्रांगणबाट निस्केको लठ्ठी जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरी स्थानीय दशन चौकमा कोणसभा गरिएको थियो ।कोणसभामा बोल्दै नेताहरुले स्वायत मधेस प्रदेशको घोषणा नभएसम्म आन्दोलन नरोकिन बताए ।

सेना परिचालनविरुद्धको रिट सर्वोच्चबाट खारेज,

image

काठमाडौं : हिंसाग्रस्त क्षेत्रमा नेपाली सेनालार्इ परिचालन गर्ने सरकारी निर्णयविरुद्ध परेको रिटलार्इ सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।सरकारको निर्णय कानून सम्मत भएको निष्कर्श निकाल्दै सर्वोच्चले रिट खारेज गरेको हो । प्रधान न्यायाधीश कल्याण श्रेष्ठको इजलासले सेना खटाउने सरकारी निर्णयविरुद्ध कुनै सुनुवाइ गर्नु नपर्ने जनाउँदै रिट खारेज गरिदिएको हो ।कैलाली लगायतका क्षेत्रलार्इ दंगाग्रस्त क्षेत्र घोषणा गरी सेना खटाउने निर्णय खारेजीको माग गर्दै सर्वोच्चमा बिहीबार रिट परेको थियो ।सेना खटाउने सरकारी निर्णयप्रति राष्ट्रपति डा. रामवरण यादवले पनि असन्तुष्टी व्यक्त गरिरहेका बेला सर्वोच्चले यो निर्णय सुनाएको हो ।सेना परिचाल गैह्र कानुनी भएको दाबी गर्दै अधिवक्ताहरु रोशन झा र यामकुमार योञ्जनले बिहीबार रिट दायर गरेकाथिए । उनीहरुले प्रधानमन्त्री तथा मन्त्रि परिषद्को कार्यालय, नेपाली सेना र रक्षा मन्त्रालयलार्इ विपक्षी बनाउँदै रिट दायर गरेका थिए ।राष्ट्रपति यादवले सेना परिचालन गर्ने सरकारी निर्णय गलत रहेको जनाउँदै प्रधानमन्त्री सुशील कोइरालासँग पनिअसन्तुष्टी व्यक्त गरेका थिए ।गत ७ गते कैलालीको टीकापुरमा थरुहटका कार्यकर्ताको आक्रमणमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने र एक बालकसहित नौ जना मारिएपछि सरकारले दंगाग्रस्त क्षेत्रमा सेना खटाएको हो ।सरकारले कैलाली, रौतहट र सर्लाहीसहितका जिल्लामा हिंसा भड्किन नदिन स्थानीय प्रशासन एेन वमोजिम जनपथ र सशस्त्र प्रहरीलार्इ सघाउने गरी सेना परिचालन गरेको थियो ।

अखन्ड नवलपरासी माग्दै बाहुनहरु १९ दिनदेखि बन्द

image

नवलपरासी, भदौ ११ । लामो समयदेखिको बन्दका कारण नवलपरासीको जनजीवन कष्टकर बनेको छ । अखन्ड नवलपरासीको माग गर्दै १९ दिनदेखिको बन्दका कारण दैनिक उपभोग्य सामाग्रीदेखि औषधिसमेतको अभाव हुन थालेको छ ।बैंकसमेत बन्द भएपछि अत्यावश्यक काम परेका स्थानीयहरुले सापटी मागेर दैनिकी चलाउन थालेका छन् । अखन्ड नवलपरासीको माग गर्दै साउन २५ देखि स्थानीयहरुले सदरमुकामपरासी बन्द गर्दै आएका छन् भने साउन २७ गतेदेखि थरुहट र मधेस केन्द्रित दलले समेत बन्द आह्वान गर्दै आएका छन् ।परासी क्षेत्रका कलकारखाना, बजार, पसल, शैक्षिक संस्थासहित सबै व्यवसाय ठप्प छन् । आन्दोलनचर्किंदै गएपछि स्थानीय प्रशासनले सोमबारदेखि नवलपरासीका विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेको छ ।यसैबीच, संयुक्त मधेसी मोर्चाले जनैपूर्णिमालाई मध्यनजर गर्दै आइतबारसम्म परासीमा निजी सवारी–साधन सन्चालन गर्न दिने निर्णय गरेको छ । मोर्चाले निजी सवारी-साधन र मोटरसाइकल सन्चालन गर्न दिने निर्णय गरेको तराई मधेस लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष पुरन चौधरीले जानकारी दिए ।सदरमुकाम क्षेत्र बन्दबाट बढी प्रभावित भए पनि राजमार्गमा भने सवारी–साधन सुचारु छन् । राजमार्ग छेउमा रहेका सुनवल, बर्दघाट, भूमहीका बजार, कलकारखाना र शैक्षिक संस्था खुला छन् । नवलपुर क्षेत्रमा भने बन्दको कुनै प्रभाव परेको छैन ।प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले बन्दको

बाबुरामले थारुलाई बोके, कमल थापालाई ठोक

image

काठमाण्डु, १० भदौ– एमाओवादी वरिष्ठ नेता एवं संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति सभापति बाबुराम भट्टराईले कैलाली घटनाको बहानामा थारु समुदायले उठाएका मागलाई दुत्कार्न नमिल्ने बताएका छन् ।नयाँ संविधानको विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा बिहीबार संविधानसभामा बोल्दै उनले थारु, दलित र आदिवासी जनजातिका राजनीतिक माग सम्बोधन गरिनुपर्ने बताए ।टीकारपुरमा भएको नरसंहारबाट आफू पनि दुःखी भएको भन्दै उनले यद्यपि विगतमा प्लेन अपहरण गर्नेहरु राज्य सञ्चालन गर्ने ठाउँमा रहेको तथ्य बिर्सन नमिल्ले तर्क गरे ।‘विगतमा प्लेन ‘हाइज्याक’ गर्नेदेखि ठूल्ठूला काम गर्ने हामी सबै यही छौं’, भट्टराईले भने, ‘कैलालीमा भएको घटनाप्रति मलाई पनि दुःख छ, तर थारुहरुका राजनीतिक मागलाई दुत्कार्न सकिँदैन ।’कमल थापाप्रति आक्रोशत्यस क्रममा उनले क्रान्ति र संघर्षबाट स्थापित भएका राजनीतिक परिवर्तनबारे छलफल गर्नै नसकिने प्रष्याए ।गणतन्त्र, संघीयता र धर्मनिरपेक्षताजस्ता राजनीतिक उपलब्धीबाट पछि हट्न नसकिने उनको भनाइ थियो ।उनले सांकेतिक रुपमा राप्रपा नेपालका अध्यक्ष कमल थापा पहिल्यैदेखि राजनीतिक परिवर्तनको विपक्षमा रहेको संकेत गर्दै उनको माग जायज नभएको बताए ।उनले कमल थापाले विगतको व्यवस्थातिर नफर्कन झकझक्याई रहेको भन्दै त्यसका लागि धन्यवाद दिनुपर्ने टिप्पणी गरे ।‘कमल थापाले विगतको व्यवस्थातिर नफर्काउन हामीलाई झक्झक्याई रहनुभएको छ’, भट्टराईले भने, ‘उहाँहरुले हामीलाईपाइला टेक्ने ठाउँ दिइएन भन्ने गुनासो गर्दै आउनुभएको छ, उहाँले अहिले जे पाउनुभएको छ । दिने सकिने यत्ति नै हो ।’उनले गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतालाई विषयान्तर गर्ने गरी संविधानसभामा छलफल गर्नु विगतका आन्दोलन रक्रान्तिको अपमान हुने तर्क गरे ।

हामि पहिचानबादि एक हौ यसलाई भनिन्छ जातिय राज्य !

image

यसलाई भनिन्छ जातिय राज्य !नेपाल मा २०७१ साल माघ ८ र २०७२ साल साउन २५ मा जबर्जसति बनाऊन खोजेको संबिधान बाहुने पहिचान लाई यथावत कायम राखने र अादिबासि ,दलित ,मधेसे ,मुस्लिम को पहिचान लाई माटोमानै मिलाऊने होसन्देस केवल नेपाल को बाहुन वर्गमा मात्र वितरण एवं प्रचार प्रसार गर्नुपर्ने रअरु जातीमा पूर्ण रुपले गोपनीय राख्नु पर्ने हुनाले यो संन्देस हाम्रो जाती सुरक्षाको न्या principle हो नेपालको राजनीति मा आदिबासि जन्जाति को चेतना आउनको मुख्य कारण kumar lingden ,Ang kaji Sherpa Ashoka rai RK khambu,Gopal kirati Dr Om gurung, Gopal gurung हरु को नेपाली राजनीतिमा संघियता रणनिति राजनैतिक विचार धाराको प्रभावले हो प्राय सबै आदिबासि जन्जाति हरु ले उनिहरु को speech र book हरु पढिसकेका छन र आफ्ननु संघ, संगठन गठन गरेर भाषा,संस्कृति रिती थिती,पहिचान ,अस्तित्व ईतिहासिक पृष्ट भूमि ,थातथलो ,धर्म निरपेक्ष सुरक्ष हुनु पर्छँ भनेर राजनीतिक तरिका ले संघियता को माँग जोडधार गरिरह्का छन गाउँ घर ,देस बिदेस मा गएर सरसल्लाह विचार विमर्श एवं मतो गर्न र ठुला ठुला बिरोध आमसभा गर्न सक्ने भइसकेका छन् यिनीहरु मिलेर अहिले संघियता को जोड़ तोड़ माँग गरिरहेको छ हाम्रो जातिय राज्य शाषण गर्नेजन्मजात अधिकार यिनीहरुको हातमा जाने डर छ ?यी आदिबासि हरु को हातमा सत्ता गए हाम्रो सर्वनाश हुनेछ, किन कि हामी शाषण गर्नकै निम्ती संसारमा आएका हौंऋगवेदमा यसो भनिएको छ, ब्रम्हाणोश्ये मुखमा सीद बाहुराजन्यःकृत उरु तदश्य या वैश्य या शुद्र अजायत अर्थात बाहुनको मुखबाट बाहुन, बाहुनको बाहुबाट छेत्री, बाहुनको जांगबाट वैश्य र बाहुनको खुट्टाबाट आदिबासि जन्जाति जन्मेका हुन् लोक र वेदहरुमा अादिबासि जन्जातिहरु निच हुन र यिनीहरुको छायासम्म पर्यो भने पनि बाहुन छेत्री अपवित्र हुनेहुनाले स्नान गरेर या त सूर्यको दर्शन गरेर मात्र पवित्र हुनेछन् अझहाम्रा पुर्खा मनुले त यसो भनेका छन् बाहुनको सेवा गर्नु नै अादिबासि जन्जाति जन्मेका हुन् बाहुनको सेवा नै यिनीहरुको धर्म हो यस्ता अादिबासि जन्जाति लाई हामीले कुनै पनि हालतमा शाषण सत्तामा पुगेर टाउकोमा चड्नु दिनु हुँदैन, धोतीको जुम्राटाउकोमा चड्यो भने अनर्थ हुनेछ ? हामीमा मात्र शाषण गर्ने ज्ञान बुद्धि आर्जित छ हामीले नेपाल को राजनीति मा एमाले,कांग्रेस,राप्रपा लाई तन, मन, धन र जनले सघाउनुपर्छ हामीले आफ्नो बृहद स्वर्थ र सुरक्षाको निम्ती साना तिना कुरामा मन मोटाव गरेर टुट्नु, फुट्नु, टुक्रिनुहुँदैन, जुट्नुपर्छ हामीले ठूलो लक्ष्यको निम्ती सानो तिनो स्वर्थ त्याग गर्नैपर्छ, अनि मात्र हाम्रो दीर्घकालिन शाषण सत्तामा रही यी धोतीको जुम्रो आदिबासि जन्जाति लाई दबाउन सक्षम हुनेछौं, यो गहिरो पाठ हामीले हाम्रो पुर्ख हरु बाट सिक्नैपर्छ आदिबासि जन्जाति को यि नेता हरु kumar lingden ,Ashoka rai ,Angkagi Sherpa,RK khambu,Gopal kirati ,Dr om gurung ,Gopal gurung यस्ता नेता लाई कुनै न कुनै तरिकाले नाश गर्नैपर्छ त्यस्तालाई सामप्रदायिक भनेर हुन्छ कि,आतंकवादीको विल्ला भिराएर हुन्छ कि, साम्प्रदायिक देशद्रोही, समाजविरोधी, अनैतिक, भ्रष्टचारी, विदेशी दलाल, विदेशी एजेण्ट के भनेर हुन्छ तिनीहरुको पतन गराउन तन, मन, धन, साम, दाम, दण्ड, भेद कुन हतियार प्रयोग गर्दा हुन्छ त्यो हतियार प्रयोग गर्नुपर्छ ढिलो हुन लागि सक्यो यस प्रकारको हतियार प्रयोग गर्दा हामी बाहुन अगाडी देखा पर्नु हुँदैन, तिनीहरुकै समाजको सस्तोमा विक्ने र लोभिने, लालची बिजय सुब्बा,Subas Nembang ,भिष्म राज सेरधन राई पृथ्बि सूब्बा गुरूङ अरु अाफनु अाफनु क्षेत्र अनुसार को मान्छे लाई प्रयोग गर्नुपर्छ ता कि यो कुटनैतिक चाल यी अादिबासि जन्जाति लाई थाहा नै नहोस् यो पाठ हामीले रामायणबाट सिक्नु पर्छ, कसरी रावणको पतन गराउन तिनकै भाइ विभिषणलाई प्रयोग गरे, बलवन बालीलाई मार्न तिनकै भाइ सुग्रिवलाई प्रलोभनमा फसाइ उपयोग गरे हिरण्यकसिपुलाई मराउन आफ्नै छोरा प्रलादलाई प्रयोग गरे यो सब कुटनैतिक र कुटिल चालबाजी हाम्रा पुर्खाको सफल छमता हो जुन अहिले हाम्रो पालामा पनि सफलतापूर्वक काम गरिरहेको महाभारतहाम्रो निम्ती सफल राजनैतिक र कुटनैतिक पुस्तक हो भने रामायण हाम्रो निम्ती सफल धार्मिक पुस्तक हो त्यस्तै हाम्रो निम्ती हाम्रा पुर्खाहरुले लेखेर छाडिदिएका अमूल्यनितीहरुमा चाणक्य, कौटल्य र मनुस्मृति जस्ता पुस्तकहरुले यो आदिबासि जन्जाति हरु लाई उठ्नै नदिइ ढाड भाचिदिने अमुल्य नितीहरु हाम्रो बाहुन आर्य संस्कृति र सुरक्षाको निम्ती सिक्नै पर्ने अमूल्य नितीहरु हुन् र केही गर्दा पनि नभए धर्मदत्त फर्मुला अपनाउनु पर्छ यी आदिबासि जन्जाति माझ जाती जातीमा फुट ल्याइ टुक्राएर राख्नु पर्छ जसरि २०६३/६४ पछि लिम्बुवान लाई धुजा धुजा पारियों यो पनि राम्रो सफलता हो र कसलाई कतिवेला कुन कामको निम्ती प्रयोग गर्नु पर्छ त्यो सोचिराख्नु पर्छ आर्य सभ्यताको स्वर्णीम इतिहास प्राचीन ग्रन्थ ऋगवेद बाहुन हरु को गौरवमय इतिहास अहिलेको होइन हाम्रो यस सुनौलो इतिहासलाईलाई सदा सर्बादा जगाऊँ जय बाहुनबादि अार्य समाज

मुस्लिम संघर्ष गठबन्धनद्धारा संविधानसभा भवन घेराउ

image

काठमाडौं, भदौ ११ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले नयाँ संविधानमा मुस्लिम अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै शुक्रबार संविधानसभा भवन घेराउ गरेको छ ।रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।सभामा मुस्लिम नेताहरुले संवैधानिक मुस्लिम आयोग बन्नुपर्ने, मुस्लिम पारिवारिककानुन सुनिश्ति गर्नुपर्ने, मुस्लिम अधिकारसहितको पहिचानको माग पूरा गर्नुपर्नेलगायतका मागराखेका थिए ।राष्ट्रिय मुस्लिम गठबन्धनका अध्यक्ष समिम अन्सारीले राष्ट्रिय अखन्डता र स्वाधीनताको रक्षा गर्न मुस्लिमहरु पछि नपर्ने भन्दै नयाँ संविधानमा मुस्लिमहरुको विशेष अधिकार सुनिश्चित गर्न माग गरे ।भेलामा देशभरका मुस्लिम संघ–संगठनका प्रतिनिधिहरु सहभागी थिए ।

सशस्त्र प्रहरीले स्पष्टोक्ति दिन विज्ञप्ती नै निकाल्यो

image

सशस्त्र प्रहरी बलले देशभरका विभिन्नस्थानमा गरी ६ ठाउँमा रहेको सुरक्षा वेस तथा अस्थायी पोष्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई मात्रै संवेदनशिल स्थानमा ड्युटी गर्नेगरि परिचालन गरिएको स्पष्ट पारेको छ ।  जसअनुरुप महोत्तरीको लक्ष्मिनिया र सर्लाहीको लच्कामा रहेको अस्थायी पोष्टमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अन्य एपीएफ इकाईमा खटाइएको जनाइएको छ ।जंगलको बीचमा रहेको यी ठाउँहरुमा सामान्य छाना लगाई घाम र पानीबाट जोगिनेगरि अस्थायी पोष्ट बनाएर उक्त जंगलक्षेत्रमाकुनैपनि प्रकृतिको विपद परेमा तत्काल परिचालित भई सेवा तथा सुरक्षा प्रदान गर्ने अभिप्रायले ड्युटी गर्नेगरि राखिएकोमा हाल सवारी आवागमनको चाँप नभएको कारण त्यहाँ कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई अन्यत्र संवेदनशिल ठाउँमा परिचालन गरिएको सशस्त्रले स्पष्ट पारेको छ।यसैगरी सिरहाको सुरक्षा वेस चिकनाभेडिया र भवननिर्माण सुरक्षा वेस कर्जना सिरहा तथा सप्तरीको सुरक्षा वेस हनुमाननगर सप्तरी र रौतहटको चपुरमा रहेको फरवर्ड बेसमा रहेका सशस्त्र प्रहरी कर्मचारीलाई अन्य एपीएफ इकाईमा तैनाथ गरिएको छ । यी सुरक्षा वेसमा कार्यरत सशस्त्र प्रहरी कर्मचारीलाई स्थिति सामान्य भएपछि पुनः सोही युनिटमा तैनाथ गरिनेछ ।‘सुरक्षा चुनौतीलाई ध्यानमा राखेर कम चुनौतीपूर्ण ठाउँ तथा ५÷७ जनाको संख्यामा नियमित ड्युटी गर्नेगरि खटिएकाहरुलाईअन्यत्र सारिएको हो । यी ६ वटा वाहेक हालसम्म अन्य कुनैपनि युनिटलाई अन्यत्र सारिएको छैन ।’ विज्ञप्तीमा भनिएको छ ‘तथ्यभन्दा बाहिर गई समाचार प्रकाशित भएमा नागरिकमा भ्रम सिर्जना हुने भएकोले सुरक्षा सम्बन्धी संवेदनशिल विषयमा समाचार प्रकाशन गर्नुपूर्व ध्यान पु¥याइदिनु हुन आग्रह समेत गरिएको छ ।’

टिकापुर घटनावारे पूर्व सभासदको चौधरीको प्रतिक्रिया

शान्ता चौधरी , पूर्व सभासदटिकापुरमा जे भयाे गाउका अबाेध थारुहरुलाई अगाडि सारेर भयाे । थारु समुदायलाई दमन गर्न, बदनाम बनाउन, देश जलाउन सुनियोजित रुपमा भयाे । थारु समुदायलाई अगाडि सारेर भित्रभित्रै हिसा गर्ने र प्रतिकार भन्दै थारुकाे घर जलाउनेदुवै काम सभ्य मानिसले गर्न सक्दैन । याे अपराध हाे । याे सबैकाे छानविन हाेस । थारु समुदायले अरुकाे अधिकार खाेस्ने हाेइन । थारुमा पनि धनी र गरिब छ । धनीकाे एउटा जात र गरिबकाे अर्काे जात बुझाै । पूरै समुदायलाई दाेष नदिउँ । अरुले जस्तै अधिकार माग्न थारु एकजुट हुनुपर्छ, सबै समुदायकाे साथ लिनुपर्छ । देश बने थारु पनि बन्छ, देश जले हामी सबै जल्छाै ।थारु नेपालकाे प्राचिन समुदाय हाे । बुद्धकाे सन्तान भनेर हामी गर्व गर्छाै । याे देश सबै समुदायकाे हाे, मिलेर बस्नुपर्छ भन्ने मान्यता थारुमा छ । धेरैवटा जातिकाे नेपाल भनेर गर्व गराै‌ । मिलेर बसाै । थारु कसैका सत्रु हाेइनन् । जातीय अाक्षेप कसैले कसैलाई नलगाउँ । देश हाम्राे साझा हाे । जातीय राजनीतिले भलाे गर्दैन । म थारु समुदायकाे हूँ र थारुलाई बदनाम गर्न खाेजिँदा दुख लाग्छ । अपराधी जुन जातमा पनि हुन्छन । हिसाहत्या गर्ने मानिसलाई जातीय अाँखाले नहेराै‌ । कुनै विशेष जातकाे मानिसले हिसा गर्याे नभनाै । जातिलाई दाेष नदिअाै । अपराधीकाे जात हुदैन । अहिले साम्प्रदायिक अागाे लगाउन खाेजिदै छ । जनतालाई हिसामा उतार्न खाेजिदैछ । सबै सचेत हुनुपर्छ र सबै खालका अान्दाेलन शान्तिपूर्ण गर्न अपिल छ ।अहिले देशमा चलिरहेको आन्दोलन र आन्दोलनको बहानामा सुनियोजित रुपमा चलाउन खोजिएको हिँसामा कैयन नेपाली जनताको ज्यान गएको छ । प्रहरीहरु सहित दूध खाने शिशुको ज्यान गएको छ । आमाको कोख उजाडिएको छ । यस्ता घटनाले कसैलाई फाइदा गर्दैन ।हिँसाको डढेलो सल्काउँदा डढेलो सल्काउनेलाई पनि डढाउँछ । हिँसा गरेर भलाई हुन्छ भनेर आजको युगमा कल्पना पनि गर्न सकिदैन । यो क्रममा अहिले मृत्यु हुने हरेक नेपालीको जीवन उत्तिकै मूल्यवान छ । उहाँहरुको मृत्युले देशले ठूलो क्षति भोगेको छ । उहाँहरुप्रति हार्दिक श्रद्धान्जली व्यक्त गर्दछु । उहाँहरुको मृत्यु र हिँसाले नेपाल आमा रोएकी छिन् । सबै जाती समुदाय मिलेर बस्नुको विकल्प छैन । नयाँ संविधानमा आफ्ना माग राख्न सबै स्वतन्त्र छन् र हामी थारु समुदायलाई पनि त्यो अधिकार छ । कुनै पनि आन्दोलनको बहानामा हिँसा मच्चाउनेहरुबाट सम्पूर्ण जनतासजग हुनुपर्छ र सरकार झनै चनाखो हुनुपर्छ ।

मोदीले होइन, कोइरालाले गरेका थिए टेलिफोन

image

रामबहादुर रावलभाद्र ११, २०७२- टीकापुर, कैलालीमा नरसंहारकारी घटना भएको भोलिपल्टै अर्थात् ८ भदौमा प्रधानमन्त्री सुशील कोइराला र उनका भारतीय समकक्षी नरेन्द्र मोदीबीच भएको टेलिफोन संवादबारे विभिन्न टीकाटिप्पणी भए । त्यससम्बन्धी प्राय: रिपोर्टिङहरू भारतीय प्रधानमन्त्री मोदीले कोइरालालाई टेलिफोन गरी टीकापुर घटनाप्रति दु:ख व्यक्त गरेको, आवश्यक सहयोग गर्न तयार रहेको बताएकोलगायत विवरणमा आधारित भएर आए । तर, टेलिफोनचाहिँ मोदीले नभई नेपालकै प्रधानमन्त्री कोइरालाले गरेकोपाइएको छ । कोइरालाले नै भारतीय समकक्षी मोदीलाई टेलिफोन गरेको पुष्टि गर्दै प्रधानमन्त्री कोइरालाका विदेशमामिला सल्लाहकार दिनेश भट्टराई भन्छन्, “टेलिफोन कुनै तात्कालिक परिस्थितिका कारण तत्कालको निर्णयका आधारमा गरेको नभई हाम्रो पूर्वयोजना अनुरूप भएको हो ।”दुई देशका सरकार प्रमुखबीचका वार्ता योजना र पद्धतिमा आधारित नै हुन्छन् । हतार हतारमा हुन सक्दैन । टेलिफोन कुनै तात्कालिक परिस्थितिका कारण तत्कालको निर्णयका आधारमा गरेको नभई हाम्रो पूर्वयोजना अनुरूप भएको हो ।दिनेश भट्टराई, प्रधानमन्त्रीका प्ररराष्ट्र सल्लाहकारभट्टराईका अनुसार, १५ अगस्ट (भारतको स्वतन्त्रता दिवस) को अवसरमा फोन गरेर शुभकामना दिने योजना कोइरालाको थियो । तर, भारतीय प्रधानमन्त्री मोदी १६–१७ अगस्टमा युनाइटेड अरब इमिरेट्स भ्रमणमा गएको, त्यसपछि फर्केर विहारको चुनावमा व्यस्त रहेकोकारणले ढिलाइ भएको र कैलाली घटनाको भोलिपल्टको दिनसंयोग मात्रै परेको उनको भनाइ छ । भट्टराई भन्छन्, “दुई देशका सरकार प्रमुखबीचका वार्ता योजना र पद्धतिमा आधारित नै हुन्छन् । हतार हतारमा हुन सक्दैन ।”दुवै देशका सरकारप्रमुख बीच टेलिफोन संवाद भएको कुरा तत्कालै सार्वजनिक भएको थियो । नेपालस्थित भारतीय राजदूतावासले पनि संवादसम्बन्धी प्रेस विज्ञप्ति जारी गरेको थियो । प्रधानमन्त्री कोइरालाका सहयोगीहरूले पनि भारतीय समकक्षीसँगका संवादका विवरण सञ्चारकर्मीलाई टिपाएका थिए । तर, टेलिफोन कसले गरेको थियो भन्नेचाहिँ स्पष्ट पारिएको थिएन ।