पौने दुई किलो चरेससहित दिदी बहिनी पक्राउ….!५ भदौ, भैरहवा

image

रुपन्देहीको सीमा नाका बेलहियामा लागुऔषध चरेससहित दिदी बहिनी पक्राउ परेका छन् ।पक्राउ पर्नेहरुमा बाग्लुङ्ग निसी ९ की २९ बर्षीया बिमला घर्तीमगर र निसी ७ की ३२ बर्षीया कुमारी घर्ती मगर छिन् । उनीहरुठुली आमा र सानी आमाकी छोरीहरु हुन् ।बुटवल बसपार्कबाट पौने दुई किलो चरेस लिएर भारतको चन्डीगढ जाने क्रममा उनीहरुलाई सीमा क्षेत्रमा पक्राउ गरिएको प्रहरीले जनाएको छ । मानव बेचविखन बिरुद्ध कार्यरत संस्था केआई नेपालले सोधपुछको क्रममा उनीहरुको झोलाबाट लागुऔषध भेटिएपछि ईलाका प्रहरी कार्यालय बेलहीयालाई बुझाइएको हो ।भारतको विन-विन कम्पनीमा जागिर गर्न जान लागेको बताउने उनिहरुलाई परामर्श दिने क्रममा लागुऔषध फेला परेपछि प्रहरीलाई खबर गरिएको केआई नेपाल रुपन्देहीकी ईन्चार्ज तारा सापकोटाले जानकारी दिइन ।आफ्नो मामा विकास धर्ती मगरको आग्रहमा बुटवल बसपार्कबाट मामाको साथीले दिएको चरेस भारताको चण्डीगढमा पुर्ाउने जाने क्रममापक्राउ परेको बिमला घर्तीमगरले अनलाइनखबरलाई बताइन् ।पक्राउ परेका दुवै दिदी बहिनीलाई लागुऔषध मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको रुपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षकराजेन्द्र ढकालले बताए ।

टीकापुर र दुर्गौलीमा निषेधाज्ञा, भैरहवाका विभिन्न स्थान निषेध

image

जिल्ला प्रशासन कार्यालय कैलालीले टीकापुर नगर क्षेत्र र दुर्गौली गाविस क्षेत्रमा साँझ ८ बजे देखि भोलि बिहान ५ बजेसम्मनिषेधाज्ञा जारी गरेको छ। अखण्ड सुदूरपश्चिम पक्षधर र थारुहट पक्षधरका कार्यकर्ताबीच शुक्रबार टीकापुर नगरपालिका नजिकैकोदुर्गौली क्षेत्रमा भएको झडपपछि उत्पन्न स्थितिलाई नियन्त्रणमा लिन टीकापुर नगर क्षेत्रमा स्थानीय प्रशासनले यसअघि हिजो साँझ ९ बजेदेखि आज बिहान ६ बजेसम्म निषेधाज्ञा जारी गरेको थियो।यस्तै, स्थानीय प्रशासनले कुनै सभाजुलुस प्रदर्शन नपाइने गरी टीकापुर क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको थियो। निषेधित क्षेत्रमा कुनै पनि पक्षबाट आज सभाजुलुस प्रदर्शन नभएको भए पनि थारुहट पक्षधरले निषेधित क्षेत्र बाहिरका ग्रामीणक्षेत्रमा दिउँसो प्रदर्शन गर्दै पहाडी समुदायका व्यक्ति र तिनका घरमा आक्रमण र तोडफोड गर्ने क्रियाकलाप गरेपछि दोहोरो झडप हुनसक्ने सम्भावनालाई ध्यान दिई आज पनि निषेधाज्ञा जारी गर्नुपरेको स्थानीय प्रशासनले जनाएको छ।थरुहट पक्षले जोशीपुर गाविसमा आज कोणसभा गरी स्थानीय पहाडी समुदायका घर पसलमा तोडफोड गर्न थालेपछि प्रहरीले अश्रुग्यास प्रहार गर्नु परेको थियो। जोशीपुर गाविस मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक)का केन्द्रीय नेता रामजनम चौधरीको गृहक्षेत्रहो।यसैबीच, दलहरुबीच प्रदेश निर्माणमा हिजो भएको नयाँ सहमतिको विरोध गर्दै थरुहटका कार्यकर्ताले आज कैलालीको मसुरिया क्षेत्रमा सडकमै बसेर विरोध प्रदर्शन गरेका थिए। थरुहटको बन्दका कारण आज पनि यहाँको जनजीवन प्रभावित रह्यो।भैरहवाका केही स्थान निषेधित क्षेत्र घोषणाजिल्ला प्रशाशन कार्यालय रुपन्देहीले जिल्ला सदरमुकाम भैरहवाका केही क्षेत्रमा बिहान ११ बजेदेखि आगामी पाँच दिनसम्मका लागि निषेधित क्षेत्र घोषणा गरेको छ। प्रशासन कार्यालयले भैरहवा क्षेत्रमा सभा जुलुस, पाँचजनाभन्दा बढी मान्छे हिड्न तथा जम्मा हुन नदिने गरी निषेधित क्षेत्र घोषणा जारी गरिएको प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद ढकालले जानकारी दिए।भैरहवाको पूर्वमा वसन्तपुर गाविस, पश्चिममा गौतमबुद्ध विमानस्थलको मायाँदेवी चोक, उत्तरमा विद्युत कार्यालय र दक्षिणमा बेलहिया नाकासम्म निषेधित क्षेत्र घोषणा गरिएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए।आन्दोलनकर्ता र प्रतिकार समूहबीच ठाउँठाउँमा झडपको स्थिति आएपछि निषेधित क्षेत्र जारी गरिएको प्रजिअ ढकालले बताए। रासस

मधेशी शहीदक संग अछि प्रवासी मधेशी समाज कतार: शहीदक परिवार

image

संक्रमणकाल सँ निकैल रहल नेपाल मे संविधान बनेबाक प्रक्रिया अन्तिम दौर मे अछि। पहिने सीमांकन-नामांकनविहीन संघीयताक नाटक आ तेकर विरोध भेलाक बाद मनमौजी प्रदेशक सीमांकन सँ उत्पन्न विवाद आ जनाक्रोश सँ पूरे देश मे असन्तुष्ट जनता द्वारा बन्द-हड़तालक कार्यक्रम जोर पकड़ने जा रहल अछि, मुदा सरकार द्वारा समुचित संबोधन करबाक ठाम पर एखन धरि मनमाफिक ६ प्रदेश सँ ७ प्रदेश आ अन्यान्य बात कैल जा रहल अछि, मुदा विगत मे भेल मधेश केन्द्रित शान्ति-समझौता सब पर केकरो ध्यान नहि जा रहलैक अछि जाहि सँ संपूर्ण मधेशी समुदाय मे नेपाल सरकार प्रति आस्था टूटय लगलैक अछि आ जहतर-पहतर आन्दोलन हिंसक रूप मे सेहो देखाय लागल छैक।एहेन अव्यवस्था मे कानून केर रक्षक स्वयं यदि कानून केर भक्षक बनिकय आक्रोशित जनता केँ समझा-बुझा स्थिति नियंत्रित रखबाकठाम पर सीधे छाती पर गोली मारतैक आ निर्दोष जनता केँ शहीद बनौतैक तऽ देश मे क्रान्ति पसरबे करतैक, शान्ति भंग हेब्बे करतैक। आब देश सँ बाहर रहि रहल जनता मे सेहो आक्रोश एहि तरहें पसरय लागल छैक जेकर परावार नहि।कतारमे सेहो भऽ रहल अछि मधेश वास्ते क्रान्तिशहीद राजीव राउत केर परिवार लेल सहयोगक बिगुल फुका’ रहल अछि मधेशी जनमानस मे । मसाल जरए सबहक घर-घरमे !! शहीदक सम्मान होहर नगरमे !! एहि हार्दिक अपिल केर संग मधेशक हक-अधिकार लेल 18 August 2015, मंगल दिन अपन प्राणकेर आहुति देनिहार मधेशक वीर सपूत स्व. राजेन्द्र कुमार राउत ( राजीव राउत) प्रति हार्दिक श्रद्धाञ्जली प्रकट करैत हुनकर पीडित परिवार लेल दोहा-कतारसँ आर्थिक सहयोग संकलन शुरु भेल अछि । अपील कैल गेल अछि जे अपना-अपना दिस सँ यथासम्भव स्वैच्छिक सहयोग कय एहि पुनित काज मे अपन योगदान दैत पुण्यक भागी बनू। एखन धरि एहि मे स्वस्फूर्त बढि-चढिकय मधेशी समुदायक कमौआ पुतसब स्वैच्छिक सहयोग जमा कय रहल अछि। एहि अभियान सँ ई संवाद मधेशी केँ देबाक अछि जे आन्दोलन मे देश सँ दूर रहितो सब मधेशीएकजुटता सँ अहाँ सबहक संग अछि। २५० वर्षक उत्पीड़ण देनिहार पहाड़िया शासकवर्ग सँ स्वायत्तशासन लेल मधेश एक प्रदेश केर माँग मनबाइये के छोड़बाक छैक। आयोजकवर्ग द्वारा देल जानकारी मुताबिक शासकवर्गक जिद्द सँ मधेश संग पहिले कैल गेल समझौता केँ नकारब अपच्य छैक।

जनयुद्धमा चर्चबाट पैसा खाएकोले अहिले धर्म विवादमा

image

वरिष्ठ न्युरो सर्जन डा. उपेन्द्र देवकोटाले जनयुद्धमा एमाओवादीले चर्चबाट पैसा लिएकाले अहिले धर्म विवादमा परेको बताएका छन् । उनले धर्मलाई विवादमा ल्याउन नाटक रचिइरहेको दाबी गरे ।बृहत् आध्यात्मिक परिषद् गोरक्षपीठ मृगस्थली, बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ श्रम देवघाट र ओम् वासुकीचौरगोरक्षपीठ भुवनेश्वरी कोटीहोमस्थल संरक्षण समिति बल्खुले शुक्रबार मृगस्थलीमा आयोजना गरेको संयुक्त अभिनन्दन कार्यक्रममा देवकोटाले भने, ‘आन्दोलनताका चर्चहरूले माओवादीलाई लगानी गरे ।नेपाल सायद विश्वको एकमात्र राष्ट्र होला, जहाँ कम्युनिस्ट आन्दोलन चर्चको सहयोगले सफल भयो ।’ उनले नेताहरूले राष्ट्रके हो भन्ने नबुझेको तर्क गरे । उनले थपे, ‘नेपाललाई कहिले प्रचण्डले मेरो राज्य भन्छन् कहिले ज्ञानेन्द्रले । यो नेपाल आखिर कसको हो ? १८ हजार मानिस मार्ने अन्धाहरू विदेशी उक्साहटमा आँखामा पट्टी बाँधिएका अवस्थामा छन् । तिनबाट देशमा केही हुनेवाला छैन । यही कारण अहिले धर्मबारे विवाद सुरु भएको हो ।’देवकोटाले कुनै धर्म, शासक र अन्य कसैलाई पनि हस्तक्षेप नगर्ने हिन्दु धर्ममाथि किन यसरी प्रहार भइरहेको छ भनी प्रश्नगरेका थिए । उनले हिन्दु धर्म अरूजस्तो कठोर नभएको, सबै धर्मलाई उत्तिकै आदर गरिरहेको र प्रतिरोधसमेत नगरेकाले कमजोर ठानिएको बताए । उनले भने, ‘यो हिन्दुहरूको कमजोरी होइन, विशेषता हो । हिन्दुले कुनै धर्मको मन्दिर वा भवनको एउटा पनि इँट उप्काएका छैनन् तर अरूले किन उप्काइरहेका छन् ?’ योगी नरहरिनाथले ४५ वर्षअघि नेपालका बारेमा बोलेको सन्दर्भ यतिबेला सार्थक भइरहेको उनको भनाइ छ ।उनले भने, ‘नरहरिनाथले त्यतिबेलै पनि राजनीतिका कारण नेपाल धमिलो भयो भनेर नेपाल कर्मवीर पार्टी खोली नुवाकोटबाट आन्दोलन सुरु गरेका थिए । निर्भीक उनका बारेमा सहकर्मी जर्मन डाक्टरले नरहरिनाथले जति नेपाललाई गम्भीर ढंगले कसैले अध्ययन नगरेको बताएका थिए ।’कार्यक्रममा गृहसचिव सूर्यप्रसाद सिलवालले २०५४ सालमा प्रकाशित योगी नरहरिनाथ अभिनन्दन ग्रन्थ प्रकाशन गर्ने डा. स्वामी प्रपन्नाचार्य, डा. गोविन्द टन्डन, डा.घटराज भट्टराई, डा. चिन्तामणि योगी र डा. मुकुन्दराज अर्याललाई अभिनन्दनगरेको आजकोअन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

हिन्दू राष्ट्र नेपाल’ घोषणा गर्न अमेरिकाबाट समर्थन

image

काठमाडौं। ‘हिन्दू राष्ट्र नेपाल’ घोषणा गर्न अमेरिकामा अभियान शुरु भएको छ। यो अभियानका सदस्यहरुले हिन्दू राष्ट्र घोषणा गरी संघीयता र गणतन्त्र जस्ता विवादित विषयहरुलाई जनमत संग्रह मार्फत् सदाको लागि अन्त्य गर्नु पर्ने माग समेत गरेका छन्। उनीहरुले जारी गरेको विज्ञप्ती यस प्रकार छःनेपाल संविधान, २०७२ को मस्यौदामा सल्लाह-सुझाव संकलन गर्ने क्रममा जुनरुपमा जन-चाहना प्रकट भयो त्यसबाट अत्तालिएर वि सं २०६२-६३ सालको परिवर्तनलाई संस्थागत गर्ने भन्दै सिमित राजनैतिक दलका नेतृत्व वर्गलेआफुखुशी कसैको निर्देशनमा नेपाललाई सके धर्मनिरपेक्ष नसके धर्मबाट स्वतन्त्र भएको राष्ट्र घोषणा गर्ने वदनियत राख्दै आएको सबैको सामु छर्लङ्ग भईसकेको छ।हामीहरुलाई पूर्ण विश्वास छ कि कुनै पनि राष्ट्र धर्मबाट विमुख हुनै सक्दैन । वास्तवमा राष्ट्रको आफ्नै धर्म, कायदा-कानून र मूल्य-मान्यताहुन्छन् जसबाट समाज निर्दिष्ट हुन्छ र यो क्रमिक रुपमा गतिशिल हुँदै जान्छ । हिन्दू धर्म भनेकै विगत देखि चल्दै आएको हाम्रो नेपाली समाजलाई गतिशिलता प्रदान गर्ने आधार विन्दु र जीवन पद्दति हो ।अविरल महासागर झैं आफ्नो आवाज सहित ओर्लिएको नेपाली जनताले सनातन मान्यतामा आधारित परम्परा, आस्था, भावना र विशिष्टता लिएर आएको हाम्रो आफ्नै जीवन पद्दतिको रक्षा र संरक्षण गर्न ‘हिन्दू राष्ट्र नेपाल’ घोषणा गरिनु पर्ने सिधा र सरल माग प्रस्तुत गरेका छन् । आफ्नो राष्ट्रले बोकेको विशिष्ट परिचय नै कायम हुनु पर्ने विवेकी नेपाली जनताको उचित मागलाई समर्थन जनाउँदै हामी प्रवासमा रहेका नेपालीहरुको पनि ‘नेपाल हिन्दू राष्ट्र’ नै हुनु पर्ने माग दोहोर्याउँदछौं ।‘हिन्दू अधिराज्य नेपाल’ ले विश्वमा आफ्नै अलग्गै पहिचान दिएको र यस पहिचान अन्तर्गत नेपालले व्यक्ति र समाजको आ-आफ्नो मूल्य, मान्यता, पहिचान, संस्कार, रीतिरिवाज, परम्परा, पन्थ, धर्म र स्वमार्ग अँगाल्ने स्वतन्त्रता सबै नेपाली नागरिकहरुलाई समान रुपमा प्रदान गर्दै आएको थियो । फलस्वरुप, नेपालमा धर्म, संस्कार, परम्परा र स्वमार्ग जस्ता विषयलाई लिएर कहिल्यै वैमनुष्यता भएन । यस्तो भातृत्व, समभाव र विशिष्टमूल्य-मान्यतामा टिकेको विश्वको एक मात्र ‘हिन्दू राष्ट्र नेपाल’ को परिचयलाई क्रमिकता दिएर नेपालीहरुको भाईचारा, सद्भाव र समभावलाई अक्षुण्ण राख्नु पर्छ भन्ने हाम्रो मागलाई नेपाल संविधान, २०७२ मा तत्काल अंकित गरी अपरिवर्तनीय व्यवस्था गरियोस् ।नेपालको हालको परिस्थितिलाई हेर्दा जन-चाहना र नेतृत्व वर्गको कार्य बाझिएको स्पष्ट देखिन्छ । नेपाली जनताले नेपाललाई हिन्दू राष्ट्र कायमगरिनु पर्ने सशक्त आवाज उठाउनुको अलावा संघीयता र गणतन्त्रलाई समेत नरुचाएकोले नेपाललाई तत्काल हिन्दू राष्ट्र घोषणा गरी संघीयता र गणतन्त्र जस्ता विवादित विषयहरुलाई जनमत संग्रह मार्फत् सदाको लागि अन्त्य गर्नु पर्ने मागमा हामीहरुको समेत पूर्ण सहमति रहेको यस प्रेस विज्ञप्ति मार्फत् जानकारी गराउँदछौं ।धन्यवाद् ।भवदीय,नेपाल-अमेरिका सनातन धर्म प्रतिष्ठानडा. कमल पाण्डे, शेर बहादुर गड्तोला, कृष्ण राज पाण्डे, रमा सिंह, दिनेश भट्टाराई, कुन्ती थापा, दूर्गा पाण्डे, प्रा. डा. खगेन्द्र थापा,डा. तिलक श्रेष्ठ, दिवाकर पन्त,बिमला सिवाकोटी, कमला प्रसाई, विशाल शाह,

जनताले मधेशलाई अलग राष्ट्र बनाउन चाहन्छ भने संविधानसभा छोड्न तयार छौं : अनिल झा

image

जलेश्वर, २८ साउन । नेपाल सद्भावना पार्टीका राष्ट्रिय अध्यक्ष अनिल झाले संघीयताको सवालमा संविधानसभा छोड्न नसकिने तर, जनताले मधेशलाई अलग राष्ट्र बनाउन चाहन्छ भने संविधानसभा छोड्न तयार रहेको बताएका छन् । उनले पुनः अर्को मधेश आन्दोलनको आवश्यकता भएको बताउँदै आन्दोलनको अग्रमोर्चामा बढन सबैसंग आग्रह गरेका छन् । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा पार्टीले आयोजना गरेको ‘भावी संविधानमा मधेशी सरोकार’ विषयक विचार गोष्ठीमा प्रमुख अतिथिको आसन्नबाट बोल्दै उनले भने, ‘अहिले आन्दोलनको शुरुवात नगर्ने हो भने मधेश र मधेशीको हक अधिकार गुम्ने खतरा बढेको छ ।’ मधेशमा अहिले ग्रहण लागेको र मधेशको औचित्य नै संकटमा परेको बताउँदै झाले मधेशलाई अधिकारसम्पन्न बनाउन आन्दोलन गर्नुको विकल्प नरहेको स्पष्ट गरे । विभिन्न मधेशवादी दलका नेताहरुले विचार गोष्ठीमा संविधानसभा छोडेर आउन गरेको प्रश्नको उत्तरदिँदै झाले आफूहरु संविधानसभाबाटै मधेशको अधिकारसम्पन्न संविधान बनाउन चाहेकोले संविधानसभा छोडन नसकिने जिकिर गरे । संविधानसभा छोडेर अवसरवादीको विल्ला भिराउन आफूहरु तयार नरहेको उनको कथन थियो । सो विचार गोष्ठी नेपाल सद्भावनाका केन्द्रीय सदस्य सुनिल रोहित, राजिव झा, रमण पाण्डेय, स्वतन्त्र मधेश गठबन्धनका केन्द्रीय सहजकर्ता चन्दन सिंह, तमलोपाका जिल्ला अध्यक्ष अभिराम शर्मा, नेपाली काँग्रेसका बजरंग नेपाली, सद्भावना पार्टीका जिल्ला अध्यक्ष रामबाबु साह, संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष रामनरेश राय, नागरिक समाजका केदारनाथ पाठक, मुनेश्वर राय, शेषनारायण झा लगायतका वक्ताहरुले आ–आफ्नो मन्तव्य राखेका थिए ।

मोर्चाका नेता र प्रशासनवीच तोडफोड र आगजनी नगर्ने सहमति

image

लहान, भदौ ५ गते । संयुक्त मधेसी मोर्चामा आबद्ध राजनीतिक दलका नेता र सिरहाका स्थानीय प्रशासनबीच बन्दका क्रममा कुनै सवारी साधन तोडफोड र आगजनीनगर्ने सहमति भएको छ ।जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफलका क्रममा विभिन्न राजनीतिक दलका नेताले कुनै सवारी साधनमा तोडफोड तथा आगजनी नगरी आन्दोलनलाईसंयमित बनाउने र स्थानीय प्रशासनबाट यथोचित संयमता अपनाउने सहमति भएको हो ।बन्दका क्रममा जिल्लास्थित सरकारी कार्यालय जबर्जस्ती बन्द गराउँदै आएको रबन्द नगरिएका कार्यालयमा तोडफोड र आगजनी गर्दै आएकामा अब जबर्जस्ती सरकारीकार्यालय बन्द नगराउने सहमति भएको सिरहाका प्रजिअ डा मानबहादुर विकेले जानकारी दिनुभयो ।

पहिचानका लागि आन्दोलन: मधेसवादी नेताहरू

image

भाद्र ५, २०७२- मधेसलगायत देशका विभिन्न भागमा भइरहेको आन्दोलन पहिचानका लागि भएको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । सरकारले अबमूल्यन गर्न खोजे आन्दोलन अझै उग्र हुने चेतावनी यादवले दिए ।सुनसरी सदरमुकाम इनरुवामा शनिबार भएको विरोधसभामा बोल्दै उनले यस्तो बताएका हुन् । आफूहरू कुनै नयाँ माग लिएर सडकमा उत्रिएको नभई विगतका सम्झौता कार्यान्वयनगराउन आन्दोलित बनेको यादवले बताए । अहिलेको संघीयताले मधेसी, आदिवासी, जनजातिदलित महिलाको अधिकार सुनिश्चित नहुने उनको दाबी थियो । तराई मधेस लोकतान्त्रिकपार्टी अध्यक्ष महन्थ ठाकुरले सदियांैदेखि मधेस र मधेसीलाई औपनिवेशिक बनाएर राखेको आरोप लगाउँदै नियोजित रूपमामधेसी जनताको शोषण जारी रहेकाले पहिचानकोरक्षा र मुक्तिका लागि आन्दोलनमा आउनुपरेको बताए । उनले भने, ‘विगतमा राणा र शाहवंशीय राजाले शोषण गरे, अहिले नयाँ राजाहरूले गर्न खोजेका छन्, ती शोषणविरुद्ध अधिकारका लागि हाम्रो आन्दोलन हो ।’सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले संविधानसभामा बसेर मधेसी जनताको अधिकार सुनिश्चित हुन सक्ने कुनै अवस्था नदेखेपछि संविधानसभा छाड्न बाध्य भएको बताए । उनले वर्तमान समस्याको निकासका बाधक कांग्रेस, एमाले र एमाओवादी भएको आरोप लगाए ।

हात–मुखमा कालोपट्टी बाँधेर बालबालिका प्रदर्शनमा

image

सप्तरी, भदौ ५ । आफूहरुको पठन–पाठन सुचारु हुनुपर्ने माग गर्दै शनिबार राजविराजका बालबालिकाहरुले प्रदर्शन गरेका छन् ।जिल्ला बाल सञ्जाल, नगर बाल सञ्जाल र ह्याप्पिल्याण्ड बालक्लबसँग आवद्ध बालबालिकाहरुले पढ्न पाउने आफूहरुको अधिकारको रक्षा गर्न माग गरेका हुन् ।बालबालिकाहरुले हात र मुखमा कालोपट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।लगातारको बन्दले विद्यालय नखुल्दा हुँदा बालबालिकाको पढाइमा बाधा पुगेको छ ।

सडकबाटै ‘अवध थरुहट स्वायत्त प्रदेश सरकार’ घोषणा

image

नेपालगन्ज–बाँकेमा आन्दोलन गरिरहेको थरुहट, अवध संयुक्त संघर्ष समितिले शनिबार ‘अवध–थरुहट स्वायत्त प्रदेश सरकार’ घोषणा गरेको छ । संघर्ष समितिले नेपालगन्ज उपमहानगर क्षेत्रका विभिन्न ठाउँमा व्यानर टाँगेको छ।दलहरुले सात प्रदेशको नयाँ सीमांकन गरेपछि आन्दोलनरत मधेसी मोर्चा र थरुहटका स्थानीय नेता, कार्यकर्ता झनै आक्रोशित भएका छन् । मधेसी मोर्चाले शनिबार नेपालगन्जमा प्रर्दशनसमेत गरेको छ। विगत दुई हप्तादेखि आन्दोलन जारी राखेका उनीहरुले शनिबार झनै कडा बनाए । आफूहरुको मागप्रति सुनुवाई नभएको भन्दै सडकबाटै प्रदेश घोषणा गरिएको संघर्ष समितिले जनाएको छ । संघर्ष समितिका प्रवक्ता पशुपतिदयाल मिश्रले माग पुरा नभएपछि सडकबाटै प्रदेश घोषणा गर्नु परेको बताए । ‘माग छिटो भन्दा छिटो पुरा गराउनका लागि गरिएको एउटा दवाव पनि हो यो,’ उनले भने ।नेपालगन्जको त्रिभुवन चोक क्षेत्रमा टाँगिएको व्यानर ।समितिले तराईको कन्चनपुरदेखि चितवन सम्मका जिल्लालाई अवध, थरुहट प्रदेश कायम गर्नुपर्ने, सम्वैधानिक मुस्लिम आयोग वा मधेसीआयोग बनाउनुपर्ने लगायत माग राख्दै आएको छ । यसअघि शुक्रबार थरुहट संयुक्त संघर्ष समितिले कोहलपुर नगरपालिका सहित विभिन्नसरकारी कार्यालयमा थरुहट स्वायत्त प्रदेश लेखेर प्रदेश घोषणा गरेको थियो ।