कपिलवस्तुमा प्रहरीको यातना र त्रास रोकिएको छैन

image

कपिलवस्तु, २ भाद्र । दिउँसो १ बजेदेखि शुरू तौलिहवाको दोहोरो झडपमा प्रहरीको अन्धाधुन्ध प्रहारबाट आन्दोलनकारी तितरबितर भएपनि प्रहरीले यातना र त्रास दिने कार्य अझै रोकेको छैन । यसैक्रममा कपिलवस्तु जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डि.एस.पि) को कमाण्डमा जिल्ला अस्पतालमा घेरा हाली बिरामी र कुरूवालाई समेत दुव्र्यवहार र कुटपिट गरिएको छ । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको प्रदर्शन नियन्त्रणमा लिन कपिलवस्तुको तौलिहवामा प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेहरुमा कपिलवस्तु नगरपालिका १२ का ३४ वर्षीय पुन्नवासी कहार र बर्गदवा गाविसका राजेन्द्र महरा छन् । कहारको बायाँ हातमा र महराको बायाँ घुँडामा गोली लागेको छ । उनीहरुलाई उपचारको लागि अस्पताललगिएको छ ।तौलिहवाको बजार गौढीचौक प्रहरी दमनको विरोधमा आन्दोलनकारीले प्रहरी बिट जलाएका छन् ।

मधेश आन्दोलनलाई बदनाम गराउँदै एमाओवादी (बाबुरामले देखे मधेशमा पृथकतावादी)

image

काठमाडौ भदौ २ गते । १६ बुँदे सम्झौता र त्यसमापछि आएका मस्यौदाको विरोधमामधेशवादी आन्दोलनमा छन् तर एमाओवादी त्यसले त्यसलाई बदनामा गराउन लागि परेका छन् । एमाओवादीका ठूला ठूला नेतारु आन्दोलनको विरोधमा व्यक्तत्वहरु दिन थालेका छन् तर जनतामा भ्रम छर्ने काम गरिरहेको मधेशी मोर्चाका नेताहरुले आरोप लगाएका छन् ।एमाओवादीका तीन ठूला दलका नेताहरुको भाषण सुनेपछि मधेशको आन्दोलनलाई नरुचाएको बुझ्न सकिन्छ । सो पार्टीको कार्यालयमा रामवृक्ष यादवको स्मृति दिवसमा आयोजित कार्यक्रममा नेता डा.बाबुराम भट्टराईले मधेशमा भएको आन्दोलनलाई बेतुकको आन्दोलन मात्र नभनेर सविधान निर्माणहुन नदिने षड्यन्त्रमा आन्दोलन शुरु भएको आरोप लगाए ।उनले भने, जहाँ जहाँ आन्दोलन भएको छ, उत्तेजित र जनतालाई भड्काउने खालको भएको छ । जनतालाई भड्काउन केही नेताहरु सचेत भएर नै लागेका छन् र यसबाट प्रष्ट हुन्छ कि उनीहरु सविधान निर्माण गर्न चाहेका छैन ।’ गलत उद्देश्यकालागि मधेशमा आन्दोलन भइरहेको छ, उनले दावीका साथ भने आन्दोलन पृथकतावादी तिर गइरहेको छ र देशलाई खण्डित गर्ने प्रयास गरिरहेको छ । यदि नेपालै नरहेयो संघीयता र गणतन्त्रका लागि कहाँ लड्ने । त्यसैले यस्ता आन्दोलनको पछि लाग्नु हुँदैन ।’डा.बाबुराम भट्राईले मधेशको आन्दोलन पृथकतावादी तिर गइरहेको मात्रै भनेका छन् सोही पार्टीका सचिव वर्षमान पुनले रिर्पोटर्स क्लवामा गएर आन्दोलनको नाममा दुई–तीन सय मान्छे मार्ने योजना भएको सूचना आफूले पाएको दावी गरेका थिए । उनले भनेका थिए, आन्दोलनमा बल प्रयोग गरेर भड्काउने काम गर्नुहुँदैन । दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको जानकारी आएको छ । संविधान बन्न नदिने योजना छ । यसमा सचेत हुनु पर्छ । यसमा नेताहरु चुके संविधान बन्न नदिनेले फाईदा लिन्छन् ।सोही पार्टीमा रहेर मधेशमा राजनीतिक गर्ने रामचन्द्र झाले मधेशका ८ जिल्लासम्मलित दुई नम्बर प्रदेशको विरुद्धमा आन्दोलन गर्ने मधेशी नेताहरु गोहीकोआँसु झारेको आरोप लगाए । आफूहरुले मधेशलाई पहडामा मिलाउनु पर्छ भन्दा हुँदैन, मधेशलाई पहाडसँग मिलाउनु हुँदैन भनेका थिए जब अहिले छुट्टै मधेश दिएका छन् भने मधेशी नेताहरु गोहीका आँसु झारिहेको आरोप लगाए ।उनले अहिले आएका ६ प्रदेशको खाकामा सबभन्दा उत्कृष्ट दुई नम्बर (मधेश प्रदेश) को प्रदेश रहेको दावी गरे ।जलस्रोत नभए के हुन्छ, त्यहाँ अरु विकासका सबभन्दा प्रबल सम्भावना भएको प्रदेश हो । चीनको सम्भावना त्यही छ, माछाको सम्भावना त्यही छ, पशुपालनको सम्भावना त्यही छ, आर्गे्निक खेतीको सम्भावना त्यही छ, नगदेवालीको सम्भावना त्यही छ । यस्तो सम्भावना भएको प्रदेश अरु कुनै प्रदेश नरहेको दावी गर्दै नेता झाले दुई नम्बर प्रदेशमा झापा, मोरगं र सुनसरी मिलाउनु पर्ने थियो तर नमिलाएपनि केही नविग्रेको स्पष्ट पारे ।उनले झापा, मोरगं र सुनसरीका जनता दुई प्रदेशमा आउन चाहेका छैन भने के गर्ने प्रश्न गर्दै आठ जिल्लाको दुई नम्बरको प्रदेश सबभन्दा राम्रो भएको दोहोर्याए ।२०६३–०६४ को आन्दोलनमा पनि माओवादीले मधेश आन्दोलन दवाउन निकै प्रयास गरेका थिए । एमाओवादीका अध्यक्ष प्रचण्डले त तत्कालिन प्रधानमन्त्री गिरीजा प्रसाद कोइराला समक्ष जनमुक्ति सेना र नेपाली सेना लगाएर मधेश आन्दोलन दबाउ भनेर प्रस्ताव नै लगेका थिए तर कोइरालाले सो प्रस्ताव स्वीकार गरेनन् ।त्यस अवस्थामा माओवादीमा रहेका मातृका यादवलाई लगाएर रमेश महतोको लाश लुटेर आन्दोलन दवाएको कुरा मधेशी जनताले विर्सेका छैन । त्यसबाट पनि सम्भवनभएपछि गौरमा जनमुक्ति सेना लगाएर मधेशी आन्दोलनकारीलाई लखेट्ने प्रयास भएकै थियो तर त्यसको नतिजा के भयो त्यो एमाओवादीले राम्री बुझेका छन् । त्यसैले यसपटक पनि आन्दोलन दवाउने वा भड्काउने कुनै दुष्प्रयास कतैबाट नहोस् भनि मधेशी नेताहरुले चेतावनी दिएका छन् ।

जनकपुरको वकिलद्धारा मधेश आन्दोलनको सर्मथन (विज्ञप्ति सहित)

जनकपुरधाम, भदौ २ गते । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा लगायतको विभिन्न राजनितीक दलहरुले मधेशको अधिकार प्राप्तिको लागि आन्दोलनलार्ई जनकपुरका कानुन व्यवसायीहरुले समर्थन जनाएका छन् ।संविधानक प्रारम्भिक मस्यौदा २०७२ मधेश र मधेशीको हितमा नरहेको भन्दै अधिवक्ताहरु भागिरथ लाल कर्ण , दिपना यादव , सुशिल कुमार मल्लिक , रामकिशोर महतो , रेखा झा , दिपक कुमार प्रसैला , पवन कुमार कर्ण , रामचन्द्र महतो , विजय प्रताप सिंह , रामचन्द्र महतो , लक्ष्मीराम साह , दयानन्द मिश्र , अशोक कु. मिश्र , नवल कुमार यादव , पवन कुमार झा , आमोद कुमार झा , बलराम सुवेदी , उदयकान्त झा , सुर्यनाथ महासेठ , सुवोध कुमार मंडल , अरुण कुमार यादव , हेमन्त कुमार कर्ण , धर्मेन्द्र शर्मा , मनसुर राईन, अरबिन्द कुमार कर्ण , अर्जुन कुमार थापा , बालानन्द लाभ तथा बालकृष्ण कार्कीले आन्दोलनलाई समर्थन गरेका छन् । मस्यौदामा संघीय संरचना, सिमांकन , नागरिकताको व्यवस्था विभेदपूर्ण रहेको प्रकाशित विज्ञप्तिमा जनाइएको छ । साथै मधेशको माग एकदमै जायज रहेको भन्दै आन्दोलनलाई कानुन व्यवसायी अधिव्क्ताहरुको सर्मथन रहेको छ ।

मधेसी र जनजाति पार्टीहरुले बनाए संघीय गठबन्धन

२ भदौ, काठमाडौं । सीमांकनको विरोधमा आन्दोलनरत मधेस केन्द्रीत र जनजाति दलहरुले संघीय गठबन्धन बनाएका छन् ।गठवन्धनमा बैद्य माओवादीलाई भने समोवश गरिएको छैन । बुधबार आन्दोलनकारी दलहरुको बैठकले संघीय गठबन्धन बनाउने सहमति गरेका हुन् ।गठवन्धनमा मधेसी मोर्चाका संघीय समाजवादी फोरम, तराई मधेस लोकतान्त्रिक पार्टी,सदभावना पार्टी र तराई मधेस सदभावना पार्टी छन् । यस्तै थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी,सामाजिक लोकतान्त्रिक पार्टी र आदिवासी जनजाति पार्टी पनि गठवन्धनमाछन् ।गठवन्धाले सचिवालय गठन गर्ने भएको छ भने पार्टीगतथ रुपमा अलग कार्यक्रममा गर्न सक्ने स्वायत्तता दिइएको छ ।

कपिलवस्तुमा प्रहरी र प्रदर्शनकारीबीच झडप, २० बढी घाइते

image

मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सदरमुकाम तौलिहवामा झडप भएको छ। सात दिनदेखि अखण्ड मधेस थरुहट प्रदेशको माग गर्दैआन्दोलनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच जिल्ला प्रशासन कार्यालय चोक अगाडि झडप हुँदा करिब १५ जनाभन्दा बढी आन्दोलनकारी घाइते भएका छन्। यसैगरी, प्रदर्शनकारीको ढुङ्गा प्रहारबाट प्रहरी र सशस्त्र प्रहरीतर्फका आधा दर्जन सुरक्षाकर्मीसमेत घाइते भएका छन्।स्थितिलाई नियन्त्रणमा लिन लाठी चलाउनुका पटक पटक अश्रु ग्यास प्रहार गर्दा समेत स्थिति नियन्त्रणमा आउन नसकेपछि प्रहरीले केही राउन्ड गोलीसमेत प्रहार गरेको थियो। प्रहरीको गोली लागेर दुईजना प्रदर्शनकारी घाइते भएका छन्। घाइतेको तौलिहवास्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ।ठूलो सङ्ख्यामा गाउँगाउँबाट सदरमुकाम आई जनता विरोध प्रदर्शनमा उत्रिएका स्थिति तनावपूर्ण बनेको हो। प्रहरीको लाठी प्रहारबाट तमलोपाका जिल्ला उपाध्यक्ष धरमबहादुर लाल श्रीवास्तव, सङ्घीय समाजवादी फोरमका जिल्ला नेता अब्दुल रसिद खांलगायतघाइते भएका छन्।प्रमुख जिल्ला अधिकारी अब्दुल कलाम खाँले प्रहरीले गोली नचलाएको दाबी गरे। सरकारी कार्यालय आगजनी गर्न आएको समूहलाई नियन्त्रण गर्न प्रहरीले सामान्य बल मात्र प्रयोग गरेको प्रजिअ खाँको भनाइ छ।आन्दोलनकारीले घरेलु तथा साना उद्योग कार्यालयमा तोडफोड तथा आगजनी गरेका छन्। आगजनीबाट कार्यालयका सम्पूर्ण कागजपत्र तथाजिन्सी सामग्री जलेर नष्ट भएको कार्यालय प्रमुख मनोजकुमार शैनीले बताए। रासस

बलिउड अभिनेता नाना पाटेकर नेपाल आउने

image

मुम्बई, (एजेन्सी) भदौ २ गते । अभिनय सुरु गरेको करिब २५ वर्ष पछि फिल्म निर्देशनमा फर्किने तयारीका लागि चर्चित बलिउड अभिनेता नाना पाटेकर काठमाडौं आउने भएका छन् । नाना आफूले निर्देशन गर्न लागेको दोस्रो नाम नराखिएको फिल्मको सुटिङ् स्थल अवलोकनका लागि नेपाल आउन लागेका हुन् । निर्देशनमा फर्किन लागेका नानाले प्रेस ट्रष्ट अफ इण्डिया(पिटिआइ)सँग कुरा गर्दै उक्त कुरा बताएका हुन् ।उनले भने, म एउटा फिल्म निर्देशन गर्दै छु जून एउटा जीवनीमा आधारित हुनेछ । फिल्ममा एउटा केटीको जीवन वरीपरी घुम्नेछ । म सुटिङ् स्थलको खोजीमा छिट्टै हिड्ने तयारीमा छु । म काठमाडौं जाँदैछु ।’ नानाले आफू अभिनित फिल्म ’अब तक ५६’को तेस्रो श्रृखंला निर्देशन गर्ने चर्चा चलेको थियो । सोहल्लालाई खारेज गर्ने क्रममा उनले काठमाडौं आउन लागेको खुलासा गरेका हुन् । यध्यपी उनी कहिले काठमाडौं आउने हुन भन्ने बारेमा केही खुलाएका छैनन् ।आफ्ना योजनाका बारेमा बोल्दै नानाले थप यसो भने, ’म आफ्ने निर्माण कम्पनि शुरु गर्दैछु, त्यसमा मेरो छोराले गम्भिर किसिमका फिल्म बनाउँनेछ ।’ नानाले सन् १९९१ मा ’प्रहार द फाइनल एट्याक’ फिल्मबाट निर्देशक बनेका थिए।त्यस यता उनले कुनै फिल्म निर्देशन गरेका छैनन्। फिल्ममा नाना स्वयमंका अलावा माधुरी दिक्षित, डिम्पल कम्पाडियाको अभिनय रहेको थियो । उनको ’वेलकमब्याक’ फिल्म सेप्टेम्बर ४ मा रिलिज हुँदैछ

आन्दोलनमा ज्यान गए प्रादेश सरकार बनेपछि ५० लाख दिने म

image

संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले थरुहट/मधेस प्रदेशका लागि भइरहेको आन्दोलनमा घाइते भएकाको रेखदेख र उपचारको व्यवस्था गर्ने भएको छ। मधेसी मोर्चाको बुधबार बसेको बैठकले गठवन्धनले आहृवान गरेको बन्दका क्रममा आन्दोलनका क्रममा कसैले ज्यान गुमाए प्रदेशिक सरकार बनेपछि पीडित परिवारलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको छ। साथै उसले मृतकको परिवारका एक सदस्यलाई रोजगारी र निःशल्क शिक्षा दिने मोर्चाले बताएको छ।मोर्चाका शीर्ष नेताहरुद्धारा जारी विज्ञप्तिमा भनिएको छ-‘थरुहट/मधेश लगायत यस गठबन्धनमा आवद्ध रहेका घटकहरुको आव्हानमा आन्दोलनमा ज्यान गुमाउने शहिद परिवारहरुलाई आन्दोलनवाट बन्ने प्रादेशिक सरकारले शहिद परिवारलाई पचास लाख आर्थिक सहयोग उपलब्ध गराउनका साथै शहिद परिवारलाई निशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रायदेशिक सरकारले वहन गर्ने छ भन्ने प्रतिबद्धता सहितको निर्णय गरिएको छ।’केन्द्रीय समितिको नाममा खाता खोली उपचार कोष खडा गर्ने र सहयोगको लागि आह्वान गर्ने निर्णय भएको मोर्चाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।साथै, बैठकले धरान, विराटनगर, जनकपुर, वीरगञ्ज, काठमाडौँ, भैरहवा, नेपालगञ्ज, धनगढीमा मोर्चाआवद्ध घटकहरु सम्मिलित स्थानीयउपचार समिति बनाउने निर्णय पनि गरेको छ।मोर्चाले आन्दोलनलाई शसक्त र प्रभावकारी बनाउन एउटा केन्द्रीय आन्दोलन परिचालन र संयोजन समिति पनि बनाउने भएको छ। सङ्घीयताको आन्दोलनलाई अझ शसक्त बनाउन समान अवधारणा बोकेका पार्टी, सङ्गठन र संस्थाहरु त्था थारु, मुस्लिम, जनजाति, खसलगायतका सङ्गठनहरुसँग सहकार्य गर्न गठबन्धन बनाउने निर्णय पनि बैठकले गरेको मोर्चाले जनाएको छ। राससघाइतेको उपचार गर्न मागत्यस्तै थरुहट/थारुवान संघर्ष समितिल आन्दोलनमा घाइतेहरुको उपचार गर्न सरकारसँग माग गरेको छ। तराईका विभिन्न स्थानमा प्रहरीमा दमनमा घाइते भएकाहरुको उपचार सरकारले गर्नुपर्ने भन्दै समितिले गृहमन्त्रालयमा ज्ञापन पत्रसमेत बुझाएको छ। घाइतेहरुको नामावलीसहित समितिले बुधबार पत्र बुझाएको जारी विज्ञप्तीमा उल्लेख छ।

बैठक चलीरहँदा रिसले आगो बनेका प्रधानमन्त्रीले भने ‘मलाई झुक्याएर हस्ताक्षर गर्न लगाइयो’

image

काठमाडौं, २ भदौ । संविधानसभा सम्वाद समिति अन्तरगतको विशेष समिति बैठक चलीरहँदा प्रधानमन्त्री शुशिल कोइराला रिसले झोक्कीएर उठे । कांग्रेस एमाले, एमाओवादी र मधेसी जन अधिकार फोरम लोकतान्तिकका शीर्ष नेता बिच सिमांकनका विषयलाई लिएर छलफल जारी रहँदा एमाओवादीले ७ प्रदेशको नयाँ तुरुप फालेपछि प्रधानमन्त्री रिसले आगो भएर हिँडेको स्रोतको भनाइ छ ।सीमांकनमा देखिएको असन्तुष्टि सम्बोधन गर्ने प्रयासमा बसेको शीर्ष दलको बैठकबाट एकाएक प्रधानमन्त्री कोइराला हिँडेपछि बैठक अनिश्चित कालका लागी लम्बिएको छ । सम्वाद समिति अन्तरगतको विशेष समिति बैठकमा एमाओवादीले कांग्रेस र एमालेले अघि सारेको सात प्रदेशलाई नै साझा प्रस्ताव बनाउने प्रस्ताव गरेपनि प्रधानमन्त्री ६ प्रदेशमा नै अडिग रहे ।सुदूरपश्चिम अखण्ड हुने भएपछि कांग्रेस नेता शेरबहादुर देउवा समेत एमाओवादीको प्रस्तावमा नरम देखिए पनि कोइराला हिँडेपछि बुधबारको बैठक बिना निष्कर्ष टुगींएको हो । बाहिरीने बेलामा प्रधानमन्त्री कोइरालाले मलाई झुक्याएर हस्ताक्षर गराएको भन्ने अभिव्यक्ति दिएको नाम उल्लेख नर्गने सर्तमा एक नेतालेबताए ।

िराटनगरमा बन्दको अवज्ञा, बस, कारसहित निकालियो विशाल र्याली

image

विराटनगर, भदौ २ । विराटनगरमा बुधबार अपरान्ह बन्दको विरोधमा विशाल र्याली निकालिएको छ ।प्रदेशहरुको सीमांकनप्रति सहमति जनाउँदै विभिन्न पार्टी, नागरिक समाज, उद्योगी–व्यवसायी र सर्वसाधारणले बन्दविरुद्ध र्याली निकालेका हुन् । उनीहरुले बन्दको खुलेर अवज्ञा गर्न, बजार र यातायात खुलाउन आग्रह गरेका छन् ।मधेसी मोर्चाकोआह्वानमा केही दिनयता लगातार बन्द गरिएकोमा बुधबार बन्दको अवज्ञाको आह्वान गर्दै र्याली निकालिएको हो । जिल्ला प्रशासन कार्यालय अगाडिबाट निकालिएको र्यालीमा अविरल वर्षाको समेत पर्वाह नगरी हजारौंको सहभागिता रहेको थियो ।र्यालीमा यात्रुबाहक बस, मालबाहक गाडीहरु, जिप, भ्यान, निजी कार, मोटरसाइकल र साइकलसहित मानिसहरु सहभागी भएका थिए । लगातारको बन्दले सर्वसाधारणको दैनिक नै चौपट भएको भन्दै सहभागीहरुले कुनै पनि बन्दलाई असफल पार्ने प्रतिबद्धता ब्यक्त गरेका थिए ।

तराई कब्जा गर्ने राजेन्द्र महतोको यस्तो योजना, क–कस्ले गर्दैछन् सहयोग ?

image

काठमाडौं । राजेन्द्र महतो, नेपाल सद्भावना पार्टीका अध्यक्ष । विगत २५ वर्षदेखि नेपालको राजनीतिमा सक्रिय छन् । बहुदल आएपश्चात् पटक पटक मन्त्री समेत बनेको उनी तराई मधेसमा विश्वास गरिएका नेतामा पर्दछन् ।तर, दोस्रो संविधानसभाको निर्वाचनमा उनी सर्लाहीबाट पराजित भए । अहिले उनी फेरि चर्चाको शिखरमा छन्, कारण उनको दलले संविधानसभा त्याग गरेको घोषणा गरेको छ । पछिल्लो राजनीतिक अवस्थाका बारेमा उनीसँग गरिएको कुराकानीको सार संक्षेपःअखण्ड बकवास, देश मात्र अखण्ड

सर्वप्रथम त नेपाल सन्देशले मेरो धारणा राख्ने मौका दिएकोमा धन्यवाद दिन चाहन्छु । हाम्रो आन्दोलनमा यहाँको कलमले सहयोग गर्नेछ भन्ने अपेक्षा पनि लिएको छु ।हेर्नुहोस् मध्य पश्चिममा चलेको आन्दोलन बकवास सिवाय केही होइन । यहाँ त हामी संघीयता ल्याउन खोजीरहेका छौं । खण्ड वा अखण्ड ल्याउन लागिएको होइन ।नेपाल कहिल्यै खण्ड हुन सक्दैन तर जुनसुकै स्थान, त्यो राज्यले चाह्यो भने वा संघीयतालाई समावेशी बनाउनकालागि खण्ड हुन सक्छ । यो कुरा सबैले बुझ्नु पर्छ । यो ज्ञानको अभावका कारण केही जनता सडकमा छन् । यो राम्रो संकेत होइन ।प्रयाप्त छलफल गराएर, जनतालाई संघीयताप्रति सकारात्मक बनाएर गर्नुपर्ने काम कोठामा बसेर गरियो, हचुवाका भरमा गरियो अनि सडकमा आगो बल्यो । संघीयताको विषयमा अहिले देशमा दुइ थरि आगो बलेको छ । यो चाँहि ख्याल गर्नुहोला ।तराईमा बलेको आगो अखण्डताकालागि होइन । अधिकार प्राप्तीकालागि हो । संघीयताको मर्म विपरित निर्णय भएकाले तराइका जनता सडकमा छन् ।

1अखण्ड भन्नेहरु महेन्द्रवादी

संघीयता वा राज्य पुनर्संरचना भनेकै पुरानो मान्यता परिवर्तन गरेर जनतालाई थप अधिकार दिने हो । यसकारण अखण्डताको कुरा संघीयतामा उठाउनै मिल्दैन ।तर, यहाँ त केपी ओलीदेखि शेरबहादुर सम्मलाई अखण्डता पनि चाहिने अनि संघीयता पनि । यसकारण सबै कुरा बिग्रिएको हो नी ।कांग्रेस, एमाले वा एमाओवादीकै नेताहरु अखण्डताको आन्दोलनमा लाग्दा कसरी अधिकार सम्पन्न संघीय प्रदेश बन्छन् । उनीहरुको मानसिकता परिवर्तन नभएसम्म यस्तै भैरहन्छ ।

2 अब काठमाडौं आउँदिनम

मधेसका जनताको अधिकार प्राप्तिको आन्दोलनमा सहभागि बन्न बाहिर जाँदैछु । सायद हामी एक दुई दिन भित्र गैसक्छौं । सबैजनाआ–आफ्नो क्षेत्रमा जानेछन ।मेरो पार्टीको केन्द्रीय कार्यालय पनि अब तराइमै राख्ने निर्णय गरिसकेका छौं । सभासदज्युहरुले पनि आज भोलिमा राजिनामा दिनुहुनेछ । हामी अब तराइमै बस्छौं, खान्छौं र जनताको आन्दोलन सफल नभएसम्म काठमाडौं आउँदैनौं ।यहाँ त एउटा सम्पर्क कार्यालय मात्रै राख्छौं । संविधानसभाका अध्यक्षलाई हाम्रा सभासदहरुका राजिनामा स्विकृत गर्न भनिसकेको छु । जनताको जित नभएसम्म मेरो लडाईं रोकीदैन ।कसैले पनि मेरो लडाईं रोक्ने हिम्म गर्नेछैन । मलाई तराइका उत्पीडित जनता, आम जनसमुदायको ठुलो सहयोग छ । मेरो पार्टीका सभासदहरुले त राजीनामा दिइसकेका छन्, अरु मधेसवादी साथीहरुले पनि त्यसै गर्नेछन् भन्ने लागिरहेको छ ।यो आन्दोलनमा मधेसमा भएका आम जनसमुदायको सहयोग हुनेछ ।

3 सडकबाटै वार कि पारहेर्दै जानुहोस,

संविधानसभामा ९० प्रतिशत मत छ भन्नेहरु हामीसँग एकदिन पक्कै झुक्नेछन् । उनीहरुको ९० प्रतिशतको कुनै काम छैन । म त भन्छु ९० प्रतिशतको धाक लगाउन छाड्नुहोस् ।अहिलेका शीर्ष नेता भनिएकाहरु साक्षी बसेर तत्कालिन प्रधानमन्त्री स्वर्गिय गिरिजाप्रसाद कोइरालाले सहि गरेको कुरा कार्यान्वयन हुनु पर्छ कि पर्दैन ?सहमति कार्यान्वयन नगर्ने, विगत विर्सने अनि ९० प्रतिशत भन्न पाइन्छ ? अहंकारले भरिएको ९० प्रतिशत जनताले लत्याउने छन् ।सडकबाट आएको गणतन्त्र संस्थागत हुने अनि संघीयता नहुने ? यो पनि कही हुन्छ । प्रतिशतको कुरा गर्दा त हिजो पञ्चायतकालमा सबै जनता पञ्चे होइनन् ?पञ्चायती चुनावमा भोट हालेपछि जनता पनि पञ्चायत पक्षघर थिएनन् र ? तर, तीनै जनताले पञ्चायतको हालत के गरिदिए ।अनि राजा ज्ञानेन्द्रलाइ पनि जनताले के गरे । पहिला इतिहाँस पढेर राजेन्द्र महतोसँग छलफल गर्न शीर्ष भनिएकालाई तपाईं मार्फत आग्रह गर्दछु ।
विद्युत् हैन, झापा, मोरङ र सुनसरी देउयहाँ प्रदेश नम्वर दुईमा विजुलीको स्रोत भएन, यो भएन, त्यो भएन भनेर हल्ला चलाइएको छ । त्यो हल्ला चलाउनेहरु पनि कांग्रेसएमाले नै हुन् ।हामीलाई विजुली हैन, झापा, मोरङ र सुनसरी दिए पुग्छ । दुई नम्वर प्रदेशको सवालमा । अनि झापा देखि चितवनको नारायणीसम्म एउटा र नारायणीदेखि कञ्चनपुर सम्म अर्को प्रदेश चाहिन्छ ।यही हो हाम्रो बटम लाइन । यसबाट राजेन्द्र महतो एक इन्च पनि तलमाथि हुन जानेको छैन । हुने छैन ।गच्छदार मधेसको गद्दार, उ कांग्रेसकै मान्छे होहेर्नुहोस् विजयकुमार गच्छदारलाई पहिला हामीले हाम्रै मान्छे सोचेका थियौं । तर, उनी त कांग्रेसको मान्छे रहेछ । पहिला पनि कांग्रेसी, अहिले पनि ।कांग्रेस, एमाले र माओवादीले जे भन्यो त्यही मान्ने, सहि गर्ने मान्छे मधेसीको हुन सक्दैन । उनी अहंकारमा डुबेका छन् । घमण्ड छ उनमा । तर, जनताले उनको घमण्ड तोड्न सक्छन् । यसमा उसले बेलैमा विचार गर्न सक्नुपर्छ ।नागरिकता के हो ?नेपाललाई मायाँ गर्ने हरेक नेपालीको एउटै प्रश्न छ कि भावि संविधानले मलाई कस्तो नागरिक बनाउँदै छ भन्ने । अहिलेको प्रावधानले धेरै नेपालीहरुलाई राष्ट्रको प्रमुख पदहरुमा पुग्न नपाउने व्यवस्था गरेको छ ।नागरिकलाई अधिकार विहिन बनाउने काम भएको छ । यो कुनै हालतमा मान्न सकिन्न । अझ तराइमा हेर्नुस्, कैयन् नेपालीहरु नागरिकतापाउन नसक्दा कति समस्यामा परेका छन् ।कानुन त फिल्डमा पुगेर कुरा बुझेर बनाउनुपर्ने हो नी, तर यहाँ त हचुवाका भरमा यस्तो लेखौं न त भन्ने तरिकाको भइरहेको छ ।समानुपातिक सिद्धान्त खोइ ?अर्को कुरा यहाँ समानुपातिक समावेशी सिद्धान्तलाई नै चुनौति दिने काम भएको छ । अन्तरिम संविधान भन्दा पछाडि फर्कने प्रयत्न र्भैरहेको छ ।यसै कारण पनि हामी सडकमा जान लागेका छौं । सडकबाटै फैसला हुन्छ अब । अनि जनताले सडक बाटै अधिकार पाउने छन् ।सत्ताकालागि होइनभन्नेहरुले त राजेन्द्र महतो सत्ताकालागि दौडिरहेको भन्ने आरोप लगाएका छन् । तर म सत्ताकालागि दौडिएको भए पहिल्यै मन्त्री, प्रधानमन्त्री के हुने भैसक्थें, मेरा मान्छेहरु पनि मन्त्री भैसक्थे होला । मलाई अब सत्तामा जानु छैन ।  र यो आन्दोलन पनि त्यकालागि हैन ।कैलालीमा यस्तो बोलेको हुँमैले कैलालीको अत्तरीया र टीकापुरमा बोलेको कुरालाई लिएर अहिले विभिन्न नाजायज हल्ला चलाइएको छ । टीकापुरमा थरुहट पाउनुपर्छ भनेर गरिएको आन्दोलन थियो ।त्यहाँ मैले कैलालीका थारुहरुलाई अखण्डको नाममा अधिकार बिहीन बनाउने को हो ? भनेको हुँ । अझ पहाडबाट आएर जमिनदार हुने अनि अझै थारुहरुलाई हलयिा राख्न खोज्ने कोहो, त्यस्तोलाई जनताले लखेट्छन् । भनेको हुँ ।थारुहरुलाई अधिकार देउ भन्नु मेरो अपराध हो ? हेपीएका पीडित जनलाई अधिकार देउ भन्नु अपराध हो ? यदि अपराध हो भने म विगत२५ वर्षदेखि यसै भन्दै आएको छु । लगेर थुने भैगो नी ।अमरेश आए फुलमालाले स्वागतअमरेशकुमार सिंह एक सच्चा राष्ट्रवादी युवा हुन् । उनी सच्चा लडाकु पनि हुन् । कांग्रेसलाई क्रान्तिकारी मान्छे कहाँ मन पर्छ र ? त्यसै भएर उनी अहिले आँखाको कसिंगर जस्तै बनेका छन् ।कांग्रेसले उनलाई स्थान दिन सकेन र उनी साँच्चै आउँछन् भने उनलाई फुल मालाले स्वागत गर्छु ।