नेपाल का‪ खस‬जाति : एक परिचय

image

नेपाल का‪#‎खस‬जाति : एक परिचयखस एक घुमक्कड जाती थियो,जो बेबिलोन मेसोपोटमिया हुदै हिन्दुकुस कास्मिर, कुमाउ,गढवाल हुँदै वर्तमान नेपाल को पश्चिम तिर बाट प्रवेश गर्यो ।खस जाती पहिले “मस्टो” धर्म मान्दथ्यो।उनिहरु पहिले हिन्दु थिएन।वैदिक हिन्दु र संस्कार नभएको कारणलेखसहरु लाई “मलेच्छ”भनिन्थयो।पछि उनिहरु बौद्ध र हिन्दु धर्म अपनायो।निरन्तर एक ठाउँ बाट अर्को ठाउँमा अतिक्रमण गर्दै हिड्नु को कारणले उनिहरु को आफ्नो केही छैन ।भाषा आफ्नो छैन,संस्कृति आफ्नो छैन,धर्म आफ्नो छैन।इनिहरु जहाँ जान्छ्न त्यहीको खोल ओढेर बस्छ्न।यिनिहरु नेपालको पश्चिम् बाट फैलिदै पुर्व हुँदै दार्जिलिङ र सिक्किम पनि गए।दार्जिलिङमा पनि त्यहाको मुल निवासी लाई बिस्थापित गर्दै शासन गर्न गोर्खाल्यान्ड को लागि आन्दोलन गर्दैछ।त्यो भन्दा पनि पहिले यिनिहरु भुटान गये तर त्यहां यिनिहरुलाइ लात हानेर भगायो ,अहिले शरणार्थी भयेछ।यी खसहरु नेपाल को मुल निवासी आदिवासी ,जनजाती ,मधेसी,मुस्लिमहरुलाइ बिस्थापित गर्दै शासन र सत्ता बाट बन्चित गरिदिएको छ। नेपाल एउटा अघोषित जातीय खस राज्य हो।25%-30% को संख्या मा रहेका यी खसहरु आज राज्यका प्रत्येक अंग र तहको 80%भम्दा बढी ठाउँ ओगटेको छ।त्यसैले नया नेपाल लाई शमावेसीतथा समुनत बनाउनदेस भित्र रहेका आदिवासी,मधेसी,मुसलिमदलित,सिमान्तकृत,अल्पसंख्यक हरु सबैको मोर्चाबन्दी आवस्यक छ।

Source :Mohan Kumar Mahatojee

साउदीस्थित तेल कम्पनीका कर्मचारी बस्दै आएको भवनमा आगलागी|

भदौ १३ । साउदी अरेबियाको एक तेल कम्पनीमा कार्यरत कर्मचारी बस्दै आएको कम्प्लेक्समा आगलागी भएको छ । आगलागीमा ११ जनाको मृत्यु भएको प्रारम्भिक विवरण सार्वजनिक गरिएको छ ।साउदी अरेबियाको पूर्व शहर खोबारमा रहेको उक्त कम्प्लेक्समा आगो लाग्दा अन्य दुई सयभन्दा बढी घाइते भएका छन् ।अधिकारीहरुकाअनुसार आगलागीको शिकार भएका कर्मचारीहरुमा अधिकांश विदेशी छन् ।साउदी अरेबियाको ठूलो तेल कम्पनीमा गनिदैं आएको ‘साउदी अरम्को’ को एक आवासीय कम्प्लेक्समा आगो लागेको हो । उक्त भवनको माथिल्लो तलासम्म नै आगो फैलिएको बताइन्छ ।हेलिकोप्टरको मद्दतमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको अधिकारीहरुले जनाएका छन् । धेरैजसो मानिस उक्त भवनको छतमा पुगेर मद्दतका लागि गुहार मागिरहेको विभिन्न संचारमाध्यमले जनाएका छन् ।अरम्को कम्पनीमा ५० हजारभन्दा बढी कर्मचारी काम गर्दै आएका छन् । तीमध्ये अधिकांश विदेशी कर्मचारी रहेको बताइन्छ ।आगलागीमा नेपालीहरु परेका छन् या छैनन् भन्नेबारे प्रष्ट भइसकेको छैन । सो कम्पनीमा नेपालीकामदारसमेत कार्यरत रहेको अनुमान गरिएको छ । । (एजेन्सी)

एक मिनेट टाईम निकाल के जरुर पढब

image

सर्लाहिमे शुकर्बार भेल मधेशि जनसमेलन मे करिब२६००० हजार से जयदाजनता मधेश एकता देखैलक।।अाई ई साबित भगेल कि अाईसे १० बर्श पहिले।।जहाँ दुई चार अादमि एक ठिन भके बातनै करै छैले उहे मधेशि अाई हजारो लाखो के सङ्खया मे उपसथित भेल।।हम यहाँ सब युवा से अनुरोध करैछि कि जहिना अाई हजारो हजार मधेहि एकता बनेलक वोहिना सब मिलके कोई भिई नै सोचु कि ।।उ मुसहर चिये।।उ खतबे चिये उ मुसलमान चिये उ धोबि चिये उ दुसाध चिये उ बातर चिये उ यादव चिये उ तेलि चिये उ महतो चिये उ कमार चिये उ सोनार चिये या फिर उ दलिद जनजाति के चिये हमत ई कहै छि जब भगवान एकटा ईनसान बनेलकै त ओईमे हम यहाँ के छि अलग अलग जाति परजाति बेराबै वाला भगवान श्री कृषन त क्षत्रिय मे जनम लेनै छैले तै परभि उ यादव के घर मे बसलै अोकर दूध पिलकै।।ओकर छुवल खाना खेलकै।।ओर भगवान श्री राम जे मर्यादा के साक्षी छै उहो शबरि के झुटठा बैर खेलकै उत कोनो जाति परजाति नै मानलकै तब हम यहाँ के छि।।भगवान त कहै छै जे सच्चा मनसे हमरा मनै छे हम ओकरे छि हमरा लिय सब समना छै।।।ईसब जानैत हमर यहाँ के बुजुर्ग अलग अलग धर्म।।अलग अलग जाईत।।हर ईनसान ईहे बात सोचै छै कि हम कमाके कुछ पैसा जम्मा करि ताकि हम अपन बेटि के अपनासे धनिक घरमे शादि कसकि लेकिन उ अादमि ई बात नै सोचै छे जे पैसा गर गहना जम्मा करै छै उसब मिलाके हम अपन बेटि के बढिया से पढाउ ताकि उ अच्छा दिन देखै भविशय मे अपन हित अनहित बाते फैसला क सकै अछा बुरा जाईन सकै।।से नै सोचके बेटि के घरके काम काजमे।।।ठिकछै घरके काम करनै उचित बात है लेकिन हरदम घरेम रहि या घरेक काम करि।।यी कोन उचित बात भेल ।।अाई हम यहाँ सबसे एक बात पुछैछि अाई तक जतेभि दहेज दै वाला ईनसान कोई भि बता दिय कि २५०००००…३०००००० लाख दके भि उ अपन जुवाई मुह बन्द क सकैल।।ना।।जते दियो योते मागेत छे।।धन्यवाद।।

मधेश एकता पेज वाट

नेपाल सद्भावना पार्टीको प्रेष विज्ञप्ती

image

मिति- २०७२।५।१३

प्रेष विज्ञप्ती

प्रधानमन्त्री श्री शुशिल कोइराला ज्यूको हस्ताक्षरयुक्त मिति २०७२ भाद्र ९ गतेको मितिमा नेपाल सद्भावना पार्टीको
नाममा प्रेषित पत्रमा नेपालको भावी संबिधानको सम्बन्धमा भाद्र १०, ११ र १२ गते मध्ये उपयुक्त समयमा आवश्यक छलफलका लागि बोलाउनु भएको व्यहोराको पत्रको जबाबी सम्बोधनको संदर्भमा नेपाल सद्भावना पार्टीका प्रतिनिधि मण्डलले आज मिति २०७२ भाद्र १३ गतेका दिन सम्माननीय प्रधानमन्त्री श्री शुशिल कोइराला ज्यूलाइ संबिधानसभा भवन स्थित कार्यालयमा भेंटी निम्नानुसारको ब्योहोरा को पत्र बुझाई आन्दोलनरत पक्षको मांगहरु यथाशिघ्र सम्बोधन गर्न आग्रह गर्नु भयो । भेंटका क्रममा प्रधानमन्त्री ज्यूले आन्दोलनकारीहरुको माग सम्बोधनको लागि आफु सकारात्मक रहेको र त्यसको लागि वार्तामा आई छलफल द्धारा समस्याको समाधान गर्न आग्रह गर्नु भयो । प्रधानमन्त्री ज्यूलाई हस्तान्तरण गरिएको पत्रको ब्योहोरा सर्वसाधारणको जानकारीको लागि प्रेष विज्ञप्तीमार्फत सार्वजनिक गरिएको ब्योहोरा अनुरोध छ:-

विराटनगरमा बम विष्फोट, एकजना घाइत

image

विराटनगर : विराटनगरको व्यस्त बसपार्कनजिकै आइतबार साँझ बम विष्फोट भएको छ । बम विस्फोट हुँदा एकजना घाइते भएका छन् ।विस्फोटबाट विराटनगर–१३ का २४ वर्षीय निरज साह घाइते भएका हुन् । दाहिने हातमा चोट लागेका उनलाई उनलाई उपचारका लागि कोशी अञ्चल अस्पताल पु¥याइएको छ ।विराटनगर–१५ मा रहेको एल लाल एण्ड सन्स पेट्रोल पम्पनजिक विष्फोट भएको प्रहरीले जनाएको छ । बम विष्फोट भएनजिकै मकालु टेलिभिजनको कार्यालय छ ।मोरङ प्रहरी प्रमुख एसपी तारिणीप्रसाद लम्सालका अनुसार बम विष्फोट भएजस्तो आवाज सुनिएपनि घटनास्थलमा प्रहरीपुगेर घटनाको पुष्टि गर्ने बताए ।घटनाबारे बुझ्न वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र श्रेष्ठको नेतृत्वमा प्रहरी परिचालन गरिएको उनले बताए ।

आतंकको माहोलमा वार्ता हुँदैन :ठाकुर

रौतहट–तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले आतंकको माहोलमा सरकारसँग वार्ता नगर्ने प्रतिक्रिया दिएका छन्।रौतहटको सदरमुकाम गौरमा गत मंगलबार प्रहरीको गोली लागेर मृत्यु भएका राजकिशोर ठाकुरको जिल्ला अस्पतालगौरमा राखिएको शवलाई श्रद्धाञ्जली व्यक्त गर्दै सरकारले वार्तामा आउनका लागि पठाएको पत्रको जवाफ लिखित रुपमा पठाइसकेको जानकारी दिएका छन् ।आफ्ना हक अधिकारका लागि संघर्षमा उत्रिएका मधेशीलाई अधिकार दिनुको साटो दंगाग्रस्त क्षेत्र घोषण गरी सेना परिचालन गरेर सर्वसाधारणलाई गोलीको वर्षा गराएर मधेशीलाई एकातिर मारेर आंतक माहोलमा वार्ताको कुनै औचित्य नरहेको ठाकुरले बताए ।ठाकुरले विगतमा भएका सम्झौता कार्यान्वयन गर्दै मधेस आन्दोलनमा ज्यान गुमाएकाहरुलाई शहिद घोषण, मृतक परिवारलाई क्षतिपूर्ति लिन माग गरे । उनले आन्दोलनको क्रममा घाइते भएकालाइ निशुल्क उपचारका साथै क्षतिपूर्ति दिनुपर्र्ने र मधेशका जिल्लामा घोषणा गरेको ंदंगाग्रस्त क्षेत्र तथा सैनिक परिचालनको निर्णय फिर्ता लिएर वार्ताको वातावरण बनाउन आग्रह गरे ।यसैबीच मोर्चाले आज १५ आंै दिन बन्द जारी राखेका छन् । स्थानीय प्रशासनले दंगाग्रस्त क्षेत्र घोषणा गरेर जुलुस, कोणसभा, विरोधका कार्यक्रमहरु गर्न पुर्ण रुपमा प्रतिबन्ध लगाएपछि संयुक्त मधेशी मोर्चालेरौतहटको राजपुर फरहदवा गाउमा विरोध सभाको आयोजना गरेका छन्।

नेपालीहरुले के गर्न सक्दैन ???

image

अभाव छ वैज्ञानिक प्रविधिको, उर्जाको ,मेहनत मजदुरी गर्ने आधुनिक उद्योग कलकारखानाको,स्वदेशी रोजगारको,सीप र तालिमको,अन्तर्राष्ट्रिय बजारको ,लगानी कर्ताको र देशमा राजनीति स्थिरताको।विकास र प्रगति मेहनत ,लगन र ईमानदारीले हुन्छ ,भ्रष्ट नियतिले हुँदैन ।लाखौं नेपाली कामदार विदेशको भाग्य बनाउदैछ र आफ्नो देशालाई मँहगी र गरीब बनाउदै छ्न।एउटा देशको साशक कुशल, ईमानदार र योग्य न भएर नेपाली श्रमिकहरु वैदेशिक रोजगारमा जानुपरेको हो।

@रमेश मंडल

नेपाली युवती लोभ लालचमा विदेश गएको हो कि गरिबी,भोक र अभावले???

image

नेपाली युवती लोभ लालचमा विदेश गएको हो कि गरिबी,भोक र अभावले???वैदेशिक रोजगारमा जाने युवतीहरु आफै दोषी हुन कि देशको सरकार ,कि युवतीको घर परिवारका सदस्यहरु ???कि हाम्रो समाज???हरेक समस्याको समाधान छ ,प्रयास गर्नुस् सफल अवश्य हुन्छौं ।नेपाली चेलीबेटीहरु नेपालीहरुको सामु नै बेचिन्छ ,दोष कसलाई दिने???कति त आफ्नै परिवार र सम्बन्धितबाट बेचिन्छ,त कति धोका खाएर कोठामा पुग्छ्न।गुन्द्रुक र भात खाएर बस्ने,ढुङ्गा फुटाएर खाने,डोको भारी बोकेर मेहनत मजदुरी गरेर खाने,सन्तोषी र भए भरको सुख साधनमा सन्तुष्ट रहेने कति महिलाहरु छ्न????नेपाल देश कसैको गुलाम भएन तर जनताहरु आज वैदेशिक रोजगारको नाउँमा गुलामी गर्दैछ्न,शोषण र दुर्घटनाले प्रभावित हुदैछ्न। महिला सुरक्षाको लागि देशका नेताहरुले केही उपयोगी कदम न चालेको देखिन्छ ।देशलाई रेमिटेन्स चाहियो,चाहे वैदेशिक रोजगारमा जनताहरु जे सुकै गरोस् ,मरोस चाहे बाचोस,चाहे…..

@ Ramesh Mandal ले जनाए को छ।

मधेशमा सेना परिचालन गृहयुद्धको निम्तो

देशमा यतिबेला आन्दोलनको आगो दन्किएको छ । संघीय संरचनामा प्रदेश विभाजनको विषयलाई लिएर मधेशी, थारु, दलितलगायतका उपेक्षित उत्पीडित समुदायलेआन्दोलनलाई तिब्रता दिएका छन्। शान्तिपूर्ण रुपमा शुरु भएको आन्दोलनले बिस्तारै हिंसात्मक रुप लिन थालेको छ ।देशको खासगरी तराई –मधेश अहिले पुरै अशान्त र आक्रान्त बन्न पुगेको छ । झण्डै दुई सातादेखि मधेश ठप्प छ । अधिकांश जिल्लामा प्रहरी र प्रदर्शनकारी बीच झडप भएको छ । कैलाली, रौतहट, भैरहवा, मोरङ्ग, सुनसरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही,सप्तरी लगायतका जिल्लाहरु पुरै अशान्त बन्न पुगेका छन् । मधेशका अधिकांश जिल्लामा सरकारले कफर््यू आदेश, दङ्गाग्रस्त क्षेत्र घोषणा तथा नेपाली सेना समेत परिचालन गरेको छ ।शान्तिपूर्ण रुपमा उठिरहेका आवाजलाई राज्यपक्षले बेवास्ता गरी आन्दोलनमा बल प्रयोग गर्ने काम गरेको छ । आन्दोलनका कारण पूर्व–पश्चिम राजमार्गका साथै अन्य राजमार्गहरु ठप्प छन् । हजारौं सवारी साधन थन्किन पुगेका छन् भने लाखौं सर्वसाधारण अलपत्र भएका छन् ।नयाँ संविधानमा आ–आफ्ना कुराहरु समावेशको माग गर्दै शान्तिपूर्ण रुपमा सडक संघर्ष गर्नुलाई नाजायज भन्न मिल्दैन ।

image

सरकारले आन्दोलनकारीहरुको जायज मागलाई सम्बोधन नगरी पुलिस प्रशासनको आडमा बलपूर्वक राजमार्गहरुमा थन्किएका यातायातका साधनहरु स्कर्टिङ्ग गराउने कार्य गरिरहेको छ । स्कर्टिङ्गकै क्रममा सयौं यातायातका साधनहरुमा क्षति हुनुका साथै दर्जनौं साधनहरु आक्रोशित आन्दोलनकारीहरुले जलाएका छन् । यसले सवारीधनी मात्र नभई राज्यपक्षलाई समेत क्षति पुगेको छ ।यातायात सुचारु गराउने क्रममा नै गत भदौ १ गते सप्तरीको भारदह स्थित राजमार्गमा प्रहरी र प्रदर्शनकारी बीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर स्थानीय २८ वर्षिय युवा राजिव भनिने राजेन्द्र राउतको मृत्यू भयो । त्यसपछि सप्तरीमा आन्दोलनले उग्र रुप लिएको छ ।आन्दोलनले उग्ररुप लिएपछि सरकारले राष्ट्रपतिबाट अनुमोदनसम्म नगराई नेपाली सेना परिचालन गर्ने निर्णय गरेको छ । यसले सत्ता साझेदार दलको नियत प्रष्ट हुन्छ । सरकारको यस्तो निर्णयपछि दिनहुँजसो आन्दोलनकारीमाथि गोली वर्षाउने काम गरिरहेको छ। मधेशमा दैनिकजसो आन्दोलनकारी मारिने तथा घाइते हुने क्रम बढेको छ ।कैलालीको टिकापुरमा थारु समुदायले आह्वान गरेको आन्दोलनका क्रममा भएको आततायी घटनाले सबैलाई चिन्तित तुल्याएको छ । आन्दोलनमा वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपाने र एक बालक सहित ९ जना मारिएका छन् । यो दुःखद घटना राज्यले नै निम्त्याएको हो भन्न हिच्किचाउनुपर्ने अवस्था छैन ।आन्दोलनका क्रममा आन्दोलनकारीहरु पनि ठूलो संख्यामा मारिएको हुन सक्ने आशंका छ । तर, प्रहरीले भने हालसम्म तीन जनाको मात्रपुष्टि गरेको छ । घटनापछि उक्त क्षेत्रमा नेपाली सेना परिचालन गरिएपछि त्यस क्षेत्रको अवस्था भयावह बन्दै गएको छ । सेना परिचालनसँगै बस्तीका वस्ति खाली भएका छन् । स्थानीयवासी भारतीय सिमावर्ती क्षेत्रमा शरण लिन पुगेका छन् । कतिपय घाइतेहरुको उतै उपचार भइरहेको छ ।भारतबाट प्रकाशित सञ्चारमाध्यमहरुमा जनाईए अनुसार प्रहरीले चलाएको गोलीबाट मारिनेहरुको संख्या अत्यधिक छ । सेना परिचालन रकर्पmयु लागेकै अवधिमा अखण्ड कैलाली पक्षधरहरुले थारु समुदायको घरमा आक्रमण, कुटपीट, तोडफोडका साथै फुलवारी एफएम र रिसोर्ट, पसललगायतमा आगजनी समेत गरेको घटना वाहिर आएको छ । यतिमात्र होइन, महिलासँग दुव्र्यवहार तथा बलात्कार समेत भएको भनी सामाजिक सञ्जालहरुमा आइहरेको छ । आखिर बास्तविकता के हो त ? यसबारे सत्यतथ्य कुरा सार्वजनिक हुन सकेको छैन । कैलाली घटना पश्चात मधेशका अन्य जिल्लाहरुमा पनि सेना परिचालन गरिनुले स्थिति झन् भयावह बन्दै गएको छ ।मधेशका जिल्लाहरुमा भइरहेको शान्तिपूर्ण आन्दोलनमा सरकारले दमन गर्ने नीति अख्तियार गरेपछि आन्दोलन झन उत्तेजित बन्ने सम्भावना बढ्दै गएको छ । वार्ता र सम्वादबाट राज्यले जायज मागहरुलाई सम्बोधन गरी निकास खोज्नुपर्नेमा यसरी दमनकारी निती लिइनुलाई कदापि जायज भन्न मिल्दैन । राज्यले यदि मधेशीलाई पनि राज्यका नागरिक सम्झेको छ भने गोली वर्साएर मार्ने निती तत्काल फिर्ता लिइनुपर्दछ ।यतिबेला पनि देशका नेताहरु थप जिम्मेवार बन्नुपर्नेमा एमाले अध्यक्ष केपी शर्मा ओली, एमाले नेता समेत रहेका गृहमन्त्री बामदेव गौतम लगायतका नेताहरुको चर्को अभिव्यक्तिले गर्दा मधेशी जनतालाई झन् आक्रोशित बनाउने काम गरेको छ । हुन त यसअघि डा. रामशरण महत, कृष्ण प्रसाद सिटौलासहितका नेताहरुले दिएको मधेश विरोधी अभिव्यक्तिले समेत मलजल गरेको छ । अब अति भो, कुनैपनि समुदायलाई लक्षित गरेर यस्ता अभिव्यक्तिहरु दिने कार्य तत्काल बन्द होस् । कुनै समुदायको प्रवक्ता नभई बरु सिङ्गो देशवासीको नेता हुँ भन्ने वास्तविकतालाई आत्मसात गर्नु आवश्यक छ ।वर्षौदेखि शोषण दमन र उत्पीडनको चक्कीमा पिँधिएका मधेशी, थारु, मुस्लिम, आदिवासी, जनजाती लगायतका समुदायले अघि सारेको जायजमागलाई राज्यले वार्ता मार्फत सम्बोधन गर्नुपर्छ । हुनत राज्यपक्षसँग विभिन्न समयमा भएका आन्दोलनका क्रममा गरिएका सम्झौताहरु कार्यान्वयन नहुनुले आन्दोलनकारीहरुको विश्वासमा कमी आएको छ । जसले गर्दा देश ठप्प भएर अन्यौलग्रस्त एवम् भयावह अवस्थातर्फ उन्मुख भएको छ ।नेपाली काँग्रेस, नेकपा एमाले, एमाओवादी र मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले मात्र सहमति गरेर संविधान जारी भयो भने यसले देशमा थप द्वन्द्व निम्त्याउने निश्चित छ । शोषित उत्पीडित जनताको पक्षमा लामो समयसम्म संघर्ष गरेको एकिकृत नेकपा माओवादी समेत सत्तारुढ पार्टीका अगाडि अस्तित्व समर्पण गरे झैं लाचार देखिएकोछ । अर्कोतर्फ मधेशी जनअधिकार फोरम लोकतान्त्रिक समेत असन्तुष्ट देखिएको छ । मधेशी जन अधिकार फोरम लोकतान्त्रिकका अध्यक्षविजयकुमार गच्छदारले समेत आन्दोलनमा जाने शंकेत गरिसकेका छन् ।यता मधेश विद्रोहको नेतृत्व गरेका संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो, तराई मधेश सद्भावना पार्टीका अध्यक्ष महेन्द्र राय यादव, नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिल झा, राष्ट्रिय मधेश समाजवादी पार्टीका अध्यक्ष शरद सिंह भण्डारी, मधेशी जनअधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव लगायतकाहरु आन्दोलनरत छन् । यस्तै नेकपा–माओवादीका अध्यक्ष मोहन वैद्य किरण, नेकपा माओवादीका संयोजक मातृका प्रसाद यादवलगायतका क्रान्तिकारी नेताहरु आन्दोलिन छन् । उनीहरुको मागलाई बेवास्ता गरेर अगाडि बढ्यो भने देशकै लागि दुर्भाग्यपूर्ण हुने निश्चित छ ।आधा हिस्सा ओगटेको मधेशलाई उपेक्षा गरेर तीन ठूला दलले संविधान जारी गरे भने त्यो संविधान कति मान्य हुन्छ ? भन्ने कुरा भनिरहनु पर्दैन । नेपालमा बस्ने सम्पूर्ण नेपालीहरुको देश नेपाल हो भन्ने कुरा राज्यपक्ष अझैं स्वीकार्न तयार छैन । यदी स्वीकारेको भए शायद देशमा यति ठूलो संघर्ष गर्नुपर्ने अवस्था आउने थिएन । अझैं पनि राज्यपक्ष गम्भीर भइदिए देशलाई सम्भावित ठूलो दुर्घटनाबाट जोगाउन सकिन्छ ।देशका तीन ठूला दलले सेना पुलिसको बलमा मधेशलाई व्यारेक बनाएर आमजनताका आवाजलाई दबाउन खोजिए त्यसपछि मधेशले अर्को मोड लिनसक्ने अवस्था सिर्जना हुन सक्छ । पछिल्लो समय गोली लगायतका हतियार सामग्री किन्न सरकारले झण्डै दुई अर्ब रुपैयाँ दिएकोसमाचारहरु प्रकाशमा आएका छन् । देश आन्दोलित रहेको अवस्थामा गोली खरिद गर्न सरकारले रकम खर्चिएको खबरले झन् जनतामा आक्रोशपैदा गरेको छ । हुनसक्छ सुरक्षा निकायको नियमित प्रक्रिया होला तर यतिबेला यस्तो खबरले राज्यसँगको दुरी बढाउने काम गरेको छ ।राज्यले मधेशलाई नस्वीकारेको अवस्थामा स्वायत्त मधेश प्रदेशको नारा परिवर्तन भएर स्वतन्त्र मधेश साझा माग बन्नसक्ने सम्भावना उत्तिक्कै छ । तत्कालिन नेकपा माओवादीबाट बिद्रोह गरी स्वतन्त्र तराईको माग गर्दै २०६१ सालदेखि सशस्त्र आन्दोलन गर्दैआएका जयकृष्ण गोइत अझैं भूमिगत अवस्थामा नै रहेका छन् । अर्कोतर्फ स्वतन्त्र मधेश गठबन्धनका संयोजक डा. सिके राउतले पनि स्वतन्त्र मधेशको माग गर्दै आन्दोलनलाई तिब्रता दिएका छन् ।राज्यले उनलाई हिरासतमा लिने, सार्वजनिक रुपमा सभा सम्मेलन गर्न नदिने तथा राजविराज स्थितको आफ्नै घरमा अघोषित नजरबन्दमा राखिनुले मधेशी जनताको समर्थन समेत बढ्दै गएको छ । राज्यले उनलाई नजरबन्दमा राखे पनि उनका प्रचारात्मक अभियानहरु मधेशका गाउँ–गाउँसम्म पुगेको देखिन्छ । उनको अभियानमा बौद्धिक जमातका साथै युवावर्ग अत्यधिक सक्रिय देखिएको छ । राज्यपक्षले मधेशको मागलाई सम्बोधन गर्न जति–जति ढिलाई गरिरहेको छ त्यति नै यहाँका जनतामा आक्रोश बढिरहेको छ ।राज्यले मधेशी जनताको शालिनतालाई सुनिएन भने त्यसपछि आन्दोलनको माग र स्वरुपले नयाँ मोड लिने निश्चित छ ।  मधेश ठप्प भएकोदुई साताभन्दा पनि बढी भइसकेको छ, जनजीवन कष्टकर बन्न पुगेको छ भने अर्कोतर्फ सत्ता साझेदार दलहरुले जायज मागहरुलाई सम्बोधन नगरी दमन गर्ने निती अख्तियार गरेको छ । राज्यपक्षको यस्तो दमनकारी नितीले देशमा थप जटिल एवम् भयावह समस्या निम्त्याउने सम्भावना बढ्दै गएको छ । त्यसैले देशलाई सम्भावित गृहयद्धबाट जोगाउन अविलम्ब सेना फिर्ता लिएर असन्तुष्ट पक्षहरुलाई समेत संविधान निर्माणमा सहयात्री बनाएर अगाडि बढ्नु जरुरी छ । ( लेखक, मधेशी पत्रकार संघ सप्तरीको अध्यक्ष हुनुहुन्छ । )  shyamnews111@gmail.com

प्रहरीबाट मारिएका राउतका परिवारलाई एक लाख

image

राजबिराज : सीमाङ्कनविरुद्ध भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर मृत्यु भएका राजीव भनिने राजेन्द्रकुमार राउतको परिवारलाई अमेरिकामा बस्दै आएका सप्तरीका एक युवकले आइतबार एक लाख रुपैया नगद सहयोग प्रदान गरेका छन् ।शम्भुनाथ नगरपालिका ६ घर भइ अमेरिकामा बस्दै आएका सत्येन्द्रकुमार साहले राउतको १३ औं दिनको तिथीमा उक्त सहयोग रकम प्रदान गरेका हुन् ।साहका बुवा राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीका अध्यक्ष तथा तेली कल्याण समाज नेपालका केन्द्रिय सदस्य उम्देश्वरप्रसाद साहले मृतककी श्रीमति निलमदेवी राउतलाई उनकै घरमा सो रकम हस्तान्तरण गरेका थिए ।सीमाङ्कनविरुद्ध मधेसी मोर्चा सप्तरीले गत भदौ १ गते गरेको प्रदर्शनका क्रममा प्रहरीको गोलीबाट भारदह १ का २८ वर्षीय राउतको मृत्यु भएको थियो ।मृृतक राउतका बुवा, आमासहित श्रीमति, एक वर्ष चार महिनाका छोरा र तीन महिनाकी छोरी छन् ।भारदह–१ स्थित कोशी टप्पु वन्यजन्तु आरक्षमा करिब दुई विगहा जमिनमा केरा खेती गरी जीविकोपार्जन गरिरहेका राउतको मृत्युपछि परिवारमा खर्चको समस्या भएको छ ।मृतकको घरको तत्कालिन खर्च तथा बालबच्चाको पालनपोषणमा सहयोग पुर्याउने उद्देश्यले सहयोग रकम उपलब्ध गराएको साहले बताए ।