नेपाल सद्भावना पार्टीले मस्यौदा जलाए

image

जनकपुरधाम । नेपाल सद्भावना पार्टी धनुषाले मधेशलाई छ टुक्रामा विभाजन गरी चार दलले हस्ताक्षर गरेको मस्यौदा जलाएको छ । आइतबार जनकपुरधाममा पार्टीका नेता राजिव झाको नेतृत्वमा जिल्ला कार्यसमितिका पदाधिकारी तथा कार्यकर्ताहरुले मस्यौदा जलाएका हुन् ।

जनकपुरधामको जनक चौकमा मस्यौदा जलाउँदै नेता झाले मधेशको टाउको र खुट्टा काटिएको भन्दै यस किसिमको प्रदेश कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन् । नेता झाले चार दलको सिन्डिकेटका विरुद्ध हदैसम्मको आन्दोलन गर्ने चेतावनी दिए ।

नेता झाले भने,‘हामी एक मधेश प्रदेश मागेका हौं, तर मधेशलाई नै छ भागमा खण्डित गरिएको छ । एक मधेशका लागि ५४ जना मधेशीले सहादत प्राप्त गरेका थिए अव यो छ टुक्रे मधेशका विरुद्ध ५४ सय मधेशीले सहादत दिन तयार छन् ।’

कोणसभामा पार्टीका नेताहरुले मधेशको जनतालाई खसवादी शासकहरुले बन्धुवा, कमलरी, मजदुर बनाउँदै शोषण दमन गर्दै आएको र आगामी दिनमा पनि शोषण गर्ने मनसायले यस्तो खाका ल्याएको बताए । कार्यक्रममा उपस्थित वक्ताहरुले मधेशको घाँटी रेटेर संविधान तथा संघीयता निर्माण गरे कुनै पनि हालतमा स्विकार्य नहुने बताएका थिए ।

उनीहरुले भित्रि मधेशको जिल्लाहरुलाई मधेशमै कायम राखी संघीयताको खाका तयार गर्नुपर्नेमा जोड दिएका थिए । सद्भावनाका संस्थापक अधयक्ष गजेन्द्र नारायण सिंहका संरचनाअनुसार पूर्वी मधेश र पश्चिमी मधेशको संरचना निर्माण नभए संविधान बन्न नदिने चेतावनी दिएका थिए । संविधानको

नेताहरुले भित्रि मधेशको ४ जिल्लाहरु उदयपुर, सिन्धुली, चितवन र दाङ्गलाई मधेशमा राख्नुपर्ने माग गर्दै अन्य प्रदेशमा मिसाइए ठूलो युद्ध हुने बताएका थिए । त

एमाओवादी नेता नै मधेशमा टायर बाल्दै

image

काठमाडौं । एमाओवादीसहित चार दलले गरेको सिमांकनको विरोधमा एमाओवादीकै मधेशी नेताहरु विरोध प्रर्दशनमा उत्रेका छन् । आइतबार सिरहामा एमाओवादीका नेता तथा कार्यकर्ताहरुले नै विभिन्न स्थानमा टायर बालेर तीन दलसहित आफनै पार्टी नेतृत्वको विरोध गरेका छन् ।

एमाओवादीका केन्द्रीय सदस्य एवं मधेशी राष्ट्रि मुक्ति मोर्चाका महासचिव रामरिझन यादवको नेतृत्वमा सिरहाको विभिन्न स्थानमा टायर बाली विरोध प्रर्दशन भएको छ ।

आइतबार विहान ११ वजे माडरमा विरोध प्रदर्शन भयो भने साँझ सिरहा बजारको हेमनारायण चौकमा टायर बलेर शुरु भएको प्रदर्शन नगर पक्रिमा गरेको थियो ।

सिरहाको कोणसभामा नेता यादवले मधेश पहाड मिलाएर एकता कायम हुन्छ भने सप्तरीदेखि पर्सासम्म बनाइएको दोसरो प्रदेशमा उदयपुर, सिन्धुली तथा मकवानपुर किन मिलाइएन भन्ने प्रश्न गरे । यसमा पहाडी शासकले वर्षौदेखि मधेशमाथि गर्दै आएको विभेदको पुनरावृति भएको बताउँदै यादवले मधेश प्रदेश शोषित पीडित मधेशी जनताको हो, यसमा मधेशीले नै शासन गर्न पाउनु पर्ने उल्लेख गरे ।

मधेशबाट यसरी भयो ६ प्रदेश अस्वीकृत (हेर्नुस् तस्विरमा)

image

image

image

चार दलको सहमतिविरुद्ध आदिवासी जनजातिहरुको सडकसभा

image

काठमाडौं, श्रावण २४ । नेपाल आदिवासी जनजाति महासंघले राजधानीमा सडक सभा आयोजना गरी चार दलले गरेको सहमतिप्रति विरोध जनाएको छ ।
आइतबार दिउँसो नयाँ बानेश्वरस्थित एभरेस्ट होटल अगाडी सडक मै सभा आयोजना गरी महासंघले ६ प्रदेश विभाजनमा आफ्नो असहमति जनाएको हो ।
पहिचानसहितको संघीयताको माग गर्दै आएका आदिवासी जनजातिहरुले चार दलबीच भएको सहमतिले संघीयतालाई नै संकुचित बनाएको धारणा राखेका छन् ।
जनजातिहरुको सभाका कारण माइतीघरबाट कोटेश्वरतर्फ जाने र कोटेश्वरबाट माइतीघरतर्फ जाने सवारीसाधन प्रभावित भएका छन् ।

चार दलका नेता ‘राजा महेन्द्रका अवतार’: महतो चार दलसँग वार्ता– ‘नो–नो’

image

काठमाडौं, श्रावण २४ – सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले ६ प्रदेशको संघीयता सिमांकनले महेन्द्रकालीन भौगोलिक विभाजनभन्दा पछाडि फर्किएको आरोप लगाएका छन् ।

आन्तरिक रणनीति बनाउन व्यस्त महतोले आइतबार ईकान्तिपुरसित कुरा गर्दै ६ प्रदेशको सिमांकन स्वीकार नगर्ने बताए । ‘अहिले गरेको सिमांकन महेन्द्रकालीन विकास क्षेत्रभन्दा पछाडि छ, चार दलका नेता त महेन्द्रका अवतार भएर निस्किए,’ उनले भने, ‘यस्तो काम न काजको काटकुट मानिन्न ।’

महतोले संघीयता आदिवासी, जनजाति, मधेसी र अल्पसंख्यकको लागि चाहिएकोसमेत हेक्का नराखिएको बताउँदै चार दल एकात्मक सोचबाट ग्रसित भएको आरोप लगाए । ‘मधेसी जनताबाट झापा, मोरङ, सुनसरी अलग गरिएको छ, पर्सा पश्चिमका थरुहटलाई अधिकारबाट बञ्चित गरिएको छ,’ उनले भने, ‘पहिचान र सामर्थ्यमा आधारित संघीयता बनाउने अन्तरिम संविधानको मर्म कहाँ पुग्यो ?’

महतोले ६ प्रदेशको सिमांकनले मधेसी जनता आक्रोसित भएको बताउँदै जनता सडकमा आएको बताए । ‘जनता आक्रोसित छन्,’ उनले भने, ‘अब पहाडमा जनजातिले तराईमा मधेसीले आन्दोलन सुरु गर्छन् ।’

महतोले मधेसी जनतालाई चार दलले पटक पटक धोका दिएकाले वार्ता नगर्ने बताए । वार्ता गरेर विवाद मिलाउन सकिन्न भन्ने जिज्ञासामा आक्रोसित हुँदै महतोले भने, ‘नो–नो अब वार्ता हुँदैन । मधेसको जमिनमा धावा बोल्नेसँग के को वार्ता ?

यसैबीच तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृषेशचन्द्र लालले आइतबार नै विज्ञप्ती जारी गर्दै चार दलले एकलौटी गरेको संघीय इकाईहरुको सिमांकनले मधेसीहरुको समानता समावेसिता तथा स्वशासनको आकांक्षाको हत्या गरेको कडा प्रतिक्रिया दिएका छन् । ‘अब कडा प्रतिवाद र गर या मरको कतै कुनै विकल्प रहेन,’  उनले मधेसी जनतालाई अपील गरेका छन् ।

सिमांकनसहितको संघीयता माग गर्दै आएका मधेसी दलले मधेसविरोधी संघीयता आएको भन्दै आन्दोलनको रणनीति बनाउन थालेका छन् । आन्दोलन कार्यक्रम सार्वजनिक गर्न संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको बैठक बस्ने तयारी भएको छ ।

विरोध पत्रले बाबुरामलाई बैठकमै हिर्काइयो

image

काठमाडौं : बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले असहमतिको पत्र सम्वाद समितिका सभापति बाबुराम भट्टराईलाई प्रहार गरेर बैठकबाट बाहिरिएका छन्।

बाहिर निस्केका पासवानले पत्रकारहरुसँग भने, मेरो असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काए। उनले किन यस्तो व्यवहार गरेको भने। तिमीलाई मुलुक टुक्राउन पाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म हिडे।

पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु स्तब्ध भएका थिए। सभापति भट्टराईले विचार राख्न पाइन्छ तर अभद्र व्यवहार मान्य हुँदैन भन्दै संयमित हुन पासवानलाई आग्रह गरेका थिए।

निकै आक्रोशित मुद्रामा बाहिरिएका पासवानले छ प्रदेशका सिमांकन कुनै पनि हिसाबले उपयुक्त र वैज्ञानिक नभएको तर्क गरे ।

काठमाडौं : बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले असहमतिको पत्र सम्वाद समितिका सभापति बाबुराम भट्टराईलाई प्रहार गरेर बैठकबाट बाहिरिएका छन्। बाहिर निस्केका पासवानले पत्रकारहरुसँग भने, मेरो असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काए। उनले किन यस्तो व्यवहार गरेको भने। तिमीलाई मुलुक टुक्राउन पाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म हिडे। पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु स्तब्ध भएका थिए। सभापति भट्टराईले विचार राख्न पाइन्छ तर अभद्र व्यवहार मान्य हुँदैन भन्दै संयमित हुन पासवानलाई आग्रह गरेका थिए। निकै आक्रोशित मुद्रामा बाहिरिएका पासवानले छ प्रदेशका सिमांकन कुनै पनि हिसाबले उपयुक्त र वैज्ञानिक नभएको तर्क गरे । अन्नपूर्ण पोष्ट

image

काठमाडौं : बहुजन शक्ति पार्टीका सभासद् विसेन्द्र पासवानले असहमतिको पत्र सम्वाद समितिका सभापति बाबुराम भट्टराईलाई प्रहार गरेर बैठकबाट बाहिरिएका छन्।

बाहिर निस्केका पासवानले पत्रकारहरुसँग भने, मेरो असहमतिको पत्र पोको पारेर बाबुरामलाई हिर्काए। उनले किन यस्तो व्यवहार गरेको भने। तिमीलाई मुलुक टुक्राउन पाउने अधिकार कसले दियो भन्ने प्रश्न गर्दै म हिडे।

पासवानको यस्तो व्यवहार देखेर बैठकका अन्य सदस्यहरु स्तब्ध भएका थिए। सभापति भट्टराईले विचार राख्न पाइन्छ तर अभद्र व्यवहार मान्य हुँदैन भन्दै संयमित हुन पासवानलाई आग्रह गरेका थिए।

निकै आक्रोशित मुद्रामा बाहिरिएका पासवानले छ प्रदेशका सिमांकन कुनै पनि हिसाबले उपयुक्त र वैज्ञानिक नभएको तर्क गरे ।