मधेस प्रदेशमा किन उठेन आन्दोलन ? मोरङ र सुनसरी शान्त, थरुहटमात्रै मधेसको सहारा

२७ साउन, काठमाडौं। ६ प्रदेशको सीमांकन आएपछि पश्चिम मधेस र केही पहाडी क्षेत्रमा विरोध भइरहेको छ । झट्ट हेर्दा अखण्ड सुदूरपश्चिम र कर्णाली स्वायत्त प्रदेशको माग गर्दै आन्दोलनचर्किएको देखिन्छ । तर, धेरैलाई चासो छ, अब मधेसले चाहिँ के गर्छ ?सीमांकन विनाको ८ प्रदेशको विरोध गर्ने उपेन्द्र यादव र राजेन्द्र महतोहरुले ६ प्रदेशको पनि विरोध गरिरहेका छन् ।झन सीमांकनपछि थारुहरुको समेत असन्तुष्टिपछि मधेसले ८ जिल्लाको प्रदेशलाई स्वीकार गर्छ किगर्दैन भन्ने प्रश्न धेरैमा छ ।उपेन्द्र यादव र राजेन्द्र महतोहरु सार्वजनिकरुपमा विद्रोहको धम्की दिइरहेका छन् । उनीहरुले एजेण्डा नमिले पनि मोहन बैद्यसँग सहकार्य थालेका छन् ।तर, चारदलले गरेको सीमांकनको एउटा प्रदेशले मधेसी मोर्चालाई संकटमा पारेको छ । ६ प्रदेशको सीमांकनमा पर्सादेखि सप्तरीसम्मको प्रदेश नम्बर २ बनेको छ । यो मधेसी समुदायको एकल पहिचानमा आधारित छ र अरु जातीय तथा भाषिक समुदायले बहुपहिचान पाउँदा मधेसले भने एकल पहिचानपाएको छ । यसले मधेसी समुदायमा सान्तवना देखिएको छ ।तर, अब मधेसका दुई गुनासाहरु देखिन्छन् ।पहिलो, झापा, मोरङ, सनसुरीको मधेसी बाहुल्य क्षेत्र पनि पाएको भए हुन्थ्यो भन्ने छ । दोस्रो, कैलाली र कञ्चनपुरलाई बाँके, बर्दियासहितको थारु बाहुल्य प्रदेशमा राख्नुपर्छ भन्ने मधेसीको माग छ ।तर, झापा, मोरङ, सनसुरी मधेसमा हुनुपर्छ भनेर जनकपुर वा वीरगञ्जमा आन्दोलन गरेर हुँदैन । त्यहीँका जनताले आन्दोलिन हुनुपर्छ । झापा, मोरङ, सनसुरीका जनतामा सीमांकनको विरोधमा खासै देखिएका छैनन् । उनीहरुको मौन स्वीकृति देखिएको छ, जसले मधेसी समुदायलाई असामञ्जस्यमा पारिदिएको छ ।यस्तो अवस्थामा सुनसरी र मोरङ चुनाव क्षेत्र भएका उपेन्द्र यादव र विजयकुमार गच्छदारले चाहेर मात्रै आन्दोलन हुने देखिन्न ।दोस्रो मागका सन्दर्भमा कुरा गर्दा यो थारु समुदायको माग हो र यसमा सुदूरपश्चिमका केही नेताबाहेक धेरैको सहमति छ । कम्तिमा कैलालीको थारु बाहुल्य क्षेत्रलाई बाँके, बर्दियासहितको प्रदेशमा राख्नुपर्छ ।उपेन्द्र, महन्थ ठाकुर र राजेन्द्र महतोले मधेसमा गर्ने भनिएको आन्दोलनको एक मात्र सहारा पनि अब यही थरुहट क्षेत्र मात्रै देखिन्छ । मधेसी मोर्चाले ६ प्रदेशको सीमांंकन सार्वजनिक भएपछि थारुले गर्ने आन्दोलनमा समर्थन गर्ने घोषणा गरेर त्यसको संकेत पनि गरिसकेको छ ।उसो त थारु र मधेसीको सम्वन्ध त्यति राम्रो छैन ।मधेस आन्दोलनपछि मधेसमा ‘एक मधेस प्रदेश’को नारा लाग्यो । तर, थारुहरुले आफ्नो पहिचान खोज्दै एक मधेस प्रदेशविरुद्ध आन्दोलन गर्नुपरेको थियो ।एक मधेस प्रदेशको एजेण्डा थारु कल्याणकारिणीका राजकुमार लेखीसहितको थारु संघ संस्था र राजनीतिक दलहरुको आन्दोलनका कारण माग तुहिएको थियो ।तर, एक अर्काको स्वार्थ पूरा हुन्छ भने फेरि मधेसी र थारुवीच मोर्चाबन्दी सम्भव हुँदैछ । थारुहरुलाई कैलाली र कञ्चनपुर चाहिएको छ भने मधेसी मोर्चाले सीमांकनको विरोधमा मधेसमा आन्दोलन चर्काउनुछ ।दलहरुले बेलैमा थारुहरुको जायज माग सम्बोधन गर्ने हो भने उपेन्द्र, राजेन्द्रले गर्ने भनिएको आन्दोलन सुरु नै नभई अन्त्य हुन सक्छ ।नत्र, उपेन्द्र यादव र राजेन्द्र महतोहरुले प्रश्न गर्न सक्छन्, अखण्ड सुदूरपश्चिम हुने, अखण्ड मधेस (एक मधेस प्रदेश) किन नहुने ? त्यतिबेला दिने जवाफ शेरबहादुर देउवा, भीम रावल र लेखराज भट्टहरुसँग हुनेछैन । स्रोतःअनलाइन खबर

दलितहरुको कफन जुलुस : कुकुरको पुजा हुने ठाउँमा मान्छे अछूत ?

image

काठमाडौं, साउन २७ । नयाँ संविधानलाई आफ्नो बनाई छाड्ने अडानका साथ दलितहरुले आज पनि सडक आन्दोलन गरेका छन् । सडक संघर्षअन्र्तगत आज दलितहरुले टाउकोमा सेतो कपडा बाँधेर कफन जुलुस निकालेका हुन् ।मस्यौदामा कटौती गरिएको अधिकारलाई पुन: लेखाउन दबाब दिनेगरी सुरु गरिएको दोस्रो चरणको घोषित कार्यक्रममध्ये आज चौथो दिन संयुक्त राजनीतिक संघर्ष समिति, दलित सभासद समन्वय समिति, दलित नागरिक समाज र दलित अधिकार संघर्ष समितिले संयुक्त रुपमा कफन जुलुस निकालेका हुन् ।बबरमहलदेखि सुरु भएको कफन जुलुस नयाँ बानेश्वर पुगी कोणसभामा परिणत भएको थियो ।कोणसभामा बोल्दै नेपाली काँग्रेसका सभासद जीवन परियारले आन्दोलन नगरी अधिकार नपाइने भएकाले आन्दोलनलाई अझ सशक्त बनाउनुपर्ने जोड दिए । आन्दोलन गर्दा समेत दलितका मुद्दा सम्वोधन भइनसकेकाले आन्दोलनलाई अझ सशक्त पार्नुपर्छ उनले भने । अधिकार माग्दा प्रहरी दमन गरिएको भन्दै उनले अधिकारका लागि आफूहरु कहिले पनि शासक वर्गसामु नझुक्ने बताए ।त्यसैगरी बहुजन शक्ति पार्टीका सभासद विश्वेन्द्र पासवानले राजनीतिक दलका नेताहरुले सदीयौँदेखि समाजका उत्पीडित, दमित, दलित समुदायका मागलाई बेवास्ता गरिरहेको बताए । राज्यका नेता, मन्त्री तथा प्रतिनिधिहरुले एकचोटि दलितको स्थानमा आफूलाई राखेर हेर्नुपर्ने सुझाउँदै उनले भने, “नेपालमा कुकुरको पूजा हुन्छ, कागको पूजा हुन्छ तर मानिसलाई अछूतको व्यवहार गरिन्छ यो कस्तो चलन हो ।”साथै उनले अधिकार माग्दामाग्दै पनि अधिकारबाट वञ्चित गर्छ भने संविधानसभामा आफू चिरफारेर लडाइँ लड्ने बताए ।त्यसैगरी कोणसभामा पूर्व सभासद धर्मराज विश्वकर्माले शासकले शासन गर्दै जाने र शोसित सधैं शोषित हुँदै जाने हो भने मुलुकमा लोकतन्त्रको नामोनिसाना मेटिएर जाने बताए ।दलित अधिकारकर्मी चक्रमान विश्वकर्माले शासक वर्गले दलित समुदायलाई मुठ्ठीमा राखेर दमन गरिरहेकाले आफूहरु आन्दोलन गर्न बाध्य भएको बताए । उनले दलितका हकअधिकार सुनिश्चित गर्न सबै राजनीतिक दलका दलितहरु संगठित भएकाले आफूहरुको लडाइँ निर्णायकहुने दाबी गरे ।

शीर्ष नेतालाई कैलालीमा टेक्न नदिने लक्ष्मण थारुको चेतावनी

image

लखन चौधरी/धनगढीमधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारूले ६ प्रदेशमा सहमति गर्ने शीर्ष नेताहरुलाई कैलाली जिल्लामा पाइला टेक्ना नदिने चेतावनी दिएका छन्। कैलाली-कञ्चनपुरसहितको थारु बाहूल्य जिल्लालाई थरुहट/थारुवान बनाउनुपर्ने माग गर्दै बुधबार पनि धनगढीमा निकालिएको विशाल विरोध जुलुसलाई सम्बोधन गर्दै थारूले उक्त चेतावनी दिएका हुन्।उनले अगाडी भने, ‘थारूले आजसम्म कसैको सम्पत्ति खोसेको छैन, बरु दासको रुपमा कमैया/कमलरी बसेको छ। आज पहिचान र अधिकार माग्दा अन्याय गर्नेरु खबरदार शेरबहादुर देउवा, भिम रावल, विजय गछदार कैलालीमा पाइला टेकेर देखाउ?’शोषित पीडित थारू समुदायको पहिचान मेटाउने गरी चार दलका नेताहरुले महेन्द्रकालीन संरचना लादेको भन्दै उनले कडा विरोध जनाएका थिए। यतिमात्रै नभइ केन्द्रीय सदस्य थारूले आफ्नै पार्टी अध्यक्ष गछ्दारसहित शीर्ष नेताहरुविरुद्ध मुर्दावाद भन्दै नारासमेत लगाए।आफू तराईको जिल्ला-जिल्लामा पत्रकार सम्मेलन गर्दै आएको बताउँदै थारूले आउने केही हप्तासम्म जस्तोसुकै प्रकृतिको आन्दोलनगर्ने चेतावनी दिए। थरुहट आन्दोलनमा प्रशासनका साथै अन्य पक्षहरुले दमन गर्दै आएको भन्दै आक्रोश पोख्दै थारूले भने- ‘थारु समुदाय सबै युद्ध, आन्दोलन हेरिसक्यो, लडिसक्यो, धेरै रगतका खोला बगायो, अब उप्रान्त कसैले आन्दोलनलाई दमन गरेर देखाओस्, छातीमा गोली खान तयार छौं, थरुहट प्रदेश बनाएर छौड्छौं।’त्यस्तै उनले थरुहट आन्दोलनमा सबैको अधिकार समान रहने बताउँदै अखण्ड सुदूर पश्चिम पक्षधरहरुलाई आपस मिलेर जान आग्रह गरे।‘आउनुस् हामी सबै पक्ष मिलेर जाउ, हामी आफ्नो प्रदेश आफैँ बनाउ,’ उनले भने।हजारौं-हजारको जनसहभागिता रहेको विरोध प्रदर्शन धनगढीको क्याम्पस चौंक हुँदै ट्राफिक चौराहामा पुगी कोण सभामा परिणत भएकोथियो। कोणसभामा लक्ष्मण थारूसहित सदभावना पार्टीका केन्द्रीय सदस्य मुनेन्द्र सिंह, अनेस्वावियुका केन्द्रीय सदस्य रामचन्द्र चौधरीलगायतले सम्बोधन गरेका थिए।त्यस्तै ट्राफिक चोराहाबाट फर्किएको विरोध जुलुस एलएन चोकमा पनि कोणसभामा परिणत भएको थियो। उक्त कोणसभामा थाकस कैलाली सचिव माधव चौधरी, संघीय समाजवादी फोरम नेपालका केन्द्रीय सदस्य होरीलाल चौधरीलगायत नेताहरुले सम्बोधन गरेका थिए।

“नयाँ राजा”हरूको दाउ : कस्ता होलान् अबका परिदृश्य ?

image

परिदृश्य १४ दलले पेलेरै ६ प्रदेशलाई कायम गराउने छन् । किनभने “राज्य” भनेकै पेलेर काम गर्ने हो । यसले दया-माया-करुणा-मुदिता केही बुझ्दैन । उसले सिरिफ आफ्नो स्वार्थ बुझ्छ र त्यसलाई हासिल गर्ने “बन्दुक” मात्र बुझ्छ ।परिदृश्य २जनदबाब पुगे सीमांकन अलिअलि मिलाएर वा थपघट गरेर ६ प्रदेशलाई नै ४ दलले कायम गराउने छन् । सायद अब ‘जिल्लाको नाम त पहिचानको आधारमा राखिदेऊ !!!’ भन्नेमा वार्ता झर्नेछ । हरेक योजना-परियोजना कार्यमुखी हुने र “खाने” ठाउँ नै स्थानीयस्तरमा भएकोले यहाँ झन गम्भीर लेनदेनको प्रक्रिया चल्नेछ ।परिदृश्य ३अब ‘द्वन्द्व’ वा वार्ताको विषय हरेक प्रदेशभित्रको “पुन:संरचना”मा ओर्लिनेछ । अर्थात, प्रदेशहरूमा जुन समूहले बहुमत ग्यारेण्टी गर्यो त्यो समूहले अब हरेक उपराज्य वा जिल्ला वा नगरपालिका वा गाउँपालिका र हरेक वार्डसम्म आफ्नो वर्चस्व कायमराख्ने प्रयास जारी राख्नेछ र त्यसको विपक्षमा पनि केही उभिनेछन् ।जस्तै: सायद अब उपराज्य वा स्वायत्त क्षेत्र वा विशेष क्षेत्रको माग अघि आउनेछ । थरुहटले त भनी नै सक्यो- कमसेकम कैलाली रकन्चनपुरलाई हामी थारुहरुको विशेष संरक्षित क्षेत्र बनाईदिनुस् । र, त्यो कुरामा भीम रावलले ठाडै इन्कार गरिसके ।सायद, दबाब सृजना गर्न नसके लिम्बुवान, किरात, ताम्सालिङ, नेवा, तमुवान, मगरातको माग “प्रदेश”बाट झरेर “उपराज्य” वा “विशेष क्षेत्र” वा “संरक्षित क्षेत्र”मा झर्ला । यसमा पनि भीम रावल, कृष्ण सिटौला, ओली, प्रचण्डले “माछा माछा भ्यागुत्ता” देखाइदिने नै छन् । अब ‘द्वन्द्व’ वा वार्ताको विषय हरेक प्रदेशभित्रको “पुन:संरचना”मा ओर्लिनेछ ।परिदृश्य ४त्यसपछि ‘जिल्लाको नाम त पहिचानको आधारमा राखिदेऊ !!!’ भन्नेमा वार्ता झर्नेछ । हरेक योजना-परियोजना कार्यमुखी हुने र “खाने” ठाउँ नै स्थानीयस्तरमा भएकोले यहाँ झन गम्भीर लेनदेन र तिक्त स्तरका वार्ताको प्रक्रिया चल्नेछन् ।यसमा पनि पहिचानवादीलाई “लट्याङपट्याङ” पारेर आफ्नै बहुमत कायम गरेर भीम रावल, कृष्ण सिटौला, ओली, प्रचण्डले आफ्ना सन्तान-दर-सन्तानको निम्ति हरेक चुनावमा जित्ने, हरेक कार्यालय आफ्नै सन्तानको वर्चस्व हुने, हरेक निर्णायक ठाउँमा आफ्नै सन्तानको वर्चस्व हुने र कसैले फेर्नै नसक्ने प्रणाली कायम गराउनेछन् । यही हो “नयाँ राजा”हरूको दाउ ।जसरी राजाका छोरा राजा हुन्थे भने अब नयाँ राजाका सन्तान-दर-सन्तानले जहिले पनि जित्ने, जहाँ पनि वर्चस्व कायम गर्ने भनेकै “नयाँ राजतन्त्र” हो जुन कांग्रेस, एमाले र एमाओवादीको दिमागी हेडक्वार्टरबाट रणनीति बनेको छ र अब स्थानीय स्तरमा समेत विस्तारै लागू गर्ने क्रम तीव्र हुनेछ ।खराब परिदृश्य ५मुलुकका शासक जातिको अत्याचार खप्न नसक्ने जनजातिहरू कोही बेलायत, कोही अमेरिका, कोही क्यानाडा, कोही भारत, कोही कोरिया, कोही मलेशिया, कोही तिब्बत, कोही चीन, कोही कता कोही कता पलायन हुनेछन् । यसपछि शासक जातिले नेपाललाई भारतमा गाभ्न खोज्दा कसैले विरोध नगर्ने अवस्था सृजना हुनेछ ।सायद, ‘रअ’को यही गुरुयोजना [Master plan] हो जसलाई ससानो स्तरमा समेत लागू गर्ने क्रममा अब नेपालमा २-३ वटा चुनाव हुँदासम्ममा यो काम तमाम होला । त्यसको भूमिका तैयार गर्न अहिले नै “नेपालमा हामी जनजाति थोरै भयौँ । यहाँ क्षेत्री-बाहुनसँग कहिल्यै नसकिने भयो । बरु भारतले जनजातिलाई धेरै अधिकार दिएको छ, त्यसैले बरु भारतमै हामी जनजाति गयौँ भने कल्याण हनेछ” भनेर झिनो हल्ला चलाइएको पनि छ ।

संविधानसभामा थारु सभासद्को चेतावनी- थारुलाई टुक्रा-टुक्रा नपारियोस्

image

प्रदीपराज वन्त/रासस
प्रस्तावित संविधानको मस्यौदामाथि संविधानसभामा जारी छलफलमा भाग लिने सभासद्हरुले जनताका हकअधिकार कुष्ठित हुने गरी सीमाङ्कन गरिएको, सामर्थ्य र पहिचानका आधारमा सीमाङ्कन नगरिएको र मस्यौदामा पनि थुप्रै कमीकमजोरी भएको भन्दै परिमार्जन गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
नेपाली कांग्रेसका सभासद् तेदुलाल चौधरीले तराईमा बसोबास गर्ने थारु समुदायलाई टुक्रा टुक्रा बनाएर कमैया बनाउने कोसिस गरिएको गुनासो गर्दै सीमाङ्कनलाई मधेसी, आदिवासी र जनजातिले नरुचाएकाले अब जनसङ्ख्याका आधारमा सीमाङ्कनलाई परिमार्जन गर्नुपर्ने बताए।
फोरम लोकतान्त्रिकका सभासद् कल्पना चौधरीले देशका शासकले थारुहरुलाई छिन्नभिन्न गर्ने प्रयास गरेको आरोप लगाउँदै थारुहरु सडकमा ओर्लेर आफैँ संविधान बनाउने चेतावनी दिए। ‘हिमाल पहाड तराई कोही छैन पराई’ भने पनि थारुलाई पराई बनाइयो भन्ने उनको गुनासो थियो।
बैठकमा गङ्गा चौधरी, अञ्जना चौधरीले पनि सीमांकनको विरोध गरेका थिए।

ओलीले भने- ६ प्रदेश ठीक छ,आगो बले एमालेले

image

एमाले अध्यक्ष केपी शर्मा ओलीले उच्चस्तरिय विशेष समितिले सहमतिका आधारमा तयार पारेको ६ प्रदेशको प्रस्ताव मोटामोटी रूपमा सहि भएको बताएका छन्।प्रदेश निर्माणमा तराई मधेस र पश्चिमका थारू सभासदहरुको विचार बुझ्न पार्टीले संविधानसभा भवनमा राखेको भेलामा सम्बोधन गर्दै ओलीले यस्तो धारणा राखेका हुन्। संविधान भनेको एमालेको मात्रै नभएर सहमति र सझौताको दस्तावेज हो भन्दै त्यो अहिलेको अवस्थामा सहि भएको दाबी गरे।प्रमुख राजनीतिक दलबीच भएको सहमतिका आधारमा आएको साझा सहमतिको प्रस्तावको बचाउ गर्दै ओलीले भने, ‘खेत रोप्नु परेको छ कसैले पानी पारिदेउ भन्छन्, खेत रोप्नेका लागि त्यो माग जायजै हो। बिस्कुन सुकाउनेले घाम लगाइदेऊ भन्छन् त्यो माग पनि जायजै हो तर त्यसलाई कसरी मिलाउने भन्ने अहिलेको चुनौती हो।’प्रदेश निर्माणमा विरोध गर्दै आन्दोलन चर्काउने धम्की आइरहेको अवस्थामा उनीहरुप्रति लक्षित गर्दै ओलीले भने, ‘यदि कुनै पक्षले आगो बाल्छु भन्छ भने एमाले कार्यकर्ताले शान्तिपूर्ण दमकलको भूमिका खेली त्यो आगो निभाउछन् र कसैले चर्काउछु भन्छ भने एमालेले लेप लगाउन तयार छन्।’‘सम्झौताको दस्तावेज पनि हो। यो तुलनात्मक र सापेक्षित रुपमा सही हुने कुरा हुन्छ। सापेक्ष र निरपेक्ष रुपमा तुलनात्मक रुपमा पूर्ण सर्वसम्पन्न हुँदैन। संविधान त बनाउनै पर्यो। कसले बनाउने भन्दा यो संविधानसभाले बनाउने हो। संविधानसभामा तीस वटा पार्टी विभिन्न आकारमा विभिन्न उद्देश्य, विचारमा ५९८ सभासद् छौ। ५९८ ले नै बनाउनुपर्ने भएकाले सहमति र सम्झौता गर्नुर्यो, त्यसकारण हाम्रोपाटीको भूमिका देशको, जनताको एकताको विकास र उन्नतीको पक्षमा नै अग्रणाी भूमिका छ, ओलीले भने।‘हामीहरुसँग अनुभवी साथीहरुको पङ्क्ति छ। प्रधानमन्त्री चलाइसक्नु भएका दुई जना, अर्थमन्त्री चलाइसकेका व्यक्तित्वहरु हुनुहुन्छ। जनशक्ति, दृष्टिकोण र सिद्धान्त र अडानप्रति नेकपा(एमाले) दृढछ। आवेश, उत्तैजना होइन , देशलाई औचित्यपूर्ण, तर्कपूर्ण, जनताको आवश्यकता, विकासको आवश्यकता, न्याय र समानता के हो त्यो आधारमा संविधानमा के के परिमार्जन र हेरफेर गर्नुपर्छ। त्यसका लागि छलफल र सम्वाद चलाइएको हो। हामीले आगो बाल्छौ भन्नेहरुलाई नेकपा(एमाले) शान्तिपूर्ण विचारको दमकम लिएर तयार हुनुपर्छ र झ्याप निभाउनुपर्छ। चर्काउँछु भन्नेहरुलाई ल्याप्प लेपनलगायर टाल्नुपर्छ। त्यो सार्मथ्य हामीसँग छ, जनताले हामीलाई पत्याएका छन्। देशकाविरुद्ध, जनताका विरुद्ध,  एमाले सबै जनता, तह तप्काको साझा प्रतिनिधि भएको , सबैको हित र संरक्षण एमालेले गर्नुपर्छ। यही दृष्किोणबाट सुझाव आउनुपर्छ। एमाले यिनै अह्म स्पष्ट र सक्रिय भूमिकामा प्रस्तुत हुनेछ,’ ओलीले भने।संविधान मस्यौदामा अहिले पनि हजारौ व्यक्ति र समुदायबाट विभिन्न विचार र फरक मत आए पनि त्यसका जायज माग सकेसम्म सम्बोधन गर्ने प्रयास दलहरुले गरिरहेको बताए।कहाँ कमी कमजोरी भएको छ, त्यसलाई सच्याउन तयार छौ, दिनै पिच्छे सच्याउन सकिदैन ।यसअघि प्रमुख चार दलका शीर्ष नेताहरुले संघीयताको विषयमा असन्तुष्टि जनाउँदै विभिन्न भागमा उठेका आन्दोलनको सम्बोधन गर्ने विषयमा छलफल गरेका थिए।

स्वतन्त्रताको लागि लड्न थारुलाई सीके राउतको आह्वान

image

स्वतन्त्र मधेश गठबन्धनका संयोजक सीके राउतले आन्दोलनमा रहेका थारु तथा कोचहरुलाई स्वतन्त्रताका लागि आन्दोलनमा होमिन आग्रह गरेका छन्। मंगलबार बिहान आफ्नो फेसबुकमार्फत् राउतले स्वतन्त्रता बाहेकको अरु कुनै पनि सम्झौता आत्मघाति हुने दाबी गरेका छन्।तराईको भूमि पहाडसँग मिसाएको, थारु बाहूल्य क्षेत्र कैलाली-कञ्चनपुरलाई टुक्रा टुक्रा पारेको र थारु समुदायमाथि अत्यारचार गरेको भन्दै थरुहट/थारुवान संयुक्त संघर्ष समितिले आजदेखि तराईका जिल्लामा आमहड्तालको घोषणा गरेको छ।थारुहरुको आन्दोलनप्रति मधेसी दलका नेता तथा सभासद्हरुले एक्यबद्धता जनाइसकेका छन्। राउतले पनि थारुहरुको आन्दोलनमा समर्थन रहेको उल्लेख गरेका छन्।

विजय गच्छदारबाट खोसिएको बन्दुक एमाले पार्टी कार्यालयमा भेट्यो२०७२ साउन २७ गते ९:३४ मा प्रकाशित – hulakinews.com

image

काठमाण्डु। एमालेको बल्खुस्थित चर्किएको कार्यालयबाट महत्वपूर्ण कागजपत्र सुरक्षित रुपमानिकाल्न खटिएको सशस्त्र प्रहरी टोलीलाई त्यस्ता वस्तु फेला पर्छ भन्ने कल्पनै थिएन । तर पाँचतले भवनको माथिललो तलामा राखिएको एउटा बाकस खोलदा उनीहरुले जे भेटे, त्यसपछि भने हल्लीखल्ली नभइरहन सकेन ।एउटा पुरानो बाकस खोल्दा त्यहाँ सशस्त्रले दुई थान हतियार भेट्टायो । एउटा पेस्तोल थियो भने अर्कोे रिभल्वर । खोलेर हेर्दा खिया लागिसकेकोले चल्न सक्ने अवस्थामा थिएन । तर पनि प्रहरीको ध्यान हतियारमा जानु स्वभाविक हो ।केन्द्रीय कार्यालय सचिव कृष्णगोपाल श्रेष्ठले  पनि हतियार कसरी त्यहाँ पुगे थाह पाउन सकेनन् । सशस्त्रले हतियार फेला पारेपछि छाड्ने कुरा पनि भएन । बरु, बुझिलिएको कागज तयार पारेर सशस्त्रले दुवै हतियार लगेपछि सुरु भयो हतियारको पुरानो कहानी । खोज्दै जाँदा पत्ता लाग्यो– दुई मध्ये रिभल्वर चाहिँ पूर्वगृहमन्त्री विजयकुमार गच्छदारको रहेको पत्ता लाग्यो भने पेस्तोल चाहिँ पूर्वसांसद हरिनारायण चौधरीको रहेछ ।घटना ३४ वर्ष अघिको रहेछ । २०३७ सालमा विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा स्ववियु निर्वाचनका क्रममा उठेको विवाद २०३८ साल मंसिरमा विदार्थी नेता फणिन्द्र तिमिल्सेनाको हत्यासम्म पुगेको थियो । नेविसंघको तर्फबाट स्ववियु निर्वाचन जितेको घोषणा गरेका गच्छदारलेत्यस दिन क्याम्पसको क्यान्टिननेरबाट चलाएको गोलीबाट फणिन्द्र ठहरै भएका थिए ।पछि जम्मा एका अखिलका विद्यार्थीले घेरा हालेर गच्छदार र अर्को नेता हरिनारायण चौधरीको हातबाट पेस्तोल खोसेका थिए । तिनै हतियार हालै बल्खुमा फेला परेको रहेछ । –बुधबार साप्ताहिकबाट

२२ जिल्लामा ६ दिन आमहडताल, थारुको आन्दोलन नेताहरुका लागि महंगो सावित हुने चेतावनी

image

चितवनदेखि कञ्चनपुरसम्मको भूगोललाई थरुहट प्रदेश हुनुपर्ने माग गर्दै पश्चिमतराईका २२ जिल्लामा ६ दिने आमहड्तालको घोषणा गरिएको छ । संयुक्त थारु संघर्ष समितिले साउन २७ गतेदेखि यो आम हड्तालको घोषणा गरेको हो। आन्दोलनको संयोजन थारु कल्याणकारी सभाले गरेको छ । उक्त संघर्षमा सबै थारुसंघसस्था तथा समुदायको समर्थन रहेको बताइएको छ । साउन २७ गते बुधवारबाट सुरुहुने आन्दोलन साउन ३२ गतेसम्म चल्ने बताइएको छ । यो आम हड्तालका क्रममा पनि नेताहरुले आफ्ना मागको सुनुवाई नगरेमा अझ कडा आन्दोलनमा उत्रने चेतावनी पनि दिइएको छ । थारु संयुक्त संघर्ष समितिको केन्द्रीय समितिले एक विज्ञप्ती जारी गर्दै यो आन्दोलनको घोषणा गरेको हो । विज्ञप्तीमा कैलाली र कञ्चनपुरमा चलिरहेको आन्दोलनको समर्थन र विस्तार स्वरुप २२ जिल्लामा आम हड्तालको घोषणा गरिएको जानकारी गराइएको छ । थारु संघर्ष समितिका सदस्य तथा पूर्व सभासद इन्द्रजित थारुले नेताहरुले आफ्नो आन्दोलन र आवाजलाई कम आँक्ने गल्ती नगर्न पनि चेतावनी दिएका छन् । खुमबहादुर खड्कालाई संविधानसभाको निर्वाचनमा पराजित गरेर चर्चामा आएका इन्द्रजितले थारु प्रदेशका लागि आफूहरुले कडा आन्दोलन गर्ने र त्यो नेताहरुलाई महंगो सावित हुने चेतावनी पनि दिए । सीमाङ्कनको क्रममा थारुहरुकोअस्तित्व नै समाप्त हुनेगरी प्रदेशहरुको विभाजन गरिएको भन्दै आमहडतालको घोषणा गरिएको बताए । ६ दिसम्म यातायात, शिक्षणसंस्था, व्यापार–व्यवसाय, कलकारखाना सबै बन्द हुने उनले जानकारी दिए ।