थरुहट तराई पार्टीले संविधानसभा बैठक बहिष्कार गर्न

काठमाडौं- थरुहट तराई पार्टी नेपालले संविधानसभा बैठक बहिष्कार गर्ने भएको छ। थारुहरुको मागलाई सम्बोधन नगरेको भन्दै संविधान बहिष्कार गर्ने निर्णयमा पुगेको पार्टीका सभासद् गोपाल दहितले जानकारी दिए। उनका अनुसार ६ बजे बस्ने संविधानसभा बैठकमा आफ्नो भनाइ राख्दै बहिष्कार गर्नेछन्। थरुहट तराईका पार्टीका तर्फबाट दुई जना सभासद् संविधानसभामा प्रतिनिधित्व गर्छन्। अर्का सभासद् गंगा थारु विधायन समितिका सभापतिसमेत हुन्।

सद्‌भावनाका ४ सांसदले राजिनामा बुझाए

image

काठमाडौं– सद्‌भावना पार्टीका ४ सांसदले राजिनामा दिएका छन्। सभामुख सुवाषचन्द्र नेम्वाङ समक्ष आइतबार उनीहरुले राजिनामा बुझाएका हुन्।लक्ष्मणलाल कर्ण, विमलकुमार केडिया, शैलकुमारी देवी तथा सञ्जयकुमार साहले संसद सदस्यबाट राजिनामा दिएका हुन्।जनकपुर बमकाण्डका मुख्य अभियुक्तको रुपमा पक्राउ परी कारागारमा रहेका साह संसदमा निलम्बित छन्। राजिनामा बुझाउन उनी बाहेक तीन सांसद उपस्थित थिए।संसदमा सद्‌भावना पार्टीका ६ सदस्य छन्। माधवी रानी र नर्सिङ चौधरी जिल्लामा भएका कारण अनुपस्थित भएको सांसद लक्ष्मणलाल कर्णले बताए।’सभामुखले बसिराखे राम्रो हुन्छ नछोड्नोस् भन्नुभयो हामीले राजिनामा बुझायौं’, कर्णले भने।संघीयताको सिमाङ्कन र ६ प्रदेशप्रति असहमति जनाउँदै सद्‌भावनाले व्यवस्थापिका संसद तथा संविधान सभा त्याग्ने घोषणा गरेको हो।

बागलुङमा ‘नेपाल बन्द सँधैका बन्द’ जुलुसमा आन्दोलनकारीको हस्तक्षेप

image

बागलुङ–विभिन्न समुहले निरन्तर आह्वान गर्ने बन्दले दैनिक जनजीवन अस्तव्यस्त भएको भन्दै बागलुङमा बन्द सँधैका लागि बन्द गर्ने सन्देश दिन आयोजना गरेको जुलुसमा आन्दोलनकारीले हस्तक्षेप गरेका छन्।’नेपाल बन्द सँधैका लागि बन्द’ भन्दै जनलेखा परीक्षण मञ्च, बागलुङको अगुवाईमा आज बागलुङ बजारमा जुलुस निकालिएको थियो । नयाँ सविधानमा जनजातिका माग सम्बोधन गर्न माग गर्दै नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय समितिको आह्वानमा दुई दिने देशव्यापी नेपाल बन्दको आयोजना गरिएको छ । कुनै आन्दोलनकारीको बिरुद्धमा नभई समग्र ‘बन्द सँधैका लागि बन्द’ होस् भन्ने सन्देश दिन जुलुसकाे आयोजना गरिएको जनलेखा परिक्षण मञ्चका अध्यक्ष तिलक सापकोटाले बताए । ‘हामीले सँधै आयोेजना हुने बन्दलाई अन्त्य गर्ने सन्देशदिन खोजेका थियौँ,’ सापकोटाले भने, ‘आन्दोलनकारीले उहाँहरुको बिरुद्ध ठानेर हस्तक्षेप गर्नुभयो । हाम्रो अभियान कसैका बिरुद्ध नभई समग्र बन्दको बिरोधमा हो ।’उनीहरुले काम गर्ने बातावरण देउ, बन्दको बिकल्प खोजौँ, बन्द समस्याको समाधान होइन लगायतका प्ले कार्ड लिएर जुलुस निकालेका थिए । सम्भावित झडपलाई मध्य नजर गर्दै व्यापक रुपमा प्रहरी परिचालन गरिएको थियो । सो जुलुसमा आदिवासी जनजाति महासंघ,बागलुङका नेता तथा कार्यकर्ताले हस्तक्षेप गरी प्ले कार्ड च्यातिदिएका दिए । प्रहरीले दुवै पक्षलाई संयमित गराए पछि कुनै अप्रिय घटना भएन ।आँफूहरुले आफ्नो समुदायको न्यायप्राप्तिको लागि आन्दोलन गरेको नेपाल आदिबासी जनजाति महासंघ बागलुङका अध्यक्ष महेशचन्द्र प्रधानले बताए । बन्दको आह्वानको पहिलो दिन बागलुङ वजार पूर्ण रुपमा बन्द रहेको छ। यहाँबाट छुट्ने लामो तथा छोटो दूरीका सवारी साधन छुटेका छैनन् । अहिले आएको मस्यौदा संविधानले आदिबासी जनजातिका अधिकारलाई झन कटौती गरेको उनीहरुको आरोप छ ।

को विखण्डनकारी?

image

आफ्नो सगोत्रीको माग सम्बोधन गर्या ठीकै हो, परगोत्री थारु र मधेशीको नि गरिदिया भए हुन्थ्यो नि?कर्णाली र मध्य पश्चिमको माग सम्बोधन गरियो र मधेशका मान्छेलाई मर्न छाडियो।लौ एक दुई दर्जन मरोस त्यसपछि विचार गरौंला भन्ने सोच रहेछ। देउवालाई मधेशी र थारूको नेता भन्दा पनि सुदूरपश्चिमकै नेता हुने रहर रैछ, सानो कोटरी छानेकोमा वधाई छ।तर मेरो प्रश्न जनताको मन खण्ड खण्ड पारेर भूमीलाई कति बेलासम्म अखण्ड राख्न सक्नु हुन्छ? उपेन्द्र यादव र अमरेश सिंहले थारूलाई भड्काए रे, ए बाबा तिम्रो माया यति कमजोर किन छ कि थारूहरू अरुको कुरामा लागेर तिम्रो विरुद्ध भड्किन्छ? मायाको गाँठो दरिलो बनाउ न भै‘गो नि। बाटामा हिंडनेले आँखा लगाए भनेर तर्केर हुन्छ?के नेपाली राष्ट्रियताको जग यति कमजोर छ कि उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहले बोल्ने वितिकै कमजोर हुन्छ?उपेन्द्र यादव, राजेन्द्र महतो र अमरेश सिंहलाई गाली गरेर सदनको बहुमुल्य समय खेर फाल्नु हुँदैन। सदनमा व्यक्तिगत आरोप प्रत्यारोप गर्ने हो भने सदन नीतिगत विषयको छलफल गर्ने थलो भन्दा पनि व्यक्तिगत गालीगलौज गर्ने स्थलको रुपमा परिणत हुन्छ। सदनको गरिमा समेत घट्छ। नेपालको स्थायी सत्ताको मजबुत कडी रहेको सञ्चार माध्यमले अमरेश सिंहलाई किन देखि नसकेको हो? जे गरे पनि जे बोले पनि उल्टो अर्थ लगाउने। जसले जे भने पनि सत्य कुरा के हो भने उनी जनताबाट मत पाएर जितेर आएका हुन्। जनताभन्दा ठूलो कुनै अदालत हुँदैन। यसकारण एउटा कुरा के बुझ्न जरुरी छ भने काठमाडौंमा मधेशीनेतालाई जति खेद्यो उ मधेशमा त्यतिनै ठूलो हिरो हुने हो।नेपालको लगभग आधा जनसंख्या झण्डै एक करोड जनसंख्या भएको समुदायले उठाएको आवाजलाई शासनमा रहेकाले अनदेखा गर्न सक्दैनन्। मधेशीहरू जन्मदै खप्परमा विखण्डनकारी लेखेको भएर जन्मनछन् की क्या हो?म सँगै थाइल्याण्डमा मास्टर पढ्ने पहाडी मुलका साथी अमेरिकामा मज्जाले वसेर दाम कमाउँदा उनी चाँहीराष्ट्रिय हुने म नेपालमा वसेर काम गर्दा पनि उनी भन्दा कम राष्ट्रिय हुने?होइन यो राष्ट्रियताको मापन गर्ने प्यारामिटर चाँही के हो नी? अनुहार नै हो भने म यस्तो राष्ट्रियता मान्दिन। के यो देशमा भएका आमनेपालीले समान हक पाउनुपर्छ भन्ने वकालत गर्दा देशप्रतिको वफादारितामा शंका गर्न मिल्छ? छलछाम र शक्तिको प्रयोग गरेर जनतालाई अधिकारबाट केही समयसम्मका लागि मात्रै बञ्चित राख्न सकिन्छ, सँधैको लागि कदापि होइन।दोस्रो संविधानसभापछि थारूमधेशको म्याथमेटिक्स केही विग्रेको छ तर केमेस्ट्री अझै विग्रेको  छैन भन्ने कुरा भारदह विद्रोहले देखाइसक्यो।विजय गच्छेदारले थारु र मधेशी जनताको भावना विपरित लेनदेनको आधारमा गरेको सम्झौता त्यहाँका आन्दोलनकारी युवा जमातले स्वीकार्य गर्ने अवस्था छैन।नेपाली राष्ट्रियतालाई उपेन्द्र, राजेन्द्र र अमरेशले कमजोर गरेको होइन बरु भारहदलाई  मिनी जलवगीया बनाउन गोली हान्ने अधिकारी, आदेश दिने हाकिम र कारवाही नगर्ने मन्त्रीले गरेका हुन्।गम्भीरतापूर्वक सोचौं, घरको भित्तामा, गाउँको वाँसमा, बिजुलीको मिटरमा, देवनारायणको खुटामा, गोपाल मण्डलको लिभरमा र राजीव राउतको छातीमा गोली प्रहारले कसरी नेपाली राष्ट्रियता मजबुत हुन्छ?मृतक राजीव राजीव राउतको ३ महिने छोरी आरुजु र १६ महिने छोरो आर्यनलाई ठूलो भएपछि नेपाली राष्ट्रियताको खुव माया लाग्छ होला र दिनभरी सयौँ थुँगाको रट लगाउने होला। सुर्खेतमा तीन जना मानिस मरे, मन्त्रिपरिषद्ले १० लाख क्षतिपूर्तिको घोषणा गर्यो। घैँटेलाई शहीद घोषणा गर्नु पर्छ भन्नेहरुले राजिव राउतलाई नेपाली शहीदको स्तरमा पर्ने भने देखेनन्। उपेन्द्र यादव र अमरेश सिंहले टिकापुरमा गरेको भाषणको संसदीय छानवीन गर्ने उपसमिति वनाउन हतारो गर्नेहरु राजीव हत्याको घटना छानविनका लागि उपसमितिको आवश्यकता ठानेनन्।अहिलेको मधेश आन्दोलनमा मृत्यु भएको आन्दोलनकारीको परिवारलाई आन्दोलन पश्चात्त प्रदेश सरकार बनेपछि ५० लाख दिने निर्णय गर्ने मधेशी मोर्चालाई वोकोहराम, अलकायदा र आतंकवादी संगठन भन्दा पनि चरम सम्म भन्न भ्याइयो र यो उपसमितिले यो पनि छानविन गर्ने अरे।मोर्चाले ५० लाख दिने ठीक निर्णय गरे भन्ने कुरा होइन, तर राज्य व्यवस्था समितिले यस बिषयमा बेलायतको संसद जस्तो देखाएको तदारुकता र भारदह घटनाप्रति साँधेको मौनता माथि मेरो प्रश्न हो।भारदहको राजीव राउतको मृत्युको क्षतिपूर्ति घोषणा गर्न किन ढिलाई हो? उनी करदाता होइनन्? बिचरा केराको व्यापार गरेर परिवार राम्रै पाल्या थिए र सरकारलाई पनि कर तिरेकै थिए। उनको छातीमा छेडेको गोली र बन्दुकमा सायद उनले पसिना बगाइ तिरेको करको पनि एक रुपैयाँ पर्यो होला। भैरहवामा पहाडी मधेशी लडाएर, टिकापुरमा थारु पहाडी लडाएर राज्यले कुन राष्ट्रियता मजबुत गर्न खोजेको हो? भैरहवाबाट कुटाइ खाएर गएका मधेशी गाँउ फर्किदा पुलिस चौकी र सरकारी कार्यालमा राखेको नेपाल सरकारको वोर्ड हेर्ने बित्तिकै श्रद्धाले गदगद र मेरो सरकार हो भन्ने आश कसरी गर्ने?भिजिलान्ते प्रयोगले राजनितिक आन्दोलनले सामुदायिक हिंसाको रंग पाउँछ भन्ने ज्ञान त पक्कै छ होला।गाँउवाट भैरहवा राजनितिक आन्दोलनमा गएका सुनिल यादवको मृत शरीर डण्डा खोलाको छेउमा भेटिँदा उनको बुवा आमाको अनुहार नेपाली राष्ट्रियताले ओतपोत हुने होला। नागरिकता नदिने, अधिकार नदिने, पहिचान नदिने, सिडिओ, एसपी हुन नदिने र अनि राष्ट्रियता को अपेक्षा गर्ने? प्रदेश मागे बिखण्डनकारी हुने,समावेशीको कुरा उठाए असक्षम हुने, पहिचानको कुरा उठाए जातिवाद हुने?सत्य र तथ्य परक कुरो गर्ने वित्तिकै काजी साहेव लेण्डुप दोर्जे र फीजिका महेन्द्र चौधरी हुने? कस्तो नियम बनाएको स्थायी सत्ताले? मिरजाफर हुन अस्वीकार गरेपछि घचेटेर लोण्डुप नै वनाउने कस्तो खेलको नियम हो?यसकारण बेलैमा सोचौँ, कालापानी र लिपुलेक जोगाउन नसक्ने विखण्डनकारी कि चौदह सय किलोमिटरको खुला सीमानामा एक इन्च पनि खण्डित हुन नदिने मधेशीहरु?लेखक सर्वोच्च अदालतमा अभ्यासरत अधिवक्ता हुन्।प्रकाशित मिति: आइतबार, भाद्र ६, २०७२ १८:०१:००

मधेसका एक ईन्च भाग पहाडमा गाभ्न दिदैनौं: एमाओवादी

image

एमाओवादी सभासद मानपुर चौधरीले मधेसको झापा, सुनसरी, मोरङ, कैलाली र कञ्चनपुरका एक ईन्च भाग पनि पहाडमा गाभ्न नदिने बताएका छन्।सिराहाको लहानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभासद चौधरीले आफ्नै पार्टी एमाओवादी अध्यक्ष प्रचण्ड पनि ‘गद्दार’ भएको बताए। उनले आफू काठमाडौं छाडेको बताउँदै अधिकार प्राप्त नभएसम्म नफर्किने वाचा समेत गरे।पूर्वका झापा, सुनसरी र मोरङ एमाले अध्यक्ष केपी ओलीले पहाडमा गाँभ्न लगायो भने पश्चिमको कैलाली रकञ्चनपुर काँग्रेस नेता शेरबहादुर देउवा र भीम रावलले हड्पेका सभासद चोधरीले आरोप लगाएका छन्।एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दैउनले भने, ‘देश तीन बाहुनको पुर्खाको होइन्। हामी मधेसी, थारु, दलित, जनजाती, मुस्लिम लगायतका समुदायको पनि हो। त्यसैले मधेसको जग्गा पहाडमा मिलाउन खोज्नेलाई पराजय गरेर देखाउँछौं।’ मेधसको जग्गा हड्पने प्रयास गर्नेहरु विलय हुने चेतावनी समेत दिए।सभासद चौधरीले यो आन्दोलनबाटै अधिकार लिन मधेसका हरेक समुदाय एक भएर लाग्नुपर्ने बताए। उनले सुशील, ओली र प्रचण्डले नै मधेसी र थारुलाई फुटाएको आरोप पनि लगाए।‘कसैको आर्शिवादले सभासद बनेको छैन्’, सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाओवादी सभासद चौधरीले भने, ‘मलाई प्रचण्डले केही गर्न सक्दैनन्। जनतालाई जे भनेर निर्वाचित भएको छु। त्यो प्रतिवद्धता पुरा गर्न पछि पर्दिनँ।’

जलेश्वरमा प्रधानमन्त्रीको पुतला दहन

image

जलेश्वर, ६ भाद्र । मधेशी मोर्चाले आव्हान गरेको बन्दको अवज्ञा गरेको भन्दै जिल्लाको सदरमुकाम जलेश्वरमा रहेको महिला विकासकार्यालयमा तोडफोड भएको छ । बन्दको अवज्ञा गरेको भन्दै मोर्चाका १०/१२ जना कार्यकर्ता कार्यालयमा प्रवेश गरी टेलिफोन, कम्प्युटर र कार्यालयप्रमुखको टेबुलमा राखिएको सिसा तोडफोड गरेका थिए ।लगातारको बन्दले महोत्तरीको जनजीवन प्रभावित बन्दै गएको छ । बन्दको कारण सरकारी कार्यालयहरु पूर्णतः बन्द छन् । बैंकहरु पनि बन्द गराइएको छ । यातायात पनि पूर्णतः ठप्प छ । तरकारी तथा दैनिक उपभोग्य सामग्रीको मूल्य निरन्तर बढदै गएको छ ।यसैबीच, नेपाल सदभावना पार्टीका केन्द्रीय अध्यक्ष अनिलकुमार झाको नेतृत्वमा जिल्लाको सदरमुकाम जलेश्वरमा प्रधानमन्त्रीको पुत्ला दहन गरिएको छ । केन्द्रीय अध्यक्ष झाको नेतृत्वमा सयभन्दा बढी नेता कार्यकर्ताहरु सहभागि रहेको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै दुर्गा चोकमा आएर कोणसभामा परिणत भएको थियो ।सो कोणसभालाई सम्बोधन गर्नुहुदै अध्यक्ष झाले अहिले आन्दोलन नगर्ने हो भने मधेश सधैं पछाडी पर्ने बताउँदै मधेश आन्दोलनलाईथप उचाईमा पु¥याउनुपर्ने आवश्यकता रहेको बताए । उनले शासकवर्गले मधेश र मधेशीहरुमाथि विभेद गरेको भन्दै अहिले बन्ने संविधानले सम्पूर्ण नेपालीको प्रतिनिधित्व नगर्ने भएकोले यसलाई सच्चयाउनुपर्ने माँग गरे ।

नेपालगंजमा झडप पछि कर्फयु, पूर्वमन्त्रीसहित नेताहरुमाथि लाठी चार्ज

image

नेपालगंज ६ भदौं ।नेपालगंजमा झडप पछि कर्फयुजारी गरिएको छ । साँझ बन्दकर्ता तथा बन्द खुलाउनेबीच तनाव भएपछि अहिले साँझबाट कर्फयु जारी गरिएको हो ।बाँकेका प्रमुख जिल्ला अधिकारीका अनुसार राँझा चौकदेखि जमुनाहा बोर्डरसम्म र फुलटेकर चौकदेखि नन्दी मिलसम्म अर्को सूचना जारी नभएसम्मका लागि कर्फयु जारी गरिएको हो ।पूर्वमन्त्री इस्तियाक रायसहितका नेतारुमाथि लाठी चार्जसाँझ बन्दकर्ता तथा बन्द खुलाउनेबीच तनाव उत्पन्न भएको थियो। दुवै समूहबीच झडप हुन लाग्दा प्रहरीले गरेको लाठी चार्जमामधेशी मोर्चाका नेताहरु घाइते भएका छन् ।पूर्वमन्त्री इस्तियाक रायसहित विजय गुप्तालगायतका नेतामाथिलाठी चार्ज गरिएको छ । उनीहरु समान्य उपचारपछि घर फर्केका छन् ।अहिले नेपालगंजको विभिन्न चौकमा व्यापक प्रहरी परिचालन गरिएको छ । मधेशी मोर्चाका नेताहरुले आइतबार दिउँसोदेखि प्रदर्शनलाई कडा गरे पछि गैरमधेशी पार्टीका कार्यकर्ताहरुलेबन्दको विरोधमा लाठीसहित प्रर्दशनमा उत्रेका थिए ।

संघिय मधेशी मोर्चा द्धारा महेन्द्रनगरमा चार दलका प्रमुख नेताको पुत्लाको दाहसंस्कार

image

धनुषा , ६ भदौ २०७२संबिधानको मस्यौदा तथा हालमा जारी भएको प्रदेशको बिरोधमा आन्दोलनरत मोर्चाले आईतवार महेन्द्रनगरमा प्रमुख चार दलका शिर्ष नेताहरुको शवयात्रा निकाली दाहसंस्कार गरेका छन ।आन्दोलनरत मोर्चा बिरोधी प्रादेशिक संरचनाको खाका प्रंस्तुत गरेको भन्दै प्रधानमन्त्री शुशिल कोईराला , एमाले अध्यक्ष केपी आली ,गृहमन्त्री बामदेव गौतम ,तथा एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल(प्रचण्ड) को नगर परिक्रमा गराई महेन्द्रनगरको मेन चौक हनुमान चौकमा पुत्ला दहन गरेको छ ।हनुमान चौक बाट निकालिएको उहाँहरुको पुत्लाको मलामी महेन्द्रनगरको अमर चौक, क्षीरेश्वर चौक , नयाँ बजार , सखुवा चौक हुदै हनुमान चौकमा पुगेर पुत्लादहन गरेको थिए । शव यात्रा गर्ने क्रममा मोर्चाका कार्यकर्ता तथा स्थानिय युवाहरु प्रमुख चार दलको शिर्ष नेताहरुको बिरोधमा नारा जुलुस, बिभिन्न किसिमका हास्य कृयाकलाप जस्तै उहाहरु कठमाण्डौ बाट हेलिकप्टरमा आउने क्रममा मेत्यु भएको रयहाँ यीनीहरुको कोहि नभई पस्चात हामीहरु यीनीहरुको शवलाई नगर परिक्रमा गराइं दाहसंस्कार गरिरहेका छौ जस्तो कृयाकलापहरु रअन्तमा उहाँ चार प्रमुख दलका नेताका दागबत्ती यहाका स्थानिय एकजना पागलले दिएको थियो ।उक्त निकालिएको शव यात्रामा मोर्चाका कार्यकर्ता लगायत सयौको संख्यामा युवा र यहाँका सर्वसाधारणको सहभागिता रहेको थियो ।

थरुहट आन्दोलनकारीले जलाए प्रधानमन्त्रीको पुत्ला

image

संयुक्त थरुहट मधेसी मोर्चाका कार्यकर्ताहरुले बाँकेको जमुनाह नाकाको दशगजा मै प्रधानमन्त्री सुशील कोईरालाको पुत्ला जलाएका छन् । नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउन माग राख्दै उनीहरुले जमुनाह नाका समेत ठप्प पार्दै आएका छन् । बाँके प्रधानमन्त्री सुशील कोइरालाको गृहजिल्ला पनि हो ।आफ्नो आन्दोलनको मागप्रति सरकारले बेवास्ता गरेको भन्दै उनीहरुले जमुनाह, विपीचोक, त्रिभुवन चोक, त्रिवेणी मोड लगायतका ठाउँमा प्रधानमन्त्रीको पुत्ला सहितको जुलुस निकालेर जमुनाह र त्रिभुवन चोकमा जलाएका थिए ।आन्दोलनको १२ औं दिनसम्म पनि राज्यले आफूहरुको माग सुनुवाई नगरेको भन्दै आक्रोशित उनीहरुले चार दलका शीर्ष नेताहरुका विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।

अनलाइनखबरबाट

चार दलले भर्खरै थरूहट पक्षलाई आन्दोलन छोडेर वार्तामा आउन आवहान गरेको छ

चार दलले भर्खरै थरूहट पक्षलाई आन्दोलन छोडेर वार्तामा आउन आवहान गरेको छ।। खवरदार थारू नेताहरु यदि थारू जनसागरको भावना विपरित वार्तामा बस्यो भने यसपाली थारू नेताहरु बहिस्कार गरिनेछन्। पहिला सरकारले कैलाली-कञ्चन्पुर सहितको थरूहट प्रदेश कायम गरोस् त्यसपछि वार्तामा जाँदै गरौंला। पहिला पनि धेरै वार्ता गरियो के भयो उपलब्धी थारूलाई?? सुर्खेतमा दुई दिन आन्दोलन चल्दा प्रदेश न. 7 दिन हुने अनि थारूहरुले 13 दिनदेखि गरिरहेको आन्दोलन नदेख्ने बाहुनवाद सरकार र मिडियालाई तह लाउनै पर्छ। थारूको जायज माग पुरा नभएसम्म आन्दोलन जारी रहनेछ सबैमा चेतना भया।।

Tharu Community's photo.