मधेसका एक ईन्च भाग पहाडमा गाभ्न दिदैनौं: एमाओवादी

image

एमाओवादी सभासद मानपुर चौधरीले मधेसको झापा, सुनसरी, मोरङ, कैलाली र कञ्चनपुरका एक ईन्च भाग पनि पहाडमा गाभ्न नदिने बताएका छन्।सिराहाको लहानमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सभासद चौधरीले आफ्नै पार्टी एमाओवादी अध्यक्ष प्रचण्ड पनि ‘गद्दार’ भएको बताए। उनले आफू काठमाडौं छाडेको बताउँदै अधिकार प्राप्त नभएसम्म नफर्किने वाचा समेत गरे।पूर्वका झापा, सुनसरी र मोरङ एमाले अध्यक्ष केपी ओलीले पहाडमा गाँभ्न लगायो भने पश्चिमको कैलाली रकञ्चनपुर काँग्रेस नेता शेरबहादुर देउवा र भीम रावलले हड्पेका सभासद चोधरीले आरोप लगाएका छन्।एमाओवादी अध्यक्ष प्रचण्ड, प्रधानमन्त्री सुशिल कोइराला र एमाले अध्यक्ष केपी ओलीलाई लक्षित गर्दैउनले भने, ‘देश तीन बाहुनको पुर्खाको होइन्। हामी मधेसी, थारु, दलित, जनजाती, मुस्लिम लगायतका समुदायको पनि हो। त्यसैले मधेसको जग्गा पहाडमा मिलाउन खोज्नेलाई पराजय गरेर देखाउँछौं।’ मेधसको जग्गा हड्पने प्रयास गर्नेहरु विलय हुने चेतावनी समेत दिए।सभासद चौधरीले यो आन्दोलनबाटै अधिकार लिन मधेसका हरेक समुदाय एक भएर लाग्नुपर्ने बताए। उनले सुशील, ओली र प्रचण्डले नै मधेसी र थारुलाई फुटाएको आरोप पनि लगाए।‘कसैको आर्शिवादले सभासद बनेको छैन्’, सप्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित एमाओवादी सभासद चौधरीले भने, ‘मलाई प्रचण्डले केही गर्न सक्दैनन्। जनतालाई जे भनेर निर्वाचित भएको छु। त्यो प्रतिवद्धता पुरा गर्न पछि पर्दिनँ।’