वीरगंजमा प्रहरीको गोली लागी एक जनाकोे मृत्य

image

वीरगञ्ज, भदौ १४ गते । वीरगन्जमा प्रहरीको गोलीलागी एक जनाको मृत्यु भएको छ ।  कफ्र्यु पछि भएको प्रर्दशनमा प्रहरीले गोली चलाउदा वीरगन्जको राघेमाइमा घाइते भएका दिलिप चौरसियमा को मृत्यु भएको छ । गोली लागी घाइते भएको नारायाणी उपक्षेत्रीय आस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।पर्साको मनियार गाविस बस्ने दिलिप चौरसियाको छातीमा गोली लागी घाइते भएको थिए ।प्रहरी ले चलाएको गोलि छाती मा लागी बिरगंज राधेमाइ का ३० बर्सिय दिलिप चौरसिया मृत्यु भएको छ । उनी संघिय समाजवादी फोरम नेपालका मनियारी गाउका ईकाइ समिती सदस्य थिए ।

राष्ट्रपतिले अश्लिल गाली गर्दै भने, ‘ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री बन्छ’

image

राष्ट्रपति रामवरण यादवले केही दिनअघिएक अनलाईनमा छापिएको एमाले अध्यक्ष केपी शर्मा ओलीको अन्तरवार्ताको प्रिन्ट कपी मगाए । त्यो अन्तर्वार्तामा ओलीले सुई घोच्ने डाक्टरले राजनीतिक दलका निर्णयमा अनावश्यक टिकाटिप्पणी गर्न नसुहाउने आसयको अभिव्यक्ति दिएका थिए ।सो अन्तर्वार्ता पढेपछि यादवले ‘सार्वजनिक रुपमा प्रयोग गर्न नमिल्ने अश्चिल शब्द निकाल्दै ‘मादर …. केपी ओलीलाई म देखाउँछु, कसरी प्रधानमन्त्री हुने रहेछ,’ भन्दै शीतल निवासमै रडाको मच्चाएको सुरक्षा स्रोतले जनाएको छ ।त्यसको केही दिनपछि भारतीय राजदूतावासले पनि ऋषि धमलामार्फत् त्यो अन्तर्वार्ताको खोजीनीति गरेको थियो । त्यो अन्तर्वार्ता बोकेर हिँडेका कांग्रेस सभासद अमरेशकुमार सिंहले केपी ओलीलाई प्रधानमन्त्री बन्न नदिन आफू पार्टीको केही नेताहरुको लाइन अनुसार नै हिँडिरहेको बताएका थिए ।स्रोतका अनुसार, ओली विरुद्ध राजदूतावासदेखि साउथ ब्लकसम्म कुरा लाउने टिम पनि शीतलनिवासबाटै परिचालन गरिएको छ । एमाले अध्यक्ष ओलीसँग यादव रुष्ट हुनुको कारण भने त्यो अन्तवार्ता अघिकै घटना हो ।खासमा कांग्रेससँग सरकारमा जाने बेलामा एमाले कांग्रेसबीच भएको सात बुँदे सहमतिमा एमालेले राष्ट्रपति र उपराष्ट्रपतिलाई संसदले अनुमोदन गर्नुपर्ने उल्लेख्य गराएको थियो । त्यहीँदेखि राष्ट्रपति एमाले र ओलीविरुद्ध नियोजित रुपमा विभिन्न समूह उचाल्ने पछार्ने खेलमा लागेका हुन् ।साँघु साप्ताहिकमा खबर छ ।

१० बजे देखि भएको झडप रोकिएको छैन , प्रहरीद्धारा सयौं सेल अश्रँग्यास प्रहार,दुवै तर्फ दर्जनौ घाईत

image

वीरगञ्जको नगवा चोक र भानु चोकमा प्रहरी र प्रदर्शनकारीबीच विहान १० बजे देखि भएको झडप रोकिएको छैन । झडपमा दर्जनौ प्रहरी र आन्दोलनकारी घाईते भएका छन । बाईपास रोड खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीहरुले ढुङ्गा, मुढा गर्दै बसपार्कमा राखिएको दर्जनौ यात्रुबाहक बसमा तोडफोड समेत गरेका छन । भिडलाई तितर बितर पार्नको लागि करिब एक सयको हाराहारीमा हवाई तथा अश्रुँग्यास फायर गरेको छ । वीरगञ्ज अहिले तनावपूर्ण रहेको छ । यद्धपिहवाई फायर र अश्रुँग्यास कति फायर भएको भने त्यसको संख्या खुल्न सकेको छैन ।

वीरगन्जमा प्रहरी र प्रदर्शनकारीबीच झडप, ६ जना घाइतेपछि अनिश्चितकालीन कर्फ्य

image

अपडेटःवीरगन्ज, भदौ १४ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले आह्वान गरेको बन्दका क्रममा प्रहरीर प्रदर्शनकारीबीच झडप भएपछि सोमबार पर्साको वीरगन्जमा कर्फ्यु लगाइएको छ ।स्थानीय प्रशासनले सोमबार अपराह्न ४ बजेदेखि वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो । सम्भावित झडपलाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरिएकोस्थानीय प्रशासनले जनाएको छ ।यसअघि, मधेसी मोर्चाले आह्वान गरेको बन्दका क्रममा सोमबार दिउँसो पर्साको वीरगन्जमा प्रहरीर प्रदर्शनकारीबीच भएको झडपमा ६ जना घाइते भएका छन् ।वीरगन्जको नगवाचोक क्षेत्रमा झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले २० राउन्ड हवाई फायर गरेको थियो ।प्रहरीले चलाएको गोलीको छर्रा लागेर कृष्णकुमार पटेल गम्भीर घाइते भएका छन् । घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ ।बाइपास सडकको नगवाचोकमा मोर्चाका कार्यकर्ताले सडक अवरुद्ध पारेर प्रदर्शन गर्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो ।

नेपालमा कसरि माथिल्लो जातका व्यक्तिहरुले छल कपटका साथ् राजनीति गरेर

image

#Alisha Koirala

नेपालमा कसरि माथिल्लो जातका व्यक्तिहरुले छल कपटका साथ् राजनीति गरेर अन्य जात जातिलाई माथि आउन दिएन ?धरानमा रहेको प्रसिद्ध ठुलो मेडिकल कलेज ” वी. पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ” को यो संस्था को निर्माण मा स्व: बि पी कोइराला को कुनै पनि भूमिका न भएता पनि ,प्रतिष्ठानको नाम स्व: बि.पि कोइरालाको सम्मान मा राखियो , बि.पि को नाम भन्दा नि बढी उनको थर “कोइराला” लाई बढी बढावा दिइएको छ ,अर्थात बि.पि को नाम को साथ् पुरै कोइराला समाजलाई सम्मानितगरिएको छ। यस्तै अर्को एउटा ट्रस्ट ” सहिद गंगालाल स्मारक राष्ट्रिय मुटु केन्द्र ” को नाम सहिद गंगा लाल श्रेष्ठ को स्मारक नाम मा राखिएको छ , तर यो संस्थाको नाममा ” श्रेष्ठ ” राखिएको छैन , अर्थात केवल सहिद गंगालाल मात्र सम्मान गरिएको छ उनको जात् समाज लाई जोडिएको छैन । कारण पता लगाउदा यस्तो रे श्रेष्ठ जोडीदा नाम ठुलो हुन्थ्यो तर कहिले बुझ्न सकिन “कोइराला” को तुलनामा “श्रेष्ठ” शब्द कसरी लामो भएछ। यस्तो धेरै उदाहरण हाम्रो समाज मा हेर्न सकिन्छ।महाकवि लक्ष्मी प्रसाद देवकोटा को प्रसिद्ध वाक्य ” मान्छे ठुलो दिलले हुन्छ जातले हैन ” थियो। यस वाक्य महाकवी लक्ष्मी प्रशाद देवकोटाले त्यस समयमा दलित ,जनजाति ,आदिवासी ,मधेसी ,थारु हरुलाई हेप्ने र जातीय आधारमा आफैलाई ठुलो देखिने , आफुलाई माहान / ठुलो सम्झिने बाहुन/क्षेत्रि लाइ व्यंग हानेर लेखेका थिए । हेला गरिने तल्लो जात को व्यक्तिले नै मदन कोज्यान बचाएका थिए। जातीय आधारमा आफुलाई ठुलो सम्झिने र अन्य लाइ निच व्यहार गर्ने बाहुन / क्षेत्रि हरु सुध्रिने आशमा लघु महाकाव्य “मुना मदन ” लेखेका थिए। तर के गर्ने , आफुलाई देश र जनता को राजा सम्झिने आहंकारी बाहुन क्षेत्रि अझ सुध्रिएको देखिदैन। यिनीहरुले त महाकवि लक्ष्मी प्रशाद देवकोटा लाई नै प्रयोग गरेर जातीय बढावा दिए। महाकवि लक्ष्मी प्रशाद देवकोटा को स्मारक सम्झनामा देवकोटा सडक ,देवकोटा संघ्रालय ,देवकोटा चोक जस्ता नाम हरु राखे। मैले कहिले बुझ्न सकिन कि यि स्वार्थ राजनेता हरुले महाकवी लक्ष्मी प्रशाद देवकोटा को सम्मान गरेको हो कि उसको जात देवकोटा को सम्मान गरेकाहुन्।महाकवी लक्ष्मी प्रशाद देवकोटालाई प्रयोग गरि देवकोटा समाजलाई बढावा/वर्चस्व दिनुको पछि यिनीहरुको लुकेको स्वार्थ छरपस्ट बुझिन्छ।उनि जस्तै एक महान लेखिका कवि विष्णु कुमारी वैवा (तामांग) ” पारिजात ” को नाम ले प्रख्यात को पुरा नाम पनि सायद नै कसैलाई थाहा होला।आज यिनी बाहुन भएकी भए नाम भन्दा बेशी जात प्रख्यात हुनेथ्यो।अहिले बनदै गरेको बनेपा -सिन्धुली -वर्दिवास राजमार्ग को नाम ” बि पी कोइराला राजमार्ग ” पनि स्व :बि पी कोइराला को सम्झनामा राखिएको छ राखिएको छ, वास्तविकतामा यो राजमार्ग निर्माणमा बि. पी. कोइराला को कुनै पनि योगदान छैन ता पनि नाम राखियो कारण के त यो राजमार्ग को सपना पहिलो पल्ट उँहा ले नै देख्नु भा थियो रे ।कसलाई के थाहा यो राजमार्ग को सपना/कल्पना भारि डोको बोकेर हिड्ने त्यहाँ का बासिन्दाले वर्षौ देखि गर्दै आएका छन।ल ठिक छ , वि. पी कोइराला महान व्यक्तित्व थिए ,त्यसैले उनको नाम राखिएको हो ,तर नाम मात्र राखे भैहाल्यो नि ” कोइराला ” जोडिनु को कारण के ?यति धेरै राजमार्ग हरु छन् ,महेन्द्र राजमार्ग ,सिद्धार्थ राजमार्ग , कतै पनि जात उल्लेख गरिएको छैन। तसर्थ बनेपा -सिन्धुली -वर्दिवास राजमार्ग मा कोइराला सब्द जोडिनु को कारण सबैलाई स्पष्ट भै नै सक्यो होला।निष्कर्ष के त , यदि कुनै माथिल्लो वर्ग(विसेस गरि बाहुन समाज ) का व्यक्ति लाइ सम्मान गरिन्छ भने उसको साथ् पुरा उसको जात / वर्ग लाई सम्मान गरिएको हुन्छ तर जब कुनै जनजाति ,नेवाः ,किराती ,आदिवासी ,मधेसी ,थारु जात /वर्ग /समुदाय का व्यक्ति को सम्मान हुन्छ केवल त्यस बिसेष व्यक्ति को मात्र सम्मान गरिन्छ र उसको जात /वर्ग /समुदायलाई बहिस्कार गरिन्छ।दलित ,जनजाती ,आदिवासी ,मधेसी थारुहरुको पहिचान सहित को संघिय राज्य को बिरोध गर्नुको पछि को आफ्नो एक्कल जातलाइ छल कपट सहित माथिल्लो स्थान मा राख्न सक्ने बाहुन क्षेत्रि (विशेश गरि साश्क वर्गका बाहुन पुरुष ) हरुको स्वार्थीपना छरपष्टै झल्किन्छ।धन्यवाद !

म नेपाली हँँ म मधेसी हुँ ँ ।

image

म नेपाली हँँ म मधेसी हुँ ँ ।(सुमित कर्णले आफ्नो फेसबुकमा लेेखेको सार्है राम्रो लाग्यौं ।म मधेस मा जन्मेको हुर्केको एउटा नेपाली नागरिक हुँ ।जुन बिदेशबाट धेरै पढेर आएका एक ब्यक्तिले मधेसी जनता माथि भएको अत्याचार र दमनको कुरा गरेका छन, जो उहाँको पालामा थियो होला तर मैले अहिलेसम्म त्यो महसुस गरिनँ । `मधेसी ´ भनेर आजसम्म मलाई कसैले हेपेको छैन । ` मधेसी ´ भनेर आजसम्म कुनै पनि स्कुलले मलाई भर्ना नदिने भनेको छैन । म पढेको स्कुलमा हामी मधेसी – पाहाडी संगै पढथ्यौं, खेल्थ्यौं । पाहाडी हरु पनिमेरा इष्टमित्र थिँए । अहिले पनि मेरा इस्टमित्रहरुमा मधेसी र पाहाडी सबै छन् । हामी सबै अहिलेसम्म त मिलेर बसेका छौँ । मलाई कुनै पनि बस् या प्लेनमा ` मधेसी´ भनेर चड्न रोकेका छैनन् ।` मधेसी ´ भनेर कसैले मेरो घर जलाएको छैन । केही बर्ष सम्म हामी सपरिवार बिराटनगरमा डेरा लिएर बस्थ्यौं । घरका मालिक पनि पाहाडी नै थिए । खै त एकबर्ष सम्म घर भाडा दिन नसक्दा पनि हामीलाई घर बाट निकालेनन् । जहिल्यै पनि राम्रो ब्यवहार गरे । ` पैसा ´ भएपछि दिनु भन्थे । त्यस्तो समयमा अदि उनले हामीलाई घरबाट निकालेको भए हामी बे घर हुन्थ्यौं । त्यस्तो समयमा पनि सहयोग गर्ने पाहाडी नै थिए । यति त सायदै कुनै मधेसीले पनि अर्को मधेसी लाई न गर्ला ।मैले “मधेसी लाई कसले हेपेको छैन ´´ पनि भन्न खोजेको हैन , मैले आफ्नो अनुभव मात्रै भनेको हुँ । मधेसीलाई धेरैले हेपेकाछन् । पहले मधेसीलाई हेप्नेको संख्या धेरै थियो अहिले त्यो धेरै घटेर गएको छ र भबिस्यमा हराउने छ , किनभने अहिलेको समाज प्रगतिशील छ । अब नेपालमा विभिन्न तहहरुमा कुरा गर्नुहुन्छ भने मधेसीको भन्दा पाहाडीकै बहुल्यता छ । अहिले विभिन्न ठुला तहहरुमा मधेसी जनता पुगेका छन्, हक अधिकार पाउदैछन् । अरु त अरु राष्ट्रपति र उपराष्ट्रपति पनि मधेसी नै भएका छन् । केही समय लाग्ला तर हामीपनि अरु जात, समुदायका नेपाली हरु जस्तै हरेक क्षेत्रमा पुग्ने छौं ।हेपाईकै कुरा गर्नुहुन्छ भने पहिले हामी आफ्नै मधेसी समाजदेखि सुरु गरौँ । तपाई हामीकै गाउँमा तल्लो बर्गका जातिलाई कत्तिको हेपिन्छ? उनीहरूको त पानी पनि चल्दैन होला घरमा ।खै त मधेसी जनताले कहिले उनीहरूको बारेमा आवाज उठाएको ? उनीहरूलाई पनि के मधेस बाट छुट्टै राज्य दिने हो ? के राज्य लिएर मात्रै, अधिकार पहिचान पाईन्छ ? यो हेपाहा प्रबिधि, छुवाछूत हट्छ ? अहिले त मधेस मा कति यस्ता पनि जनता छन् जसलाई यो बन्दको बेला छाक टार्न पनि गार्हो पर्छ । उनीहरूलाई यो आन्दोलन देखि केही मतलव पनि छैन । “ मधेसी “ मधेसी ´´ भनेर हल्ला गरेरमात्र केही हुदैन, “आफ्नो आङको भैंसी नदेख्ने रअरुको आङको जुम्रा खोज्ने काम हामी नगरौं । सुधार्नु पर्ने हामी मै धेरै कुप्रथा, कुरिति छन्, हामी आफूपनी सुध्रिऔं सँगसँगै समाज पनि सुधारौं । वास्तवमा मधेसी जनतालाई हेप्ने पहाडी भन्दा पनि मधेसी जनता आफैं हुन, जो नेता बनेका छन्, जो पहिलेदेखि का साहु हुन, सामन्त हुन ।उनीहरूको विरोधमा शान्तिपूर्ण ढंगले लडौंहामी । अमेरिकाको उदाहरण दिइएका छन् एकजनाले, के त्यहाँका कालो बर्णका जनताले छुट्टै राज्य पाए ? अहिले उनीहरूसंगै मिलेर बसेका छन् । काँधमा काँध मिलाएर देशको उन्नति तिर लागेका छन्, अमेरिकी स्वतन्त्रता र संविधानले लेखेको २०० बर्ष भन्दा बढी समय पछि बल्ल उनीहरूले काला जातीको पहिलो राष्ट्रपतिको रुपमा बाराक ओबामालाई पाएका छन् । हामीले पनि अरुको इतिहासबाट सिक्नपर्छ।जुन हामीले छुट्टै मधेस प्रदेशको माग गरेको छौँ, के त्यसले मधेस को समस्या हरु हल हुन्छ ? तपाईंहरुलाई लाग्दैन कि यो मधेसी हरु प्रतिको बढ्दो नराम्रो धारणाको अब एउटा कारण पनि हुन्छ भनेर ? त्यस्पछि साच्चिकै मधेसीलाई बसमा चढ्न नदेला, राम्रो स्कुलमा भर्ना नपाउला, हामीहरू पाहाडी हरुलाई त्यसै गरौंला । अनि पाहाडमा बसोबास गरिरहेका मधेसी हरु कता जाने ? मधेस मा बसोबास गरिरहेका पाहाडीहरु कता जाने ? जसले जातको नाममा घर जलाउने काम गर्छ , उनीहरूलाई हामीले पाठ पढायौं, आफै भाग्ने काम नगरौं हामी पाहाडी- मधेसी बीचको जुन सौहाद्र वातावरण हुने गर्थौं, त्यो नबिगारौ।यो नेताहरूले बोलाएका गुन्डाहरुले गरेको काम हो । आफ्नो स्वार्थका लागि नेताहरूले देश टुक्राउन भरपूर कोशीश गरिरहेका छन् र हामी पनि त्यस्कै पछि लाग्दैछौं । नेताहरू त जहिले पनि आरामले, AC हावा खाएर बसेका छन् । यहाँ मर्ने त आम जनता नै हुन । भरखरैका ठिटो जवान हरुलाई, भड्काएर, लोभ्याएर, तर्साएर, जोशमा ल्याएर आन्दोलनमा उतारेका छन् । त्यसमा बाहिरका केही गुन्डाहरु हाल्दिन्छन् जसले दंगा सुरु गर्छन् जोशमा आएर अरु पनि सुरु हुन्छन् । ति गुण्डाहरु त भागि हाल्छन् अनि आम जनतालाई मर्नेकोलागि छोडीदिन्छन् ।उदाहरण म दिन्छु तपाईंलाई , पाकिस्तान भारतबाट छुट्टिदा त्याहाँको के हालत भएको थियो त्यो त धेरैलाई थाहै होला । अब हाम्रो पनि त्यहीँ भविष्य देख्दै छु म । अहिले जातीय आधारमा विभाजन गरिएका केही अफ्रिकी मुलुक हरुमा के हालत छ, त्यो पनि थाहै होला । गृहयुद्ध चर्किएको छ ति देशहरूमा । हामी आफ्नो देशलाई बचाएर राखौं । अहिले पनि धेरै मधेसी छन् जो मधेस मा मात्र हैन नेपालमा बस्न चाहान्छन्। अहिलेको प्रदेश नं २ सार्है कम्जोर भयो रे । अब त्यसको हल कसरी निकाल्ने त ? झापा, मोरङ, सुनसरी राजबंशीलाई चाहियो रे । पश्चिम को तराई थारूलाई चाहियो रे ।बरु सबैजना मिलेर ५ विकास क्षेत्रकै माग गरौंन । जति मेहनत हामी मधेस प्रदेश बनाउन गर्दछौं, त्यति मेहनत बरु सँगै मिलेर बस्न गरौंन, मिलेर नेपाल बनाउन गरौंन । मलाई त ५ विकास क्षेत्र, १४ अञ्चल ७५ रै जिल्ला भएको देश ठिक छ मलाई कुनै प्रदेश चाहिएन । यदि मधेस प्रदेश बन्यो भने म त्यसबाट आफ्नै “ कर्ण प्रदेश ´´ को माग गर्नेछु किनकि हामी बाहान भन्दा तल्लो जातका हौँ । कुनैनकुनै बाहुन जातले पक्कै हेपेकै होला नि हाम्रो जातलाई ।साच्चै मधेसको उत्थान गर्ने हो भने हामीले आफ्नो सोचमा परिवर्तन ल्याउनु पर्छ । सबै नेपाली मधेसी या पाहाडी एकजुट भएर बस्न सिक्नु पर्छ । जसले मधेसलाई अबहेलना गर्छ उनीहरूको सोचाइमा परिवर्तन ल्याउन खोजौ हामी । हामी सबै मधेसी पनि छुट्टै प्रदेशको माग गर्दैनौं ।यो सिमित स्वार्थि नेताहरूले भड्काएर भड्केको जनताहरुको माग हो । नेताहरू लाई त राज्यको मुख्य मन्छ बन्नु छ , पहिले अहिले जस्तै राज गर्नु छ । साँच्चिकै जनताको हितका लागि सोचेका भए अहिलेसम्म धेरै हित गरेका हुन्थे । तर अहिले सम्म उनीहरूले जनताको रगत चुस्ने काम मात्र गरे । हाम्रो वास्तविक समस्या भनेको मधेस का केही पढेलेखेका भनाउदामान्छे हरु हुन जो छुट्टै प्रदेश चाहान्छन् । जसको पछाडि अशिक्षित सोझा जनताहरु आँखा चिम्लेर लागेर देश टुक्राउन चाहान्छन्।त्यहीँ भएर पहले हामी शिक्षित र बुद्धिजीवी बर्गले आफ्नो सोचाइमा परिवर्तन ल्याउन खोजौं र समस्त मधेसी जनतालाई के सहि के गलत छर्लङ्ग हुने गरि देखाइदीयौं ।मधेसीलाई हेप्ने प्रविधि हराउँदै गएको छ र अझै हराउँदै जान्छ भन्ने कुरामा म विस्वस्त छु । अहिले हामी मधेसी जनताले फरक राज्यको मागगरेर हो हाम्रो बिरोधमा धेरैले बोलेको । नभए हामीसँग कसैको जातीय दुश्मनी छैन । कुनैपनी स्थितिमा हामीले छुट्टै प्रदेश माग्नु गर्नु जायज हैन । नेपालमा हेपिएका जातजातिहरु धेरै छन् र सबैलाई अलग अलग राज्य दिनु सम्भव पनि छैन ।र धेरै मधेसी नेताहरूले भने जस्तो आफ्नो छुट्टै जातीय राज्य पाउनुनै, पहिचान अधिकार पाउने अन्तिम बाटो पनि हैन । तसर्थ हामी माथि उठनु छ भने सबै नेपाली एक जुट भएरै उठनु पर्छ । यो बाहेक अरु केही उपाय छैन । केही मान्छेको मनस्थिति बदल्न समयलाग्ला तर हाम्रो जित अवश्य हुन्छ । छुट्टै राज्यको माग गर्नु हाम्रो कायरताको प्रतिक हो, नेताहरूको आफ्नो स्वार्थ पुरा गर्ने बाटो हो । यहाँ दुनियाँले के के गरिसक्यो र हामी भने अझै जातजातिको आधारमा देश बाढ्न मा अड्किरहेका छौँ ।हिजो अस्ति आन्दोलनमा उत्रेका मधेसी जनतामाथि गोली चलाउने पाहाडी हैनन्। त्यो हाम्रो हिंसात्मक बन्दै गएको आन्दोलन शान्त पार्न गरिएको प्रहार हो, जस्मा हिंसा भड्काउने गुण्डाहरु बचेर आम जनता मरेका छन् । गोली चलाउने न त पाहाडी हुन न त मधेसी । जातनै हेर्ने हो भने त गोली चलाउने मा पनि मधेसी थिए । मर्ने गरि गोली चलाउनु सरासर गलत हो तर जातको नाममा हिंसात्मक आन्दोलन गर्नु त्यो भन्दा पनि ठूलो गल्ती हो । कैलाली काण्ड पछि अबत पुलिसले गोली चलाएन भने आफु पो मरिन्छकी भन्ने डर छ उनीहरूलाई अब त हिंसा रोक्न भन्दा पनि आत्मरक्षाका लागि गोली चलाउछन् उनीहरू ।हामी मधेसी भएर एक राम्रो उदाहरण बनौं । हामी आफूलाई नेपाली भनेर चिनाउनमा गर्भ गरौं । हामी सबै मिलेर सिंगो नेपाल बिकाश गर्ने तर्फ लागौं । हामीले केही फटाह , स्वार्थि धुर्त नेताहरू को गफ सुनेर भड्किने काम नगरौं । जसले जे भने पनि पत्याउने, पछि कुद्नुे भेडा जस्तो नबनौ हामी । हाम्रो समाजमा रहेका अशिक्षा , घरेलुहिंसा, अन्धविश्वास, जातीय भेदभाव जस्ता सामाजिक विसंगतिहरुसँग लडौं हामी । न कि आफ्नै देशका दाजुभाइ दिदिबहिनीसँग ।What I want to say is that there is some good in this world and it is worth fighting for. So fight for the good people. for the good ofour own country not just for ” madhesh” or other states. Let’s fight to make this country United and not to divide into pieces. Just ask your self ” will anything that you are doing make this country a better place to live or better to leave?ध्यान रहोस् हामी अहिले जुन दिशातर्फ लागेका छौँ । त्यसले जातीय भेदभाव रचम सिमामा पुग्छ । के हामीले आफ्नो लागि सोचेको समाज के एउटा जातीय प्रदेश पाएर मात्र पुरा हुन्छ ? के यहीँ नै पहिचान, अधिकार र सामनताको अन्तिम बाटो हो त ? के हामी मिलेर आपसी समझदारीमा हाम्रो समस्याको सामाधान खोज्न सक्दैनौं? हामी मधेसी , पाहाडी , थारु , राजवंशी , राई , लिम्बू , तमाङ जे भएपनि एउटा सिंगो राष्ट्र बनाउन तर्फ लागौं न ? एउटा बन्द मुक्त समाज र राष्ट्र निर्माण गर्न तर्फ लागौं न । के तपाईंहरुलाई देशमा अब धेरै रगत बगिसक्यो जस्तो लाग्दैन ? र साँच्चै हाम्रा केही नन – साथिहरु अबदेखि हामीलाई धोती या बिहारी भनेर संज्ञा दियौं भने ठिक हुने छैन । म नेपाली हुँ मेरो पुर्खा हरु पनि नेपाली नै थिए । म आफूलाई मधेसी र नेपाली दुबै भन्नमा गर्भ गर्छु ।अन्तमा यो देशभक्ति गित-सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल,मेची कालि सिंगै ढिक्को साझा हाम्रो ज्यान नेपाल ।चोट मलाई पर्दामा दुख्छ भने यदी तिम्रो ज्यान, त्यौ हो त्यौ हो नेपालीको राष्ट्रियतनको मुल निसान।।सयथरी बाजा एउटै ताल, सयथरी गोडा एउटै चाल ,यही अभिमानि शिर उचाली हाँसीरहोस् यो उच्च हिमाल ।।

आफू पुनर्बहालि हुने कुरामा पुर्ब राजा ज्ञानेन्द्र शाह ढुक्क देखिद

image

काठमाडौं, १४ भदौ__________________आफू पुनर्बहालि हुने कुरामा पुर्ब राजा ज्ञानेन्द्र शाह ढुक्क देखिदै जानुभएको छ। राजासहिदको लोकतन्त्रका पक्षमा छिमेकी मुलुक चिन र भारतबिच कुरा मिलेको बुझाइका कारण पुर्ब राजा ज्ञानेन्द्र शाह आफ्नो पुनर्बहाली प्रति ढुक्क रहनु भएको समाचारस्रोतको दाबी छ । गत साता आफ्ना स्वकीय सचिव सागर तिमिल्सिनालाई मात्र लिएर सुटुक्क थाइल्यान्ड जानुभएका पुर्ब राजा शाहलेचीन र भारत बीचको उच्चस्तरीय बैठक गराएको स्रोतले बताएको छ। समाचार स्रोतका अनुसार पुर्बराजा शाह द्रुारा आयोजित उत्त बैठकमा भारतका तर्फबाट गृहमन्त्री एंव बीजेपीका पुर्ब अध्यक्ष राजनाथ सिंह सहभागी थिए भने चीनको तर्फबाट चीनियाँकम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य समेत रहेका उपप्रधानमन्त्रीस्तरका नेताको सहभागी थियो ।

के मधेसी दलका नेता मधेसी जनताको हित चाहान्छन्् ?“ लेखक त्रि- चन्द्र क्याम्पसका नि.स्ववियु सचिव ´´

image

वि. स नं २०७२ सलको सुरुवात सङ्गै नेपाली जनताले ठूलो प्राकृतिक बिपत्ति को सामना गर्नु पर्यो जति बेला नेपालका मुख्य राजनीति दल संविधान निर्माणका निम्ति संविधान भवनमा छलफलमा व्यस्त थिए, सोही समय नेपाल ७.९ रेक्टर स्केलको भूकम्पको सिकारबन्न पुग्यो ।झन्डै ९००० नेपालीको ज्यान गयो नेपाली जनता कहिले राजनीतिक अस्थिरताको सिकार बनिरहेका छन् त कहिले ठुला – ठुला प्राकृतिक विपत्तिको साक्षी बनेका छन्् । जति बेला वि.स २००७ सालमा १०४ बर्ष जाहानीय राणाशासनको अन्त्य भयो, त्यतिबेला देखी नै नेपाली जनता एउटा सुनौलो सपना देख्न सूरु गरेका थिए । त्यो हो संविधानसभाबाट नेपालको संविधान लेख्ने।२००७ साल पछि नेपालमा थुप्रै राजनीतिक परिवर्तनहरु भए, तर नेपाली जनताले देखेको सपना कहिल्यै पुरा हुन सकेन । वि. स २०१४ सालमा भएको महान परिवर्तन धेरै समय टिक्नै सकेन।२०१८ सालमा पञ्चायती व्यवस्था सुरु भयो। नेपाली जनताले पटक – पटक पञ्चायती व्यवस्थाको बिरोध गरिरहे फलस्वरूप २०३६ सालमा जनमतसंग्रहहुन पुग्यो। राजनीतिक उतारचढाव हुँदै गर्दा वि.स २०४६ सालमा नेपाली जनतालेआफ्नो अधिकारको लागि संघर्ष गर्नुपर्यो। नेपाली कांग्रेसको अगुवाइमा जनआन्दोलनको सुरुवात भयो ।तर त्यो आन्दोलनको उपलब्धि धेरै दिन टिक्न सकेन । अन्ततः अन्तिम पटकोलडाइँ भन्दै नेपाली जनता ६२/६३ को आन्दोलनमा होमन वाध्य भए ।एकात्मक शासन व्यवस्थाले देशमा समानुपातिक बिकाश हुन नसक्ने भन्दै सङ्घिय नेपालको परिकल्पना गर्न थालियो। तर केही राजनीतिक दलले जातको नाउँमा सङ्घिय प्रदेशको सिमाङ्कनहुनुपर्नेमा जोड दिदै गए, जसले गर्दा सदियौ देखि मिलेर रहेको भाइचारा खलबलिने निश्चित थियो । त्यसमाथि केही मधेसी दलले एकमधेस एक प्रदेश जस्तो गलत अबधारण बिकाश गरे- जसले मिलेर रहेका मधेसी र पाहाडी फुट ल्याउने काम हुदैछ। म पनि मधेसी हो तर मएक मधेस एक प्रदेश मान्दिन, किनकि यसले मधेसलाई हित गर्दैन, गर्छ त केबल आफ्नै दाजुभाइ फुटाउने काम गर्दछ।मधेसका नेता स्वयं मधेस प्रति इमानदार छैनन् । के साच्चै मधेसी दलका नेताहरूमधेसी र मधेसको खुसी देख्न चाहान्छन् ? केही चर्चा गर्न जरुरी ठाने;__________________१) पाहाडी र मधेसी भनेर कस्ले दुई बन्धुहरुको बिचमा गहिरो खाडल खन्ने कोशिश गर्दैछ , मेट्टिनै लागेको खतलाई कस्ले बल्झाएरघाऊ बनाउने कोशिश गर्दैछ ?2) तराईका नेता भनाउदा कस्को काठमाडौंमा महल छैन ? कि काठमाडौं तराईमा पर्छ ?३) आसमानता का खाडल हरु मेट्टिनै लागेर विहेबारि सुरु भएको अवस्थामा ठगी खाने भाडो सकिने भो भनी चिन्ताले सताएको त हैन मधेसी नेताहरूलाई ?४) मधेसी जनताको टाउका को मूल्य राखेर कस्ले मधेसी जनताको अबमुल्यन र अपमान गर्दैछ ?५) कुरिती र कु – सस्कारले आक्रान्त मधेसलाई मुक्त पार्नु को सट्टा कस्ले आफ्नो खुट्टा दुधले मधेसीलाई धुन लाउदै छ ?६) ढोम, चुमार, दुशाद धानुकलाई त्यहाँका उपल्लो जातले पनि खान नदिदा मधेसीनेता भनाउदा कहाँ गएका थिए ? तिर्थ या बनवास ? किन गरिब निमूखा मधेसी माथिको अत्याचार अन्त्य गर्न चाहादैनन् किन ?७) दहेज प्रथाको छुवाछूत, बोक्सी प्रथा र पिछडा बर्गको उथ्थान उन्मुलनको सट्टा आफैं किन सरिक भएर मधेसी नेता भनाउदा सामसदले बढावा दिइरहेका छन् ?८) दहेज प्रथाले कुन क्षेत्रलाई गाजेकोछ?मधेसी नेताहरू किन त्यसमा अल्झिएका छन् ? किन अरुको दिदिबहिनी को मोलमोलाइ गरिरहेका छन् ?९) झोलामा स्कुल भनी कुन क्षेत्र बदनाम छ ? तेस्को समर्क्षढ कस्ले गरेको छ ?त्यसले कति मधेसी जनताका छोराछोरीलाई प्रतक्ष र अप्रतक्ष शिक्षाबाट बन्चित गरेको छ ?१०) कुन क्षेत्रमा बढी अपहरण, डाँका , बुथक्यापचर, गुन्डागर्दी, चेलीबेटीलाई दुख दिने कार्यमा नेता , सामसद सम्लग्न छन ?११) जिउँदो मधेसीको सोषनले नपुगेर अब मधेसीको लासको मुल्य कस्ले तोक्यो ?१२) यिनीहरूले आफ्नो ७ पुस्तालाई पुग्ने सम्पत्ति जोडिसकेका छन्, छोराछोरीलाई सुरक्षित शिक्षा र लालनपालन भई रहेछ,बन्दले यिनीहरूलाई के को फरक पर्छ ?बन्द यिनीहरूको शौखिन खेल भएको छ!तर तराई र तपाईंको सन्तानलाई बन्दले काहाँ पुर्याउदै छ थाहा छ ?१३) हे ठुटे नेताहरू हो , तिमीहरूको चाडैं भन्दा चाडैं सत बुद्धि पलाओस्, कम्लहरी प्रथा , हलिया प्रथा , बादी प्रथा , पिछडा बर्गका नाममा डलर को खेती गर्न पल्केका हरु, अझै अघाएनौ, अब केहीले नपूगेर राष्ट्र सेवकको लाशको प्रदेशको नाममा आतंक मच्चाएर डलर कमाउने दिवा सपना देख्न थाल्यौं, नदेखेहुन्छ ! बार्ता र समझदारि बाट समाधान गर्न सकिन्छ यदि जनताको लागिनै हो भने सोझो सिधा नेपाली जनतालाई लडाउने र भिडाउने किन निच खेल खेल्छौं ? के यि सबै कार्यहरु मधेस र मधेसी जनताको टाउकाको मूल्य तोक्न सक्नेले मधेसमा छुवाछूत, बोक्सी प्रथा र पिछडा वर्गको उथान, कुरिति र कू – सस्कार बिरुद्ध किन लडन र मुल्य तोक्न सकेनौं ?अझै तपाईंहरु मधेसी जनताको अझै होस् आउदैन ? वास्तविक सोषक र दुस्ट को हो ?त्यसैले मधेसको नाममा बिखण्डन मच्चाउन सक्रिय हुन बाट बञ्चित गराउनै पर्दछ ।

एमाले कार्यालयमा तोडफोड

image

जलेश्वर, १४ भाद्र । विभिन्न माग सहित आन्दोलनमा उत्रेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका कार्यकर्ताहरुले सोमबार महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरमा नेकपा एमालेको कार्यालयमा तोडफोड गर्नुका साथै साईनबोर्ड उखेलेर जलाएका छन् ।संघीयता, सीमांकन र मधेश अधिकारको माग गर्दै विगत दुई सप्ताहदेखि जारी अनिश्चितकालीन आम हड्तालको क्रममा आक्रोशित आन्दोलनकारीको एक समूहले एमालेको पार्टी कार्यालयमा तोडफोड गरेको हो । सो क्रममा आन्दोलनकारीहरुले साईनबोर्ड उखालेर सडकमाल्याएर जलाएका थिए ।नगरमा जुलुस भइरहेको बेला एक्कासी एक समूहले कार्यालय भित्रै प्रवेश गरेर तोडफोड गरेका थिए । दुईहप्तादेखिको महोत्तरी बन्दले जनजीवन प्रभावित बन्दै गएको छ । दैनिक उपभोग्य सामग्रीहरुको मूल्य बढ्दै गएको छ भने यातायात समेत नचल्दा जनजीवन प्रभावित बन्दै गएको हो ।

इन्डिया टुडेको विवादास्पद समाचार : नेपालका मधेशी भारत

image

काठमाडौं, १४ भदौ । मधेशबादी दलहरुले भुमिगत गिरोहसँग मिलेर सरकारबिरुद्ध आन्दोलनको तयारी गरिरहेका बेला भारतको एक चर्चित पत्रिकाले मधेश मुलका बासिन्दा भारतीय नागरिक भएको विवादास्पद समाचार प्रकासित गरेको छ ।नेपालका मधेशीहरु भारतका नागरिक भएको तर उनीहरुलाई बर्षाै पहिले नेपालमा बसाई सरेको विवादास्पद समाचार भारतको चर्चितपत्रिका इन्डिया टुडेले प्रकासित गरेको छ । पीयूष श्रीवास्तवको वाइलाइनमा छापिएको समाचारमा नेपाल बसोबास गरेका भारतीय नागरिकलाई नेपालले अहिलेसम्म नागरिकता नदिएको बताएका छन् । ‘नेपालमा मधेशीका नामबाट चिनिने भारतीय नागरिकलाई नेपालका केही राजनीतिक दलहरुले लखेटन थालेका छन’  इन्डिया टुडेमा लेखिएको छ ‘उनीहरुको संरक्षण गर्न भारतीय गृहमन्त्री राजनाथ सिंहले सीमा सुरुक्षा बललाई निर्देशन दिइसकेका छन् ।’ उत्तर प्रदेशको भ्रमणमा रहेका भारतीय गृहमन्त्री राजनाथ सिंहले आफ्ना सुरक्षाकर्मीलाई एक करोडको संख्यामा नेपालमा बस्दै आएका भारतीय नागरिकको सुरक्षा गर्न निर्देशन दिएको पनि इन्डिया टुडेले समाचार प्रकासित गरेको छ ।इन्डिया टुडेले मधेशमा चलिरहेको आन्दोलनलाई भारतको सत्तारुढ दल भारतीय जनता पार्टी, योगि आदित्यनाथ र गोरखपुरनाथका महन्तको पनि सहयोग गरेको उल्लेख गरेको छ ।