दलित समूदायले काठमाडौंको सडकमा देखाए हाते सांग्लोnobanner

image

संविधानको प्रारम्भिक मस्यौदामा आफ्नो अधिकार कटौती गरिएको भन्दै पहिलो र दोस्रो चरणको आन्दोलनपछि दलित समुदायले तेस्रो चरणको आन्दोलनअन्तर्गत आज साङ्लोले हात बाँधेर जुलुसको आयोजना ग¥यो । विभिन्न राजनीतिक दलनिकट भातृ सङ्घसङ्गठन र दलित नागरिक समाज सम्मिलित संयुक्त दलित आन्दोलन, नेपालले आयोजना गरेको बबरमहलबाट सुरू भई बिजुलीबजार पुल हुँदै सो जुलुस नयाँ बानेश्वरस्थित संविधानसभा भवन अगाडि पुगेर कोणसभामा परिणत भएको थियो । कोणसभामा दलित अधिकारकर्मी सुशील विकेले शदियौँदेखि उत्पीडनमा पारिएको दलित समुदाय अझै पनि बन्धनमा रहेको सङ्केत स्वरूप हातमा साङ्लो बाँधेर जुलुसको आयोजना गरिएको बताउनुभयो । दलित समुदायको सवालमा पहिलो संविधानसभाले पारित गरेका विषयलाई मस्यौदामा कटौती गरिएको भन्दै धर्ना, चक्काजाम, अन्तक्र्रिया, जुलुस, पदयात्रालगायत सङ्घर्षका कार्यक्रम सम्पन्न गरेका दलित समुदायले तेस्रो चरणका कार्यक्रम सार्वजनिक गरेका हुन् । तेह्र प्रतिशत जनसङ्ख्या रहेको दलित समुदायले सङ्घ, प्रदेश र स्थानीय तहका व्यवस्थापिकामा दलित समुदायको समानुपातिक प्रतिनिधित्वलाई सुनिश्चित गरी क्षतिपूर्तिस्वरूप सङ्घमा तीन प्रतिशत, प्रदेशमा पाँच र स्थानीय निकायमा १० प्रतिशत थप प्रतिनिधित्वको संवैधानिक व्यवस्था गर्नुपर्ने, दलित दलितबीच प्रतिस्पर्धा गर्ने छुट्टै निर्वाचन क्षेत्र सुरक्षित गरिनुपर्नेलगायत नौबुँदे मागराख्दै आएको छ । दलित समुदायको तर्फबाट संविधानसभामा ४० जना सभासद्को सहभागिता रहेको छ ।

आन्दोलनका मृतकलाई ५० लाख!

image

काठमाडौं- संविधानको प्रारम्भिक मस्यौदाप्रति असहमति जनाउँदै आएका असन्तुष्ट तराई–मधेसकेन्द्रित चार दलले आन्दोलनमा सहभागी भई ज्यान गुमाउनेलाई ५० लाख दिने ‘विवादास्पद’ निर्णय गरेका छन्।तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आबद्धमध्ये आन्दोलनरत चार दलको बैठकले उक्त निर्णय गरेको हो। आफ्नो आन्दोलनमा सहभागी हुनेको मृत्यु भएमा ५० लाख रुपैयाँ दिने घोषणा नेपालको राजनीतिक इतिहासमा सम्भवतः पहिलो घटना हो। जुन निर्णयको चौतर्फी आलोचना भएको छ।सरकारले आन्दोलनमा ज्यान गुमाएकालाई १० लाख दिँदै आएको नजिर हुँदाहँुदै असन्तुष्ट दलले भने आन्दोलनमासहभागी भएर ज्यान गुमाउनेलाई ४० लाख बढीको ‘अफर’ घोषणा गरेका हुन्।’थरुहट/मधेसलगायत यस गठबन्धनमा आबद्ध रहेका मृतकको आन्दोलनमा ज्यान गुमाउने सहिद परिवारलाई आन्दोलनबाट बन्ने प्रान्तीय सरकारले रु. ५०,००,००० (पचास लाख) आर्थिक सहयोग उपलब्ध गराउनुका साथै सहिद परिवारलाई निःशुल्क शिक्षा र रोजगारीको जिम्मेवारी प्रादेशिक सरकारले बहन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ,’ ती दलको निर्णयमा भनिएको छ।उक्त निर्णयमा संघीय समाजवादी, नेपालका अध्यक्ष उपेन्द्र यादव, तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर, सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतो र तराई मधेस सद्भावना पार्टीका अध्यक्ष महेन्द्रराय यादवले हस्ताक्षर गरेका छन्।सदभावना सहअध्यक्ष लक्ष्मणलाल कर्णले सुशील कोइराला नेतृत्वको जर्तमान सरकारले आन्दोलनमा सहभागी भई ज्यान गुमाउने परिवारलाई सम्मान नगर्ने भएकाले उक्त निर्णय मोर्चाले बाध्य भएर गरेको बताए। ‘अहिलेको यो सरकार उच्छृंखल हुँदै गएको छ, अलोकतान्त्रिक भएर गैरन्यायिक हत्या गरिरहेको अवस्थामा यो सरकारबाट आस गर्ने ठाउँ बाँकी छैन,’ कर्णले नागरिकसँग भने, ‘यो सरकारले आन्दोलनकारीलाई सम्मान नगर्ने भएकाले हाम्रो आन्दोलनमा आएर ज्यान गुमाउने जो कोही सहिद परिवारलाई ५० लाख दिने प्रतिबद्धता जनाएका हौं।’ तर,आन्दोलनमा गएर ज्यान गुमाउन अभिप्रेरित भने नगरिएको उनको प्रस्टीकरण छ।आन्दोलनमा ज्यान गुमाइसकेका हकमा भने मधेसी मोर्चाले कुनै धारणा सार्वजनिक गरेको छैन। ‘आन्दोलनमा सहभागी भएर ज्यान गुमाएकाको उच्च मूल्यांकन गर्दै प्रान्तीय सरकार बनेपछि मात्रै ५० लाख दिने भनिएको हो,’ संघीय फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले नागरिकसँग भने, ‘अहिले नै दिने भनिएको होइन, भोलि दिने भनिएको हो।’ तर, त्यस्तो रकम मोर्चाले आह्वान गरेका आन्दोलनमा सहभागी भई मृत्यु भएका हकमा मात्रैलागू हुने श्रेष्ठको भनाई छ।अधिकारकर्मी तथा अधिवक्ता दीपेन्द्र झाले मोर्चाले सरकारबाट पीडित परिवारलाई रकम उपलब्ध गराउन जोड नगरी भावी दिनका लागि ५० लाखको घोषणा उचित नभएको जनाए। ‘पीडित परिवारलाई रकम दिने भन्ने कुरा अहिलेको सरकारसँग माग गर्नुपर्नेमा यति दिन्छु भनेर घोषणा गर्नु जायज भएन, यो राम्रो कुरा होइन,’ झाले नागरिकसँग भने, ‘सक्ने हो भने तिनका पार्टीले १–१ लाख रुपैयाँ दिने घोषणा गरेको भए बढी उचित हुने थियो। प्रान्तीय सरकार गठन नभएसम्म मृतकको लास के राखिरहने त?’आन्दोलनमा मानिस नमरुन्, घाइते नबनुन् भनेर सजगता अपनाउनुपर्नेमा मर्न/मार्न अपिल गर्नु मानवताविरुद्धको अपराध भएको राष्ट्रिय मानवअधिकार मञ्च नेपालकी महासचिव सरस्वती सुब्बाले भनेकी छन्।राजनीतिक विश्लेषक चन्द्रकिशोरले भविष्यप्रति आशावादी रहनुपर्ने र नकारात्मक टिप्पणी गरिहाल्न नहुने जनाएका छन्। ‘सहिदलाई उच्च सम्मान गर्ने परम्परा विश्वभरि नै छ, त्यसरी आह्वान गरिएका उदाहरण पनि छन्,त्यति अनौठो होइन,’ झाले नागरिकसँग भने। तर, रकम उल्लेख नगरेको भए जायज हुने उनको तर्क छ।यता, आन्दोलनलाई सशक्त बनाउनका लागि सामूहिक बैंक खाता खोल्ने निर्णय गरेका असन्तुष्ट दलले आन्दोलन चर्काउने योजनासहित केन्द्रीय उपचार केन्द्र गठन गर्ने जनाएका छन्। धरान, विराटनगर, भैरहवा, नेपालगन्ज, जनकपुर वीरगन्ज धनगढी र काठमाडौंमा यस्ता उपचार केन्द्र खडा गर्ने योजना उनीहरुले सार्वजनिक गरेका छन्।यसैबीच तत्कालीन संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा रहेका असन्तुष्ट चार दलले मोर्चामा बुधबारबाट अन्य चार दल थपेका छन्। संघीय गठबन्धनको नाममा चार दल थपिएको श्रेष्ठले जानकारी दिए।बालकुमारीस्थित संघीय फोरमको कार्यालयमा बसेको बैठकले थरुहट तराई पार्टी, संघीय लिम्बुवान पार्टी, सामाजिक लोकतान्त्रिक पार्टी र आदिवासी/जनजाति पार्टीलाई समावेश गरेको हो।सत्तारुढ दलविरुद्ध आन्दोलनरत दलसँग असन्तुष्ट दलले मोर्चाबन्दी गरेको यो चौथोपटक हो। गत जेठ २५ सम्मएकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल नेतृत्वको मोर्चाबन्दीमा रहँदै आएका यी असन्तुष्ट दलले त्यहाँबाट अलग हुँदै संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको नाममा अलग आन्दोलन गर्दै आएका थिए। तर, दुई साताअघि मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसँग ‘कार्यगत एकता’ गर्न पुगेका असन्तुष्ट दल बुधबारबाट भने नयाँ मोर्चाबन्दीमा सामेल हुन पुगेका हुन्।

सिन्धुलीलाई नचलाउन सभाषद्हरुको चेतावनी

image

काठमाडौं: नयाँ बन्ने संविधानमा सिन्धुलीलाई प्रदेश नम्बर ३ बाट हटाउने प्रयास भइरहेको भन्दै जिल्लाका सभाषद्हरुले सिन्धुलीलाई नचलाउन चेतावनी दिएका छन् । प्रदेश नम्बर ३ मा रहेको सिन्धुलीलाई प्रदेश नम्बर २ मा गाभ्नुपर्ने केही मधेशी नेताहरुले अभिब्यक्ती दिएपछि सभाषद्हरुले आपत्ती जनाएका हुन् ।समृद्ध सिन्धुली अभियानले आज काठमाडौंको बानेश्वरमा गरेको सडक कार्यक्रममा नेपाली काग्रेंसका जिल्ला सभापतिएवं क्षेत्र नम्बर २ का सभाषद् मोहन बरालले सिन्धुलीलाई तराइका जिल्लामा गाभ्न नहुने बताए । उनले भने ‘अब हामी तराइका जिल्लामा जादैनौं।’ उनले भने सिन्धुलीलाई प्रदेश नम्बर १ मा राख्ने कुरै भएको छैन ।’ सिन्धुलीलाई दुई नम्बर प्रदेशमा गाभ्न सहमत जनायो भनेर केही ब्यक्तिले आफ्नो राजनितिलाई अप्ठेरोमा पार्न खोजेको पनि बताए ।   ८ वटा जिल्ला रहेको २ नम्बर प्रदेश सामथ्र्यको आधारले कमजोर भएको भन्दै मधेशका सभाषद्ले सिन्धुलीलाई गाभ्नेअभियान चलाएको तर सिन्धुली तराइमा नझर्ने सिन्धुली क्षेत्र नम्बर १ का सभाषद् गशेण पहाडीले बताए । उनले भने’तामाङ् र नेवारको बाहुल्यता रहेको प्रदेश नम्बर ३ पहिचानको हिसाबले पनि मिलेको छ ।’ २ नम्बरमा मिलाइए सिन्धुलीबासीको भविष्य अन्यौल हुने उनको तर्क थियो ।   एमाओवादीका कोषाध्यक्ष एवं सिन्धुली क्षेत्र नम्बर ३ का सभाषद् हरिबोल गजुरेलले सिन्धुलीबासी मधेशी बिरोधी नभएको बताए । ‘हामी मधेशी बिरोधी होइनौ, तर प्रदेश नम्बर ३ मै सिन्धुलीबासीको भलाई छ,’ उनले भने । सिन्धुलीलाई प्रदेश नम्वर दूईमा लानेनिर्णय नभएको तर, केहि मधेश केन्द्रित दलका नेताले सिन्धुलीलाई प्रदेश नम्वर दूईमा जोड्न माग गरेको बताए । नेता गजुरेलले सिन्धुलीलाई प्रदेश नम्वर दूईमा लाने भन्ने कुरा असंभव भएको पनिबताएका छन् ।  कार्यक्रममा नेपाली काग्रेंसका नेता एवं पुर्वस्वास्थ्य मन्त्री वीपिन कोइराला, एमाओवादीका नेता लिलामणी पोखरेल, राप्रपाकाकेन्द्रिय सदस्य उज्जल थापा लगायतले सिन्धुलीलाई प्रदेश नम्बर २ मा गाभ्न नहुने बताएका थिए ।

भीषण वर्षाका कारण भारतमा लाखौँ घरबार विहिन, आसाममा मात्रै २८२ गाउँ डुब

image

भारत, भदौ ३ । गएरातीदेखिको अविरल वर्षाका कारण भारतका पूर्वी तथा उत्तरी राज्यहरु प्रभावित भएका छन् । जसबाट हजारौँ मानिस घरबार विहिन बनेका छन् । आसममामा मात्रै बाढीका कारण प्रभावित २० हजार भन्दा बढीसर्वसाधारणलाई सुरक्षित स्थानमा सारिएको बिबिसीले जनाएको छ । बाढीका कारण आसमको सात जिल्लाका २ सय ८२ गाउँ डुवानमा परेका छन् भने दुई लाख भन्दा बढी मानिस प्रभावित भएका छन् । एजेन्सीको सहयोगमा

आन्दोलनमा घाइतेको उपचारमा समस्या

image

भाद्र ४,२०७२- तीन दिनअघि प्रहरीको गोलीले सप्तरीको भारदहमा घाइते भएकाको उपचारमा समस्या भएको छ । गम्भीर अवस्थाकातीनजनाको उपचारमा समस्या भएको हो ।मधेसी मोर्चाको आन्दोलनका क्रममा भएको झडपपछि गत मंगलबार प्रहरीले गोली चलाउँदाभारदहमा २४ बर्षीय राजीव राउतको मृत्यु भएको थियो । ६ जनाभन्दा बढी घाइते भएका थिए । घाइते गोपाल मण्डल, मुन्ना ठाकुर, बिजय ठाकुरलगायत स्थानीय स्वास्थ्यचौकीमाउपचारपछि घर फर्केका छन् । गम्भीर अवस्थाभएको भारदह १ का देवनारायण विश्वास, अपक साह र वार्ड नम्बर-२ का सुरेन्द्र मण्डलको बिराटनगरस्थित गोल्डेन अस्पतालमाउपचार भइरहेको छ । बिश्वासको दुवै तिघ्रामा गोली लागेको छ ।मण्डलको एउटा खुट्टामा गोली लागेको छ । साहको टाउकोमा गोली लागेको छ । बिश्वासकोअवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अत्यधिक रक्तश्रावका कारण ब्लड प्रेसर क्वाईरी (न्यून) भएको र हाल उनलाई आईसीयुमा राखिएको छ ।घाइतेको उपचारमा हालसम्म कुनै निकायबाट सहयोग भएको छै्रन । घाइतेहरु सबै बिपन्न परिवारका भएकाले बिरामी कुरुवा भई बसेका आफन्तहरुलाई बिराटनगरमा खान बस्नसमेत समस्या भएको छ । देवनारायण बिश्वासका भाईपोषिदले भने, दाजुको उपचार त जसोतसो भइरहेको छ, हामीलाई खान बस्नै समस्या भएको छ । अझै कोही पनि सोधी खोजी गर्न आएका छैनन ।’घाइतेको उपचारमा हालसम्म २ लाखभन्दा बढी खर्च भइसकेको छ । सप्तरीका प्रमुख जिल्लाअधिकारी वीरेन्द्रकुमार यादवले आफुसँग उपचार खर्चको कुनै ब्यवस्था नभएको बताए ।उनले भने, जिल्ला स्तरिय सर्वदलीय निर्णयभए गृहमन्त्रालय पठाउने र माथिबाटै निर्णय भई आएमा मात्र कुनै ब्यवस्था मिलाउन सकिन्छ ।

शीर्ष नेताले बामदेवलाई सिंहदरबार बोलाएर भने, ‘जथाभावी गोली हान्ने होइन’

image

काठमाण्डु, १ भदौ– प्रमुख दलका शीर्ष नेताले संविधानको मस्यौदामा असन्तुष्टि जनाउँदै आन्दोलित विभिन्न क्षेत्र र समूहका जनतामाथि अनावश्यक बल प्रयोग नगर्न सरकारको ध्यानाकर्षण गराएको छ ।सिंहदरबारमा मंगलबार बसेको काँग्रेस, एमाले, एमाओवादी र फोरम लोकतान्त्रिकको बैठकमा शीर्ष नेताले  आन्दोलन मत्थर पार्ने नाममा अनावश्यक दमन नगर्न सरकारलाई सचेत गराएको हो ।बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै एमाओवादी वरिष्ठ नेता एवं संवाद समिति सभापति बाबुराम भट्टराईले बैठकमा गृहमन्त्री बामदेव गौतमलाई बोलाएर जनतामाथि अनावयश्क बल प्रयोग नगर्न आग्रह गरिएको बताए ।‘गृहमन्त्रीलाई बैठकमै बोलाएर सिमांकनको विषयमा असन्तुष्टि जनाइरहेका जनतामाथि अनावश्यक बल प्रयोग नगर्न भनेका छौं’, भट्टराईले भने, ‘राजनीतिक समस्याको समाधान बलप्रयोगबाट होइन, राजनीतिक तरिकाबाटै गर्नुपर्छ ।’

राष्ट्रिय गौरवको मेचीकाली रेलमार्गले गति लिन सकेन

image

सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरेको मेची काली रेलमार्गको कामले अपेक्षित गति लिन सकेको छैन। सरकारले प्राथमिकताका साथ राष्ट्रिय गौरवको आयोजनाका रुपमा घोषणा गरे पनि सरोकारवाला भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चासो नदिँदा रेलमार्गको कामले गति लिन नसकेको हो । यातायातलाई सहज र सुलभ बनाउन रेलमार्गको आवश्यकता भए पनि सम्बन्धित निकायको बेवास्ताले समस्या भएको रेल विभागका अधिकारीहरु बताउँछन् । रेलमार्गको विकास गर्ने उद्देश्यले विसं २०६८ असार १ गते विभागको स्थापना भएको हो। विसं २०६६ मा नेपालमा विद्युतीय रेलमार्गको सम्भाव्यता अध्ययन गर्न विद्युतीय रेलवे आयोजनाको स्थापना गरिएको थियो। आयोजनाले उपत्यकामा मेट्रो रेल, मेचीकाली विद्युतीय रेलमार्गलगायत रेलमार्गका विषयमा कोरियाली कम्पनीमार्फत सम्भाव्यता अध्ययन गराएको थियो। विभागको स्थापनापछि मेचीकाली रेलमार्गको शुभारम्भ सरकारकै बजेटमा सुरु भएको छ। भारत सरकारको अनुदानमा बथना–जोगवनी–बुधनगर हुँदै विराटनगर आउने नेपालमा १३ दशमलव ५ किमि रेलमार्ग निर्माण भइरहेको छ । त्यसैगरी जनकपुर–जयनगर–बिजुलपुरा–बर्दिवास ६९ किमी एक हजार ६७६ मिलिमिटर चौडाइकोब्रोडगेज रेलमार्ग पनि भारत सरकारको अनुदान सहयोगमा निर्माण भइरहेको छ । दुवै रेलमार्गका लागि नेपाल सरकारले जग्गा अधिग्रहण गरी उपलब्ध गराएको विभागका सुपरीवेक्षक इन्जिनियर राजेश्वरमान सिंह बताउँछन्।  उनले भने – “नेपालमा सर्वप्रथम विसं १९८४ ९सन् १९२७० मा रक्सौल–अमलेखगन्ज ४७ किमी रेलमार्ग सञ्चालनमा आएको थियो । यो रेलमार्ग त्रिभुवन राजपथ बनेपछि विसं २०२७ ९सन् १९७०० मा यातायातमा एकाधिकार लाद्न चाहनेहरुका कारण बन्द भएको हो ।” विसं १९९४ ९सन् १९३७० मा सुरु भएको जनकपुर–जयनगर–बिजुलपुरा ५१ किमी रेलमार्ग विसं २०५८ को बाढीले बिगीपुल बगाएपछि जनकपुर–जयनगर २९ किमीमा सीमित भएको थियो। यो रेलमार्ग पनि ‘अपग्रेड’ गर्नभनी विभागले विसं २०७० मा बन्द गरेको इन्जिनियर सिंहले बताए। मेचीकाली विद्युतीय रेलमार्ग ९४५ किमी लम्बाइको छ । यसमध्येको काँकडभिट्टा–बर्दिवासखण्डको विस्तृत आयोजना प्रतिवेदन निर्माणका लागि साउन २८ गते बिहीबार बोलपत्र आह्वान गरिएको छ। बर्दिवास–सिमरा–ताम्सारिया–बुटवल ३०० किमी रेलमार्गको विस्तृत आयोजना प्रतिवेदन तयार भइसकेकामा चितवन राष्ट्रिय निकुञ्जमा पर्ने १२७ किमि भागको वातावरणीय प्रभाव मूल्याङ्कन गर्न बाँकी रहेको छ। यसको विकल्पमा निजगढ–हेटौँडा–भरतपुर १७५ किमि निकुञ्जमा नपारी घुमाएर रेलमार्ग लैजाने विषयमा सम्भाव्यता अध्ययन गर्न लागिएको छ । यसका लागि कोरियन यु सिन इन्जिनियरिङ्सलाई जिम्मा दिइएको विभागले जनाएको छ । एक वर्षमा सम्भाव्यता अध्ययन सकी विस्तृत आयोजना प्रतिवेदन तयारपारिने भएको छ। यो आयोजनाका लागि गत आवमा एक अर्ब ३५ करोड छुट्याइएकामा यस वर्ष रु एक अर्ब ६५ करोड पु¥याइएको छ । राष्ट्रिय गौरवको आयोजनालाई काम गर्न छुट्याएको बजेटले नपुगेमा बजेटकै कारण नरोकिने प्रतिबद्धताअर्थमन्त्री डा रामशरण महतले बजेट भाषणका क्रममा जनाएकाले समस्या नभए पनि मन्त्रालयको सकारात्मक सहयोग आवश्यक भएको विभागले जनाएको छ । काठमाडौँ उपत्यकाको यातायात व्यवस्थापनलाई सहज बनाउन मेट्रो रेलको सम्भाव्यता अध्ययन गरेपछि मन्त्रालयले विभागलाई थाहै नदिई लगानी बोर्डलाई जिम्मेवारी दिई सम्बन्धित विभागलाई बेवास्ता गरेकोइन्जिनियर सिंहले बताए। विभागमा जनशक्तिको अभाव विभाग गठनलगत्तै कर्मचारी भर्नाका लागि सामान्य प्रशासन मन्त्रालयले सिभिल इन्जिनियर पदमा रेलवे उपसमूह स्वीकृत गरेको थियोे । मन्त्रालयको स्वीकृति भए पनि लोकसेवा आयोगले पाठ्यक्रम तयार नपार्दारेल्वे उपसमूहअन्तर्गत सिभिल इन्जिनियर पदपूर्ति हुन सकेको छैन । यसका कारण काजमा आएका कर्मचारीलेकाम चलाउँदा विभागको कामले गति लिन नसकेको हो । सिभिल इन्जिनियर पटक पटक माग गर्दा पनि नपाएको महानिर्देशक अनन्त आचार्यको गुनासो छ । रासस प्रकाशित मिति: बिहीबार, भाद्र ३, २०७२ १६:३३:५३

काठमाडौँमा गोली चल्दा मुलुक हल्लीयो, भैरहवामा टायर बल्दा काठमाडौँलाई पोल्छ कि पोल्दैन ?

image

काठमाडौँ , भदौ ३ । मुलुकका विभिन्न स्थानमा सिमाकंनका विषयलाई लिएर आगजनी र टायर बलीरहँदा काठमाडौँमाअचानक गोली चल्यो । गोली गुण्डा नाइके कुमार घैँटेको छातीमा बज्रीएको थियो । बिहान साडे ११ बजे अचानक राजधानी थर्कमान बन्यो । समाचारका हरेक हंक रंगीए । जुन मुलुकको हट न्यूज बन्न पुग्यो । नेताहरुले गुडाका पक्ष विपक्षमा विभिन्न अभिव्यक्ति दिए ।तर एक सातादेखि मुलुकका विभिन्न भागमा आगजनी, ढुगांमुडा र गोली चलीरहँदा राज्य मुकदर्शक जस्तै बन्यो ।जुम्ला, नवलपरासी लगायतका स्थानमा युवाले सहादत प्राप्त गर्दा पनि उनीहरुलाई झण्डा ओडाउने राष्ट्रसेवकको कमी भयो । यसैबिच मुलुक संविधान प्राप्त गर्ने पूर्वसन्ध्इाको घडीमा उभिइरहँदा तराइका विभिन्न स्थानमा आज पनि आन्दोलन र कफ्यु जारी छ । मध्यान्हमा काठमाडौँमा गोली चल्दा मुलुक नै भुकम्प गएसरी हल्लीयो तर  भैरहवामा केही दिन यतादेखि निरन्तर टायर बलीरहँदा काठमाडौँलाई पोलेको छ की छैन ?संयुक्त मधेसी मोर्चा र थरुहट संघर्ष समितिले आह्वान गरेको तराई बन्दका कारण तनावग्रस्त बनेको रुपन्देहीको भैरहवामा स्थानीय युवाहरुले बन्दको विरोधमा विहीबार दिनभर प्रर्दशन गरेपछि स्थानीय प्रशाशनले बेलुका ८ बजेपछि पनि कफ्यू आदेश जारी राखेको छ । यसैबीच, भैरहवामा सम्भावित झडपलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले विहीबार साँझ ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ ।

मधेशी मोर्चा र मुस्लिम गठबन्धनबीच आन्दोलन उत्कर्षमा प

image

संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा र राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनबीच कार्यगत एकता गर्ने सहमति भएको छ ।मुस्लिम संघर्ष समितिले मधेशी मोर्चाद्वारा जारी आन्दोलन सफल पार्न सम्पूर्ण रुपमा सहभागी भएर अन्तिम निष्कर्षमा पुर्याउनेसमेत सहमति भएको छ ।मुस्लिम गठबन्धनका मुद्दाहरु शीर्षकमा ६ बुँदे सहमति भएको छ । जसमा धर्मनिरपेक्षतालाई संस्थागत गर्ने कुरा पहिलो बुँदामा उल्लेख छ ।सहमतिको दोस्रो बुँदामा मुस्लिम समुदायको समानुपातिक प्रतिनिधित्व हुनुपर्ने उल्लेख छ भने तेस्रो बुँदामा मुस्लिम समुदायका लागि विशेष अधिकार हुनुपर्ने उल्लेख छ ।संवैधानिक राष्ट्रिय मुस्लिम आयोग गठन हुनुपर्ने, मुस्लिम पारिवारिक कानुनलाई मान्यता दिनुपर्ने, मुस्लिम समुदायलाई संघीय प्रदेशमा तीन र प्रदेशमा पाँच प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने र निर्वाचन क्षेत्र संरक्षित गर्नेपर्ने विशेष अधिकारको माग गरिएको छ ।त्यस्तै गरेर चौथो बुँदामा विशेष संरचनाअन्तरगत मुस्लिम समुदायलाई राख्नुपर्ने माग गरिएको छ भने पाँचौं बुँदा धार्मिक स्वतन्त्रता हुनुपर्ने माग गरिएको छ ।छैटौं बुँदामा संविधानको प्रस्तावनामा मुस्लिम समुदायको पनि उल्लेख हुनुपर्ने माग गरिएको छ ।मधेशी मोचाको तर्फबाट संघीय समाजवादी फोरमका तर्फबाट उपाध्यक्ष लालबाबु राउत, तराई मधेश लोकतान्त्रिक पार्टीका तर्फबाट उपाध्यक्ष हृदयश त्रिपाठी, सद्भावना पार्टीका तर्फबाट लक्ष्मणलाल कर्ण र तराई मधेश सद्भावना पार्टीका तर्फबाट महेन्द्र राययादवले हस्ताक्षर गरेका छन् ।मुस्लिम गठबन्धनका तर्फबाट संयोजक समिम अन्सारी, संरक्षक रिजवान अन्सारी, मोहम्मद जाकिर हुसैनलगायतले हस्ताक्षर गरेका छन् ।

‘मधेशी चोर देश छोर’ भन्दै घरमा ढुँगामुढा गरे : अध्यक्ष गुप्ता

image

भैरहवा ३ भदौं ।भैरहवास्थित मलिन चौकमा रहेको नेपाल सद्भावना पार्टी (युनाईटेड)का अध्यक्ष श्यामशुन्दर गुप्ताको घरमा विहीबार साँझ ढुँगामुढा भएको छ ।मधेशी मोर्चाको प्रर्दशन पश्चात बन्दको विरोधमा निस्किेको गैरमधेशीहरुको जुलुसले विभिन्न स्थानमा तोडफोड गर्दै गुप्ताको घरमाथिसमेत ढुँगामुढा गरेको छ ।हुलाकी न्यूजलाई टेलिफोनमार्फत जानकारी गराउँदै अध्यक्ष गुप्ताले मधेशी मोर्चाको प्रर्दशन पश्चात नेपाली झण्डा तथा खुकुरीसहित निस्केको जुलुसले आफनो घरमाथि ढुँगामुढा गर्दै गाली गलौज गरेको बताए ।हुलाकी न्यूजसँग गुप्ताले भने, ‘करिब ५ सयको संख्यमा निस्केको गैरमधेशीहरुको जुलुसले मेरो घरमाथि ढुँगामुढा गरयो। मेरो च्यानल गेट फोडेर भित्र पस्ने प्रयास गरे तर सकेन । हामी सबै परिवार तथा कार्यकर्ताहरु लुक्यौं । उनीहरुले भन्दै थिए, मधेशी चोर देश छोर र अन्य अपशब्द प्रयोग गर्दै थिए ।’पूर्वमन्त्रीसमेत रहेका गुप्ताले हातहतियारसहित आएको गैरमधेशीहरुको टोलीले घरमाथि आक्रमण गर्दा आफूले प्रहरीलाई जानकारी गराएको तर प्रहरीले तत्काल चाँसो नदिएको बताए । उनले भने, ‘मैले एसपीलाई फोन गरेको थिए, उसले अहिले साम्प्रदायिक दंगा भड्केको अवस्थामा केही गर्न नमिल्ने बताए। त्यसपछि ठिकै छ तपाईको सुरक्षाको व्यवस्था गर्दैछौं भनेर फोन राखे ।’यता भैरहवामा मधेशी मोर्चाको प्रर्दशनको विरोधमा भएको प्रर्दशनमा अन्य स्थानमासमेत तोडफोड भएको छ । मोर्चाका प्रर्दशनकारीहरुको मोटरसाईकल तथा सवारी साधनहरु जलाइएको छ ।