आन्दोलनमा घाइतेको उपचारमा समस्या

image

भाद्र ४,२०७२- तीन दिनअघि प्रहरीको गोलीले सप्तरीको भारदहमा घाइते भएकाको उपचारमा समस्या भएको छ । गम्भीर अवस्थाकातीनजनाको उपचारमा समस्या भएको हो ।मधेसी मोर्चाको आन्दोलनका क्रममा भएको झडपपछि गत मंगलबार प्रहरीले गोली चलाउँदाभारदहमा २४ बर्षीय राजीव राउतको मृत्यु भएको थियो । ६ जनाभन्दा बढी घाइते भएका थिए । घाइते गोपाल मण्डल, मुन्ना ठाकुर, बिजय ठाकुरलगायत स्थानीय स्वास्थ्यचौकीमाउपचारपछि घर फर्केका छन् । गम्भीर अवस्थाभएको भारदह १ का देवनारायण विश्वास, अपक साह र वार्ड नम्बर-२ का सुरेन्द्र मण्डलको बिराटनगरस्थित गोल्डेन अस्पतालमाउपचार भइरहेको छ । बिश्वासको दुवै तिघ्रामा गोली लागेको छ ।मण्डलको एउटा खुट्टामा गोली लागेको छ । साहको टाउकोमा गोली लागेको छ । बिश्वासकोअवस्था गम्भिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । अत्यधिक रक्तश्रावका कारण ब्लड प्रेसर क्वाईरी (न्यून) भएको र हाल उनलाई आईसीयुमा राखिएको छ ।घाइतेको उपचारमा हालसम्म कुनै निकायबाट सहयोग भएको छै्रन । घाइतेहरु सबै बिपन्न परिवारका भएकाले बिरामी कुरुवा भई बसेका आफन्तहरुलाई बिराटनगरमा खान बस्नसमेत समस्या भएको छ । देवनारायण बिश्वासका भाईपोषिदले भने, दाजुको उपचार त जसोतसो भइरहेको छ, हामीलाई खान बस्नै समस्या भएको छ । अझै कोही पनि सोधी खोजी गर्न आएका छैनन ।’घाइतेको उपचारमा हालसम्म २ लाखभन्दा बढी खर्च भइसकेको छ । सप्तरीका प्रमुख जिल्लाअधिकारी वीरेन्द्रकुमार यादवले आफुसँग उपचार खर्चको कुनै ब्यवस्था नभएको बताए ।उनले भने, जिल्ला स्तरिय सर्वदलीय निर्णयभए गृहमन्त्रालय पठाउने र माथिबाटै निर्णय भई आएमा मात्र कुनै ब्यवस्था मिलाउन सकिन्छ ।