मधेसी मोर्चाले प्रधानमन्त्रीलाई बुझायो वार्ताको शर्त

image

भाद्र १२, २०७२- आन्दोलनरत संयुक्त मधेसीमोर्चाले वार्तामा आउन सरकारले पठाएको पत्रको जवाफ शनिबार प्रधानमन्त्रीलाई बुझाएको छ । मोर्चाले वार्ताका लागि ४ वटा शर्त राखेको छ ।मोर्चाले संविधान निर्माणको प्रक्रिया तत्काल स्थगित गरी सबै पक्षको सहमतिका आधारमा संविधान निर्माणको प्रतिवद्धता र त्यसको कार्यान्वयन खोजेको छ ।साथै यसअघि भएका २२ र ८ बुँदे सम्झौताको तत्काल कार्यान्वयन, मधेसमा खटाइएका सेनार सशस्त्र सुरक्षा बललाई यथासिघ्र ब्यारेकमा फर्काउन पर्ने तथा आन्दोलनमा गिरफ्तार गरिएकाहरुको बिना शर्त रिहाई, ज्यान गुमाएकालाई शहिद घोषणा र घाइेतेहरुको सम्पूर्ण उपचार खर्च राज्यलेव्यहोर्नुपर्ने मोर्चाका शर्त छन् ।मोर्चा आबद्ध दलका केन्द्रीय अध्यक्षको बिहान मलंगवामा बसेको बैठकले प्रधानमन्त्रीलाई पठाउने जवाफ तयार पारेको थियो ।पत्र बुझाउन बालुवाटार पुगेका मोर्चाका नेताहरु मध्ये तराई मधेस सदभावना पार्टीका वरिष्ठ नेता रामनरेश रायले वार्तामा बसेपछि धेरै कुरा मिल्ने प्रधानमन्त्री कोइरालाको भनाई रहेको बताए। ‘मुलुक द्वन्द्वतिर जान थाल्यो, मिलेर समस्याको समाधान गरौं,’ प्रधानमन्त्रीको भनाई रायले सुनाए । रायले वार्ताप्रति प्रधानमन्त्रीमा देखिएको चिन्ता कति व्यवहारमा लागू हुन्छ त्यो भने हेर्न बाँकी रहेको प्रतिक्रिया दिए ।तमसपा नेता रायसँगै संघीय समाजवादी फोरमका सह अध्यक्ष राजेन्द्र श्रेष्ठ, तमलोपाका महासचिव गोविन्द चौधरी र सदभावनाका नेता रामकिशोर सिंह शनिबार साँझ बालुवाटार पुगेका थिए ।प्रकाशित: भाद्र १२, २०७२

मधेसी मोर्चाले सरकारलाई आजै बेलुकासम्म जवाफ पठाउने

image

रौतहट : तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरल मधेसका सम्बन्धमा विगतमा भएका सम्झौताहरुलाईकार्यान्वयन गरी वार्ताको वातावरण बनाउन सरकारलाई सुझाव दिएका छन्।कविर चोकमा सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका मठिया गाबिसका राजकिशोर ठाकुरलाई श्रद्धाञ्जली दिन गौर आएका अध्यक्ष ठाकुरले भने, वार्ताका लागि सरकारले वातावरण बनाउनुपर्छ। एकातिर नागरिकमाथि बल प्रयोग गर्ने रअर्कोतिर वार्तामा बोलाउनुको औचित्य हुदैन।’सरकारले वार्ताका लागि पठाएको पत्र आफूहरुलाई प्राप्त भएको र त्यसको लिखित जवाफ शनिवार साँझ सम्म सरकारलाई पठाउने मोर्चाको तयारी रहेको उनले बताए। उनले अहिलेको अवस्थामा सहमतिका आधारमा अगाडी बढनुपर्ने बेलामा आफूहरुलाई नै सर्वोपरी ठानी मनपरी ढंगले अघि बढ्नु ठीक नहुने बताए। मधेशमा  विभेद कायम रहेसम्म आन्दोलन समाप्त हुन नसक्ने भन्दै सबै किसिमकाविभेदहरु हटाउनु सरकार तयार हुनुपर्ने समेत आग्रह गरेका छन्।उनले सरकारले दंगाग्रस्त क्षेत्र घोषणा गरेर सेनाको बलमा जबरजस्ती सँविधान जारी गर्न लागेको समेत आरोप लगाए।निहत्था नागरिकमाथि गोली प्रहार गर्न लगाएर चार जना नेताको ईच्छा अनुसार सँविधान जारी गर्नु भन्दा समयमै सबैका माग सम्बोधन गरेर अगाडी बढ्नु बुद्धिमानी हुने उनले बताए। उनले चार दलका नेताहरुलाई सुझाव दिएका छन्। जिल्ला अस्पताल गौरमा राखिएको मृतक राजकिशोर ठाकुरको शवलाई श्रद्धाञ्जीदिदै मृतक ठाकुरलाई शहिद घोषणा गर्दै आश्रीत परिवारलाई क्षतिपूर्तीदिन माग गरेका छन्।आन्दोलनमा रहेका संयुक्त लोकतान्त्रीक मधेशी मोर्चाले गरेको रौतहट बन्दका कारण सदरमुकाम गौर १५ औं दिन पनि बन्द रहेको छ । सुरक्षाकर्मीको गोली लागी मृत्यु भएका मठिया ६ का २४ वर्षिय राजकिशोर ठाकुरको शव पाँच दिन देखी जिल्ला अस्पताल गौर मा राखिएको छ। परिवारका सदस्यले माग पुरा नभए सम्म शव नउठाउने बताएका छन्।

संविधान मस्यौदा समितिले तयार गरेको नेपालको संविधान संविधान (परिमार्जित विधेयक) २०७२ को प्रतिवेदनमा संशोधनका गर्नु पर्ने केही बिषय

१.प्रस्तावनामा मधेश आन्दोलन वा मधेश विद्रोह शब्दावली राख्नुपर्छ ।

२. अंगीकृत नागरिकलाई राष्ट्रपति, उपराष्ट्रपति, मुख्यमन्त्री, सुरक्षा निकाय प्रमुख हुन नदिन व्यवस्था गरिएको धारा २८३ पुर्ण रुपेण हटाउनुपर्यो । साथै लैंगीक विभेदको नागरीरकताका धारा ११ को ३ र ५ हटाउनुपर्यो ।

३. मस्यौदाको धारा ४२ समानुपातिक समावेशी सामाजिक न्यायको हकमा अन्तरिम संविधान को धारा २१ लाई यथावत राख्नुपर्दछ । (त्यसमा खसआर्य, युवा, मजदुर, किसान जस्ता शब्दावली हटाउनुपर्दछ । )

४. प्रतिनिधिसभाको समानुपातिक तर्फको प्रतिशत अन्तरिम संविधानको धारा ६३(३)(ख) मा उल्लेख भए बमोजिम कै हुनु पर्छ । ( धारा ८४(१)(ख))

५. प्रतिनिधिसभाको प्रत्यक्ष तर्फ रहेका १६५ सिटको लागि निर्वाचन क्षेत्रको निर्धारण जनसंख्याको आधारमा मात्रै हुनुपर्छ ।मधेशमा ५० प्रतिशत जनसंख्या रहेकोले कम्तिमा ८२ सिट मधेशमा छुट्टाउनु पर्छ । धारा ८४) (कणार्ली, मनाङ जस्ता भौगोलिक विकटता भएको क्षेत्रको लागि विशेष प्रावधान राख्न सकिन्छ ।)

६. प्रतिनिधिसभाको समानुपातिक तर्फ अन्तरिम संविधान (धारा ६३(४)) मा व्यवस्था भए बमोजिमको पाँच वटा समुहमा मात्रै विभाजन गर्नु पर्दछ । खासगरी मधेशी, दलित, महिला, मुस्लिम, जनजाती र थारुको हकमा विशेष व्यवस्था गरिनु पर्छ । (धारा ८४(२))

७. राज्यसभाको ५९ जना सदस्य मध्ये ५६ सदस्यको निर्वाचन प्रत्येक प्रदेशबाट एक जना अनिवार्य हुने गरी बाँकी जनसंख्याको आधारमा गर्नु पर्छ । त्यो प्रदेशसभाका सदस्य मात्रै रहेको निर्वाचक मण्डलद्धारा एकल संक्रमणीय मत विधिबाट निर्वाचन हुनु पर्छ । (धारा ८६(२ख)

८. राज्य सभा, प्रतिनिधिसभा र प्रदेश सभामा समेत जनसंख्याको आधारमा समानुपातिक प्रतिनिधित्व सुनिश्चितता गर्नको लागि पुर्नलेखन गर्नुपर्छ ।

९. स्थानीय निकायको निर्वाचन संघ र प्रदेश जस्तै मिश्रित निर्वाचन प्रणाली अनुसार निर्वाचन हुनुपर्छ ।

१०. निर्वाचन क्षेत्र निर्धारण आयोगले निर्वाचन क्षेत्रको हरेक १० बर्षमा पुनरावलोकन गर्नु पर्छ, निर्वाचन क्षेत्र निर्धारण तथा पुनरावलोकन सम्बन्धी प्रश्न संवैधानिक अदालतमा उठाउन सकिने प्रावधान राख्नु पर्छ । (मस्यौदाको धारा २८१(१२))

११. सवै तहको अदालतमा न्यायाधीशहरुको नियुक्ति जनसंख्याको आधारमा समानुपातिक सिद्धान्तको अनुरुप गर्ने व्यवस्था गर्नुपर्छ।

१२. संवैधानिक अदालत स्वतन्त्र र स्थायी प्रकृतिको अदालतको रुपमा स्थापना गर्नु पर्छ र संवैधानिक अदालतको अध्यक्ष र सर्वाेच्च अदालतको प्रधानन्यायाधीशअलग अलग व्यक्ति हुनुपर्छ । (धारा १३७(५)

१३. प्रादेशिक कानुनु बमोजिम प्रत्येक प्रदेशमा प्रादेशिक न्याय परिषदको व्यवस्था गर्नुपर्ने प्रावधान राख्नु पर्छ ।

१४. जिल्ला अदालतको सट्टामा स्थानीय अदालत राख्नु पर्ने र स्थानीय अदालतको संख्या र न्यायाधीशको संख्या, न्यायाधीश नियुक्ति र सरुवा, बढुवाको प्रावधान प्रादेशिक कानुन बमोजिम राख्नु पर्छ ।

१५. नेपाली सेनालाई राष्ट्रिय स्वरुप प्रदान गर्न महिला, दलित, आदिवासी जनजाति, मधेशी, थारु, मुस्लिम, पिछडावर्ग तथा पिछडिएको क्षेत्रका नागरिकको प्रवेश समानुपातिक समावेशी सिद्धान्तको आधारमा सुनिश्चित गर्नुपर्छ,। साथै मधेसी र महिलाहरुलाई सामुहिक प्रवेशलाई लागि उक्त कानुनमा थप व्यवस्था गर्नु पर्छ धारा २६२(३)

१६. राष्ट्रिय सुरक्षा परिषदमा प्रत्येक प्रदेशको मुख्यमन्त्रीहरुपनि सदस्य रहने व्यवस्था गर्नुपर्छ (धारा २६१)१७. राष्ट्रिय मधेशी आयोग समेत संवैधानिक आयोगको रुपमा स्थापना गर्नुपर्छ र मुस्लीम आयोगलाई संवैधानिक मान्यता दिनु पर्ने।

१८. लोक सेवा आयोग, राष्ट्रिय मानवअधिकार आयोग, महिला आयोग, दलित आयोग, मधेशी आयोग, मुस्लिम आयोग, अख्तियार दुरुपयोग अनुसंधान आयोग लगायतका संवैधानिक आयोगहरु प्रादेशिक स्तरमा समेत राखिनु पर्छ ।

१९. संघीय मन्त्रिपरिषद तथा प्रदेशको मन्त्रिषदमा जनसंख्याको आधारमा समानुपातिक सिद्धान्तको अनुरुप प्रतिनिधित्वको सुनिश्चितता हुनु पर्छ ।

२०. भौगोलीक र साँस्कृतिक पहिचान सहितको तराइ मधेशमा दुई प्रदेश( आन्दोलनरत थारु मधेशको माग सम्वोधन हुने गरी)
#Dipendra #Jha

भारतमा जातिसंहार: सम्राट अशोकदेखि पूर्व मुख्यमन्त्री मोदीसम्म

image

‘जातिसंहार कन्भेन्सन’ (Article 2) का अनुसार ‘जातिसंहार’ भन्नाले निम्न कुरा बुझिन्छ:

१) कुनै समूहका मानिसको हत्या गर्नु;

२) कुने समूहका सदस्यहरूको शारीरिक वा मानसिक रुपले नोक्सान पार्नु;

३) कुनै समूहको भौतिक अवस्थाको पूर्ण वा आंशिक विनास हुने काम गर्नु;

४) कुनै समूहमा मानिसको जन्म नहोस् भनेर कुनै पनि किसिमका उपाय लाद्नु;

५) कुनै समुदायका बालबालिकालाई अर्को समूहमा बलपूर्वक रुपान्तरण गर्नु;

१। जातिसंहार गरिएका घटनाहरू संसारको इतिहासमा प्रशस्त पाइन्छन् जसमा लाखौँ-करोडौँ निर्दोष मानिस, महिला र बालबालिकाको हत्या भएका छन् ।

२। भारतमा जातिसंहारका रुप अन्य मुलुकको भन्दा फरक देखिन्छन्, जुन ४ किसिमका छन्क : उच्च जातिले तल्ला जातिको जातिसंहार;ख : एउटा धर्मावलम्बीले अर्को धर्मावलम्बीको संहार;ग : बहुसंख्यक समुदायले अल्पसंख्यक समुदायको संहार, रघ : राज्यले गर्ने जातिसंहार ।

३। सन् २००२ मा गुजरातमा गरिएको ‘गोधरा संहार’मा २००० मुस्लिमलाई टुक्रा-टुक्रा काटेर मारियो जसलाई संयुक्त राष्ट्र संघको परिभाषामा पनि जातिसंहार भन्न मिल्छ ।भारतको विगत हेर्दा पनि निम्न जातिसंहारका घटनाहरू इतिहासमा घटेका देखिन्छन्:

क) कलिङ्ग युद्धमा जातिसंहारमौर्य वंशका अशोक शक्तिशाली सम्राट थिए । सम्राट अशोकले इपू २६० मा कलिङ्गमा आक्रमण गर्दा हज्जारौं मानिसको हत्या गरे । सम्राट अशोकले क्रुर तथा अमानवीय किसिमका युद्ध लडेर धेरै मानिसको हत्या गरे भन्ने कुराको साक्षी इतिहास छ । कलिङ्गको युद्ध मैदानमा हज्जारौँ मानिस मारेपछि सम्राट अशोकलाई गहिरो पछुतो भयो जसले गर्दा विस्तारै उनी बुद्ध धर्मतिर लागेको भनिन्छ ।

ख) बंगालका अनिकालहरूभारतमा ब्रिटिसको शासन (करिब २०० वर्ष) कालमा ३०-४० वटा अनिकाल (Famines) परे । सन् १७७० को अनिकालमा बंगालका १करोड मानिस मरे । तेस्तै गरेर सन् १९४२ र १९४५ को अनिकालमा पनि ४-५ लाख मानिस मरे । यी दर्दनाक घटनालाई अर्थशास्त्री अमर्त्य सेनले ‘तात्कालीन ब्रिटिस शासकहरूको कमजोर खाद्य नीतिका कारण भएका घटना हुन’ भनेर पटक पटक उल्लेख गरेका छन् । अर्थात, उपनिवेशक ब्रिटिस शासकहरूले भोक र अनिकाललाई पनि जातिसंहारको निम्ति एक रणनीतिक हतियारका रुपमा प्रयोग गरेर भारतमामानवसंहार गरे भन्न सकिन्छ । जातिसंहार गर्दा मानिसलाई भौतिक रुपमा मार्ने मात्र हुँदैन बरु कुनै जातिको परम्परागत आर्थिकप्रणाली ध्वस्त गर्ने, कुनै जाति बसोबास गर्ने क्षेत्रमा रोगका कीटाणु छरिदिने, कुनै जातिको राज्यका अनेक अवसरमा पहुँच हुने माध्यममा रोक लगाउने आदि पनि गरिन्छ ।

ग) भारत-पाकिस्तानको विभाजनभारत र पाकिस्तानको विभाजन (सन् १९४७) हुनुअघिसम्म हिन्दु र मुस्लिमहरु मिलेर बसेका थिए । त्यतिबेला मुस्लिमहरूको संख्या भारतमा २५% थियो । तर जब भारत-पाकिस्तानको विभाजन भयो तब मुस्लिमहरूको संख्या विभाजित भयो । परिणामस्वरुप भारतमा मुस्लिमको घट्यो र अल्पसंख्यामा झर्यो । त्यसपछि भारतको सामाजिक-राजनीतिक मन्चमा हिन्दु र मुस्लिमहरूको स्थानगत परिदृश्य नै बहुसंख्यक हिन्दुहरूले अल्पसंख्यक मुस्लिमहरूलाई हेप्ने, दबाउने, दंगाफसाद गरेर हत्या गर्ने प्रक्रिया भारतमा सुरु भयो । यही ‘जातीय-द्वन्द’ भारतको निम्ति अनुपम पहिचान नै बनेर कायम रहेको छ । त्यसले भारतमा लाखौँको ज्यान लिइसकेकोछ ।

घ) दलितहरुको जातिसंहारबिहारको जहानावाद गाउँका दलितहरूले आफ्नो अधिकार माग्दा १५ जुन १९९७ का दिन रणवीर सेना (ठूला जातका जमिन्दारका मिलिशिया) ले २० जना दलितको हत्या गर्योन । यही रणवीर सेनाले माओवदिले ३७ जमिन्दारको हत्या गरेको बदला लिने निहुँमा १ डिसेम्बर १९९७का दिन आफ्नो अधिकार माग्न निस्केका ५८ दलितको हत्या गर्यो ।

ङ) खेरलान्जी आतंकमहाराष्ट्रको खेरलान्जीमा (भैयालाल भोतमांनगे) दलितले दलितजस्तो व्यवहार नगरेको आरोपमा दलित परिवारका महिलाहरुलाई बलात्कार गरियो र महिलाहरूलाई नांगै घुमाइयो । यसले भारतमा दलितहरूप्रति गरिने व्यवहारलाइ संस्थागत गर्ने काममा थप सहयोग पुर्याएको छ ।मैले यहाँ प्रस्तुत गरेका घटना निश्चय पनि हिटलर वा पोलपोटले गरेका जातिसंहारजस्ता देखिँदैनन् जहाँ एउटै जातिका हज्जारौँ मानिस मारिएपछि मात्र जातिसंहार हुन्छ भन्ने युएनको परिभाषा बनेको छ । तर भारतको सामाजिक-राजनीतिक तथा सांस्कृतिक प्रणालीर धार्मिक असहिष्णुतालाई ध्यान दिने हो भने जातिसंहारका क्रुर प्रणालीहरू भारतमा जताततै क्रियाशील देखिन्छन् जहाँ मानिसलाई दासत्वको साङलाले बाँधेर राखिएको छ । यो भारतको आफ्नै किसिमको जातिसंहार (Genocide) हो

।youthkiawaaz may 06, 2012 बाट अनुदित : विक्रम सुब्बा

नोट:

नेपालमा जातिसंहारबारे अध्ययन गरिएको पाइँदैन । तर इतिहासमा हेर्ने हो भने किरातहरूले आफ्नो राज्य खडा गर्दा, लिच्छविहरूलेकिरातहरूलाई सत्ताच्युत गरेर राज्य लिँदा (पाटनमा ८०० किरातीहरूलाई काटेर मारेकोले ठाउँको नाम ‘च्यासल’ रहन गएको भन्ने किंवदन्ती सुनिन्छ जुन ठाउँ पाटन मंगलबजार नजिकै पर्दछ । संभवत: नेपालको इतिहासमा ‘जातिसंहार’को झल्को दिने यही घटना प्रख्यात छ), लिच्छविहरूलाई हराएर मल्लहरूले शासन लिँदा, मल्लहरूलाई हराएर शाहहरूले राज्यसत्ता लिँदा, बाइसी चौबिसी राज्यहरूको युद्द आदि सबै संभवत: जातीय हुने गरेका र तिनलाई नेपालको सन्दर्भमा अहिलेको परिभाषामा ‘जातिसंहार’ भन्न मिल्दो हो । तर नेपालको ऐतिहासिक अध्ययन-अनुसन्धान गहिरो गरी भएकै छैन । पछिल्लो घटना– माओवादी जनयुद्दका (१९९६-२००६) बेला १५ हजारभन्दा बढी (१० हजार ५ सय भन्दा बढी सरकारी तर्फबाट र ३ हजारभनदा बढि माओवादी तर्फबाट)को ज्यान गएको भनिँदा त्यसमा रोल्पाका ‘मगर’, मधेशका ‘थारु’हरू धेरै मारिएको भनिन्छ ।तस्बिरमा गुजरातका पूर्व मुख्यमन्त्री रहेका भारतीय प्रधानमन्त्री मोदी जसमाथि गुजरातमा गरिएको गोधरा स‌ंहारको दोष लगाइएको छ ।

जनकपुरमा कुकुर जुलुस

image

पुरन साह, जनकपुरधाम, १२ भदौ ।राष्ट्रिय मधेस समाजवादी पार्टीको विद्यार्थी संगठन समाजवादी विद्यार्थी संघले जनकपुरमा कुकुर जुलुस प्रदर्शन गरेको छ । संविधानको मस्यौदाको विरोधमा आन्दोलनकै क्रममा समाजवादी विद्यार्थी संघले पृथक किसिमको विरोध जुलुस आयोजना गरेको हो । रामसपाकोजनकपुर भानुचौकस्थित पार्टी कार्यालयदेखि कुकरसहितको जुलुस नगरको विभिन्न भागको परिक्रमा गर्दै जनक चौकमा गएर कोणसभामापरिणत भएको थियो ।विद्यार्थी संघका अध्यक्ष ज्ञानेन्द्र झाको नेतृत्वमा निस्केको जुलुसले प्रमुख दलका नेताहरुको विरोधमा नाराबाजी गर्दै प्रदर्शन गरेको थियो । मधेशमा जारी आन्दोलन हिंसात्मकहुँदै गएपनि मुख्य दलका नेताहरुले जनताको आन्दोलन र जनजविनप्रति कुनै चासो नदेखाएकोप्रती विद्यार्थीहरु आक्रोसित देखिन्थे ।जुलसमा रामसपाबाट सभासद रहेका जनकपुरका व्यापारी दिनेश साहको पनि सहभागिता रहेको थियो । मधेश तनावग्रस्त हुँदै गएपनि मुख्य दलका चार नेताहरु बोल्न नसक्ने लाटो, सुन्न नसक्ने बहिरो र देख्न नसक्ने अन्धो भएर बसेकाले कुकुर जुलुसनिकालिएको प्रदर्शनकारीले बताएका छन् ।उनीहरुले प्रधानमन्त्री कोइरालालाई लाटो, केपी ओलीलाई बहिरो, गृहमन्त्री बामदेव गौतमलाई अन्धो र सभामुख सुवासचन्द्र नेम्वाङ्गलाइ लापहरवाको संज्ञा दिएको तस्विरसहित जुलुस प्रदर्शन गरे । संयुक्त लोकतान्त्रिक मधेशी मोर्चामा आवद्व नरहेपनि जारी अनिश्चितकालिन बन्दको रामसपाले विभिन्न दबाबमुलक कार्यक्रम गरि समर्थन गर्दै आएकोछ ।

सुशील, केपी र प्रचण्डलगायतलाई भौतिक कारबाही गर्ने चेतावनी

image

इटहरी : थारु कल्याणकारिणी सभाका पूर्वअध्यक्ष राजकुमार लेखीले प्रधानमन्त्री सुशील कोइराला लगायतका मुख्य राजनीतिक दलका शीर्ष नेताहरुलाई भौतिक कारबाही गर्ने चेतावनी दिएका छन् ।लेखीले प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, बरिष्ठ नेता बाबुराम भट्टराई, नेता लेखराज भट्ट, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र एमाले उपाध्यक्ष भीम रावललको नामै किटान गरेर उनीहरुमाथि भौतिक कारबाही हुन सक्ने बताएका छन् ।शनिवार इटहरीमा आयोजना गरेको पत्रकार सम्मेलनमा लेखीले भने, ‘अधिकार प्राप्तीको लागि जारी थारुहरुको आन्दोलन दबाउन प्रधानमन्त्री कोइराला लगायत शीर्ष नेताहरु लागि परेको आरोप लगाउँदै तरार्इ र थारुहटका गाउँमा आए उनीहरुलाई भौतिक कारबाही हुनसक्छ।’लेखीले प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष दाहाललाई भौतिक कार्वाहि गर्ने चेतावनी दिरहदा काँग्रेस सुनसरी क्षेत्र नम्बर १ का सचिव सुजेन्द्र तामाङ र एमाओवादीका नेता सन्तोष थारु पत्रकार सम्मेलनमै हाँसिरहेका थिए।भिडियो हेर्नुस्लेखीले अखण्ड सुदुरपश्चिमको कुरा निकालेर थारुहरुको अधिकार खोस्न खोजेको पनि आरोप लगाए। लेखीले देशभर चर्किरहेको थारु आन्दोलनमा भने कमजोरी भएको स्विकार गरेका छन् ।उनले कैलाली लगायतका  जिल्लामा भएको थारु आन्दोलनमा पनि कार्यकर्ताहरुले त्रुटिपूर्ण काम गरेको भएपनि नेतृत्वका हिसावले आफूले घटनामा कमजोरी भएको स्विकार गर्दै माफीसमेत मागेका छन् ।उनले तराईका २२ जिल्लामा चार प्रदेशनिर्माण गर्नु पर्ने माग गरेका छन् । उनले सरकारले धनीराम चौधरीलाई जागिरबाट बर्खास्त गर्न आफुलाई फर्केर कारबाही गरेर देखाउन पनि चुनौति दिएका छन् ।

मधेश प्रदेशको माग गर्दै लाठी जुलुश प्रदर्शनPosted byवैद्यनाथ यादव

image

मोर्चा सप्तरीले सदरमुकाम राजविराजमा आज लाठी जुलुश प्रदर्शन गरेको छ ।स्थानीय राज रंगशालाबाट निकालिएको लाठी जुलुस नगरको विभिन्न भाग परिक्रमा पश्चात शहीद दशन चौकमा पुगी सभामा परिणत भएको थियो ।स्वायत्त मधेश प्रदेशको माग गर्दै निकालिएको लाठी जुलुशमा गाउँ–गाउँबाट सर्वसाधारण जनताको व्यापक सहभागिता रहेको थियो ।सभामा संघीय समाजवादी फोरम नेपालकी केन्द्रिय उपाध्यक्ष रेणु यादव, सद्भावना पार्टीका महासचिव मनिसकुमार सुमन, तराई मधेश लोकतान्त्रिक पार्टीका केन्द्रिय सदस्य जयप्रकाश ठाकुर,नेकपा (माओवादी)का केन्द्रिय सदस्य महेश यादव, तराई मधेश सद्भावना पार्टीका कपिलदेव यादव, मधेशी जनअधिकार फोरम गणतान्त्रिका नरेन्द्र यादव, राष्ट्रिय मधेश समाजवादी पार्टीका विरेन्द्र साह, नेपाल सद्भावना पार्टी (गजेन्द्रवादी)की साबित्री पण्डित, नेपाल सद्भावना पार्टीका जागेश्वर राय, संयुक्त मधेशी राष्ट्रिय आन्दोलन समितिका दिलिप यादव लगायतले स्वायत्त मधेश प्रदेशका लागि सशक्त संघर्ष गर्नुपर्नेमा जोड दिए ।

भ्यागुताको पूजा गरी भोजन खुवाइयो

image

भक्तपुर, १२ भदौ / जनैपूर्णिमाको अवसरमा आज बिहानै भक्तपुरका किसानले खेतखेतमा गएर भ्यागुताको पूजा गरी भ्यागुतालार्ई भात खुवाएका छन् । वर्षा गराउने दूत तथ प्राकृतिक देवताका रूपमा मानेर यहाँका कृषकले भ्यागुतालाई विभिन्न परिकारका भोजन खुवाई यो परम्परा मनाइँदै आएको छ । भ्यागुतालाई भोजन गराउने यहाँको प्रचलनलाई स्थानीय नेवारी भाषामा ब्याँजा नकः वनेगु भन्ने गरिन्छ ।खेतमा किरा मारेर अन्न उब्जाउनसमेत सहयोग गर्ने प्राकृतिक देवताका रूपमा भ्यागुतालाई सिमीको पातमा खाद्य परिकार राखेर खेतखेतमा गई पूजा तथा भोजन गराउने परम्परा रहेको किसान बताउँछन् । रोपाइँको समयमा र वर्षात् सुरु हुनुभन्दा पहिले खेतमा काम गर्दा कोदालीबाट मरेका किरा फट्याङ्ग्रा र भ्यागुतालाई मारेको पाप मोचन गर्नका लागि आजका दिन भ्यागुतालाई पूजा र भोजन गराउने प्रचलन रहेको संस्कृतिकर्मी ओम धौभडेल बताउनुहुन्छ ।रासस

दुई साता देखिको बन्दले तराईको जनजीवन कष्टकर

image

काठमाडौं, भदौ १२ । संयुक्त मधेशी मोर्चा र थरुहट संघर्ष समितिले गरेको दुई साता लामो बन्दका कारण तराईका जिल्लाको जनजीवन निक्कै कष्टकर बनेको छ ।थरुहट संघर्ष समितिको आन्दोलन १९ दिनदेखि जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलन शनिबार १५ औं दिनमा पुगेको छ ।दिनभरी ज्यालादारी गरेरगुजारा चलाउनेहरु बन्दका कारण आम्दानी ठप्प भएपछि उपभोग्य बस्तुको भाउं महंगिएपछि समस्यामापरेका छन् ।बन्दकर्ताले पेट्रोल पम्पहरु समेत खुल्न नदिंदा बजारमा इन्धन अभाव संगै कालोबजारी निक्कै बढेको छ । जनकपुरका सडकमा मिनरल वाटरका बोतलमा पेट्रोल प्रतिलिटर १ सय ५० रुपैंयाका दरले बिक्रि हुने गरेको छ ।उता, संयुक्त मधेशी मोर्चा र थरुहट संघर्ष समितिले शनिबार बन्द केही खुकुलो पारेका छन् । शनिबार जनैपूर्णिमा तथा रक्षा बन्धन परेकोले आन्दोलनकारीले सर्वसाधारणलाई मध्य नजर गर्दै बजार खोल्न दिएका हुन् ।थरुहट संघर्ष समितिको आन्दोलनका कारण चितवन, नवलपरासी, रुपन्देही, कपिलवस्तु, दाङ, बांके, बर्दियालगायतका जिल्लामा बन्द र प्रदर्शन जारी छ भने संयुक्त मधेसी मोर्चाको आन्दोलनका कारण सिरहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको जनजीवन प्रभावित बनेको छ ।बन्दका कारण जनैपूर्णिमा र रक्षा बन्धन पर्व मनाउंन टाढा टाढा जानुपर्ने सर्वसाधारण मारमापरेका छन् ।लगातारको बन्दका कारण आजित भएपछि यि जिल्लाहरुमा स्थानिय आफैंले केही स्थानमा बजार खुलाए पनि यातायातका साधन भने संचालन हुन सकेको छैन ।राजमार्गमा एस्कर्टिङ गरी लामो दूरीका सवारी साधन सञ्चालनमा ल्याइए पनि प्रदर्शनकारीले त्यसमा पनि अवरोध पुर्याउने कोशिस गर्दै आएका छन् । जसले गर्दा स्थानिय खुलेर आवत जावत गर्न सकेका छैनन् ।

इन्द्र कुमार मधेशानन्द अामरण अनशनमा बस्नु भए्को अाज छैठो दिन हो ।

image

इन्द्र कुमार मधेशानन्द अामरण अनशनमा बस्नु भए्को अाज छैठो दिन हो । एक तर्कशील युवा वुद्धिजीवि, मधेस अान्दोलनका लडाकु व्यक्तित्व र सामाजिक कार्यकर्ताको रूपमा उहांको जनकपुर क्षेत्रमा बिशेष पहिचान छ । इन्द्र कुमार मधेशानन्द हाल जनजकपुर क्षेत्रमा मधेस अान्दोलनको नेतृत्व गरिरहेकाे मास (MASS) को सल्लाहकार र तरार्इ मधेस राष्ट्रिय अभियानको नेता केन्द्रीय सदस्य हुनुहुन्छ ।संविधानसभामा रहेका मधेसी दलका सभासदहरूले राजिनामा दिएर अान्दोलनमा अाउनु पर्ने मांगका साथ उहां जनकपुरमै अामरण अनशनमा बस्नु भएको छ । जनकपुरमै रहेको समयमा सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महत्तोले उहांसंग भेट गर्नु भयो । महन्थ ठाकुर, उपेन्द्र यादव र अन्य नेताहरू भेटसम्म गर्नु भएन । यद्यपि उहांको यस प्रयास र सहाशका प्रति जनकपुर क्षेत्रका सबैको गहिरो समर्थन छ । तरार्इ मधेस राष्ट्रिय अभियान उहांको यस साहसिक कदमको स्वागत गर्दै समर्थन गर्दछ ।मधेसी दलका सभासदहरूले संविधानसभाबाट राजिनामा दिएर अान्दोलनमा अाउनु पर्ने मांग मधेसी अान्दोलनकारीहरूको एक मुख्य मांग हो । तर मधेसी दलहरू यसको पक्षमा छैन । सदभावना पार्टीका सभासदहरूले देखाउनका लागि राजिनामाको नाटक गरेका छन् । तर, उनिहरूले विधीवत् राजिनामा दिएका छैनन् । यो स्वीकार हुन सक्दैन । अन्य मधेसी दलहरूले त यो नाटक मञ्चनमा कलाकारपनि बन्न चाहेका छैनन् । यस्तो अवस्थामा इन्द्र कुमार मधेशानन्दले सारेको उच्च नैतिक अान्दोलनको मूल्य र प्रभाव उनीहरूले बुझ्ने कुरै अाउदैन ।त्यहांबाट अार्इ रहेको खबर अनुसार अनशनका कारणले उहांको स्वास्थ्य अवस्था क्रमशः चिन्ताजनक हुदै गएको छ । यस प्रति राजनीतिक दलहरू, मानव अधिकारवादीहरू, नागरिक समाज र सरकार सबैले सरोकार राख्नु पर्ने बेला अाएको छ । यसमा चनाखो रहन मधेस मानव अधिकार संजाल (थर्ड एलाइन्स) को बढी सजगता अपेक्षित छ ।अब संविधानसभामा मधेसी दलफहरूकाे अाैचित्य र अावश्यकता समाप्त भैसकेको छ । उनिहरूकै शब्दमा उनिहरू संविधानसभा छोडेर सडकमागै सकेका छन् । यस्तो अवस्थामा मायाको जाल संविधानसभाबाट सरकारी नियम र कानून अनुसार नै राजिनामा दिनु बढी इमामन्दार कदम हुनेछ । यो महानता देखाउन तमरा अभियान सर्व प्रथम श्री उपेन्द्र यादव जीमा अनुरोध गर्दछ र सबै मधेसी दलहरूमा उपेन्द्र जीले राजिनामा दिए उहांको तत्काल अनुशरण गर्न अनुरोध गर्दछ । अन्यथा भएपनी अब मधेसी दलहरूले इन्द्र कुमार मधेशानन्दको जीवन रक्षाका लागि पहल गर्नुपर्ने अनुरोध गर्न चाहन्छाै ।
भाद्र १२ गते, २०७२