मधेशी नेताहरुकै कारण मधेशले मुक्ति पाएन :गुप्ता

image

राजविराज–तराई मधेश राष्ट्र अभियानका संयोजनक जेपी गुप्ताले मधेशका नेताहरुकै कारण मधेशीजनताले मुक्ति पाउन नसकेको आरोप लगाएका छन् ।सोमबार सप्तरी सदरमुकाम राजविराजस्थित जनआन्दोलन चोकमा आयोजित सभालाई सम्बोधन गर्दै गुप्ताले सो आरोप लगाएका हुन् । विभिन्न समयमा मधेशीहरुले गरेको आन्दोलनको उपलब्धि समेत मधेशी नेताहरुकै अदुरदर्शी निर्णयहरुका कारण गुमेको गुनासो गर्दै गुप्ताले मधेशका मुद्दामामधेशी नेताहरुलाई एकजुट हुन आह्वान समेत गरे ।राज्य सत्ताका मुल आठ खम्बा मध्ये आठ वटै खम्बाहरु मधेश विरोधी रहेको बताउँदै गुप्ताले राज्यसत्ताको सोच र व्यवहारमा परिवर्तन नभएसम्म मधेश र मुलुकको समस्या समाधन नहुने बताए । मधेश आन्दोलनका वेला समग्र मधेश एक प्रदेशको पक्षमा आन्दोलन गर्ने लाखौं मधेशी जनताको भावना विपरीतको प्रदेश निर्धारण भएको भन्दै गुप्ताले प्रदेशको सीमांकनप्रति समेत विरोध जनाएका थिए ।

प्रहरीले नसकेपछि जुम्लामा सेना परिचालन

image

२५ साउन । अखण्ड कर्णालीको माग गर्दै जुम्लामा सुरु भएको आन्दोलनलाई नेपाल प्रहरीले रोक्न नसकेपछि नेपाली सेना परिचालन गरिएको छ ।आन्दोलनमा प्रदर्शनकारीको प्रदर्शनले उग्र रुप लिएपछि त्यसलाई रोक्न स्थानीय प्रशासनले सेना परिचालन गरेको हो । जिल्ला प्रशासन कार्यालय जुम्लाले सेनालाई हारगुहार गरी सुरक्षाको सहयोग मागेको हो ।प्रशासनको आग्रहपछि जुम्लामा हतियारसहित दर्जन बढी सेना परिचालन गरेर प्रशासन कार्यालयमा सुरक्षाको लागि खटाइएको छ।यसअघि प्रदर्शनकारीले प्रशासन कार्यालयमा रहेका एक पुलिससहित ४ वटा गाडीमा तोडफोड गरेका छन् भने प्रशासन कार्यालयमा तालावन्दी गरेका छन् ।आन्दोलनकारीलाई रोक्न प्रहरीले पाँचभन्दा बढी अश्रुग्यास प्रहार गर्नुका साथै रबरका गोली समेत चलाएको छ । आन्दोलनकारीले नेपाल टेलिकम, जिल्ला विकास समितिलगायतका दर्जन बढी कार्यालयमा तोडफोड गरेका छन् । प्रशासन कार्यालयको भवन तोडफोडसमेत गरिएको छ ।तोडफोडका क्रममा प्रहरी र आन्दोलनकारीबीच झडप समेत भएको छ ।

दुनियाको सबैभन्दा डरलाग्दो चर्च, जसमा छन् ७० हजार मानिसका खप्पर

image

झलक्कहेर्दायी दृश्यहरु कुनै भुताहा फिल्मका दृश्यजस्तालाग्नसक्छन्। तर होइन, यो फिल्मको दृश्य नभै सक्कलीदृश्य नै हो, त्यो पनि एउटा चर्चको दृश्य ।चर्चमा मानिसका अस्थीपन्जर ? प्रश्नसहजैउठ्छ । दुनियामा कहीँ पनिनभएको यस्तो विचित्र चर्च चेक गणतन्त्रमा छ । चेककोसेडलेकओसुरी चर्चमा झण्डै ७० हजार मानिसका खप्पर तथा हड्डीहरु रहेका छन् ।कसरी आए त त्यतिधेरै मानिसका अस्थिपन्जर ? वास्तवमा उनीहरुमध्ये अधिकांस सन्१३१८मा फैलिएको प्लेग रोगको महामारी तथा १५ औँ सताब्दीमा भएको हसाइट युद्धामा मरेका मानिसहरु हुन् ।खप्परे चर्चको नामबाट परिचित यो डरलाग्दो चर्चमा मानिसका जिउका हड्डीहरु तथाखप्परहरुलाईविभिन्न कलात्मक आकृतिमा सजाइएको छ ।चर्चमा ६ वटा पिरामिड, चारवटा क्यान्डिलब्रा तथा क्यान्डिल होल्डर लगायतका सबै चिज मानिसकै हड्डीबाट बनेका छन्। हड्डीबाटै विभिन्न खाले भुताहा आकृतिहरु पनि बनाइएका छन् ।१५ औँ सताब्दीमा बन्द भएको यो चर्चको चिहानघरमा शवहरु पुरिएका थिए । पछि उत्खनन गरेर मानिसका अस्थिपन्जर निकालेर पिरामिड बनाएर थुपारियो । सन् १८७० मा स्थानीय काष्ठ कलाकारलाई हड्डीका कलात्मक आकृति बनाउने जिम्मा दिइयो । त्यसपछि उनले ठूलो मेहेनत लगाएर मानव हड्डीलाई कलामा ढाले । हेरौँ खप्परे चर्चभित्रका रोचक दृश्यहरु

थारुहरुको आन्दोलन उत्कर्षमा पुर्याउन मधेशी मोर्चाको समर्थन

image

Share to LinkedInShare to Pinterestसंयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठकले चार दलीय सहमतिमा जारी गरिएको राज्य पुनर्संरचना अन्तर्गत प्रदेश सीमांकनको खाका अस्वीकार गर्दै आन्दोलनरत थारु समुदायप्रति एक्यवद्धता जनाएको छ । संघीय समाजवादी फोरम, नेपालको केन्द्रीय सम्पर्क कार्यालय वालकुमारीमा बसेको बैठकले सो निर्णय गरेको हो ।विज्ञप्ति जारी गर्दै भनिएको छ, ‘राज्य पुनर्संरचनाअन्तर्गत प्रदेश सीमांकनको खाका आसन्दर्भिक, गैरन्यायोचित र विभेदकारी रहेको भन्दै सरकारविरुद्व आन्दोलनरत थारु समुदायले उठाएको माग र सबै विरोधका कार्यक्रमप्रति पूर्ण समर्थन र ऐक्यबद्वता जाहेर गर्ने निर्णय गरेको छ ।’शताब्दियौंदेखि शोषित, पीडित र अन्यायमा परेका मधेशी, आदिवासी जनजाति, थारुको मागलाई बेवास्ता गर्दै चार राजनीतिक दलले एकलौटी रुपमा ल्याएको सीमांकनको खाकाविरुद्ध सडकमा उत्रिएका थारु समुदायमाथि प्रहरी दमन बन्द गर्न र उनीहरुको उचित माग तत्काल सम्बोधन गर्न संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले सरकारसँग जोडदार माग गरेको छ ।अखण्ड सुदूरपश्चिमको नाममा थारु समुदायलाई फेरि पनि कमैया, दास बनाइराख्ने र उनीहरुलाई स्रोतसाधनबाट वञ्चित गर्न सरकारले षड्यन्त्रमूलक ढंगले देशको सीमांकन गरेकोले पहिचान, समावेशीकरण र प्रादेशिक स्वायत्तताका लागि जारी आन्दोलनलाई उत्कर्षमा पुर्याउन थारु समुदायलाई मोर्चाले समर्थन र खुला आह्वान पनि गरेको छ ।हालको सीमांकन नेपालको अन्तरिम संविधान २०६३, ऐतिहासिक जनान्दोलन, जनयुद्ध, मधेश जनविद्रोह र आदिवासी जनजाति आन्दोलनको प्रतिकूल हुनुका साथै समानुपातिक समावेशिता, पहिचान र प्रादेशिक स्वायत्ततासहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको मूलमर्म र भावना विपरीत रहेको मोर्चाले ठहर गरेको छ ।मोर्चामा संघीय समाजवादी फोरम नेपाल, तराई–मधेश लोकतान्त्रिक पार्टी , सद्भावना पार्टी र तराई–मधेश सद्भावना पार्टी नेपाल रहेका छन्

‘१७ सालका भूतहरु’ भन्दै बाबुरामले गरेको भाषण (पूर्ण पाठसहित)

२५ साउन, काठमाडौं ।

संविधानसभाको आइतबारको बैठकमा ‘संवैधानिक राजनीतिक संवाद तथा सहमति समिति’का सभापति डा बाबुराम भट्टराइले ‘नेपालको संविधान, २०७२’ (प्रारम्भिक मस्यौदा)लाई जनताले दिएका सुझावका आधारमा परिमार्जनसहितको प्रतिवेदन पेश गरे ।

बाबुरामले यो प्रतिवेदन पेस गर्दा भनेका थिएः “एकातिर भीर छ, अर्कोतिर खाडल छ, दूबैबाट बचेर पुनः टाउको उठाउन खोज्ने प्रतिगामी शक्तिलाई सफल हुननदिने सङ्कल्प गरेका छौं, अब दुःखद् इतिहास दोहोरिने आशङ्काको अन्त्य भएको छ ।”

बाबुरामले भाषण गर्दा गर्दै केही विपक्षी सभाषदले आपत्ती जनाएर नारावाजी समेत गरे । ‘१७ सालका भूतहरु’ ‘कथित राष्ट्रियता’ को खोल ओढेर आफूहरुलाई तर्साउन खोजेपनि यसबाट प्रभावित नभई सतर्कताका साथ संविधानसभाबाट संविधान बनाउने अभियानमा लाग्न आह्वान गरेका बाबुरामले गरेको भाषणले सनसनीपूर्ण हेडलाइन बनाएको छ ।

उनले के भनेका थिए त संविधान सभामा ? पढ्नुस् भाषणको पूर्ण पाठ

सम्माननीय अध्यक्ष महोदय,

कार्ल माक्र्सले एकचोटि भन्नुभएको थियो – इतिहास दुई पटक दोहोरिन्छ । पहिलो पटक दुखान्त रुपमा र दोस्रो पटक हास्यास्पद रुपमा । नेपालमा संविधानसभाको इतिहास त्यस्तै छ । २००७ सालमा आएको संविधानसभालाई नेपालको आधुनिक युगका महानतम व्यक्तित्व विपी कोइरालाले उदार व्यवहार गर्दा, निरंकुश राजालाई पत्याउँदा, २०१४ सालमा संविधानसभा छोड्दा २०१७ सालमा प्रतिक्रान्ति भएको थियो । र ३० वर्षसम्म नेपाल निरंकुशतामा जकडिन वाध्य भएको थियो । त्यसबाट पाठ सिकेर हामीले महान् जनयुद्धको नेतृत्व गर्‍यौं । सामन्तवादी राज्यसत्ता र धर्मको आडमा, परम्पराको आडमा नेपाली जनतामाथि निरंकुशता लाद्ने प्रवृत्तिका विरुद्ध नेपाली जनताले हतियार उठाएका थिए । त्यो हतियारको बलमा सामन्ती निरंकुशता र राजतन्त्रलाई ढालेर, एकात्मक राज्यसत्तालाई ढालेर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, संविधानसभाबाट संविधान बनाउने नेपाली जनताले जीत हासिल गरेका थिए । २०६२/०६३ को आन्दोलन त्यही सामन्तवादी निरंकुश सत्ताको विरुद्ध विद्रोह थियो । धर्मको खोल ओढेर नेपाली जनतामाथि रजाईं गर्ने, राजतन्त्रको नाममा नेपाली जनतामाथि दोहन गर्ने, त्यो प्रवृत्तिका विरुद्ध नेपाली जनताले विद्रोह गरेका थिए । र संविधानसभा निर्वाचनबाट पहिलो संविधानसभा बनेको थियो । तर दुर्भाग्यवश हामी विपी कोइराला, पुष्पलालका अनुयायीहरु २०६२/०६३ को आन्दोलनमा संयुक्त होमिएका हामी आफैं फेरि विभाजित भयौं । नेपाली जनतामाथि गिर खेल्ने, नेपाली जनतालाई मध्ययुगतिर फर्काउन चाहने त्यस्ता कुतत्वहरु अँध्यारो कुनामा बसेर षड्यन्त्र गरिराखेका छन् । राष्ट्रियताको खोल ओढेर विदेशीहरुको चाकडी र दलाली गरेर देशमा फेरि निरंकुशता फर्काउने तत्वहरु, संविधानसभा भाँड्ने तत्वहरु अगाडि छन् भन्ने जान्दा–जान्दै फेरि हामीले विपी कोइरालाको गल्ती गर्दैछौं, फेरि हामीले हाम्रा महान नेता पुष्पलालहरुका गल्ती गर्दैछौं ।

संविधानसभाबाट छिटो भन्दा छिटो संविधान जारी गर्नुको सट्टा हामीले फेरि इतिहास विर्सेर इतिहास दोस्रो चोटि दोहोर्‍याउँदैछौं, हास्यास्पद रुपमा । त्यही हास्य दृश्यको मञ्चन अहिले यहाँ भइरहेको छ ।

image

त्यसैले सम्माननीय अध्यक्ष महोदय, हामी इतिहास फेरि दोस्रो चोटि दोहोरिन दिँदैनौं । पहिलो चोटि गल्तीले दोहोरियो, दोस्रो पटकको यो प्रहसन हामी परास्त गर्छौं । नेपाली जनताले संविधानसभाबाट संविधान बनाउँछन् । हो, हाम्रा बीचमा अन्तरहरु छन् । हामी कोही उदारवादी लोकतन्त्रका पक्षधरहरु छौं, कोही समाजवादका पक्षधरहरु छौं । तैपनि हाम्रो साझा संकल्प छ – संविधानसभा मार्फत संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने । यो हाम्रो साझा संकल्प हो । आज देशका ९० प्रतिशत नेपाली जनता यसका पक्षमा छन् । दुबै पटक भएका संविधानसभाका निर्वाचनमा पार्टीहरुका मत फरक आए होला, पहिले एमाओवादी अगाडि आयो, अहिले कांग्रेस र एमाले अगाडि आएका छन् । दुबै पक्षको साझा मिलनविन्दू भनेको संघीय लोकतान्त्रिक गणतन्त्र हो । र अहिले संविधानसभाबाट संविधान बनाउने हाम्रो संकल्प हो । अहिले २०१७ सालका भूतहरु जागेर हामीलाई तर्साउँदै छन्, त्यसबाट हामी तर्सनु हुँदैन ।

खासगरी म उत्पीडित वर्ग, मधेशी, जनजाति लगायतका पुरानो निरंकुश राजतन्त्रबाट पीडित हुनुभएका साथीहरुलाई आग्रह गर्न चाहन्छु, हिजोका तिनै पितृसत्तावादी सत्ताबाट पीडित हुनुभएका महिला दिदीबहिनीहरुलाई आग्रह गर्न चाहन्छु, हिजोका ती सामन्त जमीनदारहरुबाट पीडित हुनुभएका किसान दाजुभाइहरुलाई म आग्रह गर्न चाहन्छु, विदेशीको दलाली गरेर नेपालका मजदुरहरुको शोषण गर्ने, उद्योग–धन्दा चौपट पार्ने ती शक्तिहरुबाट सतर्क हुन म मजदुरहरुलाई आग्रह गर्न चाहन्छु, र सम्पूर्ण देशभक्त नेपालीहरुलाई म आग्रह गर्न चाहन्छु –कथित खोक्रो राष्ट्रियताको आडमा विदेशीको दलाली गरेर नेपाली जनतामाथि गिर खेल्ने तत्वहरु जसले कालापानी बेचेका थिए, जसले सुस्ता गुम्दाखेरि फिर्ता ल्याउने साहस गर्न सकेका थिएनन्, त्यस्ता तत्वहरुबाट सतर्क भएर अहिले हामीले संविधानसभाबाट संविधान बनाउनै पर्छ । सक्छौं, अधिकतम प्रगतिशील संविधान बनाऔं, २१औं शताब्दीको आवश्यकता अनुसारको संविधान बनाऔं । सक्दैनौं, न्यूनतम रुपमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाऔं । यही आग्रहका साथ यस गरिमामय संविधानसभाले संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिलाई जुन जिम्मेवारी दिएको थियो, संविधानको पहिलो मस्यौदामाथि नेपाली जनताले जुन सुझाव दिएका थिए, करिव १ लाख ८७ हजार सुझावहरु, त्यसलाई समेटेर करिव ८ सय ६१ वटा सुझावहरु संवाद समितिलाई दिइएको थियो, ती सुझावहरुलाई केलाएर संवाद समितिले अत्यन्त मेहनतका साथ रातदिन खटेर मस्यौदा परिमार्जन गरेको छ ।

हामीले देख्यौं, प्रष्ट रुपमा यहाँ दुईथरि प्रवृत्ति छन् । एउटा अग्रगामी प्रवृत्ति, उसलाई चिन्ता छ – यो संविधानलाई अधिकतम प्रगतिशील कसरी बनाउने ? उत्पीडित जातिहरु आफ्नो पहिचान र अधिकार सहितको संघीयता चाहिराखेका छन् । उत्पीडित किसान, मजदुर, महिला, दलितहरु आफ्नो समावेशी समानुपातिक अधिकार खोजिराखेका छन् । संविधान अत्यन्त प्रगतिशील र अग्रगामी बनोस् भन्ने उनीहरु चाहिराखेका छन् । अर्कोपट्टि हामी देखिराखेका छौं – धेरै अधिकार खोज्दा संविधान नै नबन्ने । संविधान नै बन्न नदिने र पाएका अधिकार पनि खोसिने खतरा पनि हामी देखिराखेका छौं । त्यसैले एकातिर भीर छ, अर्कोपट्टि ठूलो खाडल छ । यस्तो अवस्थामा संविधानसभाको यो अत्यन्त महत्वपूर्ण संवाद समितिमा २०६२/०६३ का आन्दोलनका सहयात्रीहरु, शान्ति सम्झौताका हस्ताक्षरकारीहरु, संघीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर शक्तिहरु हामीले एउटा संकल्प गर्‍यौं । यसपटक हामीले अधिकतम लचिलो बनेर संविधान दिन्छौं, हामीले संविधान दिनैपर्छ । हामीले संविधान दिन ढिलो गर्‍यौं भने नेपालमा फेरि २०१७ साल दोहोरिन्छ, फेरि प्रतिगामी शक्तिहरु आउँछन् । त्यसैले धेरैभन्दा धेरै लचिलो बनेर, अधिकतम लचिलो बनेर संविधान दिऊँ । अरु केही सक्दैनौं भने पनि हामीले खालि प्रस्तावनामा ‘हामी सार्वभौमसत्तासम्पन्न नेपाली जनता … संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी गरेका छौं’ भनेर यत्ति दुई लाइन मात्रै भए पनि जारी गर्‍यौं भने संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत हुन्छ । त्यसमा टेकेर भोलि हामी आफ्ना अधिकारका निम्ति लड्दै जान सक्छौं ।

यही स्पिरिटका साथ हामीले यसपटक संविधानसभामा भएका प्रमुख दलका प्रमुख नेताहरु रहेको विशेष समिति निर्माण गर्‍यौं । किनकि हामीलाई शीर्ष नेताहरुको मानमर्दन गर्ने गरी ‘सिण्डिकेट’ भन्ने गरिन्थ्यो, जसले अँध्यारो कुनामा षड्यन्त्र गरेर नेपाललाई षड्यन्त्र नै षड्यन्त्रको मुलुकको रुपमा बदनाम गरेका थिए तिनै मान्छेहरुले हाम्रा नेताहरुलाई ‘सिण्डिकेट’ भनेर बदनाम गर्ने गरेका थिए । त्यसैले हामीले औपचारिक ढंगबाट नै संवाद समितिबाट शीर्ष चार नेताहरु र म सभापति स्वयंले संयोजन गर्ने गरी विशेष समिति बनायौं । र त्यो विशेष समितिमा रातदिन खटेर हामीले संकल्प गर्‍यौं – हामीले यसपटक संविधान दिइछाड्छौं, प्रतिगामी शक्तिहरु जसले टाउको उठाएका छन् तिनलाई हामी परास्त गरिछाड्र्छौं र संविधान बनेपछि बाँकी कुराहरुमा संघर्ष गर्दै जानेछौं । यही संकल्पका साथ हामीले अन्तत: हिजो मध्यरातमा भए पनि संविधानको मस्यौदा परिमार्जन गर्ने प्रस्ताव तयार गर्‍यौं । त्यसैले अब नेपालमा संविधान नबन्ने हो कि, फेरि उही २००७ सालदेखिकै दु:खद् इतिहास दोहोरिने हो कि भन्ने नेपाली जनतालाई जुन आशंका थियो त्यसलाई हामीले दूर गरेका छौं । हिजो मध्यरातदेखि नेपालमा संविधान बन्ने सुनिश्चित भएको छ । त्यसैले गर्दा त्यो निरंकुशतावादी प्रवृत्ति अझ छट्पटाएको छ । बत्तीमा पुतली होमिएजस्तै, जसरी उज्यालोबाट पुतली डराउँछ र बत्तीमा होमिन जान्छ त्यस्तै ती तत्वहरु फेरि संविधान बन्ने भयो भनेर, उनीहरुले षड्यन्त्र गरेर संविधान रोक्न नसक्ने भए भन्ने देखिएपछि, उनीहरुले एकप्रकारको प्रहसन प्रस्तुत गर्दैछन् । कहिले धर्मका नाउँमा, कहिले अनेक नाउँमा आगामी नाटकहरु मञ्चन हुँदैछन् ।
सम्माननीय अध्यक्ष महोदय,

सम्पूर्ण माननीय सदस्यहरुलाई यहाँ मार्फत म आग्रह गर्न चाहन्छु – हामी सतर्क बनौं, इतिहास दोहोरिन नदिऊँ । इतिहासबाट हामीले पाठ सिकेका छौं, यसपटक हामीले संविधान जारी गरिछाड्ने छौं । यसै सन्दर्भमा उत्पीडित हाम्रा मधेशी दाजुभाइहरु, उत्पीडित जनजातिहरु, उत्पीडित महिला दिदीबहिनीहरु, उत्पीडित दलित साथीहरु, उत्पीडित किसान र मजदुरहरु, तपाईंहरुको आवाज जायज छ । तपाईंहरुले अग्रगामी र प्रगतिशील संविधान खोज्नुभएको छ, त्यो तपाईंका मागहरु जायज छन् । तर अर्कोपट्टि संविधानसभालाई विघटन गराउने, फेरि यसपटक पनि संविधान बन्न नदिने अर्को तत्व पनि सँगै छ । बडो बिडम्बना छ । अग्रगामी संविधान बनाउन चाहने शक्तिहरुका सही आवाजलाई प्रतिगमनतिर लैजाने गरी प्रतिगामी आवाजले अहिले किचिराखेको छ । कति ठूलो बिडम्बना ! कति ठूलो अन्तरबिरोध यहाँ देखापरिराखेको छ ! त्यसैले हामी सतर्क बनौं । हामीले संविधान बनायौं भने, जस्तोसुकै संविधान बनायौं भने पनि, संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनायौं भने त्यसमा टेकेर थप अधिकारको निम्ति हामी लड्दै जान सक्छौं । यो हिजोको सामन्ती निरंकुशतन्त्रलाई सधैंको निम्ति इतिहासबाट विदा गर्न सक्यौं भने बाँकी इतिहास हामी आफैं निर्माण गर्न सक्नेछौं । त्यसैले यतिबेला सकेसम्म धेरै अधिकार सुनिश्चित गर्ने प्रयत्न गरौं, सक्दैनौं भने पनि कमसेकम संविधानसभाबाट संविधान जारी गर्ने अठोट हामीले गरौं । यही संकल्पका साथ संवाद समितिको बैठकबाट आज हामीले एउटा प्रस्ताव बनाएर यहाँ प्रस्तुत गरेका छौं । त्यसबारेमा आवश्यक छलफल यस गरिमामय सभामा हुने नै छ । मैले यसको अन्तरबस्तुबारे छलफल गर्नु उपयुक्त हुँदैन । कतिपय माननीय सदस्यहरुले जानेर वा नजानेर सुरुमा नै जुन विभिन्न टिकाटिप्पणी गर्नुभयो, उहाँहरुका ती आशंका आफ्ना ठाउँमा जायज छन् । तर म उहाँहरुलाई सतर्क गराउन चाहन्छु – जुन नाटक तपाईंहरुले देखिराख्नुभएको छ त्यसबाट सतर्क बन्नुस् । तपाईंले इमान्दारितापूर्वक आफ्नो अधिकार सुनिश्चित होस् भन्ने चाहनुभएको छ, तपाईंले इमान्दारितापूर्वक आफ्नो क्षेत्र र जिल्लाको हित हुनेगरी संघीयता बनोस् भन्ने चाहनुभएको छ । तर हाम्रो मनसायमात्रै इच्छामात्रै पवित्र भएर हुँदैन त्यसको परिणाम के हुन्छ भन्ने बुझ्नुपर्छ । तपाईंको उद्देश्य अत्यन्त पवित्र हुनसक्छ, उद्देश्य स्वर्ग जाने हुनसक्छ तर तपाईंले बनाएको बाटोले नरकतिर लान्छ भने तपाईंले सोच्नुपर्छ र त्यस्तो बाटो बिचैमा बदलेर ‘कोर्स’ परिवर्तन गर्नुपर्छ । त्यसैले जो साथीहरुले राम्रो संविधानको पक्षमा, राम्रो संघीयताको पक्षमा आवाज उठाइराख्नुभएको छ तपाईंहरुले हेर्नुहोला त्यो बाटो कतै अन्तै मोडिइराखेको त छैन ? तपाईंले बाटो खनिराख्नुभएको छ तर अर्कै डिजाइनरले बाटो अन्तैतिर तेस्र्याइराखेको छ कि त्यतातिर ध्यान दिनुहोस् । नेपाली जनताले यो साठी वर्षको संघर्षपछि पर्याप्त चेतना हासिल गरेका छन् । हामीले आपसमा जतिसुकै मतभिन्नता भएता पनि कांग्रेस, कम्युनिष्ट अथवा मधेशी, जनजातिको रुपमा विभाजित भए पनि हाम्रो एउटै साझ संकल्प छ । त्यो हो – निरंकुशता, राजतन्त्र, एकात्मकतालाई परास्त गरिछाड्ने छौं, त्यसलाई कहिल्यै पनि उठेर आउन हामी दिनेछैनौं । यो साझा संकल्पले हामीलाई नयाँ संविधान बनाउन प्रतिवद्ध गर्नेछ । यिनै शब्दका साथ सम्माननीय अध्यक्ष महोदयको अनुमतिले संविधानसभा नियमावली, २०७० बमोजिम संवैधानिक–राजनीतिक संवाद तथा सहमति समितिको प्रतिवेदन – २०७२ सभासमक्ष प्रस्तुत गर्दछु ।

धन्यवाद

विजय गच्छदार गद्दार सावित भए : लेखी

image

आदिवासी जनजातिका पूर्वअध्यक्ष एवं थारु कल्याणकारिणी सभाको आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले हिजो (शनिरबार)को दिन कालो दिन भएको बताएका छन्। उनले चार प्रमुख राजनीतिक दलले ६ प्रदेशको सीमांकनमा गरेको षडयन्त्रमूलक सहमतिप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।
प्रेस विज्ञप्ती जारी गर्दै, ‘थारु समुदायलगायत आदिवासी जनजाती, दलित, मुस्लिम, मधेशी र विभेदमा पारिएका सम्पूर्ण वर्गको चाहना विपरीत केही सीमित राजनीतिक दलका सीमित नेताहरुको स्वार्थको लागि गरिएको कथित सहमतिप्रति हाम्रो गम्भीर आपत्ति रहेको’ उल्लेख गरेका छन्।
थारु कल्याणकारिणी सभालगायत विभिन्न राजनीतिक दलबाट प्रतिनिधित्व गर्ने थारु सभासदहरुले गरेको थरुहट प्रदेशको मागलाई पूणरुपमा वेवास्ता गरी आन्दोलन गर्न बाध्य पारिएको बताउँदै उनले विज्ञप्तीमा भनेका छन्, ‘आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार चार दल र सरकार हुनेछन्।
उनले थारुवानसँग कुरा गर्दै थारुका लागि विजय गच्छदार गद्दार निस्किएको आरोप लगाए। ‘हाम्रा लागि विजय गच्छदार गद्दार सावित भए। अरु तीन त प्राइभेट लिमिटेड थिए नै,’ उनले भने।
थारु कल्याणकारिणी सभाले यसअघि नै फासीको डोरी जलाउने, थरुहट गाउँ-गाउँमा मसाल जुलुस निकाल्ने, थरुहट तराई बन्द गर्ने कार्यक्रम सार्वजनिक गरिसकेको छ।

मधेस’ प्रदेशलाई चीनसँग जोडः सरिता गिरी

image

(काठमाडौं–प्रमुख चार दलले पर्सा देखि सप्तरीसम्मको सीमाङकन गरेर निमार्ण गर्न खोजेको प्रदेश नम्बर २लाई उत्तर छिमेकी चीनसँग नजोडेको भन्दै नेपाल सदभावना पार्टीकी नेतृ सरिता गिरीले आपत्ति जनाएकी छिन्।सोमबार आफनो फेसबुकमा स्टाटस लेख्दै प्रदेश नम्बर २ (सम्भावित मधेस) लाई उत्तरी छिमेकी चीनसँग नजोडेरआर्थिक रुपमा बिभेद गर्न खोजिएकोे आरोप लगाएकी छिन् । सबै प्रदेश चीनसँग जोडिएको तर प्रदेश नम्बर २ मा मात्रै नजोडे पछि उनको आपत्ति प्रकट भएको हो ।’छ मध्ये चार प्रदेशको पहुँच भारत र चीन दुवै देशको सिमासम्म रहेको छ, लुम्बिनी पर्ने प्रदेशको चीनको सीमासम्मको पहुँच अप्रत्यक्ष रुपमा रहने सबैले बुझेकै छन तर मधेस प्रदेशको रुपमा कोरिएको प्रदेश नम्बर २ को पहुँच चीनको सिमासम्म प्रत्यक्ष रुपमा छैन र अप्रत्यक्ष रुपमा समेत रहने छैन्,’ गिरीको भनाइ सार्वजनिक भएको छ ।यसअघि स्वायत्त मधेस प्रदेशको माग गर्ने नेतृ गिरीले सीमाङकन टुंगिए पछि भने आर्थिक र भौतिक रुपमा समृद्धशाली हुदैँ गएको उत्तरी छिमेकी चीनसम्म मधेसको सम्वन्धमा जोडन आवाश्यक भएको जोड गरेकी हुन । सोअघि उत्तर–दक्षिण सिमाङकन गर्ने प्रयास बिरुद्ध उभिदैँ आएकी नेतृ गिरीले शनिबारबाट भने आफनो फरक धारणा ब्यक्त गरेकी हुन ।’नेपालको नदेखिने तर केन्द्रको प्रत्यक्ष संरक्षणमा आदिकाल देखि चलिरहेको बैद्य–अबैद्य ब्यापार समानान्तर अर्थतन्त्र नै यहाँको सिमित शासक र ब्यापारी समुदायमा देखिने वैभवको आधार हो,’ गिरीले खेलेकी छिन, ‘त्यस समानान्तर अर्थतन्त्र र ब्यापार क्षेत्रलाई मधेस प्रदेशका लागि निषेधित गरिएको र मैले यसलाई पनि आर्थिक समृद्धीको कोणवाट ठुलो बिभेदको रुपमा लिएको छ

एउटी बादी आइमाईका पेटीकोटका टुक्राहरु च्यातिएर

image

एउटी बादी आइमाईका पेटीकोटकाटुक्राहरु च्यातिएरजब यो मुलुकको राष्ट्रिय झण्डा बन्छर सिंहदरबारका पर्खालहरुपेटीकोटका झण्डाहरु फर्फराउँछन्जब भर्खरै सङ्गीतबद्ध गरिएकानयाँ राष्ट्रिय धुनहरुसिंहदरबारको ग्यालरीभित्र बज्छर यो मुलुकका केही उत्साहित सांसदहरुकुर्सीबाट उठेरनयाँ धुनलाई सलामी गर्छन्जब सिंहदरबारको गेटअघिबाहिर पहरा दिइरहेका सिपाहीका आँखाहरुपर्खालहरुमाथि झुण्डिरहेका झण्डाहरुलाई हेर्दैकामुकता प्रदर्शनी गर्छन्र त्यसका ईजारहरु खुस्किएरसिंहदरबार स्खलित हुन्छजब सर्वोच्च न्यायालयका पर्खालहरु चढेरसंविधानका अराजक धाराहरुआपसमा मैथुन खेल्छन्र सिंहदरबारका जगहरुबाटपेटीकोटका भ्रुणहरु पैदा गर्छन्जब साँझ परेपछिनिर्मल निवासहरुमा सिंहदरबार फुल्छर पारस शाहहरुलोकतन्त्रको प्रशंसाहरु गाउँछन्जब अति सम्मानित पोसाकहरुको यौटा कुनाबाटअँध्यारो विस्तारै खस्छर सडकका किनाराहरुमा अँध्यारो झुल्न थाल्छजब स्ट्रिटल्याम्पका खम्बाहरुमा ठोक्किएरबत्तीको उज्यालो मर्छर मुलुक पक्षाघातलेसंविधानसभा भवनको छेवैमा लड्छम भयप्रद भएरसडकको एक छेउमा उभिएको छुर त्यो व्यस्त भीडबाटसघन कक्षको एउटा दुर्गन्धित बेडमाउपचार गराइरहेको ममेरो मुलुक हेरिरहेको छुत्यहीँबाट कहिले म सिंहदरबारका पर्खालहरुमाथिफर्फराइरहेका झण्डाहरु हेर्छुकहिले नारायणहिटी हेर्छुर त्यसको सिरानमा देखिइरहेको घडीसुईहरु हेर्छुयतिखेर फेरि एक हुल बादी आइमाईका अर्धनग्न स्तनहरुमेरा आँखाहरु अघि आएर उभिएका छन् रयो मुलुकका लागि आफूले गर्भाधान गर्न पाउनुपर्ने मागहरु गरिरहेका छन् ।

दन्कियो प्रदेशको आगो

image

बेलबारी । बिबादास्पद निर्णय गरि ल्याइएको बेनामे ६ प्रदेशको खाका भन्दै मोरङको बेलबारीमा सङघीय समाजबादी फोरमले खाका जलाएको छ । सोमबार बेलबारी नगरपालिका ३ स्थित मालपोत चौकमा सङघीय समाजबादी फोरमले खाका जलाएको हो । मधेश आन्दोलन, आदिबासी आन्दोलन, जनआन्दोलन २ ले स्थापित अन्तरिम संविधान बिपरित आएकोले औचित्यहिन खाका जलाएको फोरम का जिल्ला उपाध्यक्ष केशरमान गुरुङले जनाए ।
फोरम सचिब राछमी किरातीले जिल्लाका ९ वटै निर्वाचन क्षेत्रमा ६ प्रदेश सहितंको खाका् जलाइने कार्यक्रम रहेको बताए । सङघीय समाजबादी फोरम सहित तराइ मधेस लोकतान्त्रिक पार्टी , सदभावना पार्टी, तराई मधेस सदभावना पार्टी, सङघीय लिम्बूवान पार्टी लगायत पार्टीले प्रारम्भिक मस्यौदा को विरुद्धमा आन्दोलन गरिरहेका छन ।

सिमाकंन विरुद्ध जनकपुर बन्द

image

प्रदेशको सीमांकन बारे शनिवार अवेर राति चार दलले गरेको समझौता बिरुद्ध सोमवार संयुक्त मधेसी मोर्चाले आह्वान गरेको जनकपुर बन्दको क्रममा स्थानीय थापा चोकमा टायर बालीएको थियो । श्यामसुन्दर शशि/ईकान्तिपुर
जनकपुर, श्रावण २५ – संयुक्त मधेसी मोर्चाले प्रदेशको सिमाकंन मधेस आन्दोलनको सम्झौता बिरुद्ध रहेको भन्दै सोमबार जनकपुर बन्द गराएको छ । स्कूल, कलेज, बजार र यातायातका साधन बन्द रह्यो ।

बन्द सफल बनाउन मोर्चा सम्बद्ध नेता तथा कार्यकर्ताहरु विहान नगर क्षेत्रमा प्रदर्शन गरेका थिए ।