१० बजे देखि भएको झडप रोकिएको छैन , प्रहरीद्धारा सयौं सेल अश्रँग्यास प्रहार,दुवै तर्फ दर्जनौ घाईत

image

वीरगञ्जको नगवा चोक र भानु चोकमा प्रहरी र प्रदर्शनकारीबीच विहान १० बजे देखि भएको झडप रोकिएको छैन । झडपमा दर्जनौ प्रहरी र आन्दोलनकारी घाईते भएका छन । बाईपास रोड खुलाउने क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । प्रदर्शनकारीहरुले ढुङ्गा, मुढा गर्दै बसपार्कमा राखिएको दर्जनौ यात्रुबाहक बसमा तोडफोड समेत गरेका छन । भिडलाई तितर बितर पार्नको लागि करिब एक सयको हाराहारीमा हवाई तथा अश्रुँग्यास फायर गरेको छ । वीरगञ्ज अहिले तनावपूर्ण रहेको छ । यद्धपिहवाई फायर र अश्रुँग्यास कति फायर भएको भने त्यसको संख्या खुल्न सकेको छैन ।