मुस्लिम संघर्ष गठबन्धनद्धारा संविधानसभा भवन घेराउ

image

काठमाडौं, भदौ ११ । राष्ट्रिय मुस्लिम संघर्ष गठबन्धनले नयाँ संविधानमा मुस्लिम अधिकार सुनिश्चित हुनुपर्ने माग राख्दै शुक्रबार संविधानसभा भवन घेराउ गरेको छ ।रत्नपार्कस्थित शान्तिबाटिकाबाट सुरु भएको र्याली बानेश्वर पुगेर कोणसभामा परिणत भएको थियो।सभामा मुस्लिम नेताहरुले संवैधानिक मुस्लिम आयोग बन्नुपर्ने, मुस्लिम पारिवारिककानुन सुनिश्ति गर्नुपर्ने, मुस्लिम अधिकारसहितको पहिचानको माग पूरा गर्नुपर्नेलगायतका मागराखेका थिए ।राष्ट्रिय मुस्लिम गठबन्धनका अध्यक्ष समिम अन्सारीले राष्ट्रिय अखन्डता र स्वाधीनताको रक्षा गर्न मुस्लिमहरु पछि नपर्ने भन्दै नयाँ संविधानमा मुस्लिमहरुको विशेष अधिकार सुनिश्चित गर्न माग गरे ।भेलामा देशभरका मुस्लिम संघ–संगठनका प्रतिनिधिहरु सहभागी थिए ।