थारुलाई चित्त नबुझाई संविधान लागू हुँदैन :

image

मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले आफू अहिले पनि ८ प्रदेशकै पक्षमा रहेको भन्दै थारुहरुलाई पहिचान नदिएसम्म संविधान लागू हुन नसक्ने बताएका छन् । तर, मधेसले पहिचान पाइएन भने चित्त दुखाउने ठाउँ नरहेकोगच्छदारको बनाइ छ ।व्यवस्थापिका संसदमा बोल्दै नेता गच्छदारले आफूले ८ घण्टा लगाएर फरक मतसहित सीमांकनमा हस्ताक्षर गरेको तर आफूलाई कसैले कन्भिन्स नगरेको बताए । आफ्नो असहमति हुँदाहुँदै पार्टीभन्दा देश ठूलो हो भनेर संविधान बनोस् भन्नका लागि हस्ताक्षर गरेको गच्छदारले बताए ।आफूले पूर्वको झापा, मोरङ, सुनसरी, सप्तरी र उदयपुरलाई मिलाएर बेग्लै प्रदेश बनाउन प्रस्ताव गरेको गच्छदारले सदनमा स्पष्टपारे । त्यसो गर्न सकेको भए पूर्वका थारु एवं मेचे कोचे लगायतका जातजातिको सम्बोधन हुने उनले तर्क गरे । त्यसैगरी बाँके बर्दिया, कैलाली कञ्चनपुरका थारुहरुलाई स्वायत्तता नदिएसम्म संविधान लागू नहुने उनले बताए ।तर, मधेसीहरुले चाँहि पहिचान पाइएन भनेर गुनासो गर्ने ठाउँ नरहेको गच्छदारले बताए ।त्यस्तै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललेअब संविधानसभाबाट संविधान बन्न कसैले रोक्न नसक्नेबताए। उनले संविधान आउने सुनिश्चित भइसकेको र त्यो साहस आफूहरु लिएको बताए। उनले भने, ‘अहिलेको जस्तो संविधान निर्माणको बहस इतिहासमा कहिल्यै भएन,सकारात्मक र रचनात्मक रुपमा संविधान निर्माणमा सहयोग गर्न आह्वान गर्छु।नेता दाहालले भने- सुर्खेत र जुम्लामा घटना भए, ती घटनामा मृत्यु भएकालाई राहत तथा क्षतिपूर्ति दिन आग्रह गर्छु, यसतर्फ सरकारको ध्यान जाओस्।’त्यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले यसपटकसभासद्ले संविधान दिन नसकेका कारण शिर निहुरिएर संविधानसभाबाट फर्किनु नपर्नेबताए। ओलीले भने- यही देशको अन्नपानी खाई देश टुक्र्याउन चाहने तत्व यहाँ छन्, यस्ता तत्वले संविधानसभालाई असफल गराउन खोज्दैछन्, यो संविधान कसैका सोख पूरा गर्न ल्याउन लागिएको होइन, नेपाली जनताको हक अधिकार पूरा गर्न ल्याउन लागिएकोहो।’