दसैंको टीका साइत बिहान १०:५५ मिनेट

image

१८ असोज, काठमाडौं । यस वर्षको दसैंका साइत सार्वजनिक भएको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको साइत असोज २६ गते मंगलबार बिहान ११ बजेर २५ मिनेटमा छ भने टीकाको साइत कात्तिक ५ गते बिहान १० बजेर ५५ मिनेट परेको छ।कात्तिक ३ गते मंगलबार फूलपाती परेको छ । बिहान १० बजेर ५५ मिनेटमा तुलजा भवानीको यात्राको साइत जुरेको छ भने तुलजा भवानीलाई स्थिरासनमा राख्ने साइत ११ बजेर ५३ मिनेटमा छ । फूलपाती भित्र्याउन भने साइतको आवश्यकता नपर्ने समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए ।कात्तिक ४ गते बुधबार महाअष्टमी व्रत र त्यसै दिन राति कालरात्री पूजा गर्नुपर्ने पनि समितिले जानकारी गराएको छ ।कात्तिक ५ गते बिहीबार महानवमी र विजयादशमी एकै दिन परेको छ । “त्यस दिन महानवमीको पूजापाठ आदि कार्य सकेर मात्र विजयादशमीको पूजापाठ सुरु गर्नुपर्ने शास्त्रीय विधि रहेको छ, गौतमले भने ।कात्तिक ५ गते बिहीबार देवी विसर्जनको साइत बिहान १० बजेर ४५ मिनेटमा छ भने टीकाप्रसाद ग्रहणको साइत खोज्नेका लागि बिहान १० बजेर ५५ मिनेटको साइत उत्तम छ । विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म देवीको प्रसाद ग्रहण गर्न हुने भए पनि साइत नै खोज्नेका लागि मात्र १० बजेर ५५ मिनेटको साइत उत्तम भएको पनि अध्यक्ष गौतमले स्पष्ट पारे ।विजयादशमीका दिन गरिने तुलजा भवानीको यात्राका लागि कात्तिक ५ गते बिहान ११ बजेर १ मिनेटको साइत र स्थिर आसनका लागि बिहान ११ बजेर ५५ मिनेटको साइत उत्तम छ । खड्ग यात्राको साइत कात्तिक ५ गते विजयादशमीकै दिन ११ बजेर ५५ मिनेटमा राम्रो रहेको छ ।दुर्गा पक्षमा विधिअनुसार दिइने सम्पूर्ण बलिलाई कात्तिक ९ गते सोमबार समाप्त गर्नुपर्नेछ । त्यस दिन बेलुकी ८ बजेर १३ मिनेटदेखि पूर्णिमा तिथि लाग्ने र मध्यरातमा पनि पूर्णिमा परेकाले कोजाग्रत पूर्णिमा ९ गते नै मनाउनुपर्ने शास्त्रीय विधि रहेको समितिको ठहर छ ।पूर्णिमा व्रत भने कात्तिक १० गते मंगलबार परेको छ । आकाशदीप दान र कात्तिक स्नान आरम्भ पनि कात्तिक १० गते मङ्गलबारनै सुरु गर्नुपर्नेछ ।यस वर्ष नवरात्र आठ रात नौ दिन परेको छ । नौ रात दश दिनको अवधि लगाएर शक्तिको प्रतीकका रुपमा दुर्गा देवीको पूजा पाठगरिने भए पनि तिथिको घटबढका कारण यस वर्ष पनि गत वर्षकै जस्तो योग परेको हो । नौ दिन दश रात लगाएर गरिने कार्य भएकैले नवरात्र भन्ने गरिएको हो । रासस

म प्रधानमन्त्री भए पछि सबै समस्याको अन्त्य हुन्छ : केपी ओली

image

काठमाडौँ, १६ असोज । भावी प्रधानमन्त्रीको मुख्य दाबेदार मानिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ सरकारको गठन भएसँगै सबै समस्याको हल हुने बताएका छन् ।युवा संघको कार्यक्रममा बोल्दै नेता ओलीले आफ्नो मुख्य चाहना सहमतीय सरकारको भएको उल्लेख गरे । उनले भने यदी त्यस्तो अवस्था नआए सहमतीय सरकार गठन गरेर अहिलेका सवै समस्या हल गरिनेछ ।सो अवसरमा नेता ओलीले घुमाउरो शैलीमा आफ्नो नेतृत्वको सरकारले सबै समस्याको अन्त्य गर्ने दाबी गरे । विशवकै उदाहरणीय संविधान जारी गरे पनि भारतले गरेको नाकाबन्दी हटाउन आफुले पहल थालेकाले केही दिन भित्रै यो समस्याको अन्त्य हुने समेत उनले दाबी गरे ।नेपालको संविधान संसारकै उदाहरणीय हुँदा हुँदै पनि तराईमा भइरहेको भ्रम फैलाउने आन्दोलनका कारण आझेलमापरेकाले एमालेले छिट्टै नै प्रचार अभियान थाल्ने बताएका छन् ।

चिया विस्कुट खाएर सकियो तीन दलको बैठक

image

काठमाडौं–भारतीय नाकाबन्दी तथा नयाँ सरकार गठनका विषयमा छलफल गर्न बसेको प्रमुख तीन दलको बैठक चिया विस्कुट खाएर सकिएको छ।सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको तीन दलका शीर्ष नेताको बैठकमा नयाँ सरकार गठनको विषयलेप्रवेश न पाएन भने नाकाबन्दीको विषयमा सामान्य छलफल भएको एमाले वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए। बैठकमा भारतले भनेजस्तो नेपालको असुरक्षाका कारण पेट्रोलिय पदार्थ पठाउन नसकिएको भनाइमा सत्यता नभएको गृहमन्त्री बामदेव गौतमले जानकारी गराएका थिए।गौमले समग्र शान्ति सुरक्षाको अवस्था बारे बैठकमा ब्रिफिङ गरेका थिए। उनले मुलुकको शान्ति सुरक्षाको स्थिति सुरक्षा निकायको नियन्त्रणमा रहेको भन्दै भारतीय पक्षले दाबी गर्दै आएको आएको असुरक्षाको कारणले नाका सुचारु गर्न नसकिएको भन्ने भनाइमा सत्यता नरहेको जानकारी गराएका थिए।बैठकमा कुटनीतिक पहलमार्फत समस्याको समाधान गर्नुपर्ने विषयमा छलफल भएपनि कुनै ठोस निष्कर्ष भने ननिकालेको खनालले बताए। ‘भारतीय पक्षले शनिबार नाका सुचारु गर्न साकारात्मक पहल गर्ने निर्णय गरेको कुरा सुन्नमा आएको थियो,’ खनालले नागरिकन्युजसँग भने,’तर व्यवहारमा लागू भएको हामीले पाएनौं । नाका खुलाउन कुटनीतिक पहल गर्ने विषयमा छलफल भएपनि कुनै निष्कर्ष निस्किएन।’बैठकमा कुनै पनि विषयमा गंभीरतापूर्वक छलफल नभएको बैठकमा सहभागी एक नेताले जनाए ।’बैठकमा चिया र विस्कुट खाने काम भयो,’ स्रोतले भन्यो,’ कुनै पनि विषयमा गंभीरतापूर्वक छलफल नै भएन।’ स्रोतले अगाडि थप्यो, ‘प्रधानमन्त्रीले सबै मिलेर जानुपर्छ भन्नु भयो। प्रचण्डले हो, मिल्नुपर्छ भन्नु भयो हामीले पनि त्यसैमा सही थप्यौं।’ बैठकमा तीन दलीय वार्ता टोलीका सदस्यले मधेसी मोर्चासँग हालसम्म भएका वार्ताको जानकारी गराएका थिए।

प्रचण्डलाई बाबुरामको जवाफ-माया छ भन्दैमा लाशलाई अंगालो हालिन्न

image

कपिल ज्ञवाली१८ असोज, बुटवल । एमाओवादीलाई भत्किएको घर, रातो स्टीकर टाँसेको घर भन्दै आएका पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले लाशको संज्ञा दिएका छन् । लाशलाई कसैले पनि अंगालो हालेर नबस्ने भएकाले आफूले पनि एमाओवादी परित्याग गरेकोउनले बताए ।सोमबार बुटवलमा आयोजित पत्रकार भेटघाटमा भट्टराईले भने, ‘माया छ भन्दैमा कसैले पनि मरेको लाशलाई अंगालोमा हालेर बस्न त सक्दैन नि ?’उनले एमावादी पार्टी र सो पार्टीका नेताहरुप्रति कुनै आग्रह-पूर्वाग्रह नरहेको स्पष्ट पनि पारे ।नयाँ शक्ति आर्थिक एजेण्डामा केन्द्रितउनले सरकारले मधेस र थरुहट लगायतका माग उचित ढंगले सम्बोधन गर्नुपर्ने बताए ।उनले अब आफूले बनाउने नयाँ शक्ति आर्थिक एजेन्डामा केन्दि्रत हुने जानकारी पनि गराए । मुलुकको बिकास आर्थिक समृद्धि बिना हुनै नसक्ने उनको भनाइ थियो । त्यसैले नयाँ शक्तिको पहिलो प्राथमिकता मुलुकलाई तीब्ररुपमा आर्थिक समृद्धिको बाटोमा लैजाने र मुलुकको मुहार फेर्ने उनले प्रष्ट्याए ।भट्टराईले भने, ‘मुलुकको नयाँ आवश्यकताको महसुस गरेर नै मैले एमाओवादी परित्याग गरेको हुँ, अब पुरानो शैली हैन, नयाँ ढंगले अघि बढ्नेछु ।’पुँजीवादको जगमा टेकेर समाजवाद प्राप्तिलाई लक्ष्य बनाएर अघि बढ्ने उनको भनाइ छ ।भट्टराईले विभिन्न दलका नेता-कार्यकर्ता, उद्योगी-व्यवसायी र सरोकारवाला सबैसँग एक चरणको छलफल र सल्लाहपछि नयाँ राजनीतिक शक्ति घोषणा गर्ने बताए ।

यस पटकको संविधानले पनि आकाश खसाउँदैन

image

मिलन आचार्य-हाम्रै रहरले हामी आफैंले बनाएको विगत हेरौं त । पञ्चायत हट्नुपर्छ, यो शासनकाल हटेपछि आकाश खस्छ भन्ने हुँईया मच्चियो । पञ्चायतकाल हट्यो आकाश खसेन । सरकारको विरोध गर्ने थिति बस्यो । जे गरेपनि ‘भएन’ भन्यौं । एउटा तप्का रहरले भूमिगत भयो । रहरले आन्दोलित भयो, युद्ध भयो । आकाश खस्छ भनेर हजारौंले ज्यानको बली दिए तर आकाश खसेन । युद्धरोकियो भने अथवा शान्तिको मार्ग सुरक्षित भयो भने आकाश खस्छ भन्ने लागेको थियो । माओवादी मुलधारमा आयो । फेरि पनि आकाश खसेन ।अन्त्यमा राजा खेदाए चैं पक्का आकाश खस्छ भन्नेमा पुग्यौं । आन्दोलन र दंगा फसाद मच्चायौं । लगभग पुरै नेपाल आन्दोलनको भुमरिमा फस्यो । जनताको छोरो राजा बनायौं, राजा जनता बनायौं फेरि पनि आकाश खसेन । केही क्षण हर्षका रेसाहरु दौडनु बेग्लै कुरा, अपेक्षा गर्नु बेग्लै कुुरा । होइन भने संविधानले पनि आकाश खसाउँदैन । संविधान आउँदैमा पक्की सडक सँगै आउँदैन । बाटो, बिजुली सँगै आउँदैन । लामो समयदेखि सविधानको महँगो रटान लगाएर समय काट्दा मोह जाग्नु स्वाभाविक हो तर खास कुरा हामीले सुनेको रटानभन्दा भिन्न हुन्छ ।कहीँ कसैले बनाएको संविधानले वा कसैले लेखेका कुराले सबै कहिल्यै समेटिदैंन, यो सत्य हो । यसको मतलव समेटिएकाले दियो वा सामान्य कुरा नपरेकाले टायर बालिनुपर्छ भन्ने भूत हुर्कायौं भने फेरि आकाश खसाउन लाग्छौं । संहार र क्षति कति होला थाहा छैन तर आकाश चै खस्दै खस्दैन । मान्छेको विचार परिवर्तनलाई त्यत्रो ठूलो कुरा केही नचाहिने रहेछ । फेरि सबै साना कुरा परिवर्तनयोग्य पनि हुँदैनन् । न्युटनको जीवनमा पनि स्याउमात्र खसेको हो, आकाश होइन । न्युटनलाई जाबो स्याउ नै वरदान साबितभयो । मानौं उनको जीवनमा आकाशबाट तारा खसेछ र उनी चम्किए । उनी र हामीमा फरक एउटैमात्र कुरामा हुन्छ, हामी विषयलाई गम्भिरताका साथ लिदैनौं । सानै कुरा खसोस् तर परिवर्तन ठूलो होस् । विषयवस्तुको गम्भिरता ध्येय नराखी आकाशै खसोस् भन्ने चाहमा हुन्छौं ।यदि फेरि पनि त्यसोमात्र भयो भने आकाश खस्नेवाला छैन । हामीले बढो उल्लासमय ढंगले भित्र्याएको संविधानले पनि आकाश खसाउँदैन ।संविधानले विकासका लागि सम्भावनाको वागडोर देखाउला तर आफैं विकास हुँदैन । हामीमा परिवर्तन हुनेभन्दा गराउनेको संख्या बढीछ । जबसम्म हाम्रो काम गर्ने तौर तरिका फेरिदैंन, अमेरिका वा यस्तै विकसित मुलुकको संविधानले पनि हामीमा परिवर्तनको केही प्रभाव पार्नेवाला छैन ।फेरि अर्को कुरा हामी विकासलाई पनि सारमा मात्र बुझ्दै छौं । विकास हुनु भनेको के ? एउटा सम्पन्नव्याक्ति शहरमा सुन्दर घरको सपना बुन्छ । उसका लागि घरमा आधारभुत अवश्यकताका सम्पूर्ण साधन चाहिन्छ । बाटो, बिजुली र पानीमात्र होइन, उसको नाम चम्काउन चाहिने सबै चिज उसलाई विकास हुनुपर्छ । उसको विकासको परिभाषा भित्र आधारभुत आवश्यकताको जगमा टेकेर विलासिताका सम्पूर्ण सामग्री विकास हुनुपर्छ र बल्लमात्र उसको ओठमा हाँसो खुल्छ । अर्कोतिर दिनरात मजदुरी गरेरदुई छाक टार्नेले शहरकै साँघुरो गल्लीमा सानो छहारीको सपना बुन्छ । उसलाई काम गर्ने सहज वातावरणमात्र भयो भने पनि ऊ खुशी हुन्छ । उसको विकासको परिभाषा भित्र गाँस, बास र कपास दुःखले बाटो, बिजुली र पानीसम्म पर्ला । बस्, त्यति भए उसको मुहारमाखुशी छाउँछ ।मेरो विचारमा देश विकास भनेको नै जनताको खुशी हो । मानी लिऔं, हाम्रो देश विश्वका सुन्दर शहर मध्येको पेरिस नै भयो र हामीत्यहाँ रमाउन र हाँस्न सकेनौं भने त्यसले खासै अर्थ राख्दैन । भौतिक चिजलाई मात्र विकासमा गनिनु हुँदैन । त्यो हाम्रो अर्को भुल हुनेछ । बाटो बन्यो र बाटोमा सवारी हिड्न पाएन । शहर बन्यो तर चहलपहल हुन पाएन । पानी छ, प्रयोग गर्न दिइदैन भने त्यो विकास भएको होइन । महसुस चाहिन्छ । हैन भने रोम नै भए पनि खुशी बिनाको विकासको त्यत्रो तात्विक अर्थ के रहला र? अब विकासकै लागि त मनैदेखि परिवर्तन हुन पर्छ । परिवर्तन अथवा रुपान्तरणको समग्र रुप नै विकास हो । परिवर्तनगामी पाठ्यक्रम बनाएर शिक्षा दिनु पर्छ । मैले पढ्दै गरेको कोर्षमा पनि ठूलो मान्छे बन्न सिकाइयो । समाजका लागि असल मान्छे बन्न कहिल्यै सिकाइएन । म ठूलो मान्छे हुन परिवर्तन हुँदैछु र भोलि ठूला मान्छेहरुकै भिडमा खिइन्छु र हराउछु । म असल कहिल्यै हुँदिन ।जबसम्म मान्छे असल हुँदैन, जे ल्याए पनि त्यसले फरक पर्दैन ।परिवर्तन र विकासको नारा धेरै लगाइयो । १५ हजार नेपालीको रगतको बलि चडाएर आशै आशमा परिवर्तन र विकास गर्ने ठाउँमा पुगेँ तर लछारपाटो लागेन । उनीहरुसँग पनि भर पर्न सकिन्न तर झिनो आशसम्म गर्न सकिन्छ । उनीहरुसँग पनि काम गर्ने क्षमता छ । नभएको इमन्दारीता हो । आशा गरौं, यिनीहरुले देशलाई सुव्यवस्थामा फर्काउन सहयोग गर्नेछन् । हातमा बोकेको नयाँ संविधानको पुस्तक लागू गर्दै गर्दा यिनीहरुको हात काप्ने छैन । अपराधमा लत्पत्तिएको अनुहारमा आफन्त देख्ने छैनन् । कसैको विचार पनि नसुन्ने र आफु पनि विचार नबोक्ने हाम्रो अर्को परिपाटी हो । परिवर्तन विचारले नै गर्ने हो । सशक्त विचारले विनास निम्त्याउँदैन । परिवर्तन नै गर्ने हो । ज–जसले कानुनी र नैतिक धरातलमा रहेर बैचारिक रुपमा परिवर्तन गर्न सक्छ विकास उनिहरुमा अडिएको हुन्छ । हामी आफू विकास नभई कतै र कसैको विकास देख्दैनौं, फरक यति हो ।मलाई जोड्न मन लागेको अर्को विषय चीन हो । त्यो पनि नयाँ संविधान पछिको चीन ।संयोगमात्र पनि हुन सक्छ, दक्षिणी छिमेकी भारतले पनि त्यसपछि मात्र सहभागीता देखायो । आलोचनात्मक सहभागीता । निर्मम आन्दोलनलाई रक्तपात बनाउन अगुल्टो झोसेजस्तो देखिने गरी । जान्नेहरु यसो पनि भन्छन्, ‘दक्षिणी छिमेकीलाई आन्दोलनभन्दा पनिसंविधान पछाडीको राजनैतिक बागडोर बारे चिन्ता छ ।’ यो त्यही छिमेकीको चासो हो जो नेपालमा जारी संविधान उसैको देशमा पनि लागू हुन्छ भनेझैं सुझाव पठाउँछ । नयाँ प्रधानमन्त्री बनेको भोलिपल्ट उसैको देशमा पाइलो टेक्नु पर्ने अघोषित नियम बनाउँछ । र मिठो स्वरमा लठ्याएर अघोषित नाकाबन्दीमा नेपालीको गुजारालाई बाटो छेक्न खोज्छ । अर्को छिमेकी चीन, हल्ला मच्चाउँदै हिडेन । चिनियाँ प्रधानमन्त्री वा राष्ट्रपतिहरुले सडकमा नेपालीसँग अँगालो हाल्दै हिँडेनन् । आश्वासन गिफ्ट पठाएनन् । सल्काएको चुरोटको ठूटो निभेजस्तो आश्वासन निभेन । न चीनले सदनको सभामा आएर मिठो स्वरमा नेपाली पगाल्न नै जरुरी रह्यो ।यतिबेला भारतको कदमले चीन ‘ग्लामरस’ बनेको छ । लगभग नेपाली नागरिक स्पष्ट छैनन् कि भारतलाई के भनेर बुझ्ने ? त्यति मज्जाले नेपालीको स्वाभिमान अग्ल्याएर हिँडेका भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको नयाँ संविधान आएसँगै किन फेरिए? यतिबेला लगभग यही प्रश्न बिक्दो छ नेपाली बजारमा । आँकलनसम्म गर्न सकिन्छ भारत नेपालमा कुटनैतिक हस्तक्षेप बिग्रनेमा सशंकित छ । भारतको कुटनैतीक चालका लागि उसले चाहेको पासा उसको हातमा पर्न जरुरी छ र संविधानले कतै यो फुत्क्याउला कि भन्ने चासो हुन सक्छ ।शक्तिशाली छिमेकी चीनको साँधमा सगरमाथा पर्छ । चीनले चाहेको भए भारतले जस्तै  ‘पोलिटिकल इस्यु’ भन्दै हाम्रो सगरमाथा आफ्नो बनाउन सक्थ्यो । अरनिको चीन पसे, उतै आफ्नो कला देखाए । चीनले कहीँ पनि अरनिको चिनियाँ हुन् भनेर भ्रम फिँजाएन । चीनले चाहेको र गरेको भए हामी निरुत्तर हुने थियौं, जसरी भारतसँग छौं ।नेपालीहरु यस्ता पनि छन् जसको नाक चीनसँग मिल्छ । नेपालीहरु भारत र पाकिस्तानी जस्ता पनि छन् । पाकिस्तानको कुरा छाडौं, भारतले यसको फाइदा उठायो । के गर्दा केन्द्रसँग नेपाली छुट्टिन्छन् त्यो सबै गर्यो । आफैं अप्ठेरोमा परेको नेपाल जानेर या नजानेर चुप रह्यो । तर यसैको मामलामा पनि चीनलेयसो गरेन । ऊसँग पनि अनुहार र आचरण मिल्ने थुप्रै नेपाली थिए । चाहेको भए उचाल्न सक्थ्यो । विद्रोह गराउन सक्थ्यो र भारतजस्तै ताली पिट्दै हेर्न सक्थ्यो । यो केही चीनले गरेन ।व्यापक विश्लेषण गरेर अथवा सम्बन्धमा धावा बोलेर न हामी चीनसँग अँगालो हाल्न सक्छौं न भारत छोड्न । यो अवस्थामा भारतको विरोध अथवा चीनको समर्थनको केही तुक रहने छैन ।धेरै पनि नलेखौं । संविधान हुर्किदै छ, मलजल गरौं । छिमेकीको कुरा सुनेर आफ्नै घर नबिगारौं । यसभन्दा अघि लेखिएका संविधानपनि पूर्ण लगान र मेहनतकै साथ लेखिएको थियो । समय परिवर्तन सँगै पुराना आफ्नै कविता मन नपराउने कविजस्तै भएछौं । खोज्ने हो भने यसमा पनि चित्त नबुझ्ने कुरा धेरै छन् । खोज्नतर्फ लागौं तर सम्भावना खोजौं । खोजौं खुसीको सम्भावना न कि आन्दोलन । समग्रतामा हामीले सिनेमा गतिमा विकास चाह्यौं । जुन असम्भव नै छ । यति हुँदाहुँदै जनताका ओठमा मुस्कान खुल्दैन भन्ने चाँही होइन । देश विकास भएको त्यतिखेर मात्र सबैले महसुस गर्नेछन् जब सबैको अनुहारमा चमक फैलिनेछ । नकि भौतिक बस्तुमा । सबभन्दा ठूलो कुरा त इच्छा हो । इच्छा परिवर्तनको हुनुपर्यो । कानुनी र नैतिक धरातालका प्रायः परिवर्तन नै विकास हुन्छन् । नैतिक र कानुनी विचारले हामी इमान्दार हुन्छौं । सबैले आ–आफ्नो ठाँउमा इमानदारितापूर्वक काम गरे देश विकास गर्न स्याउनै खसे पुग्छ । तारा वा आकाश खस्न पर्दैन ।

मोर्चाको नियन्त्रणमा रहेका निगमका वीरगंज प्रमुख रिहा

image

वीरगंज, असोज १८ । नेपाल आयल निगम वीरगञ्ज वितरण केन्द्रका प्रमुख अशोक साहलाई आन्दोलनरत संयुक्त लोकतान्त्रिक मोर्चाका नेता तथा कार्यकर्ताहरुले सोमबार बिहान केही बेर नियन्त्रणमा लिएर रिहा गरेका छन् ।वीरगंजस्थित नेपाल–भारत सीमा क्षेत्रमा धर्नामा बसेका मोर्चाका नेता तथा कार्यकर्ताले रक्सोलतर्फ जाँदै गरेको अवस्थामासाहलाई नियन्त्रणमा लिएका थिए ।साहलाई मोर्चाका कार्यकर्ताले केहीबेर धर्नास्थलमै राखेका थिए । केहीबेर धर्नामा सहभागी गराएर उनलाई रिहा गरिएको मोर्चासम्बद्ध स्रोतले जनाएको छ ।साह नेपालतर्फ इन्धन आपूर्ति सहज गराउने विषयमा भारतीय आयल कर्पोरेशनतर्फ जाँदै गरेको अवस्थामा मोर्चाका नेता–कार्यकर्ताले नियन्त्रणमा लिएका थिए । साहलाई आन्दोलनमा समर्थन गर्न दबाब दिदै मोर्चा कार्यकर्ताले जबर्जस्ती धर्नामा बसाएका थिए ।

भारतलाई गाली गर्दैमा राष्ट्रवादी भइँदैन(ई. विकास पोखरेल)

image

अहिले भारत विरोधी बन्ने होडबाजी चलेको छ, राष्ट्रियता झल्काउने नाममा, भारतीय टेलिभिजन प्रसारण रोक्ने, भारतीय प्रधानमन्त्रीको पुत्ला दहन गर्ने, भारतीय झन्डा जलाउने जस्ता आदि कार्यहरु भए गरेको हामीले दिनहुँ जसो सुन्ने,देख्ने गरेका छौं । यस किसिमका गतिविधी गर्ने गराउने आफू राष्ट्रप्रेमी भएको र उक्त गतिबिधीहरुको प्रचार प्रसार गरेर राष्ट्रियता देखाउनेहरुको लहरै चलेको छ आजभोलि।प्रसङ्ग अघोषित नाकाबन्दी को हो ।  देशभित्र मधेसमा समस्या नभएको अवस्थामा भारतबाट नाकाबन्दी गरिएको भए भारतकोयसरी बिरोध हुनु थप सान्दर्भिक हुने थियो । तर जहाँसम्म यो समस्याको पछाडि भारत एक मात्र कारण नभई हाम्रै देशभित्र तराई मधेसमा महिनौ चलेको आन्दोलन र बन्द जसको कारण तराई पहाडका आम जनताले हदै सम्मको सास्ती भोग्नु पर्दा समेत सरकार तथा शिर्षस्त नेताहरु गम्भिर नभई साम्रदाईकताको भावना फैलने सम्मको स्थिती सृजना हुनु पनि हालको समस्या नाकाबन्दी पछाडिको एक प्रमुख कारण हुनुपर्छ ।हाम्रो आन्तरिक समस्याको समाधान प्रती भारतबाट कुनै पहल हुनु, चासो देखाईनु जरुरी पक्कै पनि होईन । तर नाका खुलाई सो मार्फत आपुर्ति सहज गराउन भारतबाट सहि भूमिका निर्वाह भने पक्कै पनि नभएकै हो । यस समस्याको कारण सिङो देशभर नै हाहाकरको स्थिती सृजना हुँदै गएको छ जसको समाधानको निम्ती आन्तरिक समस्या हल गरी भारत सँगको कुटनैतीक पहल अघी बढाउनु हो । भारतको बिरोध गरेर, टेलिभिजन प्रसारण बन्द गरेर, झन्डा र पुत्ला दहन गरेर, भारत सँगको सम्बन्धमा चिसोपना ल्याउनु तेती मुनासिब नहोला । यदि त्यस्तै कार्यलाई निरन्त्रता दिने हो भने हामि नुन, तेल, खाध्यान्य, फलफुल, लगाउने लुगादेखि चढ्ने गाडि, मोटर साईकल, सियोदेखि मनोरन्जनसम्मको लागि हामी छिमेकी भारतसँग भविष्यमा निर्भर हुने छैनौं भन्न सक्नु पर्दछ । ९५ प्रतिशत हाराहारीका हाम्रा सार्वजनिक सवारी भारतमा निर्मित हुन् । त्यसैले हाम्रो पर निर्भरता कम गर्न सर्बप्रथम विद्यमान समस्या समाधान गरी देशमा दिगो शान्ति कायम गर्दै औद्योगिक बिकासको नया युगमा प्रवेश गर्नु, र वार्षिक आयात निर्यातमा बेहोर्नु परेको ब्यापार घाटालाईकम गर्न अग्रसर हुनु हाम्रो अहिलेको प्रमुख आवश्यकता हो ।छिमेकीहरु कोहि दूधले नुहाएका होईनन्, दुबै उस्तै उस्तै हुन् पर निर्भर होउन्जेल दुबैका आ-आफ्नो कुटनैतीक स्वार्थ हुन्छन् । यसमा देशको सार्बभौमसत्ता र नागरिकको स्वाभिमानमा आच आउने गरि छिमेकी कसैको सामु नझुक्नु सरकार एवं शिर्षस्त नेताहरु जिम्मेवारी हो । नेपाल र नेपालीको लागि चीन सङको नेपाल सम्बन्ध र भारत सङको सम्बन्धमा दुबै बेग्लै प्रकितिका र दुबै महत्वपूर्ण पाटाहरु हुन् । चीन सङको नेपाल सिमाना तिब्बत क्षेत्रमा मात्र छ।  चिनको तिब्बत समस्या सामन्य होईन, जसको कारण हाम्रो सम्बन्ध सोझै बेजिङ संग हुन त्यति सहज पक्कै पनि छैन भने अर्कातिर एउटा तथ्य के पनि हो भने अधिकांश तराई भूभागमा बसोबास गर्ने नेपालीहरुको मामाघर, माईतीघर भारतहो । तसर्थ उनिहरु भौगोलिक तवरमा भारतसँग सास्कृति र सामाजिक रुपमा निकट मानिन्छन् जसले गर्दा भारत बिरोधि कुरा गर्नु गराउनुले उक्त भुभागका धेरै नेपालिहरुको मन नपर्नु स्वाभाविक होला । तराईमा अहिले आगो बलिरहेको छ हामी हिमाल पहाडमा बसोबास गर्नेहरु पानी बनेर आगो मथ्थर पार्ने कि उल्टै आगो बनी दन्किने, आज यस्तै सोचले नेपालभित्रै नेपाली टेलिभिजन च्यानल बन्द गर्ने स्थिती सृजना भयो । हाम्रा बुद्धिमान नेताहरुले घुसपैठलाई स्थान दिए। अर्कोतिर तराईबाट धेरै नेपाली नारीहरुको बिहे छिमेकी भारतमा हुन्छ, महिला सशक्तिकरणको नाममा आमाको नामबाट नागरिकता बितरण गर्ने महान कदमले आज छिमेकी भारतका युपी बिहारका कैयौं नागरिक नेपालकका भान्जा भान्जीहरुले आमाको नामबाट नेपाली नागरिकता प्राप्त गर्दा स्थिति झन् डर लाग्दो हुन सक्ने सम्भावना बढेको छ ।भारतबाट उत्पादित अन्नहरुबाट बनेका परिकार खादा, भारतमा उत्पादित मोटर चढ्दा, भारतबाटै आयातीत तेल प्रयोग गर्दै, बिहे भोज सामाजिक कार्यमा हिन्दी गितहरुमा रमाउदा, मल्टिप्लेक्समा हिन्दी चल्चित्रहरु नबिराई हेर्दा र हिन्दी चलचित्रहरुले नेपालमा करोडौ ब्यपार गराउन योगदान पुर्याउदा खै हाम्रो राष्ट्रियता । के हामी अव उपरान्तति सबैलाई नेषेध गर्न सक्ने अवस्था मा छौ यदि छै नौ भने यो सब के का लागि गर्दै छौ । राष्ट्रियता अर्काको बिरोध गरेर आउने त पक्कै होईन होला, तसर्थ एक जिम्बेवार नागरिक भई देश संकटबाट गुजृरहेको बेला सम्यमित हुनु र सकेसम्म आपसी भाईचारा र सद्भाव कायम गर्नु गराउनु नै साचो अर्थमा राष्ट्रियता हो । हामी अरुलाई औंला देखाउनुपूर्व एक चोटि विचार गरौं। एउटा औला अरुलाई देखाउदा तीन वटा आफुतिरै फर्केको हुन्छ । तसर्थ नेपाल र नेपालीको आत्मनिर्भरताको दिर्घकालीन योजना र सोको कार्वानोयन नहुन्जेल छिमिकी सँग सहयोग लिऔ, औध्योगिक बिकासमा लागौ, स्वदेश मै सियो उत्पादनको बातावरण बनाउ र सबै भन्दा पहिले तराईमा बसोबास गर्ने नेपालीहरु जो अहिले आन्दोलनरत छन् उनिहरुका सम्पूर्ण जायज माग बार्ता र सहमती कार्वानयन गर्दै सम्बोधन गर्दै एक नेपालीले अर्को नेपालीलाई गर्ने दमन, अत्याचार र हेपाह प्रबृतीको सदाको निम्ती अन्त्य गरौ । तराईका जनताहरुले यो आन्दोलन मार्फत बास्तवमा अरु केही चाहे नचाहे पनि एउटा आत्म सम्मान, समान हैसियता, बिगतमा सहनु परेको दमन अबका पुस्तालेसहनु नपरोस् भन्ने चाहना यो आन्दोलन मार्फत अभिब्यक्त भएको छ । त्यसैले अरुलाई गाली गरेर आत्म निर्भर भईन्छ भन्ने सोच बदल्नु र देश भित्रको समस्याको यथाशिघ्र समाधान खोजिनु अहिलेको वास्तविक आवश्यकता हो ।

bikaspokhrel@gmail.com

इन्सेकद्वारा मधेस आन्दोलनको क्रममा पीडित पत्रकार रौनियारलाई आर्थिक सहयोग प्रदान

image

अजय कुमार साहजलेश्वर,असोज १८ गते ।अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले जारी मधेस आन्दोलनको क्रममा सुरक्षाकर्मीले कुटपिट गरी घाइते बनाउनुको साथै क्यामरा समेत फुटाइदिएका पत्रकार विक्रम रौनियारलाई असोज १८ गते नगद रु. दश हजार सहयोग गरेको छ ।इन्सेक महोत्तरीको आयोजनामा नेपाल पत्रकार महासंघ महोत्तरी जलेश्वरको सभाकक्षमा आयोजित जिल्लामा सन् २०१५ मा मानव अधिकार रक्षकहरुको अवस्था अनुभव आदानप्रदान बैठक कार्यक्रममा इन्सेकका महोत्तरी जिल्ला प्रतिनिधि अजयकुमार साहले पीडित पत्रकार रौनियारलाई दश हजारको चेक हस्तान्तरण गरेका छन् ।महोत्तरीको सदरमुकाम जलेश्वरबाट मधेस आन्दोलनको रिपोर्टिङ्ग गरेर फर्किदै गर्दा भदौ २१ गते साँझ जनकपुरको राम चौकमा प्रहरीले पत्रकार रौनियारलाई पत्रकार हुँ भन्दा भन्दै, कार्ड देखाउँदा, देखाउँदै पनि निर्घात कुटपिट गर्नुको साथै क्यामरा खोसेर फुटाईदिएका थिए ।पत्रकार रौनियार माउन्टेन टिभी र सौर्या दैनिकका सम्बादाता र नेपाल पत्रकार महासंघ महोत्तरीका सचिवसमेत हुन् ।पत्रकार रौनियारको शरीर भरी कुटपिट गरिएको निलडाम देखिनुको साथै उनको भरखरै किनेको ऐसेलार क्यामरा फुटेर ६ टुक्रा भई चकनाचुर भएको थियो ।इन्सेकबाट प्राप्त भएको सहयोगले आफूलाई समाजिक न्याय पाएको अनुभुती महसुस भएको पत्रकार रौनियारले बताएका छन् ।महोत्तरीका संचारकर्मी, अधिकारकर्मी, वकिल लगायतका उपस्थिती रहेको उक्त बैठकले इन्सेक महोत्तरी प्रतिनिधि अजयकुमार साहको संयोजकत्वमा १५ सदस्यीय जिल्लामा ‘मानव अधिकार रक्षक सञ्जाल’ को गठन समेत गरेको छ ।नव गठित मानव अधिकार रक्षक सञ्जालको सहसंयोजकमा राकेश चौधरी, सचिवमा रञ्जन भण्डारी, सहसचिवमा राजकरण महतो, कोषाध्यक्षमा दीपिका साह र सदस्यहरुका क्रमशः मदन कुमार झा, तुलसी रमण काफ्ले, विक्रम रौनियार, बिकरु यादव, रेखा झा, गीता चिमोरिया, घनश्याम भगत, नागेन्द्रकुमार कर्ण, रामनारायण महतो र संजितकुमार मण्डल रहेका छन् ।त्यसैगरी सञ्जालको ६ सदस्यीय सल्लाहकार समिति समेत चयन गरिएको छ । सल्लाहकार समितिमा राजकिशोर झा, हरि मण्डल, रबिन्द्र उप्रेती, कमलेश मण्डल, दशरथ भण्डारी र महेश दास रहेका छन् ।बैठकमा वक्ताहरुले जिल्ला अधिकारकर्मीहरुलाई सेल्भ सेन्सरशिप गरेर काम गर्नु पर्ने अवस्था रहेको र अहिले आन्दोलनकारी र सुरक्षाकर्मी दुबै तर्फबाट निशानामा परेको बताए । सोहि क्रममा विभिन्न पत्रकारहरुले आफूसंग सन् २०१५ मा भएको विभिन्न घटनाहरु बारे जानकारी समेत गराएका थिए ।

गोली चलाएर विराटनगर नाका खुलायो, दर्जन बढी घाइते, प्रहरीलेटेन्ट लुटेर लग

image

संयूक्त मधेशी मोर्चाको आहवानमा विगत १२ दिन देखी विराटनगर भन्सारमा जारी शान्तिपुर्ण धर्नामा प्रहरीले गएराती हस्तक्षेप गरी विथोलेका छन ।प्रहरीले नाकाबन्दी गरी धर्नामा बसेका आन्दोलनकारीहरुलाइ तितर वितर गर्न ४ राउण्ड गोली चलाएका छन । प्रहरीले धर्नामा बसेका आन्दोलनकारी माथी अन्धाधुन्ध लाठी प्रहार गर्दा दर्जन बढी मार्चा कार्यकर्ताहरु घाइते भएको मोर्चाले जनाएको छ । प्रहरीले संघिय सामाजवादी फोरमकाकेन्द्रिय सदस्य रामविलास यादब, भुराज राइ सहित तीन जनालाइ नियन्त्रणमा लिएको छ ।मध्यराती ठुलो सख्यामा पुगेका नेपाल प्रहरी र शसस्त्र प्रहरीले टेन्ट तोडफोड गरी लुटेर लगेको र दर्जन बढी मोटरसाइकलको टंकी फुटाएको मार्चाले आरोप लगाएका छन । धर्नामा बसेका महिलाहरुलाइ ताकी ताकी कुटपिट गरेको छ । मार्चाका ५ जना कार्यकर्ता सम्पर्क विहिन भएको मार्चाका नेता जयराम यादबलेसप्तरी जागरण अनलाइन लाइ बताए । उनले प्रहरीको बरबरतापुर्ण दमनका विरुद्घ शसक्त रुपमा उत्र्रिने बताए ।प्रहरीले बल प्रयोग गरेर २१ वटा गाडी नेपाल भित्रयाएको छ । मोरंगका प्रहरी प्रबक्ता डिएसपीप्रमोद खरेलले प्रहरीले माइकिगं गरी बाटो छोडन आग्रह गरे पनि उल्टै प्रहरी माथी आन्दोलनकारीबाट ढुगांमुढा र पेट्रोल बम प्रहारभएपछि आत्मरक्षा गर्नका लागी ४ राउण्ड गोली चलाउनु परेको बताए । उनले संघीय फोरमका दुई जना केन्द्रिय सदस्यलाइ नियन्त्रणमा लिएको बताउदै २ सय ३ वटा गाडी मोरगंबाट सुनसरीतर्फ र ३ सय ५ वटा गाडीहरु मोरगं स्कटीगं गरी भित्रयाएको बताए ।रानी भंसारको २ नम्बर ढाटमा मोर्चाले गर्दे आएको नाकाबन्दीमा आइबार तराइ मधेश अभियानका नेता जयप्रकाश गुप्ताले पनि ऐक्यबधता जनाएका थिए । पुर्वको काकँडभिटा र विराटनगर भंसारमा नाकाबन्दी गर्ने जिम्मेबारी सघीय समाजबादी फोरमको रहेको छ ।यता नेपालका तीन ठुला दल र तीनका भातृ संगठन र काठमान्डौ केन्द्रित मिडियाहरुले नाकाबन्दी भारतले गरेको भन्दै विरोध गर्दे आएका छन । भने  ठुला तीन दलका कार्यकर्ताहरुले  भारतका प्रधानमंत्री नरेन्द्र मोदी र भारतीय झण्डा जलाउने काम भइरहेको छ । खास गरी एमालेका नेता रकार्यकर्ताहरु खरोरुपमा भारत विरुद्घ उत्रिएका  छन ।आइतबार दिउँसो भएको भारतका भन्सार अधिकारी र नेपालका अधिकारी लगायतका सुरक्षा निकाय सहित भएको दुईपक्षीय सहमतिमा नाकाको अवरोध हटाएर आवगमन सुचारु गर्ने सहमति भएको थियो । त्यसैले धर्नामा बसिरहेका कार्यकर्ता हटाउन प्रहरी मध्यरात धर्ना स्थल पुगेको हो ।  मोर्चा सम्बद्धनेताका अनुसार पुन: धर्ना दिनका लागि कार्यकर्ताहरु जम्मा भइरहेका छन् । केही बेरपछि पुन: नाका ठप्प पारिने उनको दाबि थियो ।

हुम्ला, १८ असोज ।नेपाल चीनको सिमा नजिक पर्ने नेपाली भुमीमा चिनीया पक्षले सिमा मिचेर नेपाली भुमीमा भवन वनाएको छ । चिनीया पक्षले हुम्ला जिल्लाको लिमी गाविसको ललुङ्ग जोम ( ताक्ची ) मा एकतर्र्पी रुपमा नेपाली भुमीमा तीन कोठे भवन वनाएको हो । नेपाल र चिनको सिमा छुट्याउने लिमिको ललुङ्ग जोम (ताक्ची) सीमा भन्दा २ किलो मिटर यता नेपाली भुमीमा चिनीया पक्षले आफ्नो भवन एकतर्फी रुपमा वनाएको निर्माण व्यवसायी मंगल लामाले वताउनुभयो ।

image

काठमाडौं असोज १८ गते –हिजो गठन भएको मधेशी मोर्चाको वार्ता समिति र सरकारी वार्ता समितिबीच भोली विहान १० वजे वार्ता हुने भएको छ । सिंहदरबारस्थित राज्य व्यवस्था समितिको बैठक कक्षमा हुने वार्ताका लागि आज मधेशी मोर्चाले एजेण्डा तयार गरेको तराई मधेश सद्भावना पार्टीका वरिष्ठ नेता रामनरेश राय यादवले बताए ।  सीमाकंन, राज्यपुर्नसंरचना, समानुपातिक समावेशी, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्नेलगायतका विषयमा सरकारी वार्ता टोलीसँग वार्ता हुने बताए ।