हामी मधेशी हाम्रो मधेश भन्दै पहाडी मुलका मधेशीको ऐक्यबद्धता र्याली

image

रमेश ठाकुर, रौतहट, १४ कार्तिक । मधेशमा जारी आन्दोलनप्रति समर्थन जनाउँदै रौतहटका पहाडी समुदायले जिल्ला सदरमुकाम गौरमा ऐक्यबद्धता र्याली प्रदर्शन गरेका छन् ।
लामो समयदेखि तराई मधेशमा आन्दोलन जारी रहँदा पनि सरकारले कुनै वास्ता नगरेको भन्दै मधेश आन्दोलनप्रति समर्थन जनाउँदै रौतहटका पहाडी समुदायले शनिबार सदरमुकाम गौरमा शान्तिपुर्ण प्रदर्शन गरेका हुन् । विगत ७८ दिन देखि तराई मधेशमा जारी आन्दोलनले मधेशका नागरिकहरुको जनजिवन कष्टकर हुँदा पनि सरकारले कुनै वास्ता नगरेको तथा मधेशका जायज माँगहरुको बारेमा समेत सरकार अहिलेसम्म गम्भीर नदेखीएकाले सरकार लाई दबाब दिन तथा मधेशी र पहाडी समुदायबीच बढ्दै गएको दुरीलाई कम गर्नका लागि सदभाव र्याली निकालिएको र्यालीका सहभागीहरुले जनाएका छन् ।
‘हामी मधेशी हाम्रो मधेश, मधेशको माग पुरा गर’ भन्ने नारा लेखिएको ब्यानर बोकेर गौरको मधेशक्रान्ति चौकबाट सुरु भएको शान्तिपुर्ण र्याली अस्पताल चौक, भन्सार हुँदै नाकामा बसेको धर्ना स्थलमा पुगेर समापन भएको थियो ।
त्यस्तै मधेश आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै शुक्रबार रौतहटका केशरी समाजले पनि सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेका छन् ।मधेशीको मांग पुरा गर भन्ने नाराका साथ सरकारविरुद्ध चर्काे नाराबाजी गर्दै उनीहरुले पनि सरकारको विरुद्धमा प्रदर्शन गरेका हुन् ।
प्रदर्शनपछि दुबै समुदाय सामूहिक रुपमा गौर बैरगनिया सीमानाकामा धर्नामा बसेका छन् ।

हाम्रो समाज वाट…….

राष्ट्रपति विद्यामाथि पाँच आरोप, ‘महिलाविरोधीदेखि बलात्कारी जोगाउनेसम्म’

image

काठमाडौं, १२ कात्तिक । विद्या भण्डारी राष्ट्रपति निर्वाचित भएपछि उनलाई बधाई तथा शुभकामना दिनेको होडबाजी छ । शक्तिशाली मित्रराष्ट्रदेखि नेपालका सामान्य नागरिकसम्मले उनलाई बधाई दिइरहेका छन् । लैंगिकरुपमा पहिलो पटक महिला राष्ट्रपति बनेपछि महिलाहरुमा विशेष खुसी छाएको छ । सामाजिक सञ्जालका भित्ताहरु नवनिर्वाचित राष्ट्रपति भण्डारीलाई दिइएको बधाई तथा शुभकामनाका शब्द र तस्वीरहरुले भरिएका छन् ।
नवनिर्वाचित राष्ट्रपति विद्यालाई बधाई र शुभकामनाका शब्दहरु बर्सिरहेका बेला त्यसकै अनुपातमा उनीमाथि विगतले पोतेका गालीहरु पनि छिपेको छैन । केही जमात त उनलाई बधाईसमेत दिन तयार छैनन् । केही नारीले नै उनलाई ‘नारीको नाममा कलंक’को संज्ञा दिएका छन् । सद्भावना नेतृ सरिता गिरीले केही दिनअघि भण्डारीलाई राष्ट्रपति बनाउन नहुने तर्क गरेकी थिइन् । सामाजिक सञ्जाल फेसबुकमार्फत नै गिरीले भण्डारी महिला अधिकारविरोधी भएको दाबी गरेकी थिइन् । नवनिर्वाचत राष्ट्रपति विद्यामाथि लागेका आरोपहरु यस्ता छन् ।
आरोप १: दासढुङ्गा प्रकरणको दोषी पत्ता लगाउन ठोस पहल नगरेको
२०५० जेठ ३ गते एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको चितवनको दासढुङ्गामा रहस्मय जीप दुर्घटनामा मृत्यु भयो । तत्कालीन राजनीतिमा निकै प्रखर तथा प्रभावशाली भण्डारी विद्याकै श्रीमान हुन् । घटनापछि एमाले पटक-पटक सरकारमा गइसकेको छ । तर सरकारले घटनाको सत्यतथ्य पत्ता लगाउनेगरी कुनै औपचारिक प्रयासनै गरेको छैन ।भण्डारीकी पत्नी विद्या आफैँ पनि पटक-पटक सरकारमा गइसकेकी व्यक्ति हुन् । एमाले वरिष्ठ नेता माधव नेपाल नेतृत्वको सरकारमा भण्डारीले रक्षा मन्त्रालयसमेत सम्हालीसकेकी छिन् । तर उनै भण्डारीले आफ्नै पतिको रहस्यमय मृत्यु भएको घटनाबारे कुनै खोजबीन नगरेको एमाले कार्यकर्ताहरु नै आरोप लगाउने गर्छन् ।
आरोप २ : महिला अधिकार विरोधी
उनलाई महिला अधिकार विरोधी नेताको रुपमा महिला अधिकारवादीहरुले नै आरोप लगाउँछन् । केहीवर्ष अघि राजधानीमा आयोजित एक कार्यक्रममा भण्डारीले भनेकी थिइन्, ‘महिलाका लागि धेरै संवैधानिक व्यवस्था भएका छन्, तर पनि महिला आन्दोलनकारीहरु यसो र उसो भनेर कराईरहेका छन्,’ उनले थपेकी थिइन्, ‘मलाई त्योचाहिँ मन परेको छैन ।’ उक्त भनाईको महिला अधिकारवादीहरुले निकै विरोध गरेका थिए । भण्डारीले त्यतिबेला भनेकी थिइन्, ‘हामीले मानेपनि नमानेपनि पूर्वीय संस्कार र संस्कृतिमा महिला पुरुषप्रति नै सम्पूर्णरुपमा समर्पित हुन्छिन् यो विभेदकारी व्यवस्था भएपनि समाज यसैगरी चलिएको छ ।’
यहि भनाईलाई आधारबनाएर अधिकांश महिलाअधिकारवादीले उनलाई महिला अधिकारविरोधीको आरोप लगाएका थिए । यद्यपी उनी महिला अधिकारविरोधी भएपनि सोही महिला अधिकारवादी आन्दोलनले उनलाई राष्ट्रपतिको कुर्सीमा आसन गराएको छ । केही महिला अधिकारवादीले उनी महिला अधिकारविरोधी भएपनि नेपालको सर्वोच्च निकायमा महिलाको प्रतिनिधित्व भएकाले खुसी हुनुपर्ने धारणा राखेका छन् । ‘उनी महिला विरोधी हुन्,’ लेखक मन्जुश्री थापाले केही दिनअघि ट्विट गरेकी थिइन्, ‘कोहीपनि नहुनुभन्दा प्रतिनिधित्व हुनु राम्रो कुरा हो ।’ राष्ट्रपतिमा निर्वाचित भएपछि भारतीय चर्चित दैनिक पत्रिका हिन्दुस्तान टाइम्सले समेत उनलाई महिला अधिकारविरोधी भएका कारण महिलाहरुले नै आलोचना गरेको उल्लेख गरेको थियो । यद्यपी दि हिन्दुले भने महिला अधिकारवादी आन्दोलनको अभियान्ता भएको बताएको छ । चाइना डेल्लीले नेपालमा ३३ प्रतिशत महिला प्रतिनिधित्व गराउन क्रियाशील भएर लागि परेको उल्लेख गरेको छ ।
आरोप ३ : बलात्कारी सेनाबारे विवादास्पद् अभिव्यक्ति
२०६६ साल फागुन २६ गते बर्दिया राष्ट्रिय निकुञ्जका सेनाले एकै परिवारका ३ जनामाथि बलात्कार गरि हत्या गरेको खबर आयो । १२ वर्षीय चन्द्रकला विक र उनकै आमा दविसारा विक तथा कान्छी आमा अमृता विकलाई सेनाले बलात्कारपछि विभत्स हत्या गरेको सार्वजनिक भयो । त्यतिबेला माधव नेपाल नेतृत्वको सरकार थियो । वर्तमान राष्ट्रपति विद्या भण्डारी रक्षा मन्त्री थिइन् । घटनाको छाबिन गरि दोषीमाथि कारबाही गर्न संसदमा कुरो उठ्यो । तर उनले व्यवस्थापिका संसदमा सो घटनामा मुठभेडमा सिकारी मारिएको भन्दै विवादास्पद अभिव्यक्ति दिएकी थिइन् । ‘चोरी शिकारीमा संलग्नहरु मुठभेडमा मारिएका हुन्,’ उनले संसदमा जवाफ दिनेबेला भनेकी थिइन् । निकुञ्जभित्र रहेको ज्वाला दल गणका उपसेनानी सुवोेध कुँबर लगायत गस्ती टोलीका १७ जना नेपाली सेनाका जवानले वनमा काउलो काट्न गएका ३ महिला माथि बलात्कार गरि हत्या गरेको मानवधिकारवादी संस्थाले प्रतिवेदन निकालेका थिए ।
आरोप ४: नागरिकता सम्बन्धी आरोप
महिला अधिकारवादीले विदेशीसँग विवाह गर्ने महिलाले पनि छोरासरह नेपाली नागरिकता पाउनुपर्ने माग गर्दै आएका छन् । तर विद्या भण्डारी महिलाअधिकारवादीको यो भनाईको विपक्षमा छिन् । उनले एक निजी टेलिभीजनलाई अन्तरवार्ता दिँदै भनेकी थिइन्, ‘कुनै पनि नारीले विश्वको अन्य राष्ट्रका नागरिकसँग विवाह गर्छिन् भने उनलाई नागरिकता दिनुपर्छ भन्ने छैन ।’
आरोप ५: श्रीमानको ब्याज
एमाले वृतमा विद्यालाई स्वर्गीय पति मदन मदन भण्डारीको ब्याजले पद मिलेको चर्चा हुनेगर्छ । हालै एक टेलिभीजनमा अन्तरवार्ता दिँदै भण्डारीले आफ्नो पतिले राजनीतिमा गरेको त्यागका कारण आफू यो स्थानमा पुगेको बताएकी थिइन् । त्यसो त २०५० जेठ ३ गते चितवनको दासढुङ्गा दुर्घट्नापछि काठमाडौंको क्षेत्र नम्बर १ मा सम्पन्न उपनिर्वाचनमा विद्याले अत्याधिक मतसहित विजयी भएकी थिइन् । त्यतिबेला एमालेले स्वर्गीय नेता भण्डारीप्रति उच्च सम्मान गर्नको लागि भन्दै विद्यालाई निर्वाचनमा उठाएको थियो । एमालेको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद्का प्रवर्तक मदन भण्डारीप्रति सम्मान अर्पण गर्नपनि उनलाई एमाले नेताहरुको सद्भाव छ । त्यसैले त उनलाई अध्यक्ष तथा प्रधानमन्त्री केपीशर्मा ओलीले राष्ट्रपतिमा प्रस्ताव गरे । ओलीले विद्याको नाम लिएपछि विभिन्न गुटमा लागेका नेताहरु मौन रहे । एमालेभित्र चौंथो बरियतामा पर्ने उनी ओली समुहकी हुन् ।

हाम्रो समाज वाट…….

प्रहरीले पक्षपात गरेको भन्दै सामाजिक संजालमा विरोध

image

काठमाडौं, १४ कार्तिक । मधेशी मोर्चाले नाकाबन्दी गरेको बेला चीनले पेट्रोलियम पदार्थ उपलब्ध गराउने सम्झौता गरेर मधेशविरोधी कदम चालेको भन्दै मधेशमा चीनको झण्डा जलाउनुका साथै ब्याक अफ चाईना भन्दै चीनविरोधी प्रदर्शन चर्किएपछि प्रहरी प्रशासनले कडाई गरेको छ । प्रहरीले चीनको झण्डा चलाएको भन्दै पर्साबाट सदभावना पार्टीका पर्सा अध्यक्ष इमदाद गद्दीसँगै अन्यलाई गिरफ्तार गरेपछि सामाजिक संजालमा प्रहरी प्रशासनले पक्षपात गरेको भन्दै विरोध सुरु भएको छ ।
लगभग एक महिना पहिले विभिन्न ठाउँमा प्रहरी प्रशासनकै सुरक्षा घेरामा भारत विरोधी प्रदर्शन भएको र भारतको झण्डा जलाइँदा तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुतला दहन हुँदा पनि प्रहरी मुखदर्शक बनी बसेको तर अहिले मधेशमा चीन विरोधी प्रदर्शन हुँदा प्रहरीले प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको भन्दै प्रहरी प्रशासनको विरोध भएको हो ।
यसैबीच संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका घटकहरुमै चीनको झण्डा जलाइनुले मतविभाजन भएको छ । मोर्चा घटक संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले सर्लाहीमा चीनको झण्डा जलाइएपछि त्यसको विरोध गरेका थिए ।
त्यस यता मोर्चा घटक सदभावना पार्टीको स्थानीय नेताहरुको सक्रियतामै चीनको विरोध भएको भन्दै मोर्चाका केही नेताहरुले आपत्ति जनाएका छन् ।
मधेशी बुद्धिजिवीहरुले पनि चीनको झण्डा जलाइन नहुने प्रतिक्रिया दिएका छन् ।

हाम्रो समाज वाट…….

मधेशको माग पुरा गराउन अनिश्चितकालिन धर्ना

image

अमरेन्द्र कुमार यादव, धनुषा १४ कार्तिक ।
मधेशमा जारी अढाई महिनादेखिको आन्दोलनलाई सम्बोधन गर्न सरकारले अहिलेसम्म पनि केही चासो नदेखाएको भन्दै धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ५ महेन्द्रनगरमा संयूक्त संघर्ष समिति अनिश्चितकालिन धर्नामा बसेको छ । मधेशमा भईरहेको हकअधिकारको आन्दोलनलाई वास्ता नगरी सरकारले मधेशी जनताको भावना विपरित आन्दोलन लम्ब्याएकाले माग पुरा नभएसम्म धर्नामै बस्ने भन्दै अनिश्चितकालिन धर्नामा बसेको समितिका संयोजक राजकुमार यादवले बताएका छन् ।
समिति कार्तिक ९ गतेदेखि महेन्द्रनगरको हनुमान चौकस्थित हनुमान मन्दिरको छेउमा पाल झुण्ड्याएर धर्नामा बसेको हो । उक्त समितिमा मधेशमा रहेका सम्पुर्ण पार्टीका मधेशी नेता तथा कार्यकर्ता लगायत नागरिक समाज, युवा बुद्धिजिवी, उद्योगी, व्यापारीलगायतको सहभागिता रहेको छ ।
समितिका सदस्यले अनिश्चितकालिन रुपमा २४ घण्टा धर्ना दिइरहेका छन् । ‘मधेश आन्दोलन जारी है’ नाराका साथ हक अधिकार नपाएसम्म आन्दोलन जारी राख्ने संयोजक यादवले जनाए ।
संयोजक यादवका अनुसार धर्ना बसेको स्थानमा मधेश सरकार चेक पोष्ट राखी चेकजाँच गर्ने कार्यलाई पनि निरन्तरता दिईएको छ । साथै जनकपुर तिरबाट आएको मोटरसाईकल चेक गरी १८३ ली. पेट्रोल नियन्त्रणमा लिईएको छ ।
विगत ५ दिनदेखि धर्नामा बसेकाहरुको लागि निःशुल्क खानाको पनि व्यवस्था गरिएको छ । क्षीरेश्वरनाथ व्यापार संघ महेन्द्रनगरले पनि आन्दोलनप्रति एक्यबद्धता जनाउँदै बिहिवार र्याली समेत निकालेको थियो । उक्त र्यालीमा मधेशी र पहाडी समुदायको उल्लेखनिय सहभागिता रेहेको क्षीरेश्वनाथ व्यापार संघका अध्यक्ष रामजी सिंहले बताए ।

हाम्रो समाज वाट…….

मितेरी पुलमा नाकावन्दी जारी

पी.एल.
१४ कार्तिक, वीरगञ्ज । मधेशी मोर्चाले वीरगन्ज (रक्सौल नाकामा पर्ने दशगजा क्षेत्रको मितेरी पुलमा गरेको) नाकाबन्दी जारी
राखेका छन् ।
साढे २ महिनादेखिको तराईको जनजीवन नराम्रोसंग प्रभावित भएको छ । मोर्चाले मितेरी पुलमा नाकाबन्दी गरेको आज ३८ दिन पुगेको छ ।
यस्तै मधेशमा आह्वान गरिएको बन्द हडताल पनि अढार्इ महिनादेखि जारी रहेको छ ।
आन्दोनलनकारीहरुले दशगजा क्षेत्रमै धर्ना दिएर नाका ठप्प पारेका कारण नाकाबन्दी शुरु भएकै दिनदेखि भारतबाट कुनै पनि मालवाहक गाडी वीरगन्ज भित्रिन पाएको छैन । वीरगन्जको मधेश आन्दोलन र नाकाबन्दीमा मधेसी जनताको खासै सहभागिता छैन् ।
जनसहभागिता नभएका कारण आन्दोलनलाई कसरी अगाडि बढाउने भन्न्ेबारेमा मधेसी मोर्चामा विवाद उत्पन्न भएको छ ।
मधेसको नाकावन्दीले मधेसी जनतालाई नै बढी असर पारेको र काठमाडौंको विकल्प चीन भएको भन्दै आन्दोलनको स्वरुप बदल्नुपर्ने अधिकांश मधेसी नेताको धारणा रहेको छ ।
यसै विषयलाई लिएर मधेसी मोर्चाको वैठक धनुषामा बसिरहेको छ ।

हाम्रो समाज वाट…….

सबै नेपाली रास्ट्रवादी हो तर हामी देश लाई खोक्रो र गरिबी बनाउने खोक्रो राष्ट्रवादी होइन्

      

image

by...kunga tamang amar

             by…kunga tamang amar

सब नेपाली रास्ट्रवादी हो तर हामी देश लाई खोक्रो र गरिबी बनाउने खोक्रो राष्ट्रवादी होइन् देश लाई सम्वृद्धि र बलियो बनाउने असल र विवेक रास्ट्रवादी बनूँ। नेपालको रास्ट्र हित को लागि दुवै छेमेकी महत्वो हो तर भारत को विकल्प चीन लाई भने तुलना गर्नु भने जसरी पनि मिल्दैन येदि हामी ले अरु बाहेक पनि आर्थिक सम्बन्ध मात्रै हेरे पनि। ।।। नेपाली समान चिन तर्फा को निकाशी मात्रै २ अरब को छन् भने ( नेपाल मा चीन को समान को आयात बार्षिक ७० अरब को आयात देख्छ त्यो पनि धेरै जसो समुन्द्र र भारत को बाटो बाट ) नेपालको निकाशी तिब्बेत मात्रै हो मेन लेण्ड चीन मा नेपाल को खासै निकाशी नै छैन भने नेपाली समान को भारत मा निकाशी ७० अरब को छन् (भारत बाट नेपाल मा आयात पेट्रोलिम सहित बार्षिक ४६० अरब को ) नेपाल को चीन तर्फा निकाशी लाई बढाउनु भविष मा पनि कुनै सम्भंव देखिंदैन भने भारत मा अझै धेरै बडाऊनु सक्ने छामता छन् र नेपाल को ५०,००० मेगावाट छामता भन्दा धेरै को भबिश्य को बिजुली को बजार पनि भारत नै हो। नेपाल लाई धनि देश र बिकशित देश बनाउनु लाई आफ्नो निकाशी जसरी भए पनि बढाउननु नै पर्छ ढिलो छिटो त्यो सम्भव भारत संगै हो ।।। तिब्बेता स्वतन्त्र हुँदा भौगोलिकत को कारण तिब्बत मा चीन को भन्दा नेपाल को एकाधिकार को व्यापार चल्थियो तर अहिले त्येस पिपरित छन्। भने नेपाल बाट १००० बर्ष भन्दा अगी देखि नै नेपाल ( नेपाल मण्डला) को व्यापार रहेको तिब्बेत मा नेपाली धार्मिक हस्तकला को समान पनि चीन ले तिब्बेत् मा धार्मिक अधिकार माथि नियन्त्रण र बन्देज लगाएको कारण असहज र नेपाल को निकाशी मा ठुलो कमि आयो भने केहि वर्षा अगाडी सम्म (१७ बर्ष ) नेपाल ले बार्षिक ५० करोड भन्दा धेरै को नेपाली बनस्पतिघ्यु तिब्बेत को हजारों गुम्बा हरु बति बल्नु लाई नेपाल बाट तिब्बेता मा निकाशी हुन्थियो तर पछि चीन ले बनस्पति घ्यु को बति बल्नु लाई बन्देज लगायो भने नेपाल बाट तिब्बेतमा निकाशी गर्नु पनि रोक लगायो। मदेश को तुलना मा नेपाल को हिमाल पहाड को क्षेत्र हरु हरु आर्थिक बिकाश मा पछि पर्नु को मध्हे एउटा कारण चीन को तिब्बेत कब्जा को कारण पनि हो त्यो भन्दा अगाडी नेपालको ती क्षेत्र हरु नेपाल र तिब्बेत को बलियो आर्थिक व्यापार रोजगार र तिर्थ यात्रा पर्यटन को मार्ग थियो जस्तो आज को मदेस र भारत को मार्ग जस्तै!!! नेपाल को लागि भारत ८० % भन्दा धेरै महत्वो र चीन चीन २० % भन्दा कम हुनु कारण भौगोलिकता को कारण र चीन को तिब्बेत को सुरछा को नीति को कारण हो र तिब्बत को जन्सक्न्य को सन्तुलन प्रमुख कारण हो ।

हाम्रो समाज वाट…….

चीनको झण्डा जलाउने ३ जना आन्दोलनकारी पर्सा प्रहरीको नियन्त्रणमा

image

वीरगन्ज १४ कातिक उत्तरी छिमेकी मुलुक चीनको झण्डा जलाउने ३ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मधेसी जनअधिकार फोरमका केन्द्रीय सदस्य सन्जय यादव, सद्भावनाका जिल्ला अध्यक्ष इमदाद गद्दी र नेपाल परिवार दलका ओमप्रकाश सर्राफ रहेका छन् । प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठका अनुसार शुक्रबार राति ३ जनालाई नियन्त्रणमा लिइएको हो । झण्डा जलाउने अन्यको पनि खोजी भइरहेको उनले बताए । नेपाललाई इन्धन दिन लागेको विरोधमा आन्दोलनरत दलका नेता तथा कार्यकर्ताले शुक्रबार वीरगन्जमा चीनको झण्डा जलाएका थिए ।

हाम्रो समाज वाट…….

रक्सौल नाकामा रोकिएका मध्ये ५८ वटा ग्यास बुलेटलाई ‘रि-रुटिङ’ को अनुमति

image

वीरगन्ज १४ कातिक भारतले रक्सौल नाकामा रोकिएका मध्ये ५८ वटा ग्यास बुलेटलाई रुटि परिवर्तन -रि-रुटिङ) गरी नेपाल आउन अनुमति दिएको छ ।नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहका अनुसार ५८ वटा ग्यास बुलेटले रुट परिवर्तन गरी भैरहवाको बेलहिया नाका भएर नेपाल आउन अनुमति पाएका हुन् ।
वीरगञ्ज नाकामा मधेसी मोर्चाको निरन्तरको धर्नाका कारण रक्सौलमा रोकिएका ग्यास बुलेटको रि-रुटिङ गर्ने पहल थालिएको थियो । भारतीय आयल कर्पोरेशन -आइओसी) को बरौनी र हल्दियामा ग्यास भरेर पनि रोकिएका ग्यास बुलेटले भैरहवा नाकाबाट आउन अनुमति पाएको निगमले जानकारी दिएको छ ।
आइओसीले दिएको रि-रुटिङको अनुमतिलाई भारतको आन्तरिक राजश्व विभागले पनि प्रमाणीकरण गरेको निमित्त निर्देशक साहले बताए ।

हाम्रो समाज वाट…….

जनकपुरमा मधेशी मोर्चाको बैठक बस्दै

image

जनकपुरधाम, १४ कार्तिक ।
जनकपुरमा शनिबार संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाको बैठक बस्दैछ । मोर्चाका शिर्षस्थ नेताहरुको बैठकमा सरकारसँग भएको वार्ताको समिक्षा गरिनेछ ।
बैठकमा आन्दोलनको बैठकमा आन्दोलनको समिक्षा गर्दैभावी रणनीति पनि बनाइने भएको छ । त्यस्तै आन्दोलनमा अन्तर्राष्ट्रिय भूमिका र समर्थनका बारेमा पनि छलफल हुने भएको छ ।
शनिबारको बैठकले सरकारी टोलीसँगको वार्ताको बारेमा पनि केही निष्कर्ष निकाल्ने आशा गरिएको छ । आईतबार मधेशी मोर्चा र सरकारी वार्ता टोलीबीच वार्ता हुँदैछ ।

हाम्रो समाज वाट…….

‘मधेसवादी’को माग : मधेसमा एउटा, वार्तामा अर्को

image

चन्द्र महर्जन
मधेसको केन्द्रमा रहेको जनकपुर बहुमुखी क्याम्पसका प्राध्यापक विजय दतले आन्दोलित क्षेत्रको भित्रि तहसम्म पुगेर आफनो तीनहप्ते अध्ययनको अनुभव जसरी सुनाए त्यसलाई आधार मान्ने हो भने यो आन्दोलन धेरै भ्रमबाट चलिरहेको वुझनुपर्ने हुन्छ । त्यस्तो भ्रम खडा गरिएको थिएन भने वा भनांै संविधानमा भएका व्यवस्था अनुसार हुने हो भने यो प्रकारको र यति लामो समय यो चल्ने नै थिएन । जनता सडकमा न उत्रिएसम्म आन्दोलन हुँदैन । जनता उत्रन उनीहरुको मन दुख्नुपर्छ । यो वेला मधेसका जनताको जुन हदसम्म मन दुखेको छ त्यस्तो विषय चाहिँ छैन ।
यो आन्दोलनमा वास्तवमै मधेसका जनता खास गरी २ नं प्रदेश सडकमा आयो । कुनै एउटा नाकामा धर्ना वस्नका लागि ठूलो उत्सव जस्तो मानेर महिला, किसोर र वृद्धवृद्धाहरु यसरी प्रकट भए जोसँग जे छ त्यो साथमा ल्याए । जस्तै वीरगञ्जको नाकामा वस्न त्यो ठाउँबाट धेरै टाढा र आफना साथमा रहेका हात्ति घोडा सजाएर नै आए । यस्ता दृश्य प्राय सधै नै टेलीभिजनमा देखिरहिए । ठूला उत्सवमा मात्र यस्तो हुन्छ ।
यी नागरिकको मनलाई केले छोयो ? दतले गरेको अध्ययन त्यही हो । आन्दोलनमा जान तयार भैरहेका, कोही चाहि हिडि सकेका किशोर र युवा समूहलाई सोधिँदा उत्तर आयो– हामीलाई नागरिकता नै नदिने ? त्यो काठमाण्डौ को हो ? वृद्ध वृद्धाहरुको पनि भनाइ त्यही थियो । हाम्रा वालवच्चाले नागरिकता पाउदैनन् भने तिनीहरुले पछि कहाँ जागीर पाउँछन ? कतिपयले त भएको नागरिकता पनि खोस्न लागेकोसम्म भने । त्यसकारण उनीहरु आन्दोलनमा होइन नागरिकता लिन र भएको सृुरक्षित गर्न आएका हुनजस्तो भयो । त्यसकारण भित्रि तहबाट नै र घरका सवै परिवार नै यो अभियानमा लाग्यो । जताततै, माइक झुण्डाइएका छन । रात दिन नै यही कुरा प्रचार गरिरहिएको छ । सुनाउनेले पनि त्यही र सुन्नेले पनि त्यही । मधेसीलाई पहाडेले नागरिकता दिएनन वा नदिने भए । दिएको पनि खोस्न लागे । यो काम काठमाण्डौबाट भएको हो । त्यसकारण यसलाई नाकाावन्दी गर्नै पर्छ भन्ने एउटा लहर जस्तै आयो ।
मधेसमा संविधान नै पुगेन
यो देशको कुनै एउटा नागरिकलाई नागरिकता प्राप्त गर्नबाट नै वञ्चित गर्न खोजिएको हो भने जो केही पनि त्यसपछि के गर्छ उल्लेख भैरहनु पर्दैन । मधेसमा भएको यही हो । अरु जे होस नागरिकताका बारे संविधान स्पष्ट छ । तर त्यो मधेसमा पुग्दै पुगेन । पहिले मस्यौदा नै त्यहाँ लान दिइएन । त्यसवेला मधेस केन्द्रित दलहरुले कस्तो अवरोध खडा गरे भन्ने कतै लुकेको छैन । यता संविधानका दफाहरुमा छलफल चलिरहेको थियो भने उता मधेसकेन्द्रित दलहरुले वहिस्कार गरेर वसे वा भनौं आन्दोलन नै सुरु गरियो । त्यो भन्दा अझ अगाडि नै आन्दोलन थालिसकिएको थियो, सीमाङ्कन विनाको संविधान नमान्ने भनेर । तर यो वेलाको आन्दोलन यो तहसम्म पुगेको थिएन । हिंशाको सहारा लिनुपरेको अवस्थाले पनि त्यही बुझाउँछ । संविधान पारित र घोषणा भएपछि त त्यसलाई जलाइयो नै । जसले संविधान जलाए त्यसमा के छ के छैन भन्ने खोज्ने कुरै भएन । संविधान जलाउनुको कारण मात्र विस्तार भयो तर यो रुपमा अर्थात यहाँका नागरिकको मनै दुख्ने गरी ।
संविधान जारी भएपछि त्यसमा के छ के छैन भन्ने कुृरा लिएर त्यहाँका जनतासम्म पुृग्न आवश्यक नै ठानिएन । सत्ता परिवर्तन प्राथमिकतामा आयो र संविधान घोषणा भएको ४० दिन यसैले खाइदियो । सत्तालाइँ केही पर सारिएको भए र त्यो समयमा संविधानका विषयलाई प्रस्ट पारिएको भए मधेसकै वुद्धिजीवी अनुसार पनि त्यहाँका जनता यो रुपमा सडकमा उत्रने थिएनन । जसले संविधान एक पटक पनि हेर्न र सुन्न पाएको छैन, जे सुनाइरहिएको छ त्यो आफनो अनुकूलको छैन, अझ आफनो हक अधिकार खोसिएको कुरामात्र व्यापक भएको छ भने त्यस्तो अवस्थामा जसले पनि दिने प्रतिकृया यस्तै हुन्छ जुन मधेसमा भैरहेको छ ।
नागरिकतामा उदार
नागरिकताका सम्वन्धमा नेपालको संविधानमा छिमेकी देश भारतको भन्दा उदार व्यवस्था गरिएको अवस्था छ । भारतले अंगिकृतलाई त्यति सहज रुपले स्वीकारेको छैन जति नेपालले गरेको छ । अगिकृत भनेको त्यसले प्रभाव पार्ने ठाउँ स्थानीय तह नै हो । अंगिकृत नागरिकता भनेको अवसर खोज्दै कुनै अर्को देशबाट आयातित हुने नागरिक हो जस्ले त्यहीका स्थानीयको अवसरलाइ हत्याउने हुन्छ । यो कुरा वुझ्दा बुझ्दै त्यस्तो अवस्था सिर्जना गर्न कुनैपनि स्थानीय उत्सवै मनाउने गरी आन्दोलनमा उत्रन तयार हुँदैन । केही व्यक्तिको नीजी प्रयाश होला तर मधेसको आन्दोलन जसरी सामूहिक भएको छ त्यस्तो आकार लिन सक्तैन नै ।
आन्दोलनमा नागरिकता, वार्तामा सीमा
नयाँ सरकारसँग मधेसी मोर्चाको पहिलो वार्ता हुँदा मधेस आन्दोलनको प्रमुख बनेको नागरिकता यहा चाहिँ विषयसमेत बनेन । कार्तिक १२ को वार्तामा संलग्नहरुले आफनो बटम लाइन भन्दै मधेसमा दुइप्रदेश हुनुपर्ने मुख्य माग रहेको वताए । निश्कर्षहीन रुपमा टुङ्गिएको भनिएको त्यसदिनको वार्ता विवरण पढौं । त्यहाँ नागरिकता सम्वन्धी कुरै उठेन जसरी मधेसका भित्रिभागसम्म मूल समस्याका रुपमा पु¥याइएको थियो । माथि उल्लेख भएको अध्ययन मधेसकै प्राध्यापकबाट भएको हो । त्यो स्वतन्त्र पनि थियो । जुन कुराले मधेसी जनताको मनलाई विचलित वनायो त्यो कुृरा वार्तामा नआउनु भनेको त्यो आन्दोलनको विषय नै होइन भन्ने आफै प्रष्ट हुन्छ । त्यसो नहुँदो हो त यो कुरा वटमलाइनमा पर्नु पर्ने थियो । जस्तो आरोप लाग्यो त्यो सामान्य होइन । आफनो देशको कुनै नागरिकलाई नागरिकताको प्रमाणपत्र नै नदिने र दिएको पनि खोस्ने भन्ने कुरा कसरी कसैका लागि सह्य हुन्छ । यदि यसलाई आधार मान्ने हो भने झण्डै ५० को हाराहारीमा मान्छेको ज्यान गएको यो आन्दोलनमा जनतालाई ढाटियो । नागरिकता जस्तो प्रदेशको सीमा र अझ भन्ने हो भने प्रदेशको संख्या हँुदैन । त्यसका लागि कसैले पनि आफनो जीवन नै अर्पण गर्दैन । यो भनेको साझा विषय हो । नागरिकता भनेको व्यक्तिको नितान्त निजीकुरासँग प्रदेशको सीमा दाजिँदैन ।
मधेसको यो दोस्रो आन्दोलन हो । पहिलो आन्दोनले संघीय व्यवस्था र त्यसमा एक मधेस एकप्रदेश भन्ने मूल कुरा बनाएको थियो । मधेस केन्द्रित दलहरुको परिचय पनि त्यसले नै बनाएको हो । पहिलो संविधानसभा भरी यो नारा घन्किरह्यो । दोस्रो सभामा मात्र दुई प्रदेशका कुरा आएका हुन । पहिलो आन्दोलनको मूल माग छोडेको अवस्था हो यो । यी परिस्थितिहरुले प्रदेशका वारे जनतालाई त्यति आक्रोसित पारेको होइन भन्ने बुझाउँछ ।
निर्वाचन क्षेत्रको कुरा
नागरिकतामा मात्र होइन अरु विषयमा पनि मधेसका जनताले आफनै विरादरिबाट गुमराहमा वस्नुपरेको अवस्था छ । यो निर्वाचन क्षेत्रको कुरा हो । सामाजिक सञ्जालमा चढेका विवरणहरुले त्यसै भन्छन । हिमाल खवरको एउटा रिपोर्ट–
नेपालमा संविधान जारी भएको चार दिनपछि ७ असोजमा नयाँ दिल्लीस्थित एक थिंक ट्यांक आईडीएसएको वेबसाइटमा प्रकाशित लेखमा प्राध्यापक हरिवंश झाले निर्वाचन क्षेत्रको प्रावधानलाई संविधानको प्रमुख त्रुटिको रूपमा औंल्याएका छन् । लेखमा भनिएको छ– ‘नयाँ संविधानको व्यवस्था अनुसार, आधाभन्दा कम जनसंख्या भएको पहाड र हिमालले १०० तथा मधेशले ६५ सीट मात्र पाउनेछ ।’
त्यस्तै, संविधानप्रति सांकेतिक विरोध जनाउन राष्ट्रिय झण्डामा कालो पोतेर आफ्नो ‘प्रोफाइल पिक्चर’ बनाएका क्षेत्रीय निर्वाचन कार्यालय बाँकेका नायव सुब्बा मनिषकुमार साहले केही दिनअघि फेसबूकमा लेखे– ‘तराईको जनसंख्या ५१ प्रतिशत, जनसंख्याका आधारमा हुनुपर्ने निर्वाचन क्षेत्र ८३ । तर, संविधानको व्यवस्था अनुसार ७५ जिल्लालाई कम्तीमा एक निर्वाचन क्षेत्र दिंदा तराईका २० जिल्लाले पाउने २० सीट ।
बाँकी ९० सीटमा जनसंख्याका आधारमा तराईले पाउने ४५ सीट । यसरी भूगोल र जनसंख्याका आधारमा तराईले पाएको कुल सीट ६५ (३९.४ प्रतिशत) । ४९ प्रतिशत जनसंख्या भएको पहाड र हिमालले पाउने ६०.६ प्रतिशत । अर्थात् १ वा २ होइन पूरै २० प्रतिशतको असमानता ।’
झा र साहले यस्तो निष्कर्ष निकाल्नुको कारण थियो– संविधानमा प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनका लागि तोकिएको १६५ निर्वाचन क्षेत्र र ‘मुख्य रूपमा जनसंख्यालाई आधार मानेर, संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी’को सीट निर्धारणमा गलत बुझाइ ।
आन्दोलनरत मधेशकेन्द्रित दलहरूका धेरैजसो नेता–कार्यकर्ताको बुझाइ पनि यस्तै देखिन्छ– पहाड र हिमालमा १०० सीट, तर मधेशमा ६५ मात्र । तर, ‘निर्वाचन क्षेत्र निर्धारण आयोग–२०७०’ मा सदस्य रहेका नेत्रप्रसाद धिताल निर्वाचन क्षेत्र त्यसरी नभई एउटा निश्चित सूत्रबाट निर्धारण गरिने बताउँछन् । उनका अनुसार, त्यस अनुसार संविधानमा व्यवस्था भएको १६५ निर्वाचन क्षेत्रमध्ये तराईले त्यहाँको जनसंख्याको अनुपातमै मिल्ने गरी ७९ सीट पाउँछ ।
५०.२७ प्रतिशत जनसंख्या भएको मधेशले खोजेको निर्वाचन क्षेत्र ८३ हो । धितालका अनुसार, निर्वाचन क्षेत्रको निर्धारण एकमुष्ट रुपमा तराई, पहाड वा हिमाल भन्ने भौगोलिक आधारमा हुँदैन । प्रत्येक जिल्लाको जनसंख्या अनुसार निर्वाचन क्षेत्र वितरण हुने हुँदा क्षेत्रगत रूपमा जनसंख्याको भार केही तल–माथि पर्छ । यसरी हिसाब हुँदा तराईमा एकमुष्ट माग गरिएको ८३ भन्दा चार सीट कम भएको हो ।
सरकारले २१ असोजमा संसद् सचिवालयमा दर्ता गराएको संविधान संशोधन प्रस्तावमा ‘निर्वाचन क्षेत्र निर्धारण आयोगले ‘मुख्य रूपमा जनसंख्यालाई आधार मानी जनसंख्या र सदस्य संख्याको अनुपात यथासम्भव समान हुने गरी संविधान प्रारम्भ हुँदाका बखत कायम रहेका जिल्लामा कम्तीमा एक निर्वाचन क्षेत्र रहने गरी’ निर्धारण गरिने उल्लेख छ । यसरी क्षेत्र निर्धारण हुँदा तराईका २० जिल्लाले ७९ (४८ प्रतिशत) सिट पाउछन ।
यो रिपोर्टमा सिट कसरी विभाजन हुन्छ र औसतमा हिसाव हुदा कुन क्षेत्रले कति पाउछन र कति गुमाउछन भन्ने हिसाव पनि गरिएको छ । त्यसमा तराइले मात्र होइन पहाडले पनि गुमाएका हुन्छन । भनिएको छ– ५७ जिल्लालाई १४७ निर्वाचन क्षेत्र वितरण गर्दा प्रति निर्वाचन क्षेत्रको औसत जनसंख्या १ लाख ७३ हजार ३०३ हुन आउँछ । तराईका २० जिल्लामध्ये बर्दिया, दाङ, कपिलवस्तु, रूपन्देही, चितवन, धनुषा र सुनसरी बाहेकका १३ जिल्लाका निर्वाचन क्षेत्रको जनसंख्या औसत जनसंख्याभन्दा कम हुनेछ ।
एक निर्वाचन क्षेत्रमा दुई लाखभन्दा बढी जनसंख्या पर्ने तराईको जिल्ला बर्दिया मात्र हो । त्यस्तै, पहाड र हिमालका ३७ मध्ये १६ जिल्लाका निर्वाचन क्षेत्रको जनसंख्या औसत भन्दा बढी हुन्छ । त्यसमध्ये मकवानपुर, खोटाङ, रामेछाप, प्यूठान, रोल्पा, रुकुम, सल्यान, डोटी र बैतडी जिल्लामा एक निर्वाचन क्षेत्रमा दुई लाखभन्दा बढी जनसंख्या पर्छ ।
७५ जिल्लामध्ये बैतडीको निर्वाचन क्षेत्रमा सबभन्दा बढी २ लाख ५० हजार ८९८ जनसंख्या पर्नेछ । तराईका निर्वाचन क्षेत्रमा सबभन्दा बढी जनसंख्याको भार बोक्ने बर्दियामा भन्दा बढी जनसंख्या पहाडका प्यूठान, रोल्पा, सल्यान र बैतडी जिल्लाका निर्वाचन क्षेत्रमा देखिन्छ । यसले औसतभन्दा कम जनसंख्या भए पनि न्यूनतम एक निर्वाचन क्षेत्र पर्ने हिमाली र पहाडी जिल्लाहरूको जनसंख्याको भार पहाडी जिल्लाहरूले नै बोकेको देखाउँछ ।
यस्तो सत्यकुरा मधेसका जनताले सहि रुपमा जानकारी पाए भने ठूलो जनसंख्यालाइ थोरै सिट दिन लागिएको भन्ने आक्रोसको कुनै अर्थ रहदैन । तर कसरी भ्रम खडा गरिएको छ भन्ने माथिका उद्धरण फेरी पढौं ।
( लेखक व्यवस्थापिका संसदको सदस्य हुन् ।)

हाम्रो समाज वाट…….